Thursday, August 6
Shadow

मुख्य समाचार

बागमती प्रदेश : ट्याक्सीको भाडामा बढोत्तरी , अब कति हो ?

बागमती प्रदेश : ट्याक्सीको भाडामा बढोत्तरी , अब कति हो ?

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, २६ चैत, रौतहट। बागमती प्रदेशमा चल्ने ट्याक्सीको भाडा बढेको छ । प्रदेश सरकारले ट्याक्सीको भाडा बढाएको हो। बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले ट्याक्सीको भाडा बढाएको हो। मन्त्रीस्तरीय निर्णयबाट भाडा बढाइएको मन्त्रालयले जनाएको छ। बढेको भाडादर आगामी वैशाख १ देखि लागू हुनेछ । काठमाडौं उपत्यकामा पाँच किलोमिटरसम्मको दूरीका लागि २ रूपैयाँ बढेको छ भने २० किलोमिटरभन्दा धेरैका लागि ३ रुपैयाँ बढेको छ। नयाँ भाडाअनुसार पाँच किलोमिटरमा २० रुपैयाँ हुनेछ भने २० किलोमिटरभन्दा धेरैको दूरीमा ३८ रुपैयाँ भाडा पुगेको छ। डाउन फ्लग ५० रुपैयाँ कायम गरिएको छ। साथै पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढी वा घटी भएमा सोही बमोजिम प्रदेश भित्र सञ्चालन हुने सवारी साधानको भाडा समायोजन हुने मन...
३ सय ७३ जना प्रहरी निरीक्षकहरु सरुवा भए , को कहाँ ?

३ सय ७३ जना प्रहरी निरीक्षकहरु सरुवा भए , को कहाँ ?

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २६ चैत, रौतहट। नेपाल प्रहरीका ३ सय ७३ जना प्रहरी निरीक्षकहरूको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिहीवार प्रहरी निरीक्षकहरूको सरुवा गर्ने निर्णय गर्नुभएको हो । २०७९ बैशाख महिनादेख लागू हुने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सुची हेर्न यहाँ क्लिक गर्नुहोस् ।...
निगमकाे १५ अर्बकाे सरकारी काेष रित्तियाे

निगमकाे १५ अर्बकाे सरकारी काेष रित्तियाे

अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डस्क, २६ चैत, राैतहट । नेपाल आयल निगमको घाटा चुलिएसँगै झन्डै १५ अर्ब रुपैयाँको सरकारी कोष रित्तिएको छ । गत असार मसान्तसम्म १४ अर्ब ८० करोड रुपैयाँ रहेको मूल्य स्थिरीकरण कोषमा अहिले ब्याजसहित करिब ३० करोड रुपैयाँ मात्रै रहेको निगमले जनाएको छ । निगमका सह प्रवक्ता पुष्कर कार्कीले पछिल्ला दिनमा भारतीय आयल कर्पोरेसन (आईओसी)ले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाउँदा निगमको सरकारी कोष रित्तिएको बताए । ‘निगमले पछिल्ला दिनमा घाटा बेहोर्नुपरिरहेको छ, घाटा बढ्दै जाँदा आफूलाई आवश्यक पर्ने रकम निगमले यही कोषबाट खर्च गर्दै आएको थियो । अब त सो कोष पनि रित्तियो,’ सह प्रवक्ता कार्कीले भने । उनले चालू आर्थिक वर्ष सुरु भएपछि नै निगमलाई घाटा लाग्न थालेपछि मूल्य स्थिरीकरण कोषमा रकम जम्मा हुन नसकेको र उल्टै कोषबाट रकम झिक्दै जानुपर्ने बाध्यता आइपरेको बताए ।...
कार्यालय प्रमुख नै किर्ते कागजात बनाएकाे ठहर

कार्यालय प्रमुख नै किर्ते कागजात बनाएकाे ठहर

अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल, २५ चैत, कलैया । सामान्य प्रशासन मन्त्रालय सिँहदरबारको चलानि नम्बर ९८२ मिति २०७८ फागुन ३० गतेको पत्रबाट देवताल गाउँपालिकामा सरुवा भएको प्रमुख प्रशासकीय अधिकृत वकिल पालले किर्ते कागजात बनाई नेपाल सरकारकाे कानुनको धज्जि उठाएकाे देखिन्छ । केहि दिन अघि पाल बारागढि गाँउपालिकामा हाजिर हुन आउँदा त्यहाँको सम्पुर्ण जन्ता नै प्रतिकारमा उत्रेपछि देवताल गाउँपालिकामा सरुवा गराएका पाललाई हाजिर बगाएपछि महोतरी जिल्लाको एक स्थानीय तहमा सरुवा गरीएको थियो। तर पाललाई त्यहाँ पनि सरुवा बगाएपछि पुनः बाराको नमुना गाँउपालिकालाई तहस नहस पार्न देवतालमा सरुवा भई आएका छन। देवताल गाउँपालिकामा सरुवा भई आएका पालको बारेमा नकरात्मक जानकारी आएकाले गाउँपालिका अध्यक्ष चन्दन कुमार सिँहले हाजिर नगराएपछि किर्ते कागजात बनाएका जानकारी गाउँपालिका अध्यक्ष सिँहले बताएका छन। गाउँपालिका अध्यक्ष सिँहको अनुसार पाल माल...
यमूनामाईमा एक महिलाकाे शव फेला

यमूनामाईमा एक महिलाकाे शव फेला

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल, २५ चैत, राैतहट । रौतहटको यमुनामाईमा आज एक महिलाको शव फेला परेको छ । यमुनामाई गाउँपालिका २ भेडियाही लमहा नदीमा शुक्रबार एक महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । लमहा नदीको बीच भागमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरे लगत्तै ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको टोली घटनास्थलमा पुगेको छ । फेला परेको मृतक महिलाको हाल पहिचान खुल्न नसकेको छैन् । यसबारे अनुसन्धान सुरु भएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।...
पुन बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य

पुन बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, २३ चैत, राैतहट । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन बढाएको छ। निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको हो। योसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ। त्यस्तै डिजेल र मट्टितेलको खुद्रा मूल्य प्रतिलिटर १४३ रुपैयाँ तोकिएको छ। त्यस्तै, खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँले बढाएर एक हजार ६ सय रुपैयाँ पुगेको छ। निगमका अनुसार आन्तरिक उडानका लागि हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढेर १५६ रुपैयाँ पुगेको छ भने अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने हवाइ इन्धनको मूल्य प्रतिकिलोलिटर ५० डलरले बढेर १ हजार ५ सय ४५ अमेरिकी डलर पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ महँगो हुँदा निगमले मासिक अर्बौं रुपैयाँ घाटा बेहोर्दै आएको भन्दै निगमले मंगलबार मध्यरातबाट लागू ...
आज पलकाे बयान नवलपुर अदालतमा

आज पलकाे बयान नवलपुर अदालतमा

अन्य, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल, २३ चैत, राैतहट । तनहुँ जिल्ला अदालतको आदेशमा पुर्पक्ष थुनामा रहेका पल शाहलाई नवलपुर जिल्ला अदालतमा उपस्थित गराइएको छ। नाबालिग गायिकालाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा थुनामा रहेका शाहलाई बयानका लागि मंगलबार तनहुँ कारागारबाट नवलपुर जिल्ला अदालतमा लगिएको हो। उनीविरुद्ध नवलपुर जिल्ला अदालतमा पनि मुद्दा छ। नवलपुर जिल्ला अदालतले शाहको बयान लिएको छ। न्यायाधीश अर्जुन अधिकारीसमक्षउनले बयान दिएको जिल्ला अदालत नवलपुरका सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताए। ‘बयान सकिएको छ। बुधबारदेखि थुनछेक बहस सुरु हुन्छ,’ उनले भने। न्यायाधीश अधिकारीको एकल इजालसमा थुनछेक बहस सुरु हुनेछ। शाकको तर्फबाट नौजना कानुन व्यवसायीले बहस गर्न वकालतनामा दर्ता गराएका छन्। जाहेरवालाको तर्फबाट मंगलबारसम्म कसैले पनि वकालतनामा दिएका छैनन्। पीडित नाबालिगका तर्फबाट सरकारी वकिलले बहस गर्नेछन्। ‘बहस सुरु हुनुअग...
पिकअपकाे ठक्करबाट राैतहटकाे एक जनाकाे मृत्यु

पिकअपकाे ठक्करबाट राैतहटकाे एक जनाकाे मृत्यु

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
२२ चैत, राैतहट । मधेश प्रदेशकाे धनुषा जिल्लामा पिकअप भ्यानको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका वडा नं. ५ का ५६ वर्षीय शेरबहादुर राई रहेकाे प्रहरीले जनाएकाे छ । मंगलवार विहान धनुषाको मिथिला नगरपालिका–११, बाहुनमारास्थित पृथ्वी राजमार्गमा सिन्धुलीबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ प नम्बरको पिकअपले विपरित दिशाबाट आउँदै गरेको बा ५२ प ५१३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राईको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । दुर्घटनामा मृत्यु भएका राईको शवलाई पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पठाइएको तथा ठक्कर दिने पिकअप र चाकल प्रहरीको नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए ।...
वडा अध्यक्ष पदका उमेदवार महतोले सार्वजनिक गरे अवधारणा प्रतिबद्धता

वडा अध्यक्ष पदका उमेदवार महतोले सार्वजनिक गरे अवधारणा प्रतिबद्धता

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल सर्लाही । नेकपा माओवादी केन्द्रको तर्फबाट सर्लाहीको जिल्लाको बलरा नगरपालिका वडा न. - ८ का अध्यक्ष पदका उम्मेदवार उमेश महतोले स्मार्ट वार्डको परिकल्पना शहितको स्थानीय प्रतिबद्धता पत्र सार्बजनिक गर्नुभएको छ । जारी प्रतिबद्धतामा वडाको बिकासका लागि स्पष्ट खाका सहित स्मार्ट को पुर्ण परिभाषा सहित ब्यख्या गरिएको छ । अवधारणा प्रतिबद्धता १.आधुनिक शिक्षा तथा स्वस्थय क्षेत्रमा व्यापक परिवर्तन ल्याउने। २.कृषि प्रधान वडा बनाउने। ३. समयमै एम्बुलेन्स तथा वृद्ध भता उपलब्ध गराउने। ४.जनताहरुको सेवामा ओहोरात सहभागी हुने ५. वडाबाट पाउने सम्पुर्ण सेवा सुबिधा निशुल्क गरिने लामो समय देखि राजिनितिमा सक्रिय महतो आफ्नो अवधारणा प्रतिबद्धता सार्वजनिक गर्दै आफ्ना प्रतिबद्धता पूरा गर्न आफूलाई नै मत दिएर जिताउन जनताहरुलाई आह्वान गरेका छन।...
बैरगनियामा विद्यान परिषद निर्वाचन, पैदल यात्रुलाई मात्र प्रवेश

बैरगनियामा विद्यान परिषद निर्वाचन, पैदल यात्रुलाई मात्र प्रवेश

banner-news-1, अन्तर्राष्ट्रिय, अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
बैरगनिया संवाददाता, २१ चैत, राैतहट । आज नेपालकाे मित्र देश भारतकाे बैरगनीयामा विद्यान परिषद सदस्यकाे निर्वाचन हुदैँछ । जसकारण नेपालबाट मात्र पैदल यात्रु बाहेक अन्य सवारी माथी राेक लगाइएकाे हाे । आज हुने विद्यान परिषद सदस्यकाे निर्वाचन भारतीय समय अनुसार बिहान ८ बजे देखि शुरु भएकाे हाे । मतदाता पत्र लिएर मतदान कार्यालयमा मतदाताहरु पुगेका हुन् भारतीय क्षेत्र बैरगनिया सहित अन्य ब्लकहरुमा बिधान परिषदको ले बैरगनिया - गौर को मुख्य सिमाना नाका बन्द भएको छ। वार्ड सदस्य, पंचायत समिति सदस्य, मुखिया र जिल्ला परिषद सदस्यहरुले मतदान गर्ने छन् । मतदान केंद्रमा सबै तयारी सम्पन्न भएकाे सच तक नेपालका बैरगनिया संवाददाताले जनाएकाे छ ।...