Sunday, July 26
Shadow

राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस मनाइँदै

सच तक नेपाल डेस्क,
१९ वैशाख, राैतहट । आज राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस ! ‛गुणस्तरीय एवम् सुरक्षित सूचना प्रविधिको विस्तार, समुन्नत राष्ट्र निर्माणको आधार’ भन्ने मुल नाराका साथ देशभर मनाइँदै छ।

सञ्चार तथा सूचना प्रविधिले विश्वलाई नै एउटै ठाउँको रुपमा परिणत गरिदिएको छ। मानव जीवनलाई अति समृद्ध ,सहज र सरल बनाउन सञ्चार तथा सूचना प्रविधिले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।

राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना ब्यक्त गर्दै सूचना प्रविधिको क्षेत्रमा लगानीको वातावरण सुधार गर्न, ज्ञानमा आधारित समाज तथा डिजिटल साक्षरतामा जोड दिनुपर्ने बताएका छन्।

यस्तै, सूचना तथा सञ्चार प्रविधिको विकास एवम् विस्तार गरी सुशासन कायम गर्न डिजिटल नेपाल फ्रेमवर्क २०७६ कार्यान्वयनको प्रक्रियामा रहेको पनि उहाँले बताउनुभएको छ।

यसैबीच, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना तथा सञ्चार प्रविधिलाई व्यवस्थित गर्न सरकारले नीतिगत, कानुनी प्रक्रिया निर्माण, परिमार्जन र सुधारका कार्य उच्च प्राथमिकताका साथ अघि बढाएको स्पस्ट पार्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *