Sunday, July 26
Shadow

जसपाका एक केन्द्रीय युवा नेता पक्राउ

सच तक नेपाल
१३ चैत, धनुषा । धनुषा प्रहरीले जनता समाजवादी पार्टी (जसपा) नेपालका एक केन्द्रीय नेतालाई पक्राउ गरेको छ । धनुषा जिल्ला अदालतको आदेशमा प्रहरीले तीन दिन अघि नै संघीय परिषद सदस्य युवा नेता नवीन यादवलाई लेनदेन मुद्दामा पक्राउ गरेको हो ।

एक वर्ष कैद वा ५ लाख रुपैयाँ बिगो सहितको माग गर्दै धनुषा जिल्ला अदालतमा परेको मुद्दामा अदालत पक्राउ पुर्जी जारी गरेपछि नेता यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका ।

उनले भने अदालतमा हाजिर गरिसकेपछि थप अनुसन्धानका लागि म्याद थप गरी तीन दिनदेखि उनलाई हिरासतमै राखिएको छ । अनुसन्धान नसकेसम्म म्याद थप थरी हिरासतमै राखिनेछ । अदालतले कैद सजायको आदेश वा विगो सहितको रकम नतिरेमा यादव जेल चलान समेत हुन सक्ने डीएसपी बस्नेतले बताए ।

यादवलाई यसअघि पनि जनकपुरधामको एक क्याफेमा महिला कर्मचारीलाई दुव्र्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
जनकपुरधामको शिवचोकस्थित जेएफसि क्याफेमा २०७७ साउन १० गते राति खाजा खाने क्रममा दुई महिलालाई यादवले जिस्क्याउदैँ दुव्र्यवहार गरेपछि प्रहरीले उनलाई तत्कालै पक्राउ गरेको थियो । पछि धरौटी बुझाएर रिहा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *