Thursday, August 6
Shadow

मुख्य समाचार

यसरी हेर्नुहाेस् अमेरिकी डिभीकाे नतिजा

यसरी हेर्नुहाेस् अमेरिकी डिभीकाे नतिजा

banner-news-1, अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
सच तक नेपाल, २५ वैशाख, राैतहट । अमेरिकी डिभीको नतिजा शनिबार राति सार्वजनिक भएको छ । सन् २०२३ का लागि गत अक्टोबरमा आवेदन दिएकाहरुको नतिजा सार्वजनिक गरिएको हो । www. dvprogram.state.gov मा गएर आफ्नो कन्फरमेसन नम्बर, लास्ट नेम, जन्म मिति राखेर नतिजा हेर्न सकिने ब्यवस्था रहेको छ । कन्फरमेसन नम्बर बिर्सिएको भए फर्गेट कन्फरमेसन नम्बर मार्फत मागेको विवरण भरेर नम्बर लिन सकिने अमेरिकी दूतावासले जनाएको छ । साथै दूतावासले अमेरिकी सरकारका कुनै पनि निकाय वा दूतावासले कसैलाई पनि डीभी परेको भनी इमेल नगर्ने भएकाले त्यस्ता भ्रमबाट बच्न पनि आग्रह गरेको छ । यो नतिजामा डीभी परेकाहरुलाई सन् २०२३ सेप्टेम्बर ३० भित्र अमेरिकी भिसा जारी भईसक्नु पर्ने छ ।...
एमालेका वडा अध्यक्ष उम्मेदवारका छोराले दलितलाई निर्मम कुटे

एमालेका वडा अध्यक्ष उम्मेदवारका छोराले दलितलाई निर्मम कुटे

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
  सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा एमाले समुहको कुटपिटबाट नेपाली कांग्रेसका २ जना दलित कार्यकर्ता घाईते भएका छन । बरहथवा नगरपालिका -१५ का एमालेका वडा अध्यक्ष उम्मेदवार रामबहादुर चौधरीको छोरा अजय चौधरी सहित ओम प्रकाश चौधरी , अशोक चौधरी , मिथुन चौधरी र मुकेश पासवान लागयतको सामुहिक हमलाबाट नेपाली कांग्रेसका कार्यकर्ता बलिराम पासवान र जधु पासवान घाईते भएको हो । घाइते मधे गम्भीर रहेका जधु पासवानलाई नवजीवन होस्पिटल बरहथवामा उपचार भैरहेको स्रोतले जनाएको छ । बिगतको चुनावमा दलितकै भोट्बाट निर्वाचित भएका रामबहादुर चौधरी का छोराहरूद्वारा दलितमाथी भएको सामुहिक हमला निन्दनीय कार्य भएको भन्दै नेपाली कांग्रेस सर्लाही क्षेत्र न. -४ का युवा नेता निकेश त्रीपाठिले दोषीमाथि कारबाही हुनुपर्ने माग राखे। केही समयमा कांग्रेस जिल्ला कार्य समितिको आकस्मिक बैठक बसेर घटनाबारे थप पहल गरिने जानका...
शीर्षनेता आज धनुषाको जनकपुरधाम आउँदै

शीर्षनेता आज धनुषाको जनकपुरधाम आउँदै

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल, २४ वैशाख, धनुषा । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्षनेता आज धनुषाको जनकपुरधाम आउँदै हुनुहुन्छ । पाँच दलीय गठबन्धनद्वारा आज जनकपुरधाममा आयोजना हुन लागेको चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्षनेता यहाँ आउन लाग्नुभएको छ । जनकपुरधामस्थित तिरहुतियामा दिउँसो २ बजे आयोजना हुने चुनावीसभालाई कांग्रेस सभापति प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्षनेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले जानकारी दिनुभयो ।...
ईदको अवसरमा चामल तथा कपडा वितरण

ईदको अवसरमा चामल तथा कपडा वितरण

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २४ वैशाख, रौतहट । रौतहटको परोहा नगरपालिकामा कोबा डेभलपमेन्ट फाउन्डेसनद्धारा गरिब परिवारलाई चामल तथा बालबालिकालाई कपडा वितरण गरिएको छ । मुस्लिम समुदायको महान पर्व ईदको अवसर ३०० गरिब परिवारलाई चामल वितरण गरिएको थियो । त्यस्तै, २ वर्ष देखि १२ वर्षका २५० बालबालिकालाई कपडा वितरण गरिएको फाउन्डेसनका अध्यक्ष वासिम अख्तर (रेयाजी) ले जनाकारी दिए । “हामीले एउटा सानो प्रयास मात्र गरेका छौँ” फाउन्डेसनका अध्यक्ष अख्तरले भने । सबैको घरमा खुशी ल्याउन हामीले सो वितरण गरेको उनले बताए । परोहा नगरपालिका वडा नं.२ जिगाडवा टोलमा सो वितरण भएको उनले बताए । चामल र कपडा पाएपछि स्थानिय हर्सित भए । बितरणको लागि फाउन्डेसन लगायत वासिम अख्तरलाई पनि स्थानियहरुले धन्यवाद ज्ञापन गरेका थिए ।  ...
हेलिकप्टर चढेर गौर पुगे ओली

हेलिकप्टर चढेर गौर पुगे ओली

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रेम यादव २३ वैशाख, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टर चढेर रौतहटको सदरमुकाम गौर पुगेका हुन् । वैशाख ३० गते हुने स्थानिय चुनावको लागि वृहत आमसभामा सहभागी हुन् उनी रौतहट पुगेका हुन् । नेकपा एमालेबाट गौर नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका अनिल कुमार मिश्रालाई समर्थन गर्न उनी आएका थिए । नेपाल प्रहरी कार्यालय रौतहटको व्यारक फिल्डमा हेलिकप्टरबाट आवतरण गर्दै उनी गौरको इतिहासिक राइसमिल पुगेका थिए । करिब १ घण्टा हेलिकप्टर होल्ड गराएर उनी पुर्ण रौतहटको चन्द्रपुर पुगेका थिए । स्थानिय तहको निर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवारी दिएका उम्मदेवारहरुको मनोवल उच्च गर्न र चुनावी प्रचार प्रसारका लागि उनी रौतहट पुगेका नेकपा एमाले रौतहटले जनाएको छ । माधव नेपाल कुलङ्घार रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताए । “घर ...
पूर्वमन्त्री आलमलाई रिहा नगर्ने सर्वाेच्चकाे आदेश

पूर्वमन्त्री आलमलाई रिहा नगर्ने सर्वाेच्चकाे आदेश

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल न्यूज डेस्क २३ वैशाख, रौतहट । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमलाई रिहा नगर्ने सर्वाेच्च अदातलले आदेश दिएको छ । २०६४ चैत २७ गते आतंक फैलाएर निर्वाचन जित्ने उदेश्यले भारतदेखि पेसेवर बम बनाउनेहरू ल्याइ बम बनाउने क्रममा विस्फोट भएको र घाइते भएकाहरूलाई ज्युँदै इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ परेका अफताबले जिल्ला अदातले जारी गरेको आदेश विरुध सर्वाेच्च अदालतमा रिहा हुने निवेदन दिएको थियो । सर्वोच्च अदालतले शुक्रबार उच्च अदालतकै निर्णयलाई सदर गर्दै उनलाई रिहा गरिरहन नपर्ने ठहर गरेको हो । आज न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमलाई रिहा नपर्ने ठहर गरेको हो । जिल्ला अदालत रौतहटले थुनामा राख्ने आदेश दिएपनि उनले सर्वोच्चमा २०७७ मंसिर १२ गते फैसला बदरको माग गर्दै सर्वाेच्च अदातलमा रिट निवेदन दर्ता गराएका थिए ।...
जिम्बावे एविरुद्ध नेपालकाे कमजाेर सुरुवात

जिम्बावे एविरुद्ध नेपालकाे कमजाेर सुरुवात

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल न्यूज डेस्क, २३ वैशाख, राैतहट । नेपाल भ्रमणमा रहेको जिम्बावे ए टिमविरुद्धको पहिलो एकदिवसीय क्रिकेट खेलमा नेपालले कमजोर सुरुवात गरेको नेपाललाई आठौं झट्का लागेको छ । टस जितेर पहिले फिल्डिङ रोजेको जिम्बावेले नेपालविरुद्ध राम्रो सुरुवात गरेको नेपालले नियमित विकेट गुमाएको हो । नेपालको २९ औं ओभरमा आठौं विकेट पनि गुमेको छ । ७० बलमा ३० रन बनाएका सोमपाल कामी आउट भएका हुन् । २२ रन हुँदा पहिलो विकेट गुमाएको नेपालले ५६ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो । आधा खेल सकिंदा २५ओभरमा नेपालले एक सय रन कटाएको थियो । नेपाललका लागि कुशल भुर्तेलले १९, आशिफ शेख, आरिफ शेखले ५/५, दीपेन्द्रसिंह रोहित पौडेलले ३, मोहम्मद अदिम आलमले २ र सुसन भारीले कुनै रन बनाउन सकेनन् । नेपालले २० ओभर सकि.दा १२२ रन बनाउँदा ८ विकेट गुमाएको छ ।...
पौडेल एआइजी पदमा बढुवाका लागि सिफारिस

पौडेल एआइजी पदमा बढुवाका लागि सिफारिस

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २२ वैशाख, रौतहट । सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक डिआइजी नारायणदत्त पौडेललाई प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी पदमा बढुवाका लागि सिफारिस गरिएको छ । सशस्त्र प्रहरी बलको रिक्त रहेको दुई एआइजी पदमध्ये वरियतामा अगाडि रहेका पौडेललाई मात्र बढुवाका लागि सिफारिस गरिएको हो । सशस्त्र प्रहरी बलमा एआइजी राजु अर्याल महानिरीक्षक र अर्का एआइजी रामशरण पौडेलले अवकाश पाएपछि दुई पद रिक्त थियो । सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम १० को क बमोजिम बढुवा समितिको बुधबार बसेको बैठकले पौडेललाई बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिसउपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब महानिरीक्षकले नियमावलीको ५५ मा व्यवस्था भएबमोजिम सात दिनभित्र बढुवाउपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सकिने छ ।...
निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्ने ३२ दललाई स्पष्टीकरण माँग

निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्ने ३२ दललाई स्पष्टीकरण माँग

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, २२ वैशाख, रौतहट । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्ने ३२ दललाई स्पष्टीकरण सोधेको छ । आयोगका अनुसार प्रमुख राजनीतिक दलहरूले नै निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको पाइएको छ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन प्रकरणमा मागेको जवाफमा प्रमुख राजनीतिक दलकै सङ्ख्या बढी छ । आयोगले जवाफ मागेकामा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् । आयोगले राजनीतिक दललाई पटक पटक आचारसंहिताको पूर्ण पालनाका लागि आग्रह गर्दै विशेष निर्देशनसमेत जारी गर्दै आएको छ । तथापि आचारसंहिता उल्लङ्घनका घटनामा प्रमुख राजनीतिक दल मुछिने क्रम घटेको छैन । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले ३२ दल, उम्मेदवार तथा पदाधिकारीसँग जवाफ म...
यूट्युब गो आगामी अगस्टमा बन्द हुने

यूट्युब गो आगामी अगस्टमा बन्द हुने

ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
सच तक नेपाल डेस्क, २२ वैशाख, राैतहट । सन् २०१६ मा सार्वजनिक गरिएको यूट्युब गो आगामी अगस्टमा बन्द हुने भएको छ। रेगुलर एपको विकल्पका रुपमा ल्याइएको यूट्युब गो ले भर्खरै बजार बनाउँदै गरेको अवस्थामा कम्पनीले यसलाई बन्द गर्ने निर्णय गरेको जीएसएमएरिनाले जनाएको छ। भिडियो प्लेटफर्मले आफ्ना लाइट एप यूजरहरुलाई आफ्ना एन्ड्रोइड एपमार्फत् वा ब्राउजरमा यूट्युब डटकममा गएर रेगुलर एपमा स्विच गर्न सल्लाह दिएको छ। यूट्युब गोमा यूजरले कमेन्ट गर्न, सामग्री सिर्जना र पोस्ट गर्न तथा डार्क मोड चलाउन सक्दैनन्। यी सबै कुराहरु भिडियोका अन्तरंग भागहरु बन्दै गएकाले यसलाई हटाउन लागेको गुगलले जनाएको छ। यो घोषणाबाट विशेषगरी लो-इन्ड डिभाइसहरुमा रेगुलर यूट्युब एपको प्रदर्शन सुधारिने र कनेक्टिभिटी र डाटा शुल्कले पहिले झैं दुख नदिने प्रस्ट्याएको जीएसएमएरिनाले जनाएको छ।...