
सचतक नेपाल डेक्स
१४ चैत इन्डियन प्रिमियर लिग (आईपीएल)मा पन्जाब किङ्स र दिल्ली क्यापिटल्सले विजयी सुरुआत गरेका छन् ।
आइतबार राति भएको खेलमा पन्जाबलले बैंलोरमाथि ५ विकेटको जित हात पार्यो । बैंलोरले दिएको २०६ रनको लक्ष्य पन्जाबले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।
पन्जाबका लागि शिखर धावन र भानुका राजापाकसाले ४३/४३ रन बनाए । त्यस्तै कप्तान मयंक अग्रवालले ३२ रन,ओडेन स्मिथले २५, सारुख खानले २४ रनको योगदान गरे ।
बैंग्लोरका मोहमद सिराजले दुई, आकाश दीप, वानिन्दु हर्शरंङ्गा र हर्शल पटेलले एक/एक विकेट लिए ।
