Thursday, August 6
Shadow

मुख्य समाचार

जनकपुरधाम साहित्य महाेत्सव-२०७८ हुने निश्चित

जनकपुरधाम साहित्य महाेत्सव-२०७८ हुने निश्चित

banner-news-1, अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल, २१ चैत, जनकपुर । जनकपुरधाममा यही चैत २३ गतेबाट तीन दिनसम्म “जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव–२०७८” हुने निश्चित भएको छ । मैथिली विकास कोषको आयोजनामा हुन लागेको जनकपुरधाम साहित्य महोत्सवमा नेपाल तथा भारतका विद्वान र कलाकारहरु सहभागि हुने भएको आयोजकले जनाएको छ । आइतबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै मैथिली विकास कोषले सो महोत्सवमा १० वटा विभिन्न विषयहरुमा संवाद गर्नुका साथै चित्रकला, पुस्तक प्रदर्शनी, ज्ञानशीपको प्रदर्शनका साथै संगित क्षेत्रका विशिष्ट व्यक्तिहरुको सहभागिता रहने जनाएका थिए । महोत्सवमा भारतका ३ वटा नाट्य समूह तथा २ वटा नेपालको नाट्य समूहका कलाकारहरुले मैथिली, नेपाली तथा हिन्दी भाषामा नाटक मञ्चन गरिने कार्यक्रम समेत रहेको कोषको अध्यक्ष जीवनाथ चौधरीले बताए । महोत्सवको मुख्य आकर्षणमा सांस्कृतिक झाँकी सहितको शोभा यात्रा, रंगारंगारंग कार्...
संयुक्त रुपमा रेल सेवाको उद्घाटन हुदैँ

संयुक्त रुपमा रेल सेवाको उद्घाटन हुदैँ

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल, १९ चैत, जनकपुरधाम । २०७७ असोजमा खरिद गरिएको दुई वटा रेल नियमित संचालनको लागि आज उद्घाटन गरिँदै छ । १ फागुनदेखि बिना यात्रु (ड्राई रन) हुदै आएको कुर्था– जनकपुर–जयनगर रेल सेवा नियमित रुपमा सञ्चालनका लागि भारतको नयाँ दिल्लीबाट नेपालका प्रधानमन्त्री शेरवहादुर देउवा र भारततीय पधानमन्त्री नरेन्द्र मोदीले शनिवार दिउँसो साढे १२ बजे भर्चुअल माध्यमबाट संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । शनिबार दुई देशका प्रधानमन्त्री उद्घाटन गरेपनि रेल सेवा नियमित रुपमा चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरंजन झाले बताए । महाप्रबन्धक झाका अनुसार नेपाली समय साढे १२ बजे भारतको जयनगरस्थित नेपाली स्टेशनबाट रेलको उद्घाटन भई सञ्चालन हुनेछ । जयनगरबाट आउने रेलमा भौतिक पुर्वाधार तथा यातायातमन्त्री रेणु यादव जनकपुरधाम हल्टमा रेलमा चढ्ने छिन् । मन्त्री यादव चढेर कुर्थासम्मको यात्रा गर...
मतपत्र छपाई कार्य सुरु

मतपत्र छपाई कार्य सुरु

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १८ चैत, राैतहट । जनक शिक्षा साम्रगी संस्थान लिमीटेडले हिजो बिहीबार देखि मतपत्र छपाई सुरु गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरू इश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, जानकीकुमार तुलाधर, सचिव गोकर्णमणि दुवाडी र प्रवक्ता शालिग्राम शर्मा पौडेल र केन्द्रमा तैनाथ प्रमुख सेनानीसहितको टोलीले छापाखाना अवलोकन गरे लगत्तै छपाई सुरु भएको हो । केन्द्रको मेसिन अवलोकन गर्न सानोठिमी पुगेका प्रमुख आयुक्त थपलियाले तोकेको समयमै काम सम्पन्न गर्ने निर्देशन दिनुभएको थियो । उहाँले सम्झौताअनुसार काम सम्पन्न गर्न निर्देशन दिदैँ केन्द्रको क्षमता देखाउन आग्रह गर्नुभएको थियो । साभार: नेपाल समाचारपत्र दैनिक...
आज देउवा भारत भ्रमणमा जाँदै

आज देउवा भारत भ्रमणमा जाँदै

अन्य, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १८ चैत, राैतहट । प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने औपचारिक भ्रमणका लागि आज(शुक्रबार) भारत भ्रमणमा जाँदैछन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा नयाँ दिल्ली जान लागेका देउवाको भ्रमणका क्रममा लामो समयदेखि संवादहीन अवस्थामा रहेको सीमा विवाद, व्यापार तथा लगानी, ऊर्जा, कनेक्टिभिटी, दुई पक्षीय संयन्त्रहरूको सञ्चालन तथा बिटुबी र पिटुपी सम्बन्धजस्ता विषयलाई प्राथमिकतामा राखिएको छ। नेपालको प्राथमिकतामा परेका विषय भारतको प्राथमिकतामा पर्छन् वा पर्दैनन् भन्ने निश्चित नभएकाले नेपालको अजेन्डा के हुन्छ भन्ने सार्वजनिक गरिएको छैन। ‘हाम्रो प्राथमिकतामा धेरै कुरा छन्। हाम्रो प्राथमिकता र अजेन्डामा परेका विषयमा भारत छलफल गर्न सहमत हुन्छ भन्ने छैन। त्यसैले अहिले नै यही विषयमा छलफल हुने भन्ने अवस्था छैन,’ परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने। प्रधानमन्त्री देउवा...
विश्वकप २०२२ मा प्रयाेग हुने बल र कप सार्वजनिक

विश्वकप २०२२ मा प्रयाेग हुने बल र कप सार्वजनिक

अन्य, खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, १७ चैत, राैतहट । सन् २०२२ मा कतारमा हुन लागेको फिफा विश्वकप फुटबलमा प्रयोग हुने बल सार्वजनिक गरिएको छ । आगामी नोभेम्बर २१ देखि १८ डिसेम्बरसम्म हुने विश्वकपमा प्रयोग हुने आधिकारिक बल आयोजक कतारले सार्वजनिक गरेको हो । एडिडास कम्पनिले बनाएको बलको नाम ‘अल रिहला’ राखिएको छ । जसको अरबी अर्थ ‘यात्रा’ हुन्छ । ३२ टोलीको सहभागिता रहने यस पटकको संस्करणका लागि हालसम्म २७ राष्ट्र छनोट भईसकको छ ।...
गठबन्धन गरेर चुनावमा गइयो भने महिलाले पाएको संवैधानिक अधिकार गुम्ने खतराःनेतृ ठाकुर

गठबन्धन गरेर चुनावमा गइयो भने महिलाले पाएको संवैधानिक अधिकार गुम्ने खतराःनेतृ ठाकुर

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, १६ चैत, राैतहट । आगामी चुनावमा गठबन्धन गरेर स्थानीय तहको चुनाव लडने भएपछि राजनीतिमा महिलालाई विभिन्न संकट आउन सक्ने नेतृहरुले आशंका व्यक्त गरेकी छिन । आगामी बैशाख ३० गत्ते हुन लागेको स्थानीय तहको चुनावमा विभिन्न दलले गठबन्धन गरी चुनावमा जाने निर्णय गरे लगत्तै महिलाहरुले पाएको संवैधानिक हक गुम्ने खतरा रहेको अन्तरपार्टी महिला संजालकी प्रदेश कोषाध्यक्ष तथा नेतृ विभा ठाकुरले बताएकी छिन । उनले संवैधानिक व्यवस्था अनुसार प्रत्येक दलले स्थानीय तहको चुनावमा प्रमुख÷उपप्रमुख मध्ये एकजना महिला अनवार्य गरे पनि दुई दल मिलेर चुनावमा जाँदा दुबै दलले दुबै पदमा पुरुषलाई नै उम्मेदवार बनाएपछि महिलाले पाएको अधिकार गुम्ने र महिला फेरी राजनीतिमा पछाडी पारिने सम्भावना रहेको नेतृ ठाकुरको आशंका रहेको छ । बुधबार जनकपुरमा अन्तरपार्टी महिला संजालको आयोजना तथा ओरेक नेपालको सहयोगमा आयोजित ‘र...
स्थानीय चुनावका लागि २ लाख ५० हजार सुरक्षाकर्मी परिचालन हुने

स्थानीय चुनावका लागि २ लाख ५० हजार सुरक्षाकर्मी परिचालन हुने

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १६ चैत, राैतहट । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न सुरक्षा निकायका २ लाख ५० हजार बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । सरकारले स्थानीय तह निर्वाचनका लागि एकीकृत सुरक्षा योजना बनाएपछि हाल सुरक्षा निकायबाट खटनपटनका लागि आवश्यक तयारी भइरहेको हो । स्थानीय तह नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाकर्मी खटाइँदै छ । यसैगरी म्यादी प्रहरी पनि भर्ना गरेर खटाइँदै छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार नेपाल प्रहरीबाट ६२ हजार बढी प्रहरी खटाइँदै छ । यस्तै, म्यादी प्रहरी १ लाख खट्नेछन् । सशस्त्र प्रहरीबाट ३२ हजार, सेनाबाट ७० हजार सुरक्षाकर्मी खटनपटनको तयारी भइरहेको छ । -राजधानी दैनिक...
जनकपुरमा साहित्य-कला तथा नाट्क महाेत्सवकाे आयाेजना

जनकपुरमा साहित्य-कला तथा नाट्क महाेत्सवकाे आयाेजना

banner-news-1, अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल, १४ चैत, जनकपुर । मधेश प्रदेशकाे राजधानी जनकपुरधाममा तीन दिवसीय ‘जनकपुर साहित्य–कला तथा नाट्य महोत्सव’ को आयोजना हुने भएको छ। मैथिली विकास कोषको आयोजनामा चैत २३ गते देखि २५ गतेसम्म महोत्सवको आयोजना हुने कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिए। मिथिलाको साहित्यबाट राष्ट्रलाई परिचित गराउने, आधुनिक तथा मौलिक कलारुपको प्रर्दशन तथा विमर्श, साहित्यकला र कलाकारको प्रर्वद्धन एवं पर्यटन प्रर्वद्धन तथा देशी–विदेशी पर्यटकलाई आकर्षित गर्न सक्ने सम्भावनाको खोजी गर्ने मूल उद्देश्यका साथ महोत्सवको आयोजन गर्न लागिएको अध्यक्ष चौधरीले बताए। उनले मिथिला संस्कृतिको विशिष्टताबाट परिचय गराउने र नेपालको आधुनिक रंगमञ्च, कला, संगीत, नृत्य वा साहित्य समृद्धिको लागि प्रयत्न महोत्सवको रहेको बताए। यस महोत्सवले समग्र नेपाली सभ्यतालाई समृद्ध तथा बहुआयामी बनाउने दाबीसमेत गरेका छन्। नेपालभित्रका विभ...
धनकौलका अग्नि पीडितलाई नेता यादवको सहयोग

धनकौलका अग्नि पीडितलाई नेता यादवको सहयोग

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल , चैत्र १४  जितेश यादव ✍️ सर्लाहिको धनकौल गाउँपालिका वडा न.-५ ( हरकठवा) को दलित बस्तीमा भएको आगलागीमा घर क्षति भएका परिवारलाई राहत स्वरुप खाधान सहित लत्ताकपडा सहयोग गरिएको छ । नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य तथा सर्लाही क्षेत्र न. ४ का नेता राम बहादुर( Ram bahadur ray ) को ब्यक्तिगत खर्चबाट आगलागी पिडितलाई राहत समाग्री सहयोग गरिएको हो । सोमबार अग्नि पिडितको बस्तिमै पुगेर नेता यादवले पीडित १५ परिवारलाई २५ किलोको दरले चावल , त्रीपाल, सौल सहितका लत्ताकपडा सहयोग गरेका हुन । गत शनिवार दिउँसो १ बजेको करिवमा धनकौल गाउँपालिका-५ (हरकठवा) को दलित बस्तिमा आगलागी हुँदा १३ घर जलेर खरानी बनेको थियो ।...
राम नगर २ को अध्यक्षमा राम बिनोद यादवको दावी

राम नगर २ को अध्यक्षमा राम बिनोद यादवको दावी

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
  सचतक नेपाल चैत्र १४ स्थानीय तहको चुनावको मिति नजिदिकै गर्दा चुनावी सरगर्मी बढेको छ । बिभिन्न दलका बिभिन्न नेता,कार्यकर्ता चुनावमा उम्मेदबार बन्ने होडबाजीमा लागेका छन । व्यवस्था परिवर्तन संगै युवापुस्ताले समेत राजनीतिमा चासो देखाउन थालेका छन । बढ्दो चुनावी सरगर्मी र उम्मेदबारको भिँडमा राम नगर गाउँपालिका - २ ( धुर्वा ) बस्ने राम बिनोद यादवले नेकपा माओवादी केन्द्रबाट वडा नम्बर २ का अध्यक्ष पदमा उमेदवारी दिने दावी गरेका छन । वडाध्यक्षमा दाबेदारी प्रस्तुत गरेका  शान्ती सु- ब्यबस्था समाजमा सद्भाव कायम राख्न र जनताको बिकास कार्यको अनुभव भएको यादवले शिक्षा,स्वास्थ्य,रोजगारी,पुर्वाधार विकाशमा आफ्नो ध्यान केन्द्रित रहेको बताउँछन ।नेकपा माओवादी पार्टीको काममा निरन्तर सक्रिय भएको हिसावले समेत पार्टीले मुल्याङकन गरेर आफुलाई टिकट दिने दावी समेत गरेका छन् । पछिल्लो ५ बर्षमा २ नम्बर ...