Thursday, August 6
Shadow

मुख्य समाचार

सबलाई पछाडी छाेडे बालेन, स्थापितसँग अग्रता कायमै

सबलाई पछाडी छाेडे बालेन, स्थापितसँग अग्रता कायमै

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, ४ जेठ, राैतहट । स्वतन्त्रबाट राजधानीका लागि उम्मेदवारी दिएका बालेन शाह अरु सबै उम्मेदवारलाई धेरै पछाडी छाेडेका छन् । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले अग्रता बढाउँदै लगेका छन् । स्वतन्त्र उम्मेदवार बालेन दोस्रो स्थानका एमालेका केशव स्थापितभन्दा ७५२२ मतले अगाडि छन् । यो केहीबेरअघिको तुलनामा बढी अग्रता हो । बालेनले १५७७५ मत ल्याएका छन् भने स्थापितले ८२५३ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ७३४८ मत ल्याएकी छिन् । बालेनले सुरुवातीदेखि नै अग्रता बनाइरहेका छन् ।...
चन्द्रपुर ४ काे अध्यक्षमा रवि राना निर्वाचित

चन्द्रपुर ४ काे अध्यक्षमा रवि राना निर्वाचित

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, ३ जेठ, राैतहट । स्थानीय तहको निर्वाचनमा चन्द्रपुर नगरपालिका ४ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार रवि राना मगर निर्वाचित भएका छन । राना सहित उनको प्यानल नै बिजयी भएका हुन । वडा अध्यक्षमा जितेका राणाले ८२४ मत प्राप्त गरि बिजयी भएका थिए भने उनका निकटम प्रतिद्वन्द्वी नेपाल कार्की ले ७९७ मत प्राप्त गरेका थिए । यसै गरि नेकपा एस का उम्मेदवार कृष्ण खड्काले ७७८ मत ल्याएका थिए भने माओवादी केन्द्र का उम्मेदवार डिम प्रसाद दुलालले ३९२ मत ल्याएका थिए । ३० बर्षिय राना रौतहटमा वडा अध्यक्ष जित्ने संभवत पहिलो कम उमेरका बन्न पुगेका छन् । युवाहरु माझ लोकपृय राणा आगामी दिनमा सवैको सल्लाह र सुझाव लिएर वडा को विकास तर्फ अग्रसर हुने बताए।...
दुर्गाभगवती ३ मा पुन: डी के झा विजयी

दुर्गाभगवती ३ मा पुन: डी के झा विजयी

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, ३ जेठ, रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिका ३ मा वडा अध्यक्षको पदमा पुन डी. के झा विजयी भएका छन् । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीमा १६६ मतले पूनस् धर्मेन्द्र कुमार झा विजय भएका छन् । स्थानीय चुनाव लड्नको लागि नेकपा माआवादी केन्द्रबाट झा मनोनयन दर्ता गराएका थिए ।...
काठमाडौंमा बालेन शाहले कटाए १० हजार , सबैलाई पछाडी छोडे

काठमाडौंमा बालेन शाहले कटाए १० हजार , सबैलाई पछाडी छोडे

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, ३ जेठ, रौतहट । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले १० हजार मत कटाएका छन् । उनले अहिलेसम्म १०२४१ मत पाएका छन् । दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितलाई झण्डै ५ हजार मतान्तरले पछि पारेको छन् । स्थापितले ५४५३ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ४७४२ मत पाएकी छन् । अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मतगणना भइरहेको छ । यी सबै वडामा बालेनले सबैभन्दा धेरै मत पाइरहेका छन् ।...
देशकै कान्छाे गाउँपालिका अध्यक्ष बने राजा यादव

देशकै कान्छाे गाउँपालिका अध्यक्ष बने राजा यादव

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रेम यादव २ जेठ, राैतहट । देशकै कान्छाे गाउँपालिका अध्यक्षका रुपमा राजा यादव निर्वाचित भएका हुन् । सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबैमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। अध्यक्षमा २२ वर्षीय राजाबाबु यादव ४०८१ मतसहित विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिनन्दनप्रसाद यादवले २३९२ मत ल्याए। स्वतन्त्र उम्मेदवार केएस राहुल बर्माले १७०७ मत प्राप्त गरेका छन्। वैशाख ३० गते भएकाे स्थानिय तहकाे निर्वाचनमा सर्लाही जिल्लाकाे रामनगर गाउँपालिकाका अध्यक्षमा राजा यादव जित हासिल गरेका छन् । उनकाे जितले देशमा नयाँ रेकर्ड कायम भएकाे छ । २२ वर्षकाे उमेरमै प्रथम गाउँपालिका अध्यक्ष बन्न सफल भएका हुन् । त्यसैगरी उपाध्यक्षमा माओवादीकी गीता देवीले ३५२३ मत प्राप्त गरी विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी कोशिला साहले २६३७ मत ल्याएकी छन्। ...
टिक टक स्टार मधुको निधन

टिक टक स्टार मधुको निधन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल न्यूज डेस्क, २ जेठ, रौतहट । समाजिक सञ्जाल टिकटकमा निकै प्रसिद्ध मधु जैसवालको निधन भएको छ । उनले आत्महत्या गरेको प्रहरीको अनुमान छ । महोत्तरी जिल्लाको रामगोपालपुर घर भएकी मधुको युवा अवस्थामै निधन भएको हो । उनको समर्थकहरुले समाजिक सञ्जाल फेसबुक, टिकटक आदि मार्फत श्रद्धाञ्जली दिइरहेका छन् । उनले किन आत्मा हत्या रहेका हुन ? कारण के थियो ? भन्ने अहिले प्रष्ट भएको छैन् । तर उनले कसैसँग माया प्रेम गरेकी थिइएन् र सो केटाले अश्रलील भिडियो बनाइ ब्लायकमेल गरेका कुरा समाजिक संजाल बाट पुष्टि हुन्छ । केहि दिन अगाडीनै उनले एक भिडियो पोष्ट गरेकी थिइन् । जसमा उनी एकदम निरास भएको देखिन्छ । उनको ताजा अपलोड भिडियोमा एक जना युवकलाई समेत ट्याग गरेकी हुन् । घटना बारे थप छानबिन भइरहेको प्रहरीले जनाएको छ । मधु आफ्ना पठनपाठनको लागि काठमाण्डौं बस्ने गरेकी थिइन् । टिकटकमा भिडियो उपलोड गर्दै ज...
त्रिविमा आइतबार बिदा नहुने

त्रिविमा आइतबार बिदा नहुने

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
सच तक नेपाल डेस्क, २ जेठ, रौतहट । त्रिभुवन विश्वविद्यालयले हप्ताको छ दिन नै नियमित पठनपाठन र अन्य सेवाहरु सञ्चालन गर्ने भएको छ । नेपाल सरकारले परीक्षणका रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन (प्रत्येक शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको सन्दर्भमा विश्वविद्यालयले आज एक सूचना जारी गरी अर्को सूचना नभएसम्मका लागि साबिक बमोजिम नै आइतबारसमेत विश्वविद्यालयका सेवाहरु सञ्चालनमा रहने जनाएको हो । त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाद्वारा जारी सूचनामा कोभिडको असरका कारणले शैक्षिक पात्रो ढिलो भएको, पठनपाठन र परीक्षाका तालिकाहरु पहिले नै निर्धारण भइसकेको तथा विश्वविद्यालयको पाठ्यक्रमको संरचनासमेत छ कार्य दिनलाई ध्यानमा राखेर निर्माण भइसकेको हुँदा नियमित रुपमा सञ्चालन गर्न आवश्यक भएकाले उल्लेख छ । साथै, विद्यार्थीहरुको पठनपाठन र विश्वविद्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवा...
भारतीय प्रधानमन्त्री मोदी आज नेपाल आउँदै

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल आउँदै

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
 सच तक नेपाल डेस्क, २ जेठ, रौतहट । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी भ्रमणमा आउँदै छन् । भारतीय सरकार प्रमुखको हैसियतमा उनी पाचौँपटक नेपाल आउन लागेका हुन् । यसपालि भने उनको भ्रमण जम्मा ६ घण्टाको हुनेछ । भगवान् गौतम बुद्धको जन्मयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आज लुम्बिनीमा हुने विशेष समारोहमा सहभागी हुन मोदी नेपाल आउन लागेका हुन् । उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त समारोहका लागि निमन्त्रणा गरेका थिए । परराष्ट्र मन्त्रालयका अनुसार आज बिहान करिब ११ बजेतिर भारतीय वायु सेनाको विशेष हेलिकप्टरमार्फत मोदी लुम्बिनीमा अवतरण गर्नेछन् । त्यसपछि सीधै मायादेवीको मन्दिर दर्शनमा जाने कार्यक्रम रहेको छ । कार्यतालिका अनुसार मायादेवी मन्दिरमा प्रधानमन्त्री देउवा र मोदीले संयुक्त प्रार्थना गर्नेछन् । साथै लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्या...
गौरमा नेकपा एसको लगातार तेस्रो जित

गौरमा नेकपा एसको लगातार तेस्रो जित

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रेम यादव, २ जेठ, रौतहट । नेपाल कम्यूनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको गृह नगर गौरमा उनको पार्टीले लगातार तेस्रो जित हासिल गरेको छ । स्थानिय तहको निर्वाचनमा रौतहटको गौर नगरपालिका वडा नं.३ मा पनि नेकपा एसका उम्मेदवार विजयी भएका हुन् । यो जित सँगै गौर नगरपालिकामा पार्टीको तेस्रो जित हो । रौतहटमा नेकपा एसका उम्मेदवारहरु एक पछि अर्को विजयी हुदैँछन् । गौर नगरपालिका वडा नं.३ मा नेकपा एसका तर्फबाट मोहमद आसारुल अंसारी विजयी भएका हुन् । गौरमा पार्टीको प्रथम जित सँगै तेस्रो जित पनि हासिल गर्न सफल भएको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको गृह नगरमा कलम चुनाव चिन्हले तेस्रो जित हात पारेको छ । यसअघि रौतहटको गौर नगरपालिका वडा नं.२ मा नेकपा एसका तर्फबाट विनोद जैसवालले जित हासिल गरेका थिए । उनले कुल ५५६ मत ल्याउन सफल भएका थिए । त्यस्तै गौर वार्ड नं. १ मा नेकपा एसका ...
गौर २ मा नेकपा एसको दोस्रो जित

गौर २ मा नेकपा एसको दोस्रो जित

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रेम यादव, १ जेठ, रौतहट । रौतहट जिल्लामा नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) का उम्मेदवारहरु एक पछि अर्को विजयी हुदैँछन् । गौरमा विजयी सुरुवात सँगै अर्को जित पनि हासिल गर्न सफल भएको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको गृह नगरमा कलम चुनाव चिन्हले तेस्रो जित हात पारेको छ । रौतहटको गौर नगरपालिका वडा नं.२ मा नेकपा एसका तर्फबाट विनोद जैसवालले जित हासिल गरेका छन् । निर्वातमान अध्यक्ष राकेश झालाई चुनौती दिदैँ उनले जित हासिल गरेका छन् । उनी सँगै उनको प्यानेल समेत विजयी भएका हुन् । उनले कुल ५५६ मत प्राप्त गरेका छन । त्यस्तै गौर वार्ड नं. १ मा नेकपा एसका तर्फबाट उम्मेदवार रहेका लालबाबु चौधरीले जित हासिल गरेका थिए । निर्वतमान अध्यक्ष भरत साहलाई पराजित गर्दै लालबाबु विजयी भएका हुन । उनले कुल ८१५ मत ल्याउदा उनका प्रतिद्वन्द्वी लोसपाका भरत साहले ५१४ मत प्राप्त गरेका छन् । अध्यक्ष न...