Friday, August 7
Shadow

मुख्य समाचार

सशस्त्रमा एआईजी बढुवाको सिफारिस

सशस्त्रमा एआईजी बढुवाको सिफारिस

ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
सच तक नेपाल डेस्क, १० जेठ, रौतहट । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा पनि एक जना सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाको लागि सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिले सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्रप्रकाश गौतमलाई हिजो सिफारिस गरेको हो । उक्त सिफारिसप्रति चित्त नबुझ्ने डिआईजीहरुले सात दिनभित्र उजुरी दिन पनि बढुवा समितिको सचिवालयले लोक सेवा आयोगलाई दिएको बोधार्थ पत्रमा उल्लेख छ ।...
पेट्रोलियम पदार्थको मुल्यमा पुर्न विचार गर्ने :उद्योग मन्त्री

पेट्रोलियम पदार्थको मुल्यमा पुर्न विचार गर्ने :उद्योग मन्त्री

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १० जेठ, रौतहट । पेट्रोलियम पदार्थको मूल्यमा पुर्नविचार गर्ने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बताएका छन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै संयुक्त विद्यार्थी संगठनको ध्यानाकर्षण पत्र बुझ्दै उद्योग मन्त्री बडूले पेट्रोल, डिजेल र ग्यासमा भएको मूल्य वृद्धिका सन्दर्भमा पुर्नविचार हुने बताएका हुन् । उद्योगमन्त्री बडूले पेट्रोलियम पदार्थमा लगाइएको करबारे पुनः विचार गर्दै मुल्य समायोजन गर्नेबारे सरकार सकारात्मक रहेको बताएको अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश शाहीले अन्नपूर्णलाई जानकारी दिए । उनले भने, "हामीहरुले तत्काल पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताको माग गर्दै उद्योगमन्त्रीको ध्यानाकर्षण गरायौं । मन्त्रीज्यूले पुनःविचार गर्छु भन्नुभयो । हामीले पेट्रोलियम पदार्थ मूल्य वृद्धि फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्छौं ।" ...
रौतहटका १५ पालिकाको मत गणना सार्वजनिक

रौतहटका १५ पालिकाको मत गणना सार्वजनिक

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रेम यादव १० जेठ, रौतहट । स्थानिय तहको निर्वाचनमा रौतहटका १८ पालिका मध्ये १५ पालिकाको मत सार्वजनिक भएको छ । त्यस्तै बाँकी ३ पालिकाको अझै मत गणना जारी नै रहेको छ । वैशाख ३० गते भएको स्थानिय निर्वाचनमा ६ पालिकाको ११ स्थानमा २४ वटा मतदान केन्द्र रद्द भएको थियो । जसपछि पुनः ४ गते बाँकी पालिकाको मतदान भएको थियो । मत सार्वजनिक भएको मध्ये नेपाली काँग्रेसको अग्रता देखिएको छ । नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका ५ नगरप्रमुख पदमा विजयी भएका छन् । राजपुर नगरपालिका, चन्द्रपुर नगरपालिका, परोहा नगरपालिका, कटहरिया नगरपालिका र माधवनारायण नगरपालिकाको नगरप्रमुखका रुपमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् । त्यस्तै १५ वटा पालिका मध्ये नेकपा एकीकृत समाजवादीका नगरप्रमुख पदमा उम्मेदवारी दिएका ४ जना विजयी भएका छन् । गौर नगरपालिका, राजदेवी नगरपालिका, बौधीमाई नगरपालिका र वृन्दावन नगरपालिकामा समाजवा...
भरतपुरको मेयरमा रेणु दाहाल विजयी

भरतपुरको मेयरमा रेणु दाहाल विजयी

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, १० जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिका मेयरमा सत्ता गठबन्धनतर्फका उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहाल निर्वाचित हुनुभएको छ । उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । पछिल्लो मतपरिणामअनुसार करिब २ हजार मतगणना हुन बाँकी छँदा रेणुले प्रतिस्पर्धी एमालेका विजय सुवेदीसँग १२ हजार १४० मतान्तर कायम गर्नुभएको हो । दाहालले ५१ हजार ११२ मत पाउँदा सुवेदीले ३८ हजार ९७२ मत पाउनुभएको छ । अन्तिम परिणाम आउन बाँकी रहँदै उहाँ निर्वाचित हुनुभएको हो । निर्वाचन अधिकृतको कार्यालयले सबै मतगणना भइसकेपछि मात्र नतिजा घोषणा गर्नेछ । उपमेयरमा पनि गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले जित सुनिश्चित गर्नुभएको छ । अधिकारीले ५१ हजार ९०३ मत पाउँदा प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ३० हजार ३२६ मत पाउनुभएको छ ।...
देवाही गाेनाहीमा ट्याक्टरकाे ठक्करबाट १ भारतीयकाे मृत्यु

देवाही गाेनाहीमा ट्याक्टरकाे ठक्करबाट १ भारतीयकाे मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ९ जेठ, रौतहट । ट्याक्टरको ठक्करबाट रौतहटमा एक भारतीय नागरिकको मृत्यु भएको छ । भारतको बिहार घोडासहन घर भएका जितेन्द्र साह कलवारको सवारी दुर्घटनामा परेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । बिआर ०५ बि ९०३६ नम्बरको मोटरसाइकलमा सवार जितेन्द्रलाई सोही विपरीत दिसाबाट आइरहेको ना ३ त ७०७२ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । रौतहटको देवाही गोनाही नगरपालिका धरहरी गोनाही सडकखण्ड अन्तर्गत भएको दुर्घटनामा परेर गम्भीर घाइते भएको उनलाई उपचारका लागि गरुडास्थित ग्राण्डी अस्पतालमा ल्याइएको थियो । अस्पतालमा उपचारकै क्रममा जितेन्द्रको मृत्यु भएको प्रहरीले जनाएको हो । मृतकको शव पोष्टमार्टको लागि गौर अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । दुर्घटना पश्चात् फरार भएको ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।...
रामनगर गाउँपालिका अध्यक्ष राजाबाबुले पदभार ग्रहण गरे

रामनगर गाउँपालिका अध्यक्ष राजाबाबुले पदभार ग्रहण गरे

banner-news-1, मुख्य समाचार
रामनगर गाउँपालिकाको अध्यक्षमा निर्वाचित २२ बर्षिय युवा राजा बाबू यादवले पदभार ग्रहण गरेका छन् । सोमबार सर्लाही जिल्ला समन्वय समितीको सभाकक्षमा आयोजित समारोहमा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश ध्रुब कुमार पियाबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै उनले गाउँपालिका पुगेर पदभार सम्हालेका हुन्। नेकपा माओवादी केन्द्रबाट रामनगर गाउँपालिकाको अध्यक्षमा लडेका यादव ४०८१ मत ल्याई निर्वाचित भएका थिए । पदभार ग्रहणअघि अध्यक्ष यादवलाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण यादव सहित कर्मचारीहरूले भब्य स्वागत गरेका छन् ।  ...
पर्सामा लाटाेकाेसेराे सहित २ भारतीय पक्राउ

पर्सामा लाटाेकाेसेराे सहित २ भारतीय पक्राउ

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ९ जेठ, विरगञ्ज । पर्सा प्रहरीको टोलीले लाटोकोसेरोसहित दुई भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार पश्चिम चम्पारण थाना बागाहा ग्राम औसानी १ का ४२ वर्षीय मृतुन्जय सिंह र भारत विहार पश्चिम चम्पारण थाना नरकटियागञ्ज ग्राम मनिहारी–३ का ३५ वर्षीय शेख अनवर रहेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिएका छन्। पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरको गोरेटो बाटो हुँदै अवैधरूपमा लाटोकोसेरो नेपालबाट भारततर्फ लाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो । लाटोकोसेरोलाई डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई वन्यजन्तु सरंक्षण ऐनसम्बन्धी कसूर मुद्दा अन्तर्गत कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।...
कछुवा…

कछुवा…

ताजा-अपडेट, मुख्य समाचार, विचार
प्रेम यादव, कछुवा जल र स्थल दुईटै ठाँउमा बस्न सक्ने एउटा उभयचर जीव हो। प्रकृतिको सर्वाधिक पुरानो जीवधारी कछुवा सरिसृप वर्गमा सर्वाधिक बुद्धिमान प्राणी पनि मानिन्छ। बितेका २० करोड वर्षमा जलवायु परिवर्तन का वाबजुद अहिलेसम्म पनि आफूलाई सुरक्षित राख्दै आएको छ । उभयचर प्राणीमा पर्ने कछुवा निकै लामो समय सम्म बाँच्ने प्राणी हो। सम्भवतः प्रकृतिमा मानिसको भन्दा दोब्बर आयु अर्थात् डेढ सय वर्षसम्म बाँच्न सक्ने प्राणी कछुवा बाहेक अर्को छैन र झण्डै २० करोड वर्षदेखि प्रकृतिको अनगिन्ती आरोह अवरोहलाई झेल्दै आफूलाई सुरक्षित राख्न सफल प्राणीमा पनि कछुवा नै पर्दछन्। कछुवाको प्रकार तथा पाइने स्थान कैयौँ देश र द्वीपमा कछुवा पाइन्छ। ती मध्ये कतिपयमा विशेष किसिमको रङ्ग, खुवी, विशेषता र गन्ध हुने गरेको पनि पाइएको छ। अमेरिकामा एउटा यस्तो किसिमको कछुवा पाइन्छ जसलाई दुर्गन्धको भाँडो नै भनिन्छ। उनीहरू अलिकत...
सोमबारबाट लाइसेन्सको नयाँ आवेदन खुल्दै

सोमबारबाट लाइसेन्सको नयाँ आवेदन खुल्दै

ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
सच तक नेपाल डेस्क, ९ जेठ, रौतहट । यातायात विभागले सोमवारबाट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन खुलाउने भएको छ । विभागले ४ जेठबाट नै लाइसेन्सको आवेदन खुला गरी १५ दिनमा नै सेवाग्राहीले कार्यालयमा सम्पर्क गर्न सक्ने गरी तयारी गरेको दाबी गरेको थियो । तर प्राविधिक समस्याले गर्दा ढिला हुन गए पनि सोमबारबाट नै खुला गर्ने गरी विभागले तयारी गरिरहेको विभागका महानिर्देशक नमराज घिमिरेले बताउनुभयो । प्राविधिक रुपमा समस्या हुँदा तोकिएको समयमा सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० को नयाँ आवेदन खुलाउन कठिन भएको यातायात व्यवस्था विभागले बताएको छ। पुरानो इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सवारीसाधन दर्ता प्रणाली र नयाँ अनलाइन ड्राइभिङ लाइसेन्स दर्ता, स्मार्ट कार्ड प्रणालीलाई एकीकृत गर्न प्राविधिक समस्या पर्दा नयाँ आवेदन खुलाउन ढिला भएको महानिर्देशक घिमिरेले जानकारी दिनुभयो । यातायात व्यवस्था विभा...
पुन बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पुन बढ्यो पेट्रोलियम पदार्थको मूल्य

अन्य, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ९ जेठ, रौतहट । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन लिटरमा १० रुपैयाँ बढाएको छ । त्यस्तै, एलपी ग्यासमा प्रतिसिलिन्डर दुई सय रुपैयाँ बढेको हो । अब पेट्रोलको मूल्य १८० रूपैयाँ, डिजेल र मट्टितेल १६३ रुपैयाँ लिटर पर्ने छ । त्यस्तै, एलपी ग्यासको मूल्य १८०० रूपैयाँ पर्ने छ ।...