Monday, July 27
Shadow

रामनगर गाउँपालिका अध्यक्ष राजाबाबुले पदभार ग्रहण गरे

रामनगर गाउँपालिकाको अध्यक्षमा निर्वाचित २२ बर्षिय युवा राजा बाबू यादवले पदभार ग्रहण गरेका छन् ।

सोमबार सर्लाही जिल्ला समन्वय समितीको सभाकक्षमा आयोजित समारोहमा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश ध्रुब कुमार पियाबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै उनले गाउँपालिका पुगेर पदभार सम्हालेका हुन्।

नेकपा माओवादी केन्द्रबाट रामनगर गाउँपालिकाको अध्यक्षमा लडेका यादव ४०८१ मत ल्याई निर्वाचित भएका थिए । पदभार ग्रहणअघि अध्यक्ष यादवलाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण यादव सहित कर्मचारीहरूले भब्य स्वागत गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *