Friday, August 7
Shadow

मुख्य समाचार

कटहरिया ९ को वडा अध्यक्षमा रुपेश यादव निर्वाचित

कटहरिया ९ को वडा अध्यक्षमा रुपेश यादव निर्वाचित

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रेम यादव, ९ जेठ, रौतहट । रौतहटको कटहरिया नगरपालिका ९ को वडा अध्यक्ष पदमा रुपेश यादव निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका यादवले कुल ५६५ मत प्राप्त गरेका हुन् । त्यस्तै उनको निकटम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) तर्फका उम्मेदवार रामाज्ञा प्रसाद यादवले ३१२ मत प्राप्त गरेका थिए । आफ्नो निकटम प्रतिस्पर्धीलाई २५३ मतले पराजित गर्दै रुपेश यादव विजयी बनेका हुन् । त्यसै गरी नेपाली कांग्रेसबाट कटहरिया नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका अजय प्रकाश निर्वाचित भएका छन् । उनले निकटम प्रतिस्पर्धी एमालेका उम्मेदवार तथा निर्वतमान मेयर सियाराम प्रसाद कुशवाहालाई २ हजार ५९५ मतले पराजित गरेका हुन् । नवनिर्वाचित अजयले कुल ७ हजार १७२ मत प्राप्त गरेका थिए भने उनको प्रतिद्धन्दी कुशवाहाले ४ हजार ५७७ मत प्राप्त गरेका थिए । रौतहटको १८ पालिका मध्ये १२ पालिको मतगणना...
अवतरण क्रममा चरासँग ठोकियो विमान

अवतरण क्रममा चरासँग ठोकियो विमान

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ९ जेठ, भैरहवा । जजिरा एयरको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा चरासँग ठोकिएको छ । सोमबार बिहान २ बजे कुवेतबाट आएको विमान विमानस्थल परिसरमा चरासँग ठोकिएको विमानस्थल स्रोतले जानकारी दिएको छ । विमान यात्रु ओरालेर एप्रोनमा छ । १२१ यात्रु लिएर आएको विमानमा ५२ जना कारागारमा हिरसातमा रहेका कैदी थिए । उनीहरूलाई उद्वार गरेर नेपाल ल्याईएको हो । विमान अवतरण गरेपछि चरा सँग ठोकिएको थियो । गौतमबुद्ध अन्तरास्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार हवाई जहाजको बाहिरी भागमा रगत देखिन्छ, तर रनवेमा कतै चरा देखिन्न । ‘पाईलटहरुले अवतरणको क्रममा चरासँग ठोकिएको आशंका गरेका छन । तर, रनवेमा देखिनु पर्ने चरा देखिएन’, साहले भने, ‘चरा कतै ईन्जिनमा त गएन भनेर जहाज यहि होल्ड भएको छ ।’ एयरलाइन्सका ईन्जिनियरले विमान चेकजाँच गरेर मात्रै उडान गरिने भएको छ । २ ...
देवाही गाेनाही ७ काे वार्ड अध्यक्षमा उपेन्द्र यादव निर्वाचित

देवाही गाेनाही ७ काे वार्ड अध्यक्षमा उपेन्द्र यादव निर्वाचित

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, ८ जेठ, राैतहट । रौतहटको देवाही गाेनाही नगरपालिका ७ काे वडा अध्यक्ष पदमा उपेन्द्र यादव निर्वाचित भएका छन् । स्थानीय तहको निर्वाचनमा देवाही गाेनाही नगरपालिका वडा नं. ७ मा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका सम्पुर्ण प्यानेल नै बिजयी भएकाे छ । उनले कुल ५९८ मत प्राप्त गरेका थिए भने उनकाे प्रतिद्धन्दी जगरनाथ राय यादवले ५५२ मत प्राप्त गरेका हुन् । ४६ मतले नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र राय यादव विजयी भएका हुन् । देवाही गाेनाही नगरपालिकाकाे वडा नं.७ मा नेपाली कांग्रेसकाे प्यानेल नै बिजयी भएकाे छ ।...
गढीमाईमा कांग्रेस र एसका कार्यकर्ताबीच झडप, र्दजनौं घाइते

गढीमाईमा कांग्रेस र एसका कार्यकर्ताबीच झडप, र्दजनौं घाइते

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, ८ जेठ, रौतहट । रौतहटको गढीमाई नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एकृकीत समाजवादीका कार्यकर्ताबीच झडप हुँदा दर्जनौँ व्यक्तिहरु घाइते भएका छन् । नेकपा एकृकीत समाजवादीबाट गढीमाई नगरपालिका वडा नम्बर १ हरइयाका रामपुकार यादव गत वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा विजयी भए पछि नवनिर्वाचित वडा अध्यक्ष यादवले आफ्नो वडामा शान्तिपूर्ण तरिकाले विजय जुलुस निकालेको बेला नेपाली कांग्रेसका निर्वतमान वडा अध्यक्ष रामविनय यादवका कार्याकर्ताहरुले हस्तक्षेप गरेपछि झडप भएको जनाइएको छ। शनिबार नवनिर्वाचित वडाअध्यक्ष रामपुकार यादवले गाउँमा बिजय जुलुस लगिरहेको क्रममा पूर्व वडाअध्यक्ष रामविनय यादवका समर्थक र रामपुकार यादवको समर्थक विच झडप भएको प्रहरीले जनाको छ । निवर्तमान वडा अध्यक्षको घरबाटो भएर जुलुस निकालिएको आक्रोशमा आफ्नो घरको छतबाट ढुङ्गा,मुडा गर्न थालेको आरोप लगाउदै नवनिर्वाच...
झिनो हवाहुरिमा पनि बति अवरुद्ध हुँदा सर्लाहिका सर्वसाधारलाई सास्ती

झिनो हवाहुरिमा पनि बति अवरुद्ध हुँदा सर्लाहिका सर्वसाधारलाई सास्ती

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल , जितेश यादव सर्लाही । नेपाल बिधुत प्राधिकरण सर्लाहिको लापरबाहीका कारण सर्वसाधारणलाई सास्ती खेप्नु परिरहेको छ । झिनो हवाहुरीमा पनि बिधुत अवरुद्ध हुँदा सर्लाहीको दक्षिणी र पक्षिमी भु-भागमा अवस्थित बलरा नगरपालिका र रामनगर गाउँपालिकाका सर्वसाधारण कष्टकर बनेका छन । बिधुत अवरुद्धका कारण यहाँ सर्वसाधारण लगायत कुटानीपिसानी मिल, व्यापारिक प्रतिष्ठान, अस्पताललगायतको सेवा प्रभावित भएको छ । विद्युत् अवरुद्ध हुँदा गर्मी छल्नसमेत समस्या भएको रामनगरबासिका गुनासो रहेको छ । “विद्युत् अभावमा व्यापार घाटा व्योहोर्न बाध्य भयौं”, रामनगर–४ का नितेश पटेलले भने, “विद्युत् अवरुद्धले लाखौँको नोक्सान व्योहोर्नु पर्‍यो ।” यहाँका मिठाइ पसल, कोल्डमेसिन फ्रिजलगायत उपकरण तथा पसल सञ्चालनमा समस्या व्यर्होर्नु परेको उनको भनाइ छ । स्थानीयहरुका अनुसार बिगत कयौ बर्षदेखि झिनो हवाहुरीमा पनि लाईन गएपछी ...
१२ देशमा फैलियो मन्कीपक्सको संक्रमण

१२ देशमा फैलियो मन्कीपक्सको संक्रमण

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ८ जेठ, रौतहट । कम्तिमा १२ देशमा मंकीपक्सका ८० भन्दा बढी केसहरू पुष्टि भएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कुनै पनि देशको नाम नलिइकन थप ५० संदिग्ध केसहरू अनुसन्धान भइरहेको जनाएको छ । अझै बढी केसहरु बढ्ने चेतावनी पनि डब्लूएचओले जनाएको छ । अमेरिका, क्यानडा र अस्ट्रेलियाबाहेक ९ ओटा युरोपेली देशहरुमा संक्रमण पुष्टि भइसकेको छ । मध्य तथा पश्चिम अफ्रिकाका दुर्गम क्षेत्रमा मंकीपक्स बढी मात्रामा देखिन थालेको छ । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार यो एक दुर्लभ भाइरल संक्रमण हो, जसको सामान्यतया हल्का असर हुन्छ र अधिकांश संक्रमित केही हप्तामा निको हुन्छन् । भाइरस मानिसमा सजिलै नसर्ने र जोखिम निकै कम रहेको बताइएको छ । मंकीपक्सको लागि कुनै विशेष खोप छैन । तर, बिफरको खोपले ८० प्रतिशत सुरक्षा प्रदान गर्दछ, किनकी दुई भाइरसहरू निकै समान छन् । हालसम्म युरोपका सा...
७०५ पालिकाको मतगणना सम्पन्न

७०५ पालिकाको मतगणना सम्पन्न

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, ८ जेठ, रौतहट । निर्वाचन आयोगले हालसम्म ७०५ पालिकाको मतगणना सम्पन्न भएको जनाएको छ । आयोगले गत वैशाख ३० गते एकसाथ देशका ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । निर्वाचन भएकामध्ये ४८ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । हालसम्म मतपरिणाम सकिएका पालिकामध्ये सबैभन्दा बढीको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । त्यसपछि ठूलो संख्यामा क्रमसः नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उम्मेदवार विजयी बनेका छन् । आयोगका अनुसार कांग्रेसले हालसम्म ३११ पालिकाको प्रमुख तथा अध्यक्ष जितिसकेको छ भने मतगणना भइरहेकामध्ये १४ पालिकामा अग्रता लिइरहेको छ । यस्तै, एमालेले हालसम्म १९० पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना भइरहेका पालिकामध्ये १६ वटाको प्रमुख...
मिर्चैया नगरपालिकामा माओवादी विजयी

मिर्चैया नगरपालिकामा माओवादी विजयी

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, ७ जेठ, सिराहा । सिराहाको मिर्चैया नगरपालिकामा मेयर र उपमेयर दुवैमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालय मिर्चैयाले शनिबार बिहान मेयरमा श्रवणकुमार यादव र उपमेयरमा जीवछी देवी निर्वाचित भएको घोषणा गरेको हो । मिर्चैयाका निवर्तमान मेयरसमेत रहेका यादवले पाँच हजार दुई सय ३३ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका सीताराम यादवले चार हजार सात सय १० मत ल्याए । उपमेयरमा निर्वाचित जीवछी देवीले ४४ मतान्तरसहित कांग्रेसकी अनिता साहलाई पराजित गरेकी छन् । उनले पाँच हजार ७० मत ल्याउँदा निकटतम् प्रतिद्वन्दी साहले पाँच हजार २६ मत प्राप्त गरेकी छन् । १२ वडा रहेको मिर्चैयामा एमालेले २, ५, ७, १०, ११, माओवादी केन्द्रले १, ६, ८, ९, जनमत पार्टीले ४, नेकपा (एकीकृत समाजवादी) ले १२ र स्वतन्त्र महिलाले ३ नं. वडामा जित निकालेका छन्...
बालेन फराकिलो अग्रतामा

बालेन फराकिलो अग्रतामा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, ७ जेठ, रौतहट । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको मत ३५ हजार मत कटेको छ । पछिल्लो मत परिणाम अनुसार बालेनको मत ३५ हजार ३७३ पुगेको छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितको मत १९ हजार २४८ पुग्दा गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १९ हजार ८३ मत ल्याएकी छन्।...
टीकापुरमा लागूऔषधसहित ४ जना पक्राउ

टीकापुरमा लागूऔषधसहित ४ जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल , ७ जेठ, धनगढी । कैलालीमा सशस्त्र प्रहरीले लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ। शनिबार टीकापुर नगरपालिका–८ खक्रौला नाकाबाट उनीहरूलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ। पक्राउ पर्नेमा टीकापुर नगरपालिका–७ बस्ने ३२ वर्षीय चित्रराज जैसी, २२ वर्षीय कृष्ण हमाल, २३ वर्षीय आकाश सुनार र ३५ वर्षका मदन विक छन्। उनीहरूको साथबाट स्पास्मो प्रोक्सी प्लस क्याप्सुल २० ओटा फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका चारैजना र बरामद २ ओटा मोटरसाइकल आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय टीकापुरलाई बुझाएको गणले जानकारी दिएको छ।...