
सचतक नेपाल डेस्क,
१७ वैशाख, राैतहट । निर्वाचन आयोगले आज स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारी दिएका दल तथा व्यक्तिहरूलाई निर्वाचन चिन्ह प्रदान गर्दैछ ।
आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूले उनीहरूको आफ्नै चिन्ह पाउनेछन् भने स्वतन्त्र उम्मेद्वारका लागि आयोगले चिन्ह प्रदान गर्नेछ ।
शुक्रबार निर्वाचन आयोगले उजरी उपर छानबिन गरेर उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । नामावलीमा रहेका उम्मेद्वारहरु नै आज निर्वाचन चिन्ह प्रदान गर्न लागिएको हो ।
उम्मेद्वारहरूले निर्वाचन चिन्ह पाएसँगै मौन अवधि सुरु हुनअघिसम्म प्रचारप्रचार गर्न पाउनेछन् ।
