Friday, August 7
Shadow

मुख्य समाचार

वडा अध्यक्ष यादवले गरे पदभार ग्रहण

वडा अध्यक्ष यादवले गरे पदभार ग्रहण

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, १३ जेठ, राैतहट । देवाही गाेनाही नगरपालिका ७ का नवनिर्वाचित वडा अध्यक्ष उपेन्द्र यादवले पदभार ग्रहण गरेका छन् । उनले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका थिए । वैशाख ३० गते भएकाे स्थानीय तहको निर्वाचनमा देवाही गाेनाही नगरपालिका वडा नं. ७ मा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका सम्पुर्ण प्यानेल नै बिजयी भएकाे हाे । उनले कुल ५९८ मत प्राप्त गरेका थिए भने उनकाे प्रतिद्धन्दी जगरनाथ राय यादवले ५५२ मत प्राप्त गरेका थिए । ४६ मतले नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र राय यादव विजयी भएका हुन् । देवाही गाेनाही नगरपालिकाकाे वडा नं.७ मा नेपाली कांग्रेसकाे प्यानेल नै बिजयी भएकाे छ । देवाही गाेनाही वार्ड नं.७ लाई नमुनाका रुपमा परिवर्तन गर्ने नवनिर्वाचित अध्यक्ष यादवले प्रतिबद्धता जनाएका छन् । विजय पश्चात आज वडा अध्यक्ष तथा सदस्यहरुले आज पदभार ग्रहण गरेका छन् । वडा...
सशस्त्र प्रहरीलाइ बदनाम गर्न आतुर भए सशस्त्र प्रहरीकै हवलदार

सशस्त्र प्रहरीलाइ बदनाम गर्न आतुर भए सशस्त्र प्रहरीकै हवलदार

ताजा-अपडेट, मुख्य समाचार
बारा, १२ जेष्ठ । स्थानीय तहको निर्वाचन सु-सम्पन्न गराउन अहम भुमिका खेलेका सशस्त्र प्रहरी बल नेपाललाइ बदनाम गराउन सशस्त्र प्रहरीकै कर्मचारीले गरिरहेको खुल्नमा आएको छ । सीमा नाकाको साथ साथै ग्रामिण भेगहरूमा समेत निगरानी बढाएको सशस्त्र प्रहरी बल नेपाल संगठनलाइ नै बदनाम गराउन केहि सशस्त्र प्रहरीको तल्लो स्तरको कर्मचारी आतुर भएको खुल्नमा आएको हो । मधेस प्रदेशमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिएको सशस्त्र प्रहरीको टोलिले आफ्नो भुमिका निर्वाह गर्दै लागु औषध कारोबारीदेखि हातहतियार समेत बरामद गर्न सफल भइरहेकै बेला सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोबाट खटिएको टोलिले आफ्नै संगठनलाइ बदनाम गर्न आतुर भएको बुझिन्छ । सीमा नाकाबाट अबैध रकम असुल गरेको आरोप मात्र नभइ प्रमाण सहित बारा जिल्लाबाट लखेटिएका सशस्त्र प्रहरी हवलदार आफ्नै संगठनलाइ बदनाम गर्न पछि हटेन्न । सशस्त्र प्रहरी बल न...
पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माँग गर्दै निगम घेराउ

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माँग गर्दै निगम घेराउ

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ११ जेठ, रौतहट । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् । बुधवार नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै निगमको कार्यालय घेराउ गरेका हुन् । उनीहरुले निगमको मुल गेटमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी गरेका थिए । उनीहरुले रुस र युक्रेनको युद्ध देखाएर नेपालमा मूल्यवृद्धि गर्नुको तात्विक कारण नरहेको बताए । रुस र युक्रेनमा भएको युद्धलाई लिएर जनतालाई अफवाह फैलाएर सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको उनीहरको आरोप छ । उनीहरुले जनतालाई खान, लाउन शंकट भएको बेलामा पनि नेपाल सरकार जनता चाहिँदैन भनेर आफ्ना अव्यवहारिक गतिविधिमा लिप्त रहेको बताए । कार...
बलरा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले लिए शपथ

बलरा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले लिए शपथ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, ११ जेठ, सर्लाही । सर्लाही जिल्लाको दक्षणी भु–भागमा अवस्थित बलरा नगरपालिकाका जनप्रतिनिधिहरुले सपथ ग्रहण गरेका छन् । देशमा भएको स्थानिय तहको निर्वाचनमा विजयी भएका जनप्रतिनिधिहरुले आज शपथ लिएका छन् । नवनिर्वाचित नगरप्रमुख रामाशंकर कुशवाहाले उपप्रमुख कोशिला देवी दास लगायत वडा अध्यक्षहरुलाई  शपथ खुवाएका छन् । बलरा नगरपालिकाको सभा हलमा आयोजित शपथ समारोहमा नगरप्रमुख, उपप्रमुख, १० नम्बर वडाका अध्यक्ष दिनेश कुशवाहा , ३ नम्बर वडाका अध्यक्ष आनन्द मिश्र लगायत अन्य जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । नेकपा माओवादी केन्द्रबाट नगरप्रमुखमा उम्मदेवारी दिएका रामाशंकर कुशवाहा र माओवादीकै उपप्रमुख समेत विजयी भएका हुन् ।...
जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा मनोज निर्वाचित

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा मनोज निर्वाचित

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, ११ जेठ, धनुषा । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह निर्वाचित हुनुभएको छ। सोमबार साँझ सकिएको मत गणना अनुसार साहले १३ हजार ४६५ मत ल्याएर मेयरमा विजयी हुनुभएको हो। दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार शिवशंकर साहले नौ हजार ५३२ मत प्राप्त गर्नुभयो । तेस्रो स्थानमा रहनुभएका लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले पाँच हजार ३६० मत प्राप्त गर्नुभयो । मेयर पदमा सत्तारुढ गठबन्धनको समर्थन पाउनुभएका जनता समाजवादी पार्टीका उम्मेदवार चौथो स्थानमा रहनुभयो। उहाँले पाँच हजार १९४ मत प्राप्त गर्नुभयो । उपमेयरमा निर्वाचित नेपाली कांग्रेसका किशोरी साहले १५ हजार ५२५ मत प्राप्त गर्नुभयो भने दोस्रो स्थानमा रहुनभएकी एमाले उम्मेदवार रुणादेवी झाले १० हजार ८८५ मत प्राप्त गर्नुभयो ।...
बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु

बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु

अन्य, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ११ जेठ, झापा । झापामा आज यात्रुवाहक बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडक खण्डमा आज बिहान को१ख ७१८७ नंको झुल्केदेवी यातायात (बस)ले प्रदेश१–०२०४०प ७१४९ नंको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । मृत्यु हुनेमा मोरङ पथरी–शनिश्चरे–८ का २६ वर्षीय प्रकाश राई र भोजपुरको षडानन्दका २६ वर्षीय जितुहाङ राई छन् । मृतक प्रकाश जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान हुन् भने जितुहाङ म्यादी प्रहरी हुन् । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
प्रविधिकाे प्रयाेगबाट १० हजार शिक्षकलाई जागिरकाे अवसर

प्रविधिकाे प्रयाेगबाट १० हजार शिक्षकलाई जागिरकाे अवसर

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, सूचना / प्रविधि
सच तक नेपाल डेस्क, ११ जेठ, राैतहट । सत्याल पब्लिकेसनको उत्पादन अब डिजिटलरूपमा पाइने भएको छ । पब्लिकेसनले तयार गरेको ‘सत्याल द लर्निङ प्लेटफर्म’ सार्वजनिक गरिएको छ । शिक्षालाई पूर्ण डिजिटलाइजेसन गर्ने उद्देश्यले पब्लिकेसनले द वर्ल्डलिंकसँग मिलेर सफ्टवेयर बनाउने प्लेटफर्म प्रालिका कार्यकारी निर्देशक अश्विन सत्यालले जानकारी दिएका छन । वर्ल्डलिंकका कर्पोरेट निर्देशक लक्ष्मण यादवका अनुसार वर्षौँदेखि पाठ्यपुस्तक छाप्दै आएको कम्पनीले विद्यालय शिक्षालाई डिजिटलाइजेसन गर्न सफ्टवेयरको विकास गरेको हो । विद्यालय जाने प्रणालीलाई परिवर्तन गर्दै सो एपमा इन–पुस्तक, स्मार्ट कक्षा, अनलाइन तथा हाइब्रिड कक्षा र परीक्षा, ट्युसन, असाइनमेन्ट आदि राखिनका साथै हाल ट्युसनमा १० हजार शिक्षकलाई आंशिक रोजगारी दिइने लक्ष्यका साथ शैक्षिक भविष्य बदल्ने योेजना राखेको प्लेटफर्म प्रालिका कार्यकारी अध्यक्ष तथा सिइओ ...
विवेकशील पार्टीका अध्यक्ष मिश्रले दिए राजीनामा

विवेकशील पार्टीका अध्यक्ष मिश्रले दिए राजीनामा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, ११ जेठ, रौतहट । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनमा पार्टीको निराशाजनक परिणाम आएको भन्दै मिश्रले अध्यक्ष पदबाट राजीनामा दिएका हुन । मिश्रले बुधबार प्रेस वक्तव्य जारी गर्दै चुनावी परिणामको जिम्मेवारी लिंदै राजीनामा दिएको उल्लेख गरेका छन् । गत ५ वर्षदेखि आफूले तन, मन र धनले भ्याएसम्म संयोजक र अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गरेको भन्दै मिश्रले उल्लेख गरेका छन्, ‘निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु। म पार्टीको साधारण सदस्य रहिरहने छु,’ मिश्रले वक्तव्यमा उल्लेख गरेका छन् ।...
सशस्त्रका डिआइजी गाैतम एआईजीका लागि सिफारिस

सशस्त्रका डिआइजी गाैतम एआईजीका लागि सिफारिस

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ११ जेठ, राैतहट । सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश गौतम सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयमा सोमबार साँझ बसेको बढुवा समितिको बैठकले गौतमलाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।
गढीमाईकाे मेयरमा कांग्रेस विजयी

गढीमाईकाे मेयरमा कांग्रेस विजयी

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, ११ जेठ, राैतहट । नेपाली कांग्रेसले रौतहटको गढीमाई नगरपालिकाको मेयर जितेको छ । कांग्रेसका उम्मेदवार श्यामप्रसाद यादव मेयर निर्वाचित भएका हुन् । उनले ८६३१ मत ल्याएका छन् । यहाँ मेयरमा जसपाका उम्मेदवार शेख अबुलकलाम आजाद पराजित भए । उनले जम्मा ८०७३ मत ल्याएका थिए । उपमेयरमा जसपाका उम्मेदवार समिताकुमारी यादव विजयी भइन् । उनले ६६७१ मत ल्याएकी थिइन् । उपमेयरमा नेकपा एकीकृत समाजवादीका नागेन्द्र सिंह पराजित भए । यहाँ कांग्रेस र एकीकृत समाजवादीबीच चुनावी गठबन्धन भएको थियो ।...