Thursday, August 6
Shadow

मुख्य समाचार

विभिन्न कार्यक्रम गरि महासंघले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस

विभिन्न कार्यक्रम गरि महासंघले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल न्यूज डेस्क, २० वैशाख , राैतहट । विश्व प्रेस स्वतन्त्रता दिवस –२०२२का अवसरमा नेपाल पत्रकार महासंघले विभिन्न कार्यक्रमकाे आयाेजना गरि मनाएकाे छ । महासंघले ‘प्रविधि नियन्त्रित पत्रकारित’ मुल नाराका यस दिवसलाई मनाएकाे छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा खटिदा दिवंगत भएका पत्रकारप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । त्यस्तै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी प्रतिवेदन सार्वजनिक, फोटो प्रदर्शनी गर्नुका साथै सामाजिक सुरक्षा कोषका बारेमा अन्तरक्रिया आयोजना गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले प्रेस स्वतन्त्रता मानव अधिकारको रक्षक रहेको भन्दै पत्रकारको नीतिगत र पेशागत सुरक्षालाई सबैले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले पत्रकारको सुरक्षाका लागि राष्ट्र...
बागी उम्मेदवारी दिने माओवादीका १४ जनालाई कारबाही

बागी उम्मेदवारी दिने माओवादीका १४ जनालाई कारबाही

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, २० वैशाख, रौतहट । नेकपा माओवादी केन्द्र प्रदेश १ ले प्रदेशका विभिन्न जिल्लामा बागी उम्मेदवारी दिने १४ जनालाई कारबाही गरेको छ । बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएको भन्दै प्रदेश समितिले १४ जनालाई कारबाही गरेको हो । १२ जनालाई प्रदेश समितिले नै निलम्बन गरेको छ भने तीन जनालाई कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको छ । कारबाहीमा पर्नेहरुमा प्रदेश सदस्य भीमबहादुर अधिकारी, केपी बराल र यदु ढकाल छन् । त्यस्तै साबित्रा थापा, होमबहादुर राई, कमलध्वज राई, तिलक राई, भीमबहादुर राई, दुर्गा बुर्जा मगर, रामप्रसाद बराल र सन्तोष सुवेदीलाई प्रदेश समितिले नै निलम्बन गरेको छ ।...
निजगढ फास्टट्रयाकमा दुर्घटना, दुई चिनियाँको मृत्यु

निजगढ फास्टट्रयाकमा दुर्घटना, दुई चिनियाँको मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २० वैशाख, रौतहट । निर्माणाधीन निजगढ काठमाडौं द्रुतमार्ग (फास्टट्रयाक) मा लोडर पल्टिँदा दुईजना चिनियाँ नागरिकको मृत्यु भएको छ । मंगलवार बकैया गाउँपालिका ११ जितपुरभञ्ज्याङमा लोडर पल्टिँदा एकजनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । मृत्यु हुने दुवै चिनियाँ नागरिक भएको बताइएको छ । निर्माणाधीन फास्ट ट्रयाकमा खनेको माटो फाल्ने क्रममा लोडर पल्टिँदा उनीहरुको मृत्यु भएको हो । लोडर सडकबाट करिब ५० मिटर तल पुगेको छ । लोडरमा ५ जना चिनियाँ नागरिक र एकजना नेपाली रहेको प्रहरीले जनाएको छ । बाँकी ४ जनाको उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।...
भारतीय नेता राहुल गान्धी काठमाडौंमा

भारतीय नेता राहुल गान्धी काठमाडौंमा

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २० वैशाख, रौतहट । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी काठमाडौं भ्रमण गरेका छन् । गान्धी सोमबार अपराह्न ५ बजे आसपास त्रिभुवन विमानस्थलमा उत्रेका थिए । गान्धी नागपोखरीस्थित होटल मेरियटमा बसेका छन् । उनी पारिवारिक भ्रमणका क्रममा नेपाल आएको जनाइएको छ । गान्धी बिहीबार एक विवाहमा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ । गान्धीले नेपालमा रहँदा पर्यटकीय स्थलको भ्रमण गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ ।...
राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस मनाइँदै

राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस मनाइँदै

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १९ वैशाख, राैतहट । आज राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस ! ‛गुणस्तरीय एवम् सुरक्षित सूचना प्रविधिको विस्तार, समुन्नत राष्ट्र निर्माणको आधार’ भन्ने मुल नाराका साथ देशभर मनाइँदै छ। सञ्चार तथा सूचना प्रविधिले विश्वलाई नै एउटै ठाउँको रुपमा परिणत गरिदिएको छ। मानव जीवनलाई अति समृद्ध ,सहज र सरल बनाउन सञ्चार तथा सूचना प्रविधिले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना ब्यक्त गर्दै सूचना प्रविधिको क्षेत्रमा लगानीको वातावरण सुधार गर्न, ज्ञानमा आधारित समाज तथा डिजिटल साक्षरतामा जोड दिनुपर्ने बताएका छन्। यस्तै, सूचना तथा सञ्चार प्रविधिको विकास एवम् विस्तार गरी सुशासन कायम गर्न डिजिटल नेपाल फ्रेमवर्क २०७६ कार्यान्वयनको प्रक्रियामा रहेको पनि उहाँले बताउनुभएको छ। यसैबीच, सञ्चार तथा स...
आज उम्मेदवारी दिएका दल र व्यक्तिले निर्वाचन चिन्ह पाउने

