Thursday, April 16
Shadow

बस र मोटरसाइकलबीच ठक्कर, ३ जनाकाे मृत्यु

महाेत्तरी – महोत्तरीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । सम्सीबाट बर्दिवास हुँदै जनकपुर जाँदै गरेको बा ३ ख २३९६ नम्बरको यात्रुवाहक र पूर्वपश्चिम राजमार्गबाट गौशालातर्फ जाँदै गरेको ०१-००४ प ६८१९ नम्बरको मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिराहा कल्याणपुरका २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमति २४ वर्षीया अन्जु मण्डल र भतिजी ६ वर्षीया अन्सु मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलिप कुमार गिरिले बताए ।

दुर्घटनामा परी सख्त घाइते भएकी अन्सु मण्डलको भने उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *