बाँके क्षेत्र नम्बर एकको सभापतिमा पत्रकार नेता केसी विजयी
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १० मंसिर । नेपाली कांग्रेस बाँके संघीय निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा पत्रकारका युवा नेता पोषण केसी निर्वाचित हुनु भएको छ । निकै प्रतिष्पर्धात्मक रहेको सो निर्वाचनमा उहाँले सो क्षेत्रका पुर्व सभापति माधवराम खत्रीलाई ४७ मतले पराजित गर्नु भएको हो । शुरुमा केसीले झिनो अग्रता लिएपनि विचमा पछाडी पर्नु भएकोमा अन्तमा फेरी अग्रता लिएर ४७ मतले संघिय क्षेत्रको सभापति निर्वाचित हुनु भएको हो ।
खसेको ६०१ मतमा संस्थापन इतर पक्षका केसीले ३१६ र माधवराम खत्रीले २६९ मत पाउनु भएको निर्वाचन समितिले जनाएको छ । केसीको जितसंगै सो क्षेत्रमा नेपाली काँग्रेसको नयाँ नेताको उदय समेत भएको छ ।
सोही प्रकारले उक्त क्षेत्रको सचिवमा केसी प्यानलबाट खुम बहादुर बस्नेत र खत्री प्यानलबाट जयश्वर पौडेल तथा सहसचिवमा खत्री प्यानलबाट दिपेन्द्र उप्रेती र केसी प्यानलबाट रामबहादुर रावत निर्वाचित...