आज उम्मेदवारी दिएका दल र व्यक्तिले निर्वाचन चिन्ह पाउने

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, १७ वैशाख, राैतहट । निर्वाचन आयोगले आज स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारी दिएका दल तथा व्यक्तिहरूलाई निर्वाचन चिन्ह प्रदान गर्दैछ । आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूले उनीहरूको आफ्नै चिन्ह पाउनेछन् भने स्वतन्त्र उम्मेद्वारका लागि आयोगले चिन्ह प्रदान गर्नेछ । शुक्रबार निर्वाचन आयोगले उजरी उपर छानबिन गरेर उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । नामावलीमा रहेका उम्मेद्वारहरु नै आज निर्वाचन चिन्ह प्रदान गर्न लागिएको हो । उम्मेद्वारहरूले निर्वाचन चिन्ह पाएसँगै मौन अवधि सुरु हुनअघिसम्म प्रचारप्रचार गर्न पाउनेछन् ।...
नेकपा (एस) का ३५ उम्मेदवार निर्विरोध निर्वाचित

नेकपा (एस) का ३५ उम्मेदवार निर्विरोध निर्वाचित

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, १६ वैशाख, रौतहट । स्थानीय निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का ३५ उम्मेदवार निर्विरोध निर्वाचित भएको अध्यक्ष माधवकुमार नेपालले जनाएको छ । आज ९शुक्रबार० आयोजित एकीकृत समाजवादी र जनमुक्ति सेना नेपालको एकता घोषणा कार्यक्रमलाई पार्टी केन्द्रिय कार्यालयमा सम्बोधन गर्दै अध्यक्ष नेपालले ३५ उम्मेदवार निर्विरोध निर्वाचित भएको बताए । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताकै क्रममा एकीकृत समाजवादीबाट ३५ जना उम्मेदवारको एकल उम्मेदवारी परेको थियो । नेपालले आफ्नो पार्टीको तर्फबाट २ जना गाउँपालिका अध्यक्ष, १ जना गाउँपालिका उपाध्यक्ष, ६ जना वडाअध्यक्ष र २६ जना सदस्यहरु निर्विरोध निर्वाचित भएको जानकारी दिए । "यो चुनावको निम्ति मनोनयन दर्ताको समयमा निर्विरोध रुपमा मनोनयन दर्ता भएका केही व्यक्तिहरु मध्ये हाम्रो पार्टीसँग जोडिएका, एकीकृत ...
हुम्लामा एक जना म्यादी प्रहरी मृत फेला

हुम्लामा एक जना म्यादी प्रहरी मृत फेला

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल, १६ वैशाख, सिमकोट । हुम्ला सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । सिमकोट माथिल्लो बजारस्थित साथीको कोठामा पुगेका एक जना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए । सर्केगाड गाउँपालिका-६ घर भइ हाल सिमकोटमा रहेका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको ओझाले बताए । उनी साथीको कोठामा मृत फेला परेका थिए । झ्याल-ढोका बन्द रहेकाेर उनी भूइँमा मृत फेला परेकाे ओझाले बताए । घटनाबारे कारण खुल्न सकेकाे छैन ।...
शुक्रबारसम्म बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन कांग्रेस सभापति देउवाको अपिल

शुक्रबारसम्म बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन कांग्रेस सभापति देउवाको अपिल

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, १५ वैशाख, रौतहट । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई मनोनयनन फिर्ता लिन आह्वान गरेका छन् । सभापति देउवाले बिहीबार अपिल जारी गर्दै बजेसम्म पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र रुपमा मनोनयनन दर्ता गरेकालाई शुक्रबार बेलुका ५ सम्म उम्मेदवारी फिर्ता लिन आह्वान गरेका हुन् । देश, लोकतन्त्र र पार्टीको हितमा मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आंकलन गरी आ–आफुले दर्ता गरेको उम्मेदवारी फिर्ता लिन सभापति देउवाले आग्रह गरेका हुन् । ‘देशभरका स्थानीय तहका प्रमुखरउपप्रमुख, अध्यक्षरउपाध्यक्ष र वडा अध्यक्ष, सदस्य पदमा पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएका पार्टीका साथीहरूले देश, लोकतन्त्र र पार...
फ्रान्सेली राष्ट्रपति म्याक्रोँलाई गोलभेडा प्रहार

फ्रान्सेली राष्ट्रपति म्याक्रोँलाई गोलभेडा प्रहार

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
पेरिस, १५ वैशाख । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँमाथि गोलभेडा प्रहार भएको छ । आइतबार पुनः निर्वाचित भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका म्याक्रोँमाथि गोलभेडा प्रहार भएको हो । राष्ट्रपति चुनावमा आफ्नो विजयपछि म्याक्रोँले फ्रान्सेली जनतालाई अभिवादन गरिरहेका बेला एउटा भीडबाट कसैले उनलाई गोलभेडा प्रहार गरेको थियो । तर, राष्ट्रपतिलाई गोलभेडाले लागेन । म्याँक्रोलाई प्रहार गरेको गोलभेडा उनलाई नलागी उनका सुरक्षाकर्मीलाई लागेको थियो । गोलेभडाले लागेपछि ती सुरक्षाकर्मीले ‘प्रोजेक्टाइल’ भनेर चिच्याएका थिए । तत्काल सुरक्षा अधिकारीहरूले म्याक्रोँलाई चारै दिशाबाट घेरेका थिए । उनीहरूमध्ये एक जनाले एउटा विशेष झन्डा खोलेर म्याक्रोँलाई ढाकेका थिए । एजेन्सी...