Thursday, August 6
Shadow

मुख्य समाचार

मधेश प्रदेशमा कांग्रेस सिध्याउने खेल हुदैछ : पूर्वउपसभापति निधि

मधेश प्रदेशमा कांग्रेस सिध्याउने खेल हुदैछ : पूर्वउपसभापति निधि

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, ८ वैशाख, राैतहट । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले गठबन्धनको नाममा मधेस प्रदेशमा कांग्रेसलाई सिध्याउने खेल चलिरहेकाे बताएका छन्। आसन्न स्थानीय तह निर्वाचनका लागि सत्तारुढ गठबन्धनले गरेको महानगर र उपमहानगरको भागबण्डाप्रति आपत्ति जनाउँदै निधिले यस्तो बताएका हुन्। ‘मधेस प्रदेस जसपालाई सुम्पिनेगरी सहमति भएको छ। मधेस प्रदेसमा कांग्रेस सिध्याउने षडयन्त्र हो,’ आयोमेलसँग निधिले भने। मधेस प्रदेस जसपालाई सुम्पिनेगरी निर्णय भएको भन्दै उनले यस्तो निर्णयले आगामी चुनावमा देशभर कांग्रेसलाई कमजोर बनाउने जिकिर गरे। निधिले महानगरपालिका र उपमहानगरपालिकामा गरिएको बाँडफाँड केन्द्रीय समितिको निर्णयविपरित रहेको बताए। ‘केन्द्रीय समितिले औचित्य र आवश्यक्ताको आधारमा तालमेल गर्ने निर्णय गरेको हो,’ उनले भने,‘केन्द्रीय समितिको निर्णयविपरित बाँडफाँड गर्ने काम भएको छ। द...
स्थानीय तहहरुमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

स्थानीय तहहरुमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

banner-news-1, अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ८ वैशाख, राैतहट । स्थानीय तहको निर्वाचनको स्थलगत तयारीको लागि ७ सय ५३ वटै स्थानीय तहमा आज बिहीबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको प्रक्रिया सञ्चालन गर्न सहज हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपाल समाचारपत्रलाई बताउनुभयो । आयोगले स्थानीय निर्वाचनका लागि ७७ जना मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ जना निर्वाचन अधिकृत खटाएको छ । मुख्य निर्वाचन अधिकृतले जिल्लामा निर्वाचन गराउन आयोगको प्रतिनिधिका रूपमा काम गर्नेछ । आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको थियो । त्यसै गरी आयोगले जिल्लाका अन्य स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरू र निजामती सेव...
प्रदेश तथा क्षेत्रीय कार्य समिती ३ बाट मेयर र उपमेयरमा नाम सिफारिस

प्रदेश तथा क्षेत्रीय कार्य समिती ३ बाट मेयर र उपमेयरमा नाम सिफारिस

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, ८ वैशाख, रौतहट । नेपाली काँग्रेस प्रदेश तथा क्षेत्रीय कार्य समिती ३ ले जलेश्वर नगरपालिकाका लागि मेयर र उपमेयर पदका लागि नाम सिफारिस गरेको छ । महाेत्तरी जिल्लाको जलेश्वर नगरपालिका का लागि मेयर मा ४ र उपमेयर मा ३ जना को नाम सिफारिस भएको छ । क्षेत्रीय कार्य समिती ३ बाट मेयर पदका लागि शम्भु नारायण पाठक, ईश्वर नारायण पान्डेय, डा.सज्जन ठाकुर र अशोक कुमार साहको नाम सिफारिस भएको छ । त्यस्तै उपमेयर पदको लागि अनिता देवी शर्मा , निनु कर्ण र विभा झाको नाम सिफारिस भएको स्रोतले जनाएको छ ।...
विश्व स्वास्थ्य संगठनका महानिर्देशक आज काठमाडौं आउँदै

विश्व स्वास्थ्य संगठनका महानिर्देशक आज काठमाडौं आउँदै

अन्तर्राष्ट्रिय, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, ८ वैशाख, राैतहट। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउँदैछन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा उनी आज दिउँसो साढे १२ बजे राजधानी काठमाडौं आउन लागेका हुन् । महानिर्देशक गेब्रेयससका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरू समेत रहने छन् । डब्ल्यूएचओको प्रतिनिधि मण्डलको सम्मानमा आजै बेलुकी स्वास्थ्य मन्त्री खतिवडाले आयोजना गरेको रात्रिभोजमा महानिर्देशक गेब्रेयसस सहभागी हुने छन् । तीनदिने भ्रमणका क्रममा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्य...
लाेसपा नेता महताेकाे फेसबुक ह्याक, पार्टी छाेडेकाे पाेष्ट भाइरल

लाेसपा नेता महताेकाे फेसबुक ह्याक, पार्टी छाेडेकाे पाेष्ट भाइरल

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, ७ वैशाख, राैतहट । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोको फेसबुक ह्याक भएको छ । फेसबुक ह्याक गर्दै ह्याकरले महतोले आजदेखि लोसपा छोडेको आशयको पोष्ट गरेको थियो । फेसबुक ह्याक भएपछि महतोले यसमा कुनै सत्यता नरहेको प्रष्ट पार्नुभएको छ । ‘मेरो फेसबुक ह्याक गरि सुनियोजित रूपमा कसैले यो समाचार सम्प्रेषण गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले फेसबुकमा लेख्नुभएको छ, ‘यसमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु, यस्तो घृणित कार्य गर्नेलाई तुरुन्त कानुनी दायरामा ल्याउन पहल गर्नेछु ।’ महतोले लोसपा छोडेको भन्दै लेखिएको पोष्टको स्क्रिनसट भाइरल भएपछि प्रष्ट्याउनुभएको हो । पोष्टमा लेखिएको थियो, ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँगको यात्रालाई आजबाट पूर्ण रूपले विराम दिएको छु । यात्रालाई सहज र सरल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सा...
जनप्रतिनिधिले राजीनामा दिनैपर्ने सर्वाेच्चकाे फैसला

जनप्रतिनिधिले राजीनामा दिनैपर्ने सर्वाेच्चकाे फैसला

अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, ७ वैशाख, राैतहट । स्थानीय तहमा उम्मेदवार बन्न इच्छुक बहालवाला जनप्रतिनिधिले राजीनामा दिनैपर्ने फैसला सर्वोच्च अदालतले मंगलबार सुनाएको छ। न्यायाधीशहरू तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले चुनावी आचारसंहिताको विषयमा परेको रिट निवेदन खारेज गरेपछि जनप्रतिनिधिले फेरि चुनाव लड्न चाहे मनोनयनपत्र दर्ता गराउनुअघि बहालवाला पदबाट राजीनामा दिनैपर्ने भएको हो। निर्वाचन आयोगले यही वैशाख ३० मा हुने स्थानीय तहको चुनावका लागि बनाएको आचारसंहितामा पालिकाका प्रमुख, उपप्रमुखलगायत जनप्रतिनिधिले फेरि उम्मेदवारी दिन चाहे पहिला भइराखेको पदबाट राजीनामा दिनुपर्ने उल्लेख छ। आचारसंहिताको यो प्रावधानविरुद्ध सर्वोच्च अदालतमा जनप्रतिनिधिले रिट निवेदन दर्ता गराएका थिए। आयोगले पालिकाको चुनावका लागि वैशाख ११ र १२ मा मनोनयन दर्ता मिति तोकेको छ। यसअघि स्थानीय तहका जनप्रतिनिधिले फेरि ...
राप्रपा आज घाेषणपत्र सार्वजनिक गर्दै

राप्रपा आज घाेषणपत्र सार्वजनिक गर्दै

banner-news-1, अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, ७ वैशाख, राैतहट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज घोषणापत्र सार्वजनिक गर्दैछ । अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने तयारी गर्नुभएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताए । पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच घोषणापत्र सार्वजनिक गर्ने तयारी भएको उहाँले जानकारी दिए । घोषणापत्रमार्फत राप्रपाले पार्टीको प्रतिबद्धता र योजनाहरु ल्याउने श्रेष्ठले बताए । यसअघि नै नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राप्रपा नेपालले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । ठूला पार्टीहरु कांग्रेस, एमाले र माओवादी केन्द्रले भने सार्वजनिक गरेका छैनन् ।...
श्रीलंका : प्रहरीकाे गाेली लागेर एक जनाकाे मृत्यु

श्रीलंका : प्रहरीकाे गाेली लागेर एक जनाकाे मृत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, ७ वैशाख, राैतहट । श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । ११ जना प्रदर्शनकारी घाइते भएका छन् । यो घटनामा प्रहरीतर्फ पनि १० जना घाइते भएका छन् । घाइतेहरुलाई केगले अस्पतालमा भर्ना गरिएको छ । श्रीलंकाको रांबुक्काना भन्ने शहरमा प्रहरीले प्रदर्शनकारीलाई तितर बितर बनाउन गोली चलाएको हो। प्रहरी प्रवक्ता निहाल तल्डुवाले बीबीसीसँग भनेका छन्–१५ घण्टासम्म प्रदर्शन गरिरहेकाहरुलाई हटाउन प्रहरीलाई गोली चलाउनु परेको थियो । यो घटनापछि रांबुक्काना शहरमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ । श्रीलंकामा आर्थिक संकट उच्च भएपछि जनतामा आक्रोश छ । उनीहरुले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन् । यसैक्रममा मंगलबार पनि देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भएका छन् । मंगलबार रांबुक्काना, हिंगुराकगोडा, बड्डेगामा, डिगाना, गंपोला, रत्नापुर र तेल्देनिया ल...
बालिकालाई बलात्कार गरेको आरोपमा ४९ बर्षीय पुरुष पक्राउ

बालिकालाई बलात्कार गरेको आरोपमा ४९ बर्षीय पुरुष पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, ६ वैशाख, राैतहट । बालिकालाई बलात्कार गरेको आरोपमा ४९ बर्षीय पुरुष पक्राउ परेका छन् । मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिका निवासी ८ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४९ बर्षीय पुरुषलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । सोमबार साँझ पीडित बालिकाकी आमाले आफन्तबाटै छोरी पटक–पटक बलात्कृत भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी दर्ता गराएकी थिइन् । प्रहरीमा जाहेरी दर्ता भएपछि इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोलीले आरोपितलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । आरोपितलाई हिरासतमा राखि थप अनुसन्धान सुरु गरिएको प्रनाउ कार्कीले बताए । पीडित बालिका बिरामी रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ ।...
सत्ता गठबन्धन कुनै हालतमा भंग नहुने : देउवा

सत्ता गठबन्धन कुनै हालतमा भंग नहुने : देउवा

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, ६ वैशाख, रौतहट । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन कुनै हालतमा भंग नहुने बताउनु भएको छ । मंगलबार नेविसंघको स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले अहिले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताउनुभयो । तर गठबन्धन टुटाउने षड्यन्त्र असफल पार्नुपर्ने उहाँको भनाइ थियो । गठबन्धन टुट्यो भने संविधानअनुसार कसैको बहुमत आउने अवस्था नरहेकोले गठबन्धन जोगाउनुको विकल्प नरहेको देउवाको जोड थियो । गठबन्धन गर्दा काँग्रेसको हैसियत माथि नै हुने भएकोले यसमा गठबन्धन कुनै हालतमा तोड्नु नहुने उहाँको भनाइ थियो ।...