बाँके काँग्रेसमा देउवा पक्ष अगाडी, जिल्ला सभापतिसहित अधिकांश पदमा विजयी हुने
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ३ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँके जिल्लामा भैरहेको पार्टीको विभिन्न तहहरुको निर्वाचनमा केन्द्रिय सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा पक्षको वर्चस्व देखिएको छ ।
जिल्लाका ८ वटा पालिकाहरु मध्ये ६ वटामा निर्वाचन सम्पन्न भैसकेको परिणामको आधारमा तथा दुई वटामा मतगणना भैरहेको आधारमा अधिकांश ठाउँमा देउवा पक्षकै हाली मुहाली देखिएको छ ।
पालिकाहरुको सम्पन्न निर्वाचन मध्ये नेपालगञ्ज उपमहानगर, जानकी गाउँपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा देउवा पक्षका उम्मेदवारहरुले जितेका छन् भने नरैनापुर र डुडुवामा कोइराला पक्षका उम्मेदवार विजयी भएका छन् । कोहलपुर र राप्तीसोनारीमा मत गणना भैरहेकोले ती पालिकामा पनि देउवा पक्षकै अग्रता रहने बताईएको छ । यसैगरि महाधिवेसन प्रतिनिधिमा समेत अधिकांश प्रतिनिधि देउवा पक्षबाटै निर्वाचित हुने संभावना कार...








