Thursday, August 6
Shadow

मुख्य समाचार

आईपिएल : पन्जाब र दिल्ली बिच भएको खेलमा दिल्लीको शान्दार जीत

आईपिएल : पन्जाब र दिल्ली बिच भएको खेलमा दिल्लीको शान्दार जीत

banner-news-1, खेलकुद, मुख्य समाचार
    सचतक नेपाल डेक्स १४ चैत इन्डियन प्रिमियर लिग (आईपीएल)मा पन्जाब किङ्स र दिल्ली क्यापिटल्सले विजयी सुरुआत गरेका छन् । आइतबार राति भएको खेलमा पन्जाबलले बैंलोरमाथि ५ विकेटको जित हात पार्‍यो । बैंलोरले दिएको २०६ रनको लक्ष्य पन्जाबले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । पन्जाबका लागि शिखर धावन र भानुका राजापाकसाले ४३/४३ रन बनाए । त्यस्तै कप्तान मयंक अग्रवालले ३२ रन,ओडेन स्मिथले २५, सारुख खानले २४ रनको योगदान गरे । बैंग्लोरका मोहमद सिराजले दुई, आकाश दीप, वानिन्दु हर्शरंङ्गा र हर्शल पटेलले एक/एक विकेट लिए ।...
बालिका बलात्कारकाे आराेपमा ५२ वर्षीय पुरुष पक्राउ

बालिका बलात्कारकाे आराेपमा ५२ वर्षीय पुरुष पक्राउ

अन्य, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल, १४ चैत, धनगढी । कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ परेका छन्। बाख्रा चराउन जंगल गएकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५२ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए। बाख्रा चराएर घर फर्कने क्रममा ती बालिकालाई पुरुषले बलात्कार गरेको भन्दै आफन्तले उजुरी दिएपछि पुरुषलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता जोशीले बताए। पक्राउ परेका पुरुषमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
जसपाका एक केन्द्रीय युवा नेता पक्राउ

जसपाका एक केन्द्रीय युवा नेता पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल १३ चैत, धनुषा । धनुषा प्रहरीले जनता समाजवादी पार्टी (जसपा) नेपालका एक केन्द्रीय नेतालाई पक्राउ गरेको छ । धनुषा जिल्ला अदालतको आदेशमा प्रहरीले तीन दिन अघि नै संघीय परिषद सदस्य युवा नेता नवीन यादवलाई लेनदेन मुद्दामा पक्राउ गरेको हो । एक वर्ष कैद वा ५ लाख रुपैयाँ बिगो सहितको माग गर्दै धनुषा जिल्ला अदालतमा परेको मुद्दामा अदालत पक्राउ पुर्जी जारी गरेपछि नेता यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका । उनले भने अदालतमा हाजिर गरिसकेपछि थप अनुसन्धानका लागि म्याद थप गरी तीन दिनदेखि उनलाई हिरासतमै राखिएको छ । अनुसन्धान नसकेसम्म म्याद थप थरी हिरासतमै राखिनेछ । अदालतले कैद सजायको आदेश वा विगो सहितको रकम नतिरेमा यादव जेल चलान समेत हुन सक्ने डीएसपी बस्नेतले बताए । यादवलाई यसअघि पनि जनकपुरधामको एक क्याफे...
महिला अशिक्षित र सचेत नभएकै कारणले प्रजनन स्वास्थ्य सम्बन्धी समस्याबाट ग्रसितःमन्त्री सिंह

महिला अशिक्षित र सचेत नभएकै कारणले प्रजनन स्वास्थ्य सम्बन्धी समस्याबाट ग्रसितःमन्त्री सिंह

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल, चैत्र १३ , जनकपुरधाम । महिला अशिक्षित भएकै कारणले प्रजनन स्वास्थ्य सम्बन्धी समस्याबाट ग्रसित रहेको मधेश प्रदेशको महिला,बालबालिका तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहले बताएका छन । सातवटै प्रदेश मध्ये मधेश प्रदेश अविकसित तथा अशिक्षित प्रदेश रहेकै कारण महिलाहरु विभिन्न समस्याबाट ग्रसित रहेको मन्त्री सिंहले बताएका हुन । उनले महिला अशिक्षित तथा सचेत नभएकै कारणले प्रजनन स्वास्थ्य सम्बन्धी समस्या ,महिला हिंसा लगायतका समस्याबाट ग्रसित रहेको बताए ।जनकपुरमा आयोजित एक कार्यक्रम ‘विपदको समयमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारका सवालमा प्रदेश स्तरिय गोष्ठीमा’ प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मन्त्री सिंहले भने मूल कारण नै प्रजनन सम्बन्धी ज्ञान नहुनु नै हो तसर्थ महिला शिक्षामा जोड दिनुपर्ने महसुस गरे । साथै उनले भने प्रदेश सरकारले कुनै पनि नीति नियम बनाउँदा सरोकारवालाहरु सँग छलफल न...
सर्लाहीकाे पुलबाट बस खस्दा ४ जना यात्रुकाे मृत्यु

सर्लाहीकाे पुलबाट बस खस्दा ४ जना यात्रुकाे मृत्यु

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल, मलंगवा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका-१७ स्थित फुलजोर खोलाको पुलबाट बस खस्दा ४ जना यात्रुको मृत्यु भएको छ भने दुई दर्जन बढी घाइते भएको हुनसक्ने अनुमान छ । वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख ८५५५ नम्बरको सूर्यलोक यात्रुबाहक बस पुलबाट तल खोलामा खस्दा ४ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । मृतकहरुको अहिले पहिचान खुल्न सकेको छैन् । मृतक चारैजनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा पठाइएकाे प्रहरीले को छ । घाइतेहरुको संख्या पनि अहिले यकिन हुन नसकेको प्रहरीले जनाएको छ । घाइतेहरुको लालबन्दीको विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ । गम्भीर भएकाहरुलाई रिफर गर्ने काम पनि भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानले बसको अगाडिको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट खसेको बताइए पनि यर्थात् जानकारी आउन सकेको छैन...
चीनबाट नेपाललाई ११ अर्ब ४० कराेड भन्दा बढी अनुदान

चीनबाट नेपाललाई ११ अर्ब ४० कराेड भन्दा बढी अनुदान

अन्तर्राष्ट्रिय, अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, राैतहट । चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत नेपाल सरकारलाई ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ। उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ। उक्त रकम सन् २०२० का लागि प्रदान गरिएको हो। यसैबीच नेपालको भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीले आफ्ना राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला घोषणा भएको विकास सहायता रकम पनि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। शनिबार राजधानीमा सम्पन्न नेपाल–चीन परराष्ट्र मन्त्रीस्तरीय वार्तामा उनले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्। साथै उनले रसुवागढी–तातोपानी सीमानाका वस्तु तथा सेवाको दुईतर्फी आवागमन पूर्णरूपमा सञ्चालन गर्न सहमति जनाएका छन्। वार्ताका क्रममा दुवै देशका परराष्ट्र मन्त्रीले सम्वद्ध निकायलाई सीमानाका शीघ्र सञ्चा...
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सार्वजनिक

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सार्वजनिक

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, १३ चैत । निर्वाचन आयोगले आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनमा खटिने प्रयोजनका लागि छनोट भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सार्वजनिक गरेको छ । उक्त निर्वाचनका लागि जिल्ला न्यायाधीश र राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई यही चैत २९ देखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरिने सूचनामा उल्लेख छ । आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा छनोट भएकालाई निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गर्ने छ । निर्वाचन अधिकृत भन्नाले निर्वाचनको कामका लागि आयोगले नियुक्ति गरेको मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत समेतलाई जनाउँछ । स्थानीय तह निर्वाचनका लागि न्याय परिषद्को परामर्शमा जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवाका कम्तीमा...
दुर्घटनाग्रस्त विमानमा सवार १३२ जना यात्रुकाे मृत्यु भएकाे पुष्टि

दुर्घटनाग्रस्त विमानमा सवार १३२ जना यात्रुकाे मृत्यु भएकाे पुष्टि

अन्तर्राष्ट्रिय, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, नान्निङ । दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको शनिबार पुष्टि गरिएको छ । दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दिउँसो १३२ यात्रु बोकेको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएपछि उद्धारकार्य जारी रहेको छ । उद्धारकार्यमा दुई हजारभन्दा बढी मानिसलाई घटनास्थलमा पठाइएको छ । दुर्घटनास्थल पहाडी जङ्गलमा रहेको हुनाले ब्ल्याक बक्सको खोजीकार्य ड्रोन र उद्धारकर्मी दुवैमा निर्भर रहेको जनाइएको छ । कुनमिङबाट गोआन्झाउका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमान सोमबार दिउँसो २ः३८ बजे वुझाउ सहरको टेङ्क्सियान काउन्टीको मोलाङ गाउँनजिकैको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । -रासस...
मिल्स गोल्डकप : दमक एकेडेमी सेमिफाइनलमा पुगे

मिल्स गोल्डकप : दमक एकेडेमी सेमिफाइनलमा पुगे

banner-news-1, खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, विराटनगर । दमक एकेडेमी झापा दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरस्थित जुट मिलको खेलमैदानमा शनिबार भएको खेलमा एन्फा एकेडेमी धरान सुनसरीलाई ट्राइब्रेकरमा ४–३ गोलले हराउँदै दमक सेमिफाइनलमा पुगेको हो । निर्धारित समयसम्म १/१ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरतर्फ ढकलिएको थियो । दमकले नतिजाका लागि ट्राइब्रेकरसम्म संघर्ष गर्नुपर्यो । निर्धारित समयमा दुवै टिमले बराबरी खेले । टाइब्रेकरमा दमकका सोहन सिन्थाङ्ग, दिपक थापा मगर, रमन राई र ओम प्रकाश तामाङले गोल गरे । धरानका राहुल लिम्बु, माल्दिना आङथाक र सबिनाय कटुवालले मात्र गोल गरेका थिए । रितेस थापा मगर र सेवन थापा मगरको प्रहार दमकका गोलकिप आयूष लिम्बूले उत्कृष्ट बचाउँ गरिदिए । ट्राइब्रेकरमा दुवै गोल सेभ गर्ने दमकका गोलकिपर आयूष म्यान अ...
चियाचर्चाः कांग्रेसले जनकपुरमा उपमेयरको टिकट कसलाई देला !

चियाचर्चाः कांग्रेसले जनकपुरमा उपमेयरको टिकट कसलाई देला !

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, जनकपुरधाम । आउदो स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगर पालिकाबाट उपमेयरमा नेपाली कांग्रेसले कुन उम्मेदवारलाई टिकेट दिने अहिले जनकपुरमा चर्चाको विषय बनेको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा कांग्रेसले उपमेयर पदको लागि कसलाई चुन्ने भन्ने विसय अहिके चिया पसल देखी पान पसल सम्म चलेको छ । कांग्रेस बाट उपमेयरको लागि झन्डै आधा दर्जन महिलाहरू आकांक्षी रहेको छ । तर मुख्य रुपमा तीजनाको नाम सर्वाधिक चर्चामा रहेको छ । रिंकू कुमारी मिश्र (गायत्री), नीलम कर्ण र सम्झना वर्माको चर्चा बढी छ । संचारकर्मी रिंकू प्रेस यूनियन बाट अहिले नेपाल पत्रकार महासंघका केन्द्रीय सदश्य छीन भन्ने नीलम कर्ण यस अघि भएको स्थानीय तहको निर्वाचनमा कांग्रेस बाट उपमेयरमा उठेकि थिइन तर पराजित भईन । सम्झना वर्मा प्रवल उम्मेदवारको रुपमा रहेपनी पच्छिलो समय ऊनि कांग्रेस जिल्ला अधिवेशनमा निधि गुट परिवर्त...