कांग्रेसले ओखलढुंगाको आठै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाए
सचतक नेपाल,
११ वैशाख, ओखलढुंगा । नेपाली कांग्रेसले ओखलढुंगाको आठ वटै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । नेपाली कांग्रेसले एक नगरपालिका र सात गाउँपालिकाको प्रमुख-उपप्रमुखका उम्मेदारहरुको नाम टुंग्याएको हो ।
सिद्धिचरण नगरपालिकाको मेयरमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापति तेजेन्द्र खनाललाई उम्मेदवार बनाइएको छ ।
सुनकोशी गाउँपालिकामा अध्यक्ष कमल तामाङ र उपाध्यक्षमा सुनिता अधिकारी, खिजीदेम्बा गाउँपालिका अध्यक्षमा भुपेन्द्र बस्नेत र उपाध्यक्षमा सुशिला तामाङ, मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली राई र उपाध्यक्षमा माया राईलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडाले जानकारी दिए ।
यस्तै चम्पादेवी गाउँपालिका अध्यक्षमा नवराज केसी, लिखु गाउँपालिका अध्यक्षमा अशोक कार्की, मोलुङ गाउँपालिका अध्यक्षमा प्रकाश दाहाल र चिशङ्खुगढी गाउँपा...









