Thursday, August 6
Shadow

मुख्य समाचार

बझाङ केन्द्रबिन्दु भएर भुकम्प

बझाङ केन्द्रबिन्दु भएर भुकम्प

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल, ६ बैशाख, बझाङ । मंगलबार बिहानै बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान स्थानीय समयअनुसार ६ बजेर तीन मिनेट जाँदा भूकम्प गएको हो । केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको थियो । यसअघि चैत ९ गते ताप्लेजुङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।...
इन्धन खर्च कटौती गर्ने निर्णयलाई कार्यान्वयनमा

इन्धन खर्च कटौती गर्ने निर्णयलाई कार्यान्वयनमा

अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, ५ वैशाख, राैतहट । सरकारले सोमबारबाट २० प्रतिशत इन्धन खर्च कटौती गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याएको छ । ‘इन्धन शीर्षकमा विभिन्न मन्त्रालय/निकाय तथा नेपाल सरकारसँग सम्वद्ध सार्वजनिक संघ संस्थाले बाँकी बजेटको २० प्रतिशतले कटौती गर्ने,’ अर्थ मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै भनेको छ, ‘यो निर्णय विकास आयोजनाहरू, शान्ति सुरक्षा, अत्यावश्यक सेवा र आसन्न स्थानीय निर्वाचन प्रयोजनका लागि लागु नहुने ।’ अर्थ सम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा सङ्घीय संसद्मा प्रस्तुत वक्तव्यको बुँदा नं. १५ मा प्रशासनिक र इन्धन खर्चमा १० प्रतिशतले कटौति गर्ने उल्लेख छ । तर बढ्दो व्यापार घाटा, विप्रेषण आप्रवाहमा कमी र वैदेशिक मुद्राको संचितिमा परेको चापलाई मध्यनजर गर्दै गत चैत ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्ष २०७८/७९ मा इन्धन शीर्षकमा विनिय...
बाघकाे आक्रमणबाट दुई जना घाइते

बाघकाे आक्रमणबाट दुई जना घाइते

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल, ५ वैशाख, बारा । बारामा बाघको आक्रमणबाट दुइजना घाईते भएका छन् । शनिबार जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुर नजिकै तपोभुमी सामुदयिक वनमा बाख्रा चराउँन गएका बेला ४२ वर्षिय दिलबहादुर मुक्तान र उनकी ३८ वर्षिया श्रीमती माईली माया रुम्बा घाइते भएका हुन्। सुरुमा माईली मायाँलाई बाघले आक्रमण गरेपछि उनलाई बचाउन गएका श्रीमान दिल बहादुरलाई समेत बाघले आक्रमण गरेर घाइते बनाएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिब ओलीले जानकारी दिए । रुम्बाको घाँटी र छातिमा अनि मुक्तानको छाती अनी पाखुरामा चोट लागेको छ उनले बताए ।घाइतेहरुको स्थानीय मेडिकलमा सामान्य उपचार पछि थप उपचारको लागी हेटौंडा स्थित चुरेहिल अस्पताल पठाईएको र दुबै जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक ओलीले बताए ।...
निर्वाचन कुनै हालतमा सर्दैन: प्रचण्ड

निर्वाचन कुनै हालतमा सर्दैन: प्रचण्ड

banner-news-1, अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, ५ वैशाख, राैतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचन मिति कुनै पनि हालत नसर्ने बताएका छन् । पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमार्फत उनले चुनाव सर्ने हल्ला फैलिरहेको भन्दै तोकिएकै मितिमा चुनाव हुने प्रष्ट पारे । ‘निर्वाचन सर्दैन् । ३० वैशाखमै निर्वाचन हुन्छ । गठबन्धनमा आबद्ध दलहरू निर्वाचनको तयारीमा केन्द्रित भएर लागेका छौं । आम मतदातालाई म आ-आफ्नो ठाउँबाट निर्वाचनमा सहयोग गर्न आग्रह गर्दछु,’ प्रचण्डले भने । निर्वाचनको मिति सर्ने खेलमा पाँच दलीय गठबन्धन नै लागेको भन्दै हल्ला फैलाइएको भन्दै उनले कुनै पनि हालतमा निर्वाचन नसर्ने प्रष्ट पारे ।...
देवाही गोनाहीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

देवाही गोनाहीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल ४ वैशाख, रौतहट । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका ४ मा दुई भारतीय प्लेट एक आपसमा ठोक्किदाँ १ जनाको मृत्यु भएको छ । सोमबार राति दुर्घटना हुदाँ एक जना गम्भीर घाइतेको मृत्यु भएको इलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ । गम्भीर घाइते भई उपचार गराउने क्रममा मोटरसाइकल चालक घर बारा जिल्लाका भएको कमोद यादव रहेको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलमा पछाडी सवार पनि घाइते भएको हो । बिआर ३० एफ ५००३ नम्बरका मोटरसाइकल सवार एक जनाको मृत्यु र घाइते भएका हुन् । ठक्कर दिन फरार रहेको प्रहरीले जनाएको छ ।...
बर्दिया: १४ वर्षीय किशाेरी बलात्कृत

