Saturday, August 8
Shadow

मुख्य समाचार

जाजरकोटमा जीप दुर्घटनाग्रस्त, २ जनाको मृत्यु

जाजरकोटमा जीप दुर्घटनाग्रस्त, २ जनाको मृत्यु

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २७ जेठ, रौतहट । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सुर्खेतबाट जुनीचाँदे गाउँपालिकाको मैप गाउँ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०३४१ नम्बरको जिप वडा नम्बर ५ मा पर्ने गर्खाकोटको बेलपुईना भन्ने ठाउँमा दुर्घटनामा परेको हो। मृतकको पहिचान खुल्न सकेको छैन। दुर्घटनामा ९ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी सन्तोष निरौलाका अनुसार ५ जनाको अवस्था गम्भीर छ। चार जनाको अवस्था सामान्य छ। गम्भीर घाइतेलाई थप उपचारका लागि लैजान हेलिकप्टर पठाउने तयारी छ। यसैबीच गृहमन्त्री बालकृष्ण खाणले जिप दुर्घटनामा परेकाहरूलाई हेलिकप्टरबाट उद्धार गर्न निर्देशन दिएका छन्। दुर्घटनामा गम्भीर घाइते भएकाको हेलिकोप्टरबाट उद्धार गरी उपचारको व्यवस्था मिलाउन गृहमन्त्री खाणले निर्देशन दिएका हुन्। गृहमन्त्री खाणले गृहसचिव ...
मस्र्याङ्दी नदीमा दुई जनाको शव फेला

मस्र्याङ्दी नदीमा दुई जनाको शव फेला

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २७ जेठ, रौतहट । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडकसँगै मर्स्याङ्दी नदीमा दुई जना पुरुषको शव फेला परेको छ । सो पहिