Monday, July 27
Shadow

निर्वाचन हुनु अगावै बाँकेमा एमालेले जित्ने निश्चित भयो–ओली

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १ मंसिर । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अब बाँके जिल्ला एमालेको लालकिल्ला भएको बताउनु भएको छ । उहाँले बुधवार नेपालगन्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
स्थानीय मेरो प्लानेटमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा नेपालगञ्जका व्यवसायी तथा बाँकेका पुर्व जिविस सभापति पशुपति दयाल मिश्र लगायत ठुलो संख्याका नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै एमाले अध्यक्ष ओलीले बाँके जिल्ला अब एमालेको लालकिल्ला भइसकेकोले अबको सबै चुनाव एमालेले जित्छ भन्ने कुरो अहिले नै प्रष्ट भैसकेको बताउनुभयो ।
एमाले कुनै जात बिशेष, धर्म बिशेष, भुगोल बिशेषको मात्र प्रादेशिक पार्टी नभएको भन्दै उहाँले मेचिदेखी महाकालीसम्म, तराईदेखी हिमालसम्मका सम्पुर्ण जातजाति, सम्पुर्ण धर्मावलम्बी मान्ने जनताहरुको साझा राष्ट्रिय पार्टी एमाले मात्रै रहेको दावी गुर्नभयो ।
उहाँले एमालेसङ्ग एक्लै एक्लै भिड्ने कसैको ताकत नभएपछि पाँच दलिय गठबन्धन बनाएर दलहरु उफ्रीरहेको बताउनुभयो । पाँच दल मिलेर गठबन्धन बनाएर पनि एमालेको केही विगार्न नसक्ने दावी ओलीले गर्नुभयो ।
सोही कार्यक्रममा लुम्बिनि प्रदेशका पुर्व मुख्यमन्त्री शंकर पोखरेलले एमालेतिर आकर्षित हुँदै दिनानुदिन हजारौं जनता एमाले प्रवेश गरिरहेकोले अर्को निर्वाचनमा एमाले एक नम्बरको दल बन्ने बताउनुभयो ।
उहाँले देशमा राष्ट्रियताको पहरेदारी गर्ने, भौगोलिक अखण्डताको पहरेदारी गर्ने, विभिन्न भेदभाव र पक्षपातको बिरोध गर्ने पार्टी एमालेमात्र भएको दावी समेत गर्नुभयो ।
एमालेको लोकप्रियता देखेरनै जनतामा आफ्नो पहिचान गुमाएका दलहरु एक ठाउँमा बस्न बाध्य भएको उहाँले बताउनुभयो ।
सो अवसरमा पार्टी प्रवेश गरेका पशुपति दायल मिश्रले एमाले मात्रै सबै जनताको साझा र विकासको प्रष्ट खाका भएको दल भएकाले आफु लगायत सयौं बाँकेवासी एकै पटक प्रवेश गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *