Friday, August 7
Shadow

मुख्य समाचार

खराब मौसम कारण जहाज खोज्न उडेको हेलिकप्टर फिर्ता

खराब मौसम कारण जहाज खोज्न उडेको हेलिकप्टर फिर्ता

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १५ जेठ, रौतहट । पोखराबाट जोमसोम जाँदा सम्पर्कविहीन भएको तारा एयरको जहाज खोजीमा परिचालन भएको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको छ । नेपाल नागरिक उड्डन प्राधिकरणका अनुसार विमानको अवस्थाबारे खोजतलासका लागि फिस्टेल हेलिकप्टरलाई पठाइएकोमा प्रतिकुल मौसमका कारण उक्त हेलिकप्टर जोमसोम फर्किएको छ । पोखराबाट विहान ९ः ५५ बजे जोमसोमका लागि १९ यात्रु र ३ चालक दलका सदस्यसहित उडेको तारा एयरको ट्वीन अटर ९एनएईटी विमान अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग १०ः०७ बजे म्याग्दीको घोडेपानीबाट सम्पर्कमा आएको थियो । त्यसपछि सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत जनाएको छ । विमानको खोजी तथा उद्धारका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरु तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ । मौसममा सुधार हुनासाथ हवाइ मार्गबा...
सम्पर्क विहिन तारा एयरको जहाज खोज्न हेलिकोप्टर परिचालन

सम्पर्क विहिन तारा एयरको जहाज खोज्न हेलिकोप्टर परिचालन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १५ जेठ, रौतहट । सम्पर्कविहीन भएको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज खोज्न हेलिकोप्टर परिचालन गरिएको छ । मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर हेलिकोप्टरको खोजी भइरहेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । नेपाली सेनाको हेलिकोप्टरलाई पनि खोजीमा प्रयोग गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले सुर्खेत र काठमाडौं एयरबेसबाट हेलिकोप्टर परिचालन गर्न तयारी अवस्थामा रहेको बताउनुभयो । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी दिवेश लोहनीका अनुसार सम्पर्कविहीन जहाजको स्थल र हवाई दुवै माध्यमबाट खोजी भइरहेको छ । यसैबीच, मुस्ताङको घाँसामा ठूलो आवाज सुनेको र आगो बलेको देखेको भन्दै स्थानीयले खबर गरेका छन् । तर त्यहाँ अहिलेसम्म प्रहरी वा अन्य कुनै निकाय पुगेको छैन । प्रहरीका अनुसार...
आज गणतन्त्र दिवस

आज गणतन्त्र दिवस

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १५ जेठ, राैतहट । आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरे । गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रूपमा ...
जनकपुरमा लागुऔषधसहित एक युवक पक्राउ

जनकपुरमा लागुऔषधसहित एक युवक पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १४ जेठ, रौतहट । लागूऔषधसहित जनकपुरबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नं. ३ बस्ने १९ वर्षीय चुनचुन सहनी रहेका छन् । बिहीबार मध्यराति जनकपुरधाम उपमहानगरपालिका १२ स्थित क्याम्पस चोकमा चेक जाँच गर्ने क्रममा जटहि तर्फबाट शंकास्पद रूपमा पैदल आउँदै गरेका उनलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट प्रतिबन्धित नाइट्रोभेट ट्याबलेट २६ वटा बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । चुनचुनमाथि लागूऔषध शीर्षक मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य गरिरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।...
पेट्रोलियम पदार्थको मूल्यवृद्धि रोक्नुपर्‍यो : दाहाल

पेट्रोलियम पदार्थको मूल्यवृद्धि रोक्नुपर्‍यो : दाहाल

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, १४ जेठ, रौतहट । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाएर र हटाएर भए पनि मूल्यवृद्धि रोक्नुपर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई यसअघि नै भनेको र आगामी दिनमा त्यो कदम चालेर जनतामाथि परेको समस्यामा राहत दिनुपर्ने बताए । प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा दाहालले अन्तर्राष्ट्रिय अभ्यासअनुसार पनि अगाडि बढ्नुपर्ने बताएका हुन् । "अहिले देश सहज परिस्थितिमा पक्कै पनि छैन । कोभिडको कारणले त्यसबाट सिर्जित परिस्थिति, अर्थतन्त्र, अन्तर्राष्ट्रिय राजनीतिमा देखा परेको पोलराइजेसनको नयाँ परिस्थितिका कारण विभिन्न ठाउँका युद्धहरूका कारण विभिन्न शक्ति केन्द्रहरूको स्थितिमा आएको फेरबदलको कारण पनि त्यसको असर दुनियाँभरि परेको छ र त्यसबाट नेपाल पनि अछ...
विद्युतीय असावधानीका कारण ७ जनाको मृत्यु

विद्युतीय असावधानीका कारण ७ जनाको मृत्यु

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १४ जेठ, रौतहट। देवताल गाउँपालिका–३, छोटकी आम्वा टोलका ४० वर्षीय रामप्रवेश महतो जेठ १० गते साँझ पानी तान्ने मोटर बनाउँदै हुनुहुन्थ्यो । घरमै जडान गरिएको पानी तान्ने मोटरमा समस्या आएपछि बनाउने क्रममा अचानक विद्युत् प्रवाह हुँदा गम्भीर घाइते भएपछि उपचारका लागि नेसनल मेडिकल कलेज वीरगञ्ज पठाइयो । यद्यपि महतोको उपचार सम्भव भएन । बाराका गाउँ बस्तीमा विद्युतीय असावधानीका कारण ज्यान जानेको सङ्ख्या बढ्दै गएको छ । यस वर्ष मात्र विद्युतीय करेन्ट लागेर सात जनाले ज्यान गुमाइसकेका छन् । सिँचाइ र खानेपानीका लागि मोटर चलाउने क्रममा असावधानीका कारण करेन्ट लागेर यस्ता घटना हुने गरेका छन् । महागढीमाई नगरपालिका–८, बेतौनाका ३२ वर्षीय श्यामबाबु साहको शौचपछि सफाइका लागि खेतमा जाँदा करेन्ट लागी मृत्यु भएको थियो । खेतमा सिँचाइका लागि जडान गरिएको मोटरको तारबाट पानीमा करेन्ट प्रवाह भइरहेको अ...
हरिवनमा छाडा कुकुरको आतङ्क

हरिवनमा छाडा कुकुरको आतङ्क

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १४ जेठ, सर्लाही । सर्लाहीको हरिवन नगरपालिका वडा नं. ८ र ११ मा छाडा कुकुरले आतङ्क मच्चाएको छ । बिहीबार र शुक्रबार दुई दिनमा १६ जनालाई कुकुरले टोकिसकेको स्थानीयले बताएका छन् । यसैगरी, मानिसलाई टोक्दै हिँड्ने कुकुर बहुलाएको हुनसक्ने आशङ्का गरिएको छ । कुकुरले टोकेर वडा वडा नं. ८ मा १० जना र वडा नं. ११ मा ६ जना बिरामी परेका स्वास्थ्य चौकी सासापुरका इन्चार्ज श्यामविनोद कुशवाहाले जानकारी दिनुभयो । उहाँका अनुसार अढाई वर्षीय बच्चादेखि ५४ वर्षीय पुरुषसम्मलाई कुकुरले टोकेको छ । कुकुरले टोकेर बिरामी परेका १६ जनामध्ये घाँटीभन्दा माथिको भागमा टोकेर बिरामी भएका दुई बालकलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ । कुकुरले घाँटीभन्दा माथिको भागमा टोक्यो भने बढी खतरा हुने नमूना अस्पताल हरिवनका डाक्टर सन्तोष यादवले बताउनुभयो । काठमाडौं रेफर गरिएका दुई बालकबाहेक अन्य १४ जना बिर...
शिकार खेल्ने क्रममा गोली लागेर एक युवकको मृत्यु

शिकार खेल्ने क्रममा गोली लागेर एक युवकको मृत्यु

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १४ जेठ, रुपन्देही । दाङमा शिकार खेल्न गएको २३ वर्षीय युवकको गोली लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार शुक्रबार बँगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सिमाना पर्ने जँगलमा सिकार खेल्न गएका लमही नगरपालिका वडा नम्बर १ बौराह निवासी वर्ष २३ का कालुराम घर्ती मगरको गोली लागेर घटनास्थलमै मृत्यु भएको हो । घाँटीमा गोली लागेको उनको शवलाई लमही अस्पतालमा राखिएको छ। घटनामा सलग्न रहेको भन्दै प्रहरीले ८ जनालाई हिरासतमा लिएको छ । प्रहरीले २८ वर्षीय निमबहादुर घर्तीमगर, ४० वर्षीय जिवलाल घर्तीमगर, २४ वर्षीय दिल बहादुर घर्तीमगर, १७ वर्षीय आकाश घर्तीमगर, १३ वर्षीय विशाल घर्तीमगर, ५५ वर्षीय ओमबहादुर घर्तीमगर, ३८ वर्षीय खगेन्द्र घर्तीमगर र वर्ष ४० वर्षीय बुद्दीमान घर्तीमगर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सन्दिप बेलबासेका अनुसार उनीहरु सबै लमही नगरपा...
अवैध रकम सहित एक भारतीय पक्राउ

अवैध रकम सहित एक भारतीय पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १४ जेठ, रौतहट । पर्साबाट एक भारतीय नागरिकलाई प्रहरीले अवैध रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण जिल्ला बेतिया थाना गुर्वालिया कचहरी ४ का ४१ वर्षीय संजय राम रहेको प्रहरीे जनाएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेटमा प्रहरी चौकी इनरुवाबाट खटिएको टोलीले सवारी चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०२–०११ प ८६२७ नम्बरको मोटरसाइकलमा सवार उनलाई शंकास्पद अवस्थामा रोकी खानतलासी गर्दा स्रोत नखुलेको रकम बरामद भएको प्रहरीले जनाएको छ । संजय रामको साथबाट स्रोत नखुलेको ९ लाख ५० हजार रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए । शुक्रबार साँझ पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।...
अगामी चुनावबाट प्रधानमन्त्री भएर देखाउन ओलीलाई प्रचण्डको चुनौती

अगामी चुनावबाट प्रधानमन्त्री भएर देखाउन ओलीलाई प्रचण्डको चुनौती

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, १४ जेठ, रौतहट । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमा अझै अंहकार र दम्भ रहेको बताएका छन् । शनिबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीबाट आफैं हट्नु परेको र सातवटै प्रदेश सरकारबाट बाहिरिसक्दा पनि ओलीमा दम्भ र अहंकार नगएको बताएका हुन् । स्थानीय तहको निर्वाचनपछि ओली आत्मसमीक्षा गरेर अगाडि बढ्ने आफूले अपेक्षा गरेको तर उनमा अझै पुरानै अंहकार र दम्भ कायम रहेको संसदको संबोधनबाट देखिएको बताए । गठबन्धनले धम्क्र्याएकाले चितवनका जनताले भोट दिएको ओलीले बताएको भन्दै प्रचण्डले भने, “मतदाताप्रति यो भन्दा ठूलो अपमान के हुन्छ रु धम्क्याएको भरमा जनताले भोट दिन्छन् रु यो उहाँको अभिव्यक्ती भरतपुरका जनताको अपमान हो ।” प्रचण्डले ओली दुबैपटक माओवादीको सहयोगमा प्रधानमन्त्री भएको दाबी गर्दै भने, “अब प्रधा...