Tuesday, July 28
Shadow

जमुनाहामा मानव बेचबिखन बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २९ कात्तिक । शान्ति पुर्नस्थापना गृह नेपालगञ्ज र ईलाका प्रहरी कार्यालय जमुनाह बाँकेको आयोजना तथा जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको सहकार्यमा सोमवार यहाँस्थित नेपाल भारत नाकाको जमुनाहमा मानव बेचबिखन बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।


सो कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्याम कृष्ण अधिकारीले मानवबेचविखनको लागि नेपाल भारत नाकाको सबैभन्दा बढी प्रयोग भैरहेकोले सुरक्षाकर्मी लगायत अन्य निकायले पनि चनाखो भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यो समस्या गाउँ समाजसम्मै फैलिएको हुँदा यसलाई रोकथामका लागि विभिन्न प्रकारका सचेतना अभियान बढी भन्दा बढी सञ्चालन गर्नु पर्ने बताउनुभयो ।
नेपालगञ्ज उप महानगरपालिका महिला सेवा केन्द्रको प्रमुख लगायत स्थानिय जनप्रतिनिधि, समाजसेवी, पत्रकार र अन्य सर्वसािधारणको समेत सो अवसरमा उपस्थिति रहेको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्ने अधिकांश वक्ताले मानब बेचबिखन बिरुद्ध हरेक क्षेत्रबाट पुर्ण सहयोग हुनुपर्ने कुरामा जोड दिंदै सबैको सहयोग र सहकार्यमा मात्रै मानव बेचबिखन निस्तेज पार्न सकिने बताएका थिए ।
यहाँस्थित नेपाल भारत नाका जमुनाहाबाट पनि धेरै जना महिला तथा युवतीलाई ललाई फकाई विभिन्न बहानामा भारत र तेस्रो देशमा पुरयाउने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *