Tuesday, July 28
Shadow

आज पलकाे बयान नवलपुर अदालतमा

सच तक नेपाल,
२३ चैत, राैतहट । तनहुँ जिल्ला अदालतको आदेशमा पुर्पक्ष थुनामा रहेका पल शाहलाई नवलपुर जिल्ला अदालतमा उपस्थित गराइएको छ। नाबालिग गायिकालाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा थुनामा रहेका शाहलाई बयानका लागि मंगलबार तनहुँ कारागारबाट नवलपुर जिल्ला अदालतमा लगिएको हो। उनीविरुद्ध नवलपुर जिल्ला अदालतमा पनि मुद्दा छ।

नवलपुर जिल्ला अदालतले शाहको बयान लिएको छ। न्यायाधीश अर्जुन अधिकारीसमक्षउनले बयान दिएको जिल्ला अदालत नवलपुरका सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताए। ‘बयान सकिएको छ। बुधबारदेखि थुनछेक बहस सुरु हुन्छ,’ उनले भने।

न्यायाधीश अधिकारीको एकल इजालसमा थुनछेक बहस सुरु हुनेछ। शाकको तर्फबाट नौजना कानुन व्यवसायीले बहस गर्न वकालतनामा दर्ता गराएका छन्। जाहेरवालाको तर्फबाट मंगलबारसम्म कसैले पनि वकालतनामा दिएका छैनन्। पीडित नाबालिगका तर्फबाट सरकारी वकिलले बहस गर्नेछन्। ‘बहस सुरु हुनुअगाडिसम्म वकालतनामा दिन सकिनेछ,’ सूचना अधिकारी क्षेत्रीले भने।

यही चैत ३ गते सरकारी वकिलको कार्यालय नवलपुरले जिल्ला अदालतमा शाहविरुद्ध दायर गरेको थियो। मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गर्दै शाहविरुद्ध मुद्दा दायर भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *