Thursday, August 6
Shadow

मुख्य समाचार

एकीकृत समाजवादी र एनेकपाबीच एकताको घोषणा

एकीकृत समाजवादी र एनेकपाबीच एकताको घोषणा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, १५ वैशाख, रौतहट। नेकपा एकीकृत समाजवादी र एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा) बीच एकता हुने भएको छ। एकीकृत समाजवादीले आफ्नो वैचारिक तथा सैद्धान्तिक दृष्टिकोणले नजिक रहेका राजनीतिक दल, पार्टी निकट मोर्चा, सङ्गठनलाई एकताबद्ध गरी कम्युनिष्ट शक्तिलाई बलियो बनाउने र कम्युनिष्ट आन्दोलनलाई मुलुकको विकास र जनताका पक्षमा उपयोग गर्ने नीतिअनुसार एनेकपासँग एकता गर्न लागिएको जनाएको छ । विहीवार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एनेकपाका अध्यक्ष आलोक रायमाझीको उपस्थितिमा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा दुवै पार्टीबीच एकतासभाको आयोजना हुने भएको छ । नेकपा एमालेबाट विद्रोह गरी स्थापित भएको एकीकृत समाजवादीले स्थापनाको आठ महिनाको अवधिमा करिब १० वटा वामपन्थी विचारका विभिन्न पार्टी तथा मोर्चालाई समाहित गरिसकेको छ ।  ...
चितुवाको छालासहित तीन जना पक्राउ

चितुवाको छालासहित तीन जना पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, १४ वैशाख, रौतहट । चितुवाको छालासहित सुर्खेत प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–१० स्थित बसपार्कमा रहेको सुनिता होटेल एण्ड लजबाट एक थान चितुवाको छालासहित बुधबार दिउँसो दुई बजेतिर तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जुम्लाको सिंजा गाउँपालिका–८ का ४० वर्षीय दलबहादुर बुढा, वीरेन्द्रनगर–१४ का ४१ वर्षीय भरतबहादुर बुढा र २३ वर्षका अम्मरबहादुर थापालाई चितुवाको छालासहित पक्राउ गरिएको बताए । होटेलमा चितुवाको छालाको कारोबार भइरहेको सूचनाका आधारमा जिल्लाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूले दैलेखबाट विक्री गर्नका लागि चितुवाको छाला ल्याएको बताएका छन् । चितुवाको छाला कारोवारमा संलग्न मुख्य व्यक्ति पक्राउ परेका छैनन् । पक्राउ परेका तीनै जना भरिया रहेको उ...
मेयरका उम्मेदवार शेख वकिल घरदैलोमा जुटे

मेयरका उम्मेदवार शेख वकिल घरदैलोमा जुटे

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, १३ बैशाख,रौतहट । बैशाख ३० गते हुने लागेकाे स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका रौतहटका उम्मेदवारहरु घरदैलो अभियानमा जुटेका छन् । गाउँ–गाउँका मतदातालाई आफ्नो पक्षमा रिझाउन उम्मेदवार घरदैलो अभियान सुरु गरेका हुन् । आइतबार र सोमवार मनोनयन दर्ता गरेका दलका उम्मेदवारहरु मंगलवारदेखि भोट माग्दै जनताका घरदैलोमा पुग्न थालेका छन् । राजनीतिक दलका उम्मेदवारहरु आ आफना एजेण्डा लिएर जनताको घरदैलामा जान शुरु गरेका छन् । विभिन्न दलका उम्मेदवार अहिले आफ्नो पार्टीको घोषणापत्र र कार्यसूची बोकेर मतदाताका घर–घरमा पुग्न थालेका छन् भने कोही अझ पुग्ने तयारीमा लागेका छन् भने स्वतन्त्र उम्मेदवार आफ्नो व्यक्तिगत एजेण्डा सुनाउँदै मतदातासँग मत माग्न थालेका छन् । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको समय सकिएपछि रौतहटमा विभिन्न राजनीतिक दलले आ–आफ्ना चुनावी अभिया...
काठमाण्डाैं महानगरपालिकाका प्रमुखमा सिर्जना सिहंकाे उम्मेदवारी

काठमाण्डाैं महानगरपालिकाका प्रमुखमा सिर्जना सिहंकाे उम्मेदवारी

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, १३ वैशाख, राैतहट । नेपाली कांग्रेस पार्टीबाट काठमाण्डाैं महानगरपालिकाका प्रमुख (मेयर) पदका लागि सिर्जना सिहंले उम्मेदवारी दर्ता गराएकी छिन् । संस्कार, संस्कृति र सभ्यताको सम्मान मेयर पदमा सिर्जना सिंहलाई मतदान भन्ने नारा र भारी बहुमतका साथ उम्मेदवारी दर्ता गराएकी हुन् । काठमाण्डाै महानगरपालिकाकाे हावा, पानी, माटाे र संस्कृति सबैसँग परिचित छु । उम्मेदवारी दर्ता गराएकी सिर्जना सिंह भन्छन् ," मैले सधै काठमाण्डाैंकाे उत्थान र बिकाशकाे लागिनै साेचेकाे हुन्छु ।" राजधानीलाई सफा, सुरक्षित र महिलाकाे विकाशकाे लागि सधै प्रयासरत रहेने उनले बताइन् । महिलाे आफ्नाे घर सफा राख्ने झै म काठमाण्डाैंलाई पाचँ वर्षमा सफा बनाउने र महिला सुरक्षित रहित सहर बनाउने उनले प्रतिबद्धता जनाउनु भयाे । अब राजधानी पनि महिलाले हाक्नु पर्ने र महिलालाई अगाडी बढाउनु पर्ने स्थानि...
मधेश प्रदेशमा ३४ हजार ७४७ जनाले दिए उम्मेदवारी

मधेश प्रदेशमा ३४ हजार ७४७ जनाले दिए उम्मेदवारी

ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
सचतक नेपाल, १३ वैशाख, रौतहट । आसन्न स्थानीय तह निर्वाचनमा मधेश प्रदेशबाट ३४ हजार भन्दाबढीले उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार मधेश प्रदेशमा ३४ हजार ७ सय ४७ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका हुन्। जसमा प्रमुखमा १ हजार ३०३, अध्यक्षमा ८ सय ६६, उपप्रमुखमा ६ सय २४, उपाअध्यक्षमा ४ सय ६१, वडाध्यक्षमा ८ हजार ३०४, महिला सदस्यमा ५ हजार ८०२, दलित महिला सदस्यमा ५ हजार ५०१ र सदस्यमा ११ हजार ८८६ जनाले उम्मेदवारी दिएका छन्।...
माओवादीबाट भारी बहुमतले उम्मेदवारी दिए शम्भु सिंह

माओवादीबाट भारी बहुमतले उम्मेदवारी दिए शम्भु सिंह

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १३ वैशाख, रौतहट । नेकपा माओवादीबाट भारी बहुमतले शम्भु सिंह सोमबार उम्मेदवारी दर्ता गराएका छन् । दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष (मेयर) पदमा भारी बहुमतका साथ सिंहले उम्मेदवारी दिएका हुन् । युवाहरुको साथ उनले हिजो आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । वैशाख ३० गते हुन लागेको स्थानिय निर्वाचनका लागि उनले मनोनयन दर्ता गराएका हुन् । श्री सरस्वती माध्यमिक विद्यालयको भवनमा निर्वाचनको मनोनयन भएको थियो । हजारौँ संख्यामा देखिएको भिडले सिंहको पक्ष बलियो रहेको समेत प्रमाण दिन्छ । “जय जय शम्भु, घर घर शम्भु”को नारासाथ उनले सोमबार मनोनयन दर्ता गराएका थिए । सिंह लगायत माओवादीबाट उपमेयर र वडा अध्यक्षहरु पनि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।...
नक्कली योजना बनाई रकम हिनामिना गर्ने वन अधिकृतसहित ६ विरुद्ध अख्तियारको उजुरी

नक्कली योजना बनाई रकम हिनामिना गर्ने वन अधिकृतसहित ६ विरुद्ध अख्तियारको उजुरी

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल, १३ वैशाख, सुर्खेत । मुगुको सोरु गाउँपालिका-१ जवलधारादेखि काछसम्मको पदमार्ग निर्माण नै नगरी रकम भुक्तानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । पदमार्ग निर्माणनै नगरे पनि बिल बनाएर आठ लाख ८७ हजार ६ रुपैयाँ अनियमितता गरेको आरोपमा ६ जनामाथि आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले डिभिजन वन कार्यालय मुगुका अधिकृत भरतबहादुर बुढथापा, सब–इन्जिनियर गोरसिंह बढुवाल, असिस्टेन्ट सब–इन्जिनियर रवीन्द्र शाही, पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष बास्तोला शाही, सचिव बिसु नेपाली र कोषाध्यक्ष हरिबहादुर शाहीमाथि मुद्दा दायर गरेको हो । बढी मुल्यांकन गरी झुठ्ठा बिल बनाई योजनाको विनियोजित रकम पुरै भुक्तानी दिई सरकारी रकम हिनामिना गरेको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा मुगु सोरु गाउँपालिका-१ को काछदेखि छोटासम्मको पर्यटक पदमार्ग निर...
स्थानीय तहको सुरक्षा अवस्थाबारे चारवटै सुरक्षा निकायका प्रमुखहरुबीच छलफल

स्थानीय तहको सुरक्षा अवस्थाबारे चारवटै सुरक्षा निकायका प्रमुखहरुबीच छलफल

अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, ११ वैशाख, रौतहट । स्थानीय तह निर्वाचनको सुरक्षा अवस्थालाई लिएर आइतबार चार वटै सुरक्षा निकायका प्रमुखहरुबीच छलफल भएको छ । सैनिक मुख्यालय जंगी अड्डामा भएको छलफलमा प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के।सी। तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेल सहभागी रहेका थिए । छलफलमा युद्धकार्य निर्देशनालयका निर्देशकले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि नेपाली सेनाले हालसम्म गरेका कार्यहरुको प्रगति विवरण तथा भविष्यमा अन्य सुरक्षा निकायहरुसँग समन्वय गर्नुपर्ने विषयहरुका बारेमा प्रस्तुतीकरण दिएका थिए । सबै सुरक्षा निकायका प्रमुखहरुबीच स्थानीय तह निर्वाचन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न सरकारबाट सुरक्षा निकायहरुलाई प्राप्त जिम्मेवारीहरु...
कमैयाको एक बस्तीमा आगलागी, ७२ घरमा क्षति

कमैयाको एक बस्तीमा आगलागी, ७२ घरमा क्षति

ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल, ११ वैशाख, धनगढी । कैलालीको कमैया बस्तीमा आगलागी भएको छ । प्रहरीका अनुसार आइतबार दिउँसो भएको आगलागीका कारण कम्तिमा ७२ घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका– ७ स्थित विपतपुर मुक्तकमैया बस्तीमा आगलागी भएको हो । आइतबार दिउँसो गहुँको नल जलाउन खेतमा लगाएको आगो हावाहुरीले उडाएर बस्तीमा पुर्‍याएपछि आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । उनका अनुसार पुरै बस्तीमा आगलागी भएको छ । आगलागीबाट मानवीय क्षति नभए पनि भौतिक रूपमा भने ठूलो क्षति भएको जोशीले बताए । आगलागी नियन्त्रणका धनगढी उपमहानगरपालिका र गौरीगंगाको दमकल बस्तीमा पुगेका छन् । यसका साथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीको टोली, नेपाल प्रहरी र स्थानीयले पनि आगो नियन्त्रण गर्ने प्र...
धनुषामा कार दुर्घटना १ जनाको मृत्यु, ३ जना घाइते

धनुषामा कार दुर्घटना १ जनाको मृत्यु, ३ जना घाइते

अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल, ११ वैशाख, धनुषा । धनुषामा कार दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परि अन्य तीन जना घाइते समेत भएका छन्। मृत्यु हुनेमा कार चालक भारतिय नागरिक नविन कुमार राय रहेका छन्। शनिवार राति सवा ११ बजेको समयमा महेन्द्रनगरबाट जनकपुर तर्फ जाँदै गरेको भारतिय नम्बरको कार धनुषाको लक्ष्मिनिया गाउँपालिका वडा नं. ४ सपहीमा अनियन्त्रित भई माटोको डिस्कोमा ठोकिंदा राय गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका उनलाई उपचारको लागी प्रादेशिक अस्पताल जनकपुरधाम ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा परेर कारमा सवार सोनु कुमार गुप्ता, विशाल कुमार राय र गोलु कुमार महतो घाइते भएका छन् । घाइतेमध्ये गोलुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सबैजनाको उपचार प्रादेशिक अस्पतालमै भइरहेको धनुषा प्रहरीले जनाएको छ ।...