बर्दिया: १४ वर्षीय किशाेरी बलात्कृत

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल ४ वैशाख, बर्दिया ।बर्दियामा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका–३ खुरखुरे बस्ने २५ वर्षीय गगन कामीलाई पक्राउ गरेको छ । सुर्खेत ब्राह्राताल गाउँपालिका–४ स्थायी घर भएका कामीलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कामीले सोही नगरपालिका–६ पथ्थरडाँडास्थित खेतमा किशोरीलाई शुक्रबार साँझ बलात्कार गरेका थिए । ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।...
३ दिन सम्म तराईका जिल्लाहरुमा ताताे हावा चल्ने

३ दिन सम्म तराईका जिल्लाहरुमा ताताे हावा चल्ने

banner-news-1, अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, ४ वैशाख, राैतहट। नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा आगामी तीन दिन तातो हावा चल्ने भएकोले उच्च सतर्कता अपनाउन विज्ञहरुले आग्रह गरेका छन् । भारतको मौसम विभाग र बैंककस्थित क्षेत्रीय बहुप्रकोप केन्द्र (राइम्स) द्वारा जारी पूर्व चेतावनी अनुसार नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा वैशाख ५, ६ र ७ गते (हिट वेब) तातो हावा चल्ने देखिएको हो । ४० डिग्रि भन्दा माथिको तापक्रमलाई (हिट वेब) अर्थात् ‘लू’ भन्ने गरिन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अभिलेख अनुसार देशका ७ स्थानमा ४० डिग्री सेल्सियस भन्दा माथि तापक्रम पुगेको छ । यो अघि नै विज्ञहरुले नेपालमा यसवर्ष तापक्रम बढ्नेतर्फ सचेत गराउँदै आएका थिए । यसै सन्दर्भमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले वैशाखको ५ गतेदेखि लगातार ३ दिनसम्म पश्चिम...
दुध बाेक्ने ट्यांकर भित्र अबैध रुपमा राखेकाे मलखाद्य नियन्त्रणमा

दुध बाेक्ने ट्यांकर भित्र अबैध रुपमा राखेकाे मलखाद्य नियन्त्रणमा

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल, ४ वैशाख, सर्लाही । सशस्त्र प्रहरी बलको टोलीले दुध बोक्ने ट्यांकरभित्र मलखाद राखेर ल्याउँदै गरेको अवस्थामा ट्यांकर नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो करिब २ बजे बरहथवाबाट नयाँरोडतर्फ आउँदै गरेको ना. ७ ख १०६६ नम्बरको दुध बोक्ने ट्यांकर सशस्त्र प्रहरी बल धरहरा बेस क्याम्पको टोलीले नियन्त्रणमा लिएको हो । बागमती नगरपालिका–२ स्थित धरहराबाट नियन्त्रणमा लिईएको दुध बोक्ने ट्यांकर भित्रको एउटा डिब्बामा २५ बोरा यूरिया मलखाद बरामद् भएको छ । तीनवटा डिब्बा मध्ये बीचको डिब्बा भित्र २५ बोरा मल राखिएको थियो । सशस्त्र प्रहरी बल धरहरा बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी निरीक्षक योग बहादुर थापा नेतृत्वको टोलीले मल बोकेको दुध बोक्ने ट्यांकर नियन्त्रणमा लिएर सशस्त्र प्रहरी बल १० नम्बर गण कबिलासी पठाएको छ । ट्यांकरसँगै चितवनको खैरिनी–६ निवासी चालक ३६ वर्षीय शम्भु चौधरी र जुम्लाको चन्द्रन...
बालककाे मृत्य विषयलाई लिएर सिन्धुली सडक खण्ड बन्द

बालककाे मृत्य विषयलाई लिएर सिन्धुली सडक खण्ड बन्द

ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल, ४ वैशाख, सिन्धुली । बालकको मृत्यु भएको विषयलाई लिएर बीपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरिएको छ । पीडित पक्षले दोषीलाई कारबाहीको माग गर्दै आज बिहानैदेखि राजमार्ग बन्द गराएका हुन् । स्थानीयवासीले राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा अवरोध सिर्जना गर्दा राजमार्गमा कुनै पनि सवारीसाधन गुड्न सकेका छैनन् । राजमार्ग बिहानैदेखि बन्द भएको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए । पीडित पक्षलाई आवश्यक छलफलका लागि कार्यालयमा हिजोदेखि बोलाएको भए पनि पीडित पक्ष नआएको र सडकमा टाएर बालेर राजमार्ग अवरुद्ध पु¥याएको उनले बताए । पीडित पक्षलाई बोलाई छलफल गरी सहमतिबाटै राजमार्ग खोल्ने प्रयास भइरहेको उनले जानकारी दिए । शनिबार फिक्कल गाउँपालिका–१ घर भएका १२ वर्षीय सृयास भुजेलको ग्वाङखोलामा पौडी खेल्ने क्रम...