Tuesday, August 11
Shadow

मुख्य समाचार

पाल्पामा छुटाछुटै स्थानमा दुई शव फेला

पाल्पामा छुटाछुटै स्थानमा दुई शव फेला

ताजा-अपडेट, मुख्य समाचार
पाल्पा। पाल्पामा झुन्डिएका अवस्थामा फरक फरक ठाउँमा दुई शब फेला परेका छन् ।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार माथागढी र तिनाउ गाउँपालिकामा सोमबार झुन्डिएको अवस्थामा बेवारिसे दुईवटा शब फेला परेका हुन् ।जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार तिनाउ गाउँपालिका–३, झुम्सामा रहेको खुल्खुले सामुदायिक वन क्षेत्रमा र माथागढी गाउँपालिका–५, को सामुदायिक वनमा अर्को एक शव फेला परेको हो ।दुवै शवहरु सडेगलेको अवस्थामा फेला परेको तथा पोष्टमार्टम र थप अनुसन्धानका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ । दुवैको पहिचान खुल्न सकेको छैन् ।...
आमसञ्चार प्राधिकरणकाे ५ दिने तालिम आजबाट शुभारम्भ

आमसञ्चार प्राधिकरणकाे ५ दिने तालिम आजबाट शुभारम्भ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
जनकपुर - गृह तथा सञ्चार मन्त्रालय अन्तर्गत आम सञ्चार प्राधिकरणकाे ५ दिने तालिम आजबाट शुभारम्भ भएको छ । आम सञ्चार प्राधिकरण मधेश प्रदेश जनकपुरधामकाे वार्षिक कार्यक्रममा स्वीकृत भएको अनुसार पहिलो चरणको तालिम सुरु हुन लागेको हो । श्रव्य-दृश्य, छायाङ्कन एवम् सम्पादन सम्बन्धी पाँच दिवसीय तालिम बैशाख २५ देखि २९ सम्म चल्ने छ । प्रदेश सभा सदस्य एवम् नेपाल पत्रकार महासंघ धनुषाका पुर्व अध्यक्ष रामअशिष राय यादवले प्रमुख अतिथिका रुपमा बाेट राेप्न गर्दर तालिमकाे शुभारम्भ गर्नुभयो । कुल २८ जनालाई तालिमका लागि छनौट भएको आम सञ्चार प्राधिकरणले सार्वजनिक गरेको छ। आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले पत्रकारिता बारे प्रकाश थप्दै नेपाल पत्रकार महासंघ धनुषा शाखाकाे सभाकक्षमा उद्घाटन सत्रलाई समापन गर्नुभयो। तालिममा छनाैट नामावली...
बाेल्ने माैका नपाएपछि सिंहले सांसद भवनमैे लुगा खाेले

बाेल्ने माैका नपाएपछि सिंहले सांसद भवनमैे लुगा खाेले

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं - स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सोमबारको संसद बैठकमै आफूले लगाएका लुगा खोलेका छन्।बैठक सुरू हुनासाथ बोल्न नपाएपछि उनले आफूले लगाएका लुगा खोलेका हुन्।सांसद सिंहले शरिरको माथिल्लो भागमा लगाएका लुगा खोलेपछि सभामुख देवराज घिमिरेले उनलाई शिष्ट भएर व्यवहार गर्न नभए थप कारबाही गर्ने चेतावनी दिएका छन्।...
सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार गरेको आरोपमा ५ जना पक्राउ

सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार गरेको आरोपमा ५ जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
कञ्चनपुर । कञ्चनपुरमा ड्युटीमा रेहका सशस्त्र प्रहरीलाई खुकुरी प्रहार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।दोधारा चादँनी नगरपालिका-७, कञ्चभोजमा रहेको बोर्डर आउट पोष्ट (बीओपी) का प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक (सई) नरेन्द्रसिंह चैंसिरमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो।पोष्ट नजिकै शुक्रबार राति साढे १० बजे उनीहरूले सशस्त्र सई चैंसिरलाई खुकुरी प्रहार गरेका थिए।जोगबूढा झोलुंगे पुल नजिकैको पसलमा मादक पदार्थ सेवन गरेर हो–हल्ला गरिरहेका युवाहरूलाई सम्झाउँदा उल्टै खुकुरी प्रहार गरेर उनीहरू फरार भएका थिए।शनिबार पक्राउ गरिएका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी दिए।खुकुरी प्रहारबाट सई चैंसिरको बायाँ पाखुरामा चोट लागेको छ।...
इमान्दारिता पुर्वक पदिय दायित्व निर्वाह गर्न डिआइजी‌ बास्ताेलाकाे आदेश

इमान्दारिता पुर्वक पदिय दायित्व निर्वाह गर्न डिआइजी‌ बास्ताेलाकाे आदेश

ताजा-अपडेट, मुख्य समाचार
इलाम । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले जिल्ला प्रहरी कार्यालय इलामको निरीक्षण भ्रमणको क्रममा कार्यरत प्रहरी कर्मचारीहरुलाई बोली बचनमा नम्रता, कानुनमा कटिबद्दताका साथ प्रहरी काम कारवाही गर्न निर्देशन दिनुभएको छ । डिआईजी बास्तोलाले नागरिकको जिउ धनको सुरक्षा प्रदान गर्ने आफ्नो जिम्मेवारी रहेको बताउदै, संगठनको हितलाई सर्वोपरी ठानी आपसी भाईचारा, सहयोगी भावना साथ इमान्दारी पुर्वक आ-आफ्नो पदिय दायित्व निर्वाह गर्न निर्देश दिनु भएको हो ।शोषित, पिडित, असहाय, गरिव, जेष्ठ नागरिक तथा पिडामा परेका व्यक्तिहरुलाई प्राथमिकताका साथ उनिहरुको मर्का र समस्यालाई सहजीकरण गर्दै सेवक भएर कसैको दबाब र प्रभावमा नपरी काम गर्न निर्देशन दिनुभयो । आ-आफनो जिम्मेवार एरिया ईलाकाहरुमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न, फरार प्रतिबादी खोजतलास गरी पक्राउ गर्न, बिभिन्न...
पुर्व आइजीपी सिंहकाे खास मान्छे हुँ भन्दै ठग्ने पत्रकार विमानस्थलबाट पक्राउ

पुर्व आइजीपी सिंहकाे खास मान्छे हुँ भन्दै ठग्ने पत्रकार विमानस्थलबाट पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौँ । सरकारी कागजात कीर्ते गरेको आरोपमा पत्रकार मदनबाबु भण्डारी पक्राउ परेका छन । सुरक्षा न्युज नेटवर्कका प्रबन्ध निर्देशक रहेका मदनबाबु भण्डारी केहीबेर अघि त्रिभुवन विमानस्थलबाट पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । उनले भने भण्डारीको बारेमा सरकारी कागजात कीर्तेको उजुरी परेको र सोही क्रममा अनुसन्धानका लागि पक्राउ गरिएको बताए । भण्डारी पोखराबाट काठमाडौँ फर्किने क्रममा पक्राउ परेका हुन ।भण्डारी केही दिनअघि प्रहरी प्रमुख बसन्त कुँवरसँगै बुटवल हुँदै अर्घाखाँची गएका थिए । रूपन्दहीका एक प्रत्यक्षदर्शीका अनुसार कुँवरकै गाडीमा भण्डारी गुम्मी पुगेका थिए । गुल्मी नै स्थायी घर भएका भण्डारी लामो समयदेखि सुरक्षा बिटमा कार्यरत पत्रकार हुन । उनी पछिल्लो समय प्रमुख प्रमुख कुँबरको निकै नजिक रहेर सूचना सम्प्रेषण गरिरहेका थिए । केही दिनअघिदेखि ...
बर्दियामा नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

बर्दियामा नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
बर्दिया । बर्दिया राजापुर नगरपालिका-९ जोगीपुरकी १३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।पीडित बालिकाका आमाबाबु भारत गएको समय हजुरबुबासँग कच्ची घरमा बस्दै आएकोमा राति करिब ११ देखि १२ बजेको बीचमा कच्ची घर पछाडिको भित्ता फोडेर २७ वर्षीय शनिराम चौधरीले बलात्कार गरेको इलाका प्रहरी कार्यालय, राजापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।अर्का एक सहयोगी २६ वर्षीय राधेश्याम चौधरी पनि बिहीबार पक्राउ परेको प्रहरीको भनाइ छ । राधेश्यामले घर बाहिर बसेर निगरानी गरेको र दुवै जनाविरुद्ध पीडित बालिकाले बलात्कारको किटानी जाहेरी दिएकोले आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।...
नक्कली भुटानी शरणार्थी प्रकरण : खाँणसँगै उनकी पत्नी समेत तानीए

नक्कली भुटानी शरणार्थी प्रकरण : खाँणसँगै उनकी पत्नी समेत तानीए

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालिन गृहमन्त्री बालकृष्ण खाँड र उनकी पत्नि एवम् प्रतिनिधि सभा सदस्य मञ्जु खाँड पनि तानिएका छन्। विहिवार प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवाताए पछि खाँड दम्पत्तिको संलग्नता सतहमा आएको हो।दाहालसँगको भेटमा ओलीले छानबिन, पक्राउ परेका व्यक्ति र उनीहरुले दिएका बयानलाई पाखा लगाएर राजनीतिक दाउपेचका लागि फसाउने काम भईरहेको सूचना दिएका थिए। ओलीले चैत १३ गते सानु भण्डारीले दिएको बयानका विषयमा जानकारी मागेका थिए। अडियो रेकर्ड समेत गरिएको त्यो वयानमा उनले बालकृष्ण खाँण र मञ्जु खाँणको समेत नाम लिएको स्रोतको दावी छ।NIC Asiaबालकृष्ण खाँणलाई ४ करोड ७५ लाख रुपैयाँ दिएको बयान दिएपछि बयान होल्ड गरेर पुनः बयान लिइएको पाईएको छ। स्रोतका अनुसार भुटानी शरणार्थीलाई तेस्रो मुलुक पठाउने निर्णय भएपछि गिरोहले सुरु गरेको योजना सफल नहु...
कञ्चनपुरमा बिओपी प्रमुखमाथिनै खुकुरी प्रहार

कञ्चनपुरमा बिओपी प्रमुखमाथिनै खुकुरी प्रहार

ताजा-अपडेट, मुख्य समाचार
कञ्चनपुर । सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट (बीओपी) का प्रमुखमाथि खुकुरी प्रहार भएको छ ।दोधारा चाँदनी नगरपालिका–७ कञ्चन भोजमा बीओपी का प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार भएको हो । गत शुक्रवार राति होहल्ला गरे पछि सम्झाउन गएका सई चौंसिर माथि खुकुरी प्रहार गरिएको हो ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता प्रकाश डाँगीका अनुसार शुक्रबार राति १० बजेको समयमा बिओपी प्रमुख माथि खुकुरी प्रहार भएको हो । सो खुकुरी प्रहारवाट उनको बायाँ पाखुरामा चोट लागेको छ ।खुकरी प्रहार गरी फरार रहेकाहरुकाे अहिले खोजी कार्य जारी राखिएको प्रहरीले बताएकाे छ ।...
चपुरमा चाेरीकाे माेटरसाइकलसहित ३ जना प्रहरी नियन्त्रणमा

चपुरमा चाेरीकाे माेटरसाइकलसहित ३ जना प्रहरी नियन्त्रणमा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
रौतहट । रौतहटको चन्द्रनिगाहपुर स्थित इलाका प्रहरी कार्यालयले चोरीको तीनथान मोटरसाइकलसहित ३ जना चोरलाई पक्राउ गरी सार्वजनिक गरेको छ।पक्राउ पर्नेमा सर्लाही घर भएका वर्ष १९ को श्याम महतो, सर्लाहीकै वर्ष १९ को नजरे नदाफ र सप्तरी घर भएका वर्ष २० को सिद्धार्थ महतो रहेको इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका डिएसपि एकनाराण कोइरालाले बताएका छन्। मोटरसाइकलसहित पक्राउ परेका तीनै जना मानिसहरूलाई रौतहट जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा म्याद थप गराइ अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।पछिल्लो केहीदिन भित्रै रौतहटको विभिन्न ठाउँ बाट चोरिभएको तीन मोटरसाइकल बरामद गरी प्रहरीले चोरीमा संलग्न तीन जना आरोपी चोरलाई शुक्रवार साँझ सार्वजनिक गरेको हो।इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले खोजतलास गरी बरामद गरेको मधेस प्रदेश ०२-००५ प ९४२५ नम्वरको यमहा कम्पनीको मोटरसाइकल,...