
सच तक नेपाल न्यूज डेस्क,
४ जेठ, रौतहट । रौतहटको सदरमुकाम गौरमा वेवारिशे अवस्थामा शव वरामद भएको छ ।
सोमबार विहान करिब ७ बजेर ४५ मिनेट बजेको समयमा जिल्ला रौतहट गौर नगरपालिका वडा नं. ५ कवीर चौकमा सो शव वरामद भएको प्रहरीले जनाएको छ ।
नामथर वतन नखुलेको अंदाजी बर्ष ६० की महिलाको मृत अवस्थामा शव वरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
मृतकलाई चिन्न हुने महानुभावहरु यस जिल्ला प्रहरी कार्यालय रौतहटको हर्ट लाईन १०० र मोबाईल नम्बर ९८५५०४०९९९ मा सम्पर्क गरी जनकारी गराउन समेत प्रहरीले अनुरोध गरेको छ ।
