Sunday, July 26
Shadow

सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार गरेको आरोपमा ५ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा ड्युटीमा रेहका सशस्त्र प्रहरीलाई खुकुरी प्रहार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।

दोधारा चादँनी नगरपालिका-७, कञ्चभोजमा रहेको बोर्डर आउट पोष्ट (बीओपी) का प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक (सई) नरेन्द्रसिंह चैंसिरमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो।

पोष्ट नजिकै शुक्रबार राति साढे १० बजे उनीहरूले सशस्त्र सई चैंसिरलाई खुकुरी प्रहार गरेका थिए।

जोगबूढा झोलुंगे पुल नजिकैको पसलमा मादक पदार्थ सेवन गरेर हो–हल्ला गरिरहेका युवाहरूलाई सम्झाउँदा उल्टै खुकुरी प्रहार गरेर उनीहरू फरार भएका थिए।

शनिबार पक्राउ गरिएका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी दिए।

खुकुरी प्रहारबाट सई चैंसिरको बायाँ पाखुरामा चोट लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *