Thursday, April 16
Shadow

रामनगरबासिका लागि डा. रायले ल्याये यस्तो अफर , नगर भरी रायको प्रसंशा

सचतक नेपाल , सर्लाही ।  नेपालको इतिहासमा दोस्रो पटक २०७८ बैशाख ३० गते हुन गैरहेको स्थानिय तहको निर्वाचनमा उत्रिने अकान्क्षिहरु आ–आफ्नो चुनावी नारा लिएर उमेदवारी दिने घोषणा गरेका गरेका छन ।

सर्लाहीको २० वटा स्थानीय तह मध्ये राम नगर गाउँपालिकाका विभिन्न क्षेत्रमा उम्मेदवारी दिनेहरुले स्थानिय तहको विकासमा प्रतिबद्धता जनाएका छन् ।        यसैबीच राम नगर गाउँपालिका अध्यक्ष पदमा उमेदवारि दिने घोषणा गरेका डा. उमा शंकर राय यादवले आफ्ना प्रतिबद्धता( घोषणा पत्र) सार्वजनिक गरेका हुन ।

यादवले सार्वजनिक गरेको अवधारणा प्रतिबद्धता :

१. म तलव , भत्ता , सेवा , सुबिधा , सुरक्षा केही लिने छैन । म निस्वार्थ रुपमा निशुल्क काम गर्ने छु ।

२. म कार्यभार समालेको पहिलो दिन र कार्यभार छाड्ने अन्तिम दिन आफ्नो नाममा भएको चल अचल सम्पती प्रमाण सहित सार्वजनिक गर्ने छु ।

३. म पाच बर्षको अवधीभर पैसा कमाउने कुनै पनि ब्यवसाय वा जागिरमा जोडिने छैन ।

४.म आफुलाई “गाऊपालिका पिता/ माता” नभएर “पालिका सेवक” को रुपमा प्रस्तुत गर्ने छु ।

५. गाउँपालिका भित्रका खाजा , ईन्धन लगायतका भौतिक सुबिधाका सबै अतिरिक्त खर्चहरुको कटौटी हुने छ ।

६. प्रत्येक महिनाको अन्त्यमा पालिकाकाे सबै खर्चहरु पारदर्शी रुपमा वेवसाईटमा सार्वजनिक गरिने छ ।

७. गाउँपालिका भित्र पावर, पहुच, बल र पैसाका आधारमा नभएर नियम कानुन र सिस्ट्मका आधारमा काम गर्ने पद्द्तीको बिकास हुने छ ।

८.गाउँपालिकामा हुने अधिकांश कामहरु डिजिट्ल माध्यमबाट हुने छन ।

९. गाउँपालिका भित्रका अति बिपन्न परिवारलाई निशुल्क पानी र बिजुलीको ब्यवस्था हुने छ । ( निशुल्क खपत गर्न पाउने युनिट तोकिने छ ) ।

१०.गाउँपालिका भित्र स्वास्थ्य बिमाको अवधारणा ल्याउने छु ।
११. पाच बर्ष भित्र गाउँ पालिका भित्रका सबै बाटोहरु कालोपत्रे हुने छन ।

१२. रिंग रोड , रंगशाला र बसपार्कका कामलाई तिब्रता दिईने छ र रिंग रोड भित्र गाउँ पालिकाले बिद्युतिय बसहरु सँचालन गर्ने छ ।

१३. गाउँ पालिका भित्रका अति बिपन्न बिद्यार्थीहरुका लागि कक्षा १२ सम्म निशुल्क शिक्षा दिईने छ ।

१४.बिदेश जान चाहने सबैलाई निशुल्क सिप बिकासको तालिम दिईने छ ।

१५.गाउँ पालिका भित्रै केही गर्न चाहनेहरुका लागि ३ बर्षका लागि ब्याज बिना १० लाख सम्मको ऋण उपलब्ध गराईने छ ।

१६.गाउँ पालिका भित्र हुने साना ठुला सबै ब्यवसायहरुलाई करको दायरामा ल्याईने छ ।

१७.”English medium स्कुल हरू सन्चालन गराउने छु
१८-६० बर्ष पुरा गरेका वृद्ध आमा बुवा हरू लाई निशुल्क उपचार काे व्यवस्था मिलाउने छु ।

१९.हरेक वार्ड मा Ambulance सेवा पुर्याउने छु र Ambulance काे खर्च निशुल्क हुनेछ ।

२०.हरेक शुभिदासम्पन् अस्पताल निर्माण गराउने छु ।

२१.हरेक वार्ड बाट १००-१०० जना गरेर ७ वटा वार्ड बाट ७०० युवा लाइ उधोग धन्दा सन्चालन गरि राेजगार दिन पहल गर्ने छु।

युवाहरुको माझमा लोकपृय बनेका डा. यादवले सार्वजनिक गरेका प्रतिबद्धताले राम नगरमा एउटा चर्चाको बिषय बनेको छ । यादबको यस प्रकारको सोच , चिन्तन र बिचारले राम नगरको कायापलट हुने बिश्वास स्थानीयबासिहरुको रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *