Saturday, August 8
Shadow

मुख्य समाचार

१२ जिल्लाका नदी नालामा बहाव बढ्ने सम्भावना

१२ जिल्लाका नदी नालामा बहाव बढ्ने सम्भावना

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २३ जेठ, रौतहट । देशका १२ जिल्लाका साना नदी नालाहरूमा आज बहाव बढ्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार प्रदेश १ को झापा, मोरङ, सुनसरी, संखुवासभा, भोजपुर तथा बाग्मती प्रदेशको दोलखा, रामेछाप, मकवानपुर, ललितपुर र गण्डकी प्रदेशको लमजुङसँगै लुम्बिनी प्रदेशको गुल्मी र पाल्पाका साना नदी नालाहरूमा बहाव बढ्ने सम्भावना छ । देशका प्रमुख तथा मझौला नदीहरूमा भने बहाव सामान्य हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।...
सफा हिमाल अभियान २०२२ सम्पन्न

सफा हिमाल अभियान २०२२ सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २३ जेठ, रौतहट । सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालित "सफा हिमाल अभियान २०२२" सम्पन्न भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथासहित ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालको सफाइ गर्ने उद्देश्यसाथ अभियान सञ्चालन गरिएको थियो । गएको चैत २२ देखि यही जेठ २२ गतेसम्म सञ्चालित अभियानबाट सेनाले ३३ हजार ८७७ किलो फोहोर संकलन गरेको जनाइएको छ । त्यसमध्ये कुहिने सात हजार २२७ किलो फोहोर स्थानीय गाउँपालिका तथा नकुहिने फोहोर २६ हजार ६५० किलो रिसाइकल एजेन्सीलाई प्रदान गरिएको थियो । उक्त अभियानका क्रममा कञ्चनजंघा आधार शिविरमा पहिचान नखुलेका दुई मानव अस्थिपञ्जर समेत फेलापरेको थियो । अस्थिपञ्जरहरू ताप्लेजुङस्थित जिल्ला प्रहरी कार्यालयमा बुझाएको सेनाले जानकारी दिएको छ । समापन कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले सबैको साथ, सहयोग र सामूहिक भावनाका कार...
वेवारिसे अवस्थामा देवाही गोनाहीमा एक शव फेला

वेवारिसे अवस्थामा देवाही गोनाहीमा एक शव फेला

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २२ जेठ, रौतहट । रौतहट जिल्लाको मध्ये भेगमा रहेको देवाही गोनाही नगरपालिकामा एक जनाको शव फेला परेको छ । देवाही गोनाही नगरपालिकामा घर भएका अन्दाजी ३० वर्षीय तुफानी भन्ने मुकेश जयसवालको शव भेटिएको प्रहरीले जनाएको छ ।   आज विहान करिब ९ बजे देवाही बजारको छेउमा निज जयसवालको शव वेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी देवाही गोनाहीले जनाएको छ । घटनाबारे छानबिन भइरहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।...
३५ लाख रुपैयाँ लुटपाटमा प्रहरीकै संलग्नता

३५ लाख रुपैयाँ लुटपाटमा प्रहरीकै संलग्नता

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २२ जेठ, रौतहट । काठमाडौंमा भएको एक लुटपाटको घटनामा प्रहरीकै संलग्नता रहेको खुलेको छ। जेठ ८ गते अपराह्न ४ बजे काठमाडौं महानगरपालिका-२६ लैनचौरस्थित ब्याडमिन्टन कोर्टनजिकै रहेको खाजा घरबाट ३५ लाख रुपैयाँ लुटपाट भएको थियो। प्रहरीले यस घटनाबारे औपचारिक रूपमा जानकारी दिएको छैन। घटनामा संलग्न दुई जनालाई भने नियन्त्रणमा लिइसकेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले यस घटनाको अनुसन्धान भइरहेको बताए। ‘हामी अनुसन्धानमै छौं। भोलि (सोमबार) सम्ममा विस्तृत आउँछ,’ उनले भने। कसरी भयो लुटपाट ? पोखरा महानगरपालिका लेखनाथ बस्ने ४० वर्षीय एक व्यक्ति र लुटेरा समूहबीच सुन किनबेच गर्ने डिल भएको थियो। ती व्यक्ति सुन व्यवसायी भने होइनन्। ‘ती व्यक्ति सुन व्यवसायी होइनन्। सस्तोमा किनेर धेरै फाइदा हुन्छ भनेपछि उनी त्यहाँ पुगेका थिए,’ एक प्रहरी अधिकृतले...
भारतमा कालीगण्डकीको बिजुली पनि निर्यात सुरू

भारतमा कालीगण्डकीको बिजुली पनि निर्यात सुरू

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २२ जेठ, रौतहट । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत भारत निर्यात सुरू हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत शनिबार राति १२ बजेबाट निर्यात सुरू गर्न लागेको हो। प्राधिकरणले विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मा बिहीबारबाट त्रिशूली र देवीघाट जलविद्युतगृहबाट उत्पादित बिजुलीलाई स्रोत मानी दैनिक रूपमा करिब ३९ मेगावाट विद्युत निर्यात गरिरहेको छ। कालीगण्डकीको पनि सुरू भएसँगै प्राधिकरणले १७७.७ मेगावाट विद्युत भारत निर्यात गर्ने छ। कालीगण्डकी ए को १४० मेगावाट, त्रिशूलीको २३.२ मेगावाट र देवीघाटको १४.५ मेगावाट विद्युत भारत निर्यात हुने छ। वर्षातसँगै नदीनालामा पानीको बहाव बढेर विद्युतगृहहरू पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रूपमा खपत गरी अतिरिक्...
सेयर बजारमा लगानीकर्ताले गुमाए १३ खर्ब रुपैयाँ गुमाए

सेयर बजारमा लगानीकर्ताले गुमाए १३ खर्ब रुपैयाँ गुमाए

अन्य, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २२ जेठ, रौतहट । पछिल्लो समय निरन्तर ओरालो लागिरहेको सेयर बजारमा लगानीकर्ताले १३ खर्ब रुपियाँ गुमाएका छन् । एक वर्षअघि सेयर बजार उचाइमा पुगेका बेला नेप्सेमा सूचीकृत कम्पनीको बजार पुँजीकरण ४४ खर्ब रुपियाँसम्म पुगेकामा अहिले ३१ खर्बको हाराहारीमा झरिसकेको छ। यसैगरी गत भदौ २ गते ३२२० को बिन्दुलाई छोएको नेप्से परिसूचक अहिले दुई हजारको हाराहारीमा झरेको छ । सोही दिन २१ अर्ब ३१ करोड ३४ लाख रुपियाँको सेयर कारोबार भएकामा अहिले एक अर्ब रुपियाँभन्दा तल झर्न थालेको छ। गत वर्षको भदौमा उत्साहजनक रूपमा उकालो लागेर ३२ सय नजिक पुगेको बजार अहिले दुई हजारको बिन्दुमा पुगेको हो। केही सीमित व्यक्ति र समूहले ५१ वटा कम्पनीको मूल्य अस्वाभाविक रूपमा बढाएको देखिएको भन्दै प्रतिवेदन अर्थ मन्त्रालयमा बझाएपछि सेयर बजारमा ठूलो तरङ्ग पैदा भएको थियो । त्यसपछि पनि सम्हालिँदै गरेको बजार चालू आर्थिक वर...
रुपन्देही : बस दुर्घटना ९ जनाको मृत्यु, ४ जनाको सनाखत

रुपन्देही : बस दुर्घटना ९ जनाको मृत्यु, ४ जनाको सनाखत

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २२ जेठ, रौतहट । रुपन्देहीको रोहिणीमा बस दुर्घटना हुदाँ ९ जनाको मृत्यु भएको छ । ९ जना मृतकमध्ये ४ जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा रुपन्देहीको बुटवलस्थित योगिकुटीका ५६ वर्षीया विष्णु पौडेल, बुटवल–११ कालिकानगरका कृष्णप्रसाद बस्याल र रौतहट जिल्लाका २० वर्षीय दिनेश दास छन् । यस्तै, रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डेको पनि मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । सनाखत भएका चारमध्ये तीन जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र एक जनाको भीम अस्पतालमा मृत्यु भएको हो । जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आइतबार बिहान ४ : २० बजे भैरहवा–परासी सडकखण्डअन्तर्गत रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सीमानास्थित पुलबाट रोहिणी नदीमा खसेको थियो । बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई...
ट्रकले ठक्कर दिँदा अटो चालकको घटनास्थलमै मृत्यु

ट्रकले ठक्कर दिँदा अटो चालकको घटनास्थलमै मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २१ जेठ, रौतहट । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिकामा ट्रकले ठक्कर दिँदा अटो चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटना गराउने ट्रक चालक प्रहरीले भगाएको भन्दै स्थानीय वासिन्दाले राजमार्ग अवरुद्ध गरेका छन् । शनिबार मध्यान्ह पौने १२ बजे काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको ना ६ ख १२७२ नम्बरको ट्रकले गल्छीबाट सिम्ले आउँदै गरेको वाग्मती प्रदेश ०३–००१ ह १८१७ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा अटो चालक धादिङकै निलकण्ठ नगरपालिका-५ का कमलबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । दुर्घटनाबाट गम्भीर घाइते श्रेष्ठलाई अस्पताल नलगी स्थानीय प्रहरी बिटले दुर्घटना गराउने ट्रकलाई गजुरी प्रहरी वृत्तमा पुर्‍याएको पीडित पक्षको आरोप छ । दुर्घटना गराउने चालक र चालक भगाउने प्रहरीलाई कारबाही सुनिश्चित नभएसम्म अवरोध कायमै रहने भन्दै स्थानी...
प्रचण्डसँग भेट्न पुगे मेयर बालेन

प्रचण्डसँग भेट्न पुगे मेयर बालेन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, २१ जेठ, रौतहट । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । मेयर साह शनिबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका हुन् । भेटका क्रममा प्रचण्डले मेयर साहलाई बधाई दिंदै देश र जनतालाई केन्द्रमा राखेर काम गर्न सुझाव दिएका छन् । भेटमा प्रचण्ड र बालेनले एकअर्काको प्रशंसा गरेका थिए । मेयर साहले गठबन्धनबाट आफूले सहयोगको अपेक्षा गरेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ । मेयर निर्वाचित भइसकेपछि बालेनले प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि भेटिसकेका छन् ।...
इशनाथ नगरपालिकाको कार्यपालिकामा गठबन्धन विजयी

इशनाथ नगरपालिकाको कार्यपालिकामा गठबन्धन विजयी

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, २० जेठ, रौतहट । रौतहट जिल्लाको इशनाथ नगरपालिकाको कार्यपालिका निर्वाचनमा गठबन्धन विजयी भएको छ । कार्यपालिकाको निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमाले बिच गठबन्धन भएको थियो । आज शुक्रबार भएको कार्यपालिका निर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवार विजयी भएका छन् । कार्यपालिकाको निर्वाचनलाई शान्तिपुर्ण तरिकाले सम्पन्न गर्न यी दुई पार्टि बीच गठबन्धन भएको हो । कार्यपालिकाको निर्वाचनमा कांग्रेसका ५ उम्मेदवारले जित हासिल गरेका छन् भने एमालेका ३ उम्मेदवारले जित हात पारेका छन् । रामकलि कनुइन, सुन्दरता देवी, खुसैदा खातुन, कमली देवी, सुमसुन नेसा महिला कार्यपालिका सदस्यमा विजयी भएका छन् भने दलित तथा अल्पसङ्ख्यकबाट लक्ष्मी नारायण राम, तेजीलाल साह, उपेन्द्र महरा लगायतका उम्मेदवारहरुले उम्मेदवारी दिएका थिए । रणनितिक रुपमा जनतको फाइदाको लागि कांग्रेस र एमालेबीच गठबन्...