Thursday, August 6
Shadow

मुख्य समाचार

राजपुरको मेयरमा राजिक  निर्वाचित

राजपुरको मेयरमा राजिक निर्वाचित

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, ७ जेठ, रौतहट । राजपुर नगरपालिकाको नगरप्रमुख (मेयर) पदमा मोहम्मद राजिक आलम निर्वाचित भएका छन् । नेपाली कांग्रेसतर्फ बाट उम्मेदवारी दिएका आलमले जसपाका उम्मेदवार मोहम्मद जैद आलमलाई २ हजार ५ सय ७४ मतले पराजित गर्दै विजयी भएका हुन् । गत वैशाख ३० गते भउको सथानीय तहको निर्वाचनमा आलमले ६ हजार ३ सय ३५ मत प्राप्त गरेका छन् । यस्तै उनका प्रतिपक्षी जैदले ३ हजार ७ सय ५१ मत ल्याउका हुन् । यस्तै, उपप्रमुखमा कांग्रेसकै जमिला असगरी ६ हजार २ सय ६८ मत ल्याई विजयी भएकी छिन् । असगरीले जसपाका चिन्ताकुमार कलवारलाई २ हजार ६ सय ३९ मतान्तरले पराजित गरिन् ।...
रौतहटका नवनिर्वाचित नगरप्रमुखहरुले लिए सपथ

रौतहटका नवनिर्वाचित नगरप्रमुखहरुले लिए सपथ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रेम यादव ६ जेठ, रौतहट । वैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा नवनिर्वाचित नगरप्रमूखहरुले सपथ ग्रहण गरेका छन् । रौतहट जिल्लाको विभिन्न पालिकामा भएको निर्वाचनमा विजयी भएका नगरप्रमूखहरु (मेयर)ले आज सपथ लिएका छन् । गौर नगरपालिकाको सभाहलमा आयोजना भएको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । गौर नगरपालिकाको नवनिर्वाचित शम्भु साहले सपथ ग्रहण गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका साहले कुल ६ हजार ३८१ मत प्राप्त गरेका थिए । त्यस्तै उनको निकटतम प्रतिस्पर्धी पूर्व मेयर अजय कुमार गुप्ताले ३ हजार ७५५ मत ल्याएका थिए । त्यसैगरी दुर्गा भगवती गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट नवनिर्वाचित अध्यक्ष शम्भु सिंहले पनि सपथ ग्रहण गरेका छन् । उनले कुल ४ हजार ४ मत ल्याउदै प्रतिस्पर्धि पूर्व अध्यक्ष अरुण कुमार सिंहलाई पराजित गरेका थिए । नेकपा एसबाट राजदेवी नगरपालिकाको नगरप्रमुख पदम...
फाेटाे खिच्ने क्रममा खाेलामा डुबेर एककाे मृत्यु

फाेटाे खिच्ने क्रममा खाेलामा डुबेर एककाे मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ६ जेठ, रामपुर । तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा फोटो खिच्ने क्रममा सिद्धार्थ नगरपालिका–१० का ३६ वर्षीय कयम अलीको डुबेर मृत्यु भएको छ । आज दिउँसो साथीहरुसँगै घुम्न आएका अली खोलामा पौडी खेल्दै फोटो खिच्दै गर्दा डुबेर बेपत्ता भएका थिए । अली खोलामा बेपत्ता भएपछि साथीहरुले प्रहरी चौकी दोभानमा खबर गरेका थिए । खबर लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले अलीको खोजतलास गरेको थियो । खोजतलास गर्ने क्रममा प्रहरीले अलीलाई सोही स्थानमा पानीमा डुबेको अवस्थामा उद्दार गरी उपचारका लागि लुम्बिनी प्रादेशीक अस्पताल बुटवल पठाएको थियो । अस्पताल पुर्‍याइएका अलीलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।...
कञ्चनपुरमा माेटरसाइकल दुर्घटना हुदाँ १ जनाकाे मृत्यु

कञ्चनपुरमा माेटरसाइकल दुर्घटना हुदाँ १ जनाकाे मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ६ जेठ, राैतहट । कञ्चनपुरको भिमदत्त नगरपालिका–५ तिनतारामा विहीबारराति दुईओटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । गड्डाबाट सुकासालतर्फ जाँदै गरेको म २ प ८०२४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको म २ प २७६ नम्बरको मोटरसाइकल राति साढे ९ बजे ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका ८०२४ नम्बरको मोटरसाइकल चालक भिमदत्त नगरपालिका–१० का ३८ वर्षीय बिरेन्द्र चन्दको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । अर्को मोटरसाइकलका चालकलाई थप उपचारका लागी धनगढी पठाइएको ईलाका प्रहरी कार्यालय गड्डााचौकीले जनाएको छ ।...
साउदी पुगेका युवक एक महिना पछि भेटिए

साउदी पुगेका युवक एक महिना पछि भेटिए

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ६ जेठ, राैतहट । रोजगारीका लागि साउदी अरब पुगेर बेपत्ता भएका नेपाली युवा भेटिएका छन् । रियादस्थित नेपाली दूतावासको सेल्टरबाटै सम्पर्कविहीन भएका सन्तोष शाह कानुको खोजी गरी नेपाल पठाइएको छ । दूतावासका अनुसार एक महिनाअघि दूतावासको अस्थायी सेल्टरबाट बाहिर निस्किई बेपत्ता भएका उनलाई भेटेपछि नेपाल एयरलाइन्सको उडानमार्फत नेपाल पठाइएको हो। उनलाई प्रवेश नाम गरेका एक नेपालीले नै फेला पारी दूतावासमा सम्पर्क गरेका थिए । तत्काल उद्धार गरेर नजिकैको मेडिकल सेन्टरमा स्वास्थ्य जाँच तथा उपचार गरी दूतावासका श्रम काउन्सेलर जीवन राईको साथमा स्वदेश फर्काईएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेपछि उनलाई आफन्तको जिम्मा लगाइएको दूतावासले जनाएको छ । डिप्रेसनको सिकार भएको र बोल्न नसक्ने अवस्थामा रहेका उनी गत १९ अप्रिलको राति सेल्टरमा रहेका अन्य नेपाली दाजुभाइहरू सुतेको मौका पार...
बालेन १० हजार मतले अग्रता

बालेन १० हजार मतले अग्रता

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, ५ जेठ, राैतहट । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार बालेन शाहले १०,११३ मतले अग्रता कायम राखेका छन् । पछिल्लो विवरणअनुसार ५४,६२१ मत गणना हुँदा बालेनले २१,१११ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले १०,९९८ र कांग्रेसकी सिर्जना सिंहले १०,१७३ मत पाएकी छन् ।...
गाैरकाे मेयरमा शम्भु साह निर्वाचित

गाैरकाे मेयरमा शम्भु साह निर्वाचित

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रेम यादव ४ जेठ, रौतहट । गाैर नगरपालिकाकाे मेयर पदमा शम्भु साह निर्वाचित भएका छन् । रौतहटको सदरमुकाम गौर नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरु विजयी भएका छन् । नेकपा एसका उम्मेदवार शम्भु साह निकटतम् प्रतिस्प्रधि लोकतान्त्रिक समाजवादी पार्टीकाे तर्फबाट अजय गुप्तालाई पराजित गर्दै मेयर पदमा निर्वाचित भएका हुन् । साहले ६ हजार ३८१ मत प्राप्त गर्दा प्रतिद्धन्दी गुप्ताले ३ हजार ७५५ मत ल्याए । नेपाली कांग्रेसका उम्मेदवार मोहनकुमार यादवले ३ हजार २११ मत पाए । त्यस्तै गाैर नगरपालिकाकाे उपमेयर पदमा पनि एकीकृत समाजवादीकै शैलकुमारी साह निर्वाचित भएकी छन् । उनले ४ हजार ८०९ मत ल्याइन् भने निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका अमरुल कले १ हजार ४७ मत पाए । त्यसै गरी नेपाली कांग्रेसकी उपमेयर उम्मेदवार शाहजान खातुनले ९४४ मत ल्याइन् ।...
गौरमा एक महिलाको शव बरामद

गौरमा एक महिलाको शव बरामद

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल न्यूज डेस्क, ४ जेठ, रौतहट । रौतहटको सदरमुकाम गौरमा वेवारिशे अवस्थामा शव वरामद भएको छ । सोमबार विहान करिब ७ बजेर ४५ मिनेट बजेको समयमा जिल्ला रौतहट गौर नगरपालिका वडा नं. ५ कवीर चौकमा सो शव वरामद भएको प्रहरीले जनाएको छ । नामथर वतन नखुलेको अंदाजी बर्ष ६० की महिलाको मृत अवस्थामा शव वरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकलाई चिन्न हुने महानुभावहरु यस जिल्ला प्रहरी कार्यालय रौतहटको हर्ट लाईन १०० र मोबाईल नम्बर ९८५५०४०९९९ मा सम्पर्क गरी जनकारी गराउन समेत प्रहरीले अनुरोध गरेको छ ।...
कृष्ण आदर्श स्कूलले ७५ जना विद्यार्थीलाई छात्रवृत्ति दिने

कृष्ण आदर्श स्कूलले ७५ जना विद्यार्थीलाई छात्रवृत्ति दिने

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, सूचना / प्रविधि
सच तक नेपाल न्युज डेस्क, ४ जेठ, रौतहट । शैक्षिक सत्र २०७९ को नयाँ भर्नाको लागि हेटौडाको एक स्कुलले ७५ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । हेटौंडा–९ लामसुरेस्थित श्री कृष्ण आदर्श इङ्ग्लिस बोर्डिङ स्कूलले ७५ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । छात्रवृति अन्तर्गत ७५ प्रतिशतभन्दा बढी अंक ल्याउने विद्यार्थीलाई ९५ प्रतिशत छात्रवृत्ति प्रदान गरिने विद्यालयका प्राध्यापक नवीन केसीले जानकारी दिए । प्रधानाध्यापक केसीकाअनुसार छात्रवृत्ति कार्यक्रममा नयाँ भर्ना हुन आउने र विद्यालयमा अध्ययनरत दुवै तर्फका विद्यार्थीलाई समानरुपमा प्रतिस्पर्धाको अवसर प्रदान गरिने छ । साथै प्रवेश परीक्षा यहि जेठ ७ गते शनिबारका दिन विद्यालय प्राङ्गणमा सञ्चालन गरिनेछ बताए । १ सय पूर्णाङ्कको प्रवेश परीक्षामा वस्तुगत प्रश्न सोधिने छ । उक्त परीक्षामा ७५ प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने विद्यार्थ...
राजदेवीको मेयरमा भिखारी यादव निर्वाचित

राजदेवीको मेयरमा भिखारी यादव निर्वाचित

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रेम यादव, ४ जेठ, रौतहट । रौतहटको राजदेवी नगरपालिको मेयर पदमा भिखारी यादव निर्वाचित भएका छन् । स्थानिय तहको निर्वाचनमा नेपाल कम्यूनिष्ट पार्टि (एकीकृत समाजवादी) तर्फबाट राजदेवीको मेयर पदमा उम्मेदवारी दिएका भिखारी यादव विजयी भएका छन् । “जनताले आफु माथि आशा र विश्वास गरेकोे प्रति म ऋणी छ’ नवनिर्वाचित मेयर यादवले भने । मैले सम्भव जति विकास गर्नेछु । सबैजना विश्वस्त हुनु उनले बताए । निर्वतमान मेयर धिरेन्द्र सिंहलाई ३ हजार ३४५ मतले पराजित गर्दै यादव विजयी भएका हुन् । कलम छापबाट उम्मेदवारी दिएका यादवले कुल ७ हजार ७२ मत प्राप्त गरेका हुन् । त्यस्तै उनको निकटतम प्रतिस्पर्धी धिरेन्द्र सिंहले ३ हजार ७०७ मत प्राप्त गरेका हुन् । त्यसै गरी उपमेयरमा नेकपा एसका राजकुमारी देवी निर्वाचित भएकी हुन् । उनले कुल ५ हजार ८४२ मत प्राप्त गरेका हुन् भने उनको प्रतिस्पर्धी नेपाली कांग्रेसकी अर्चना यादवले ३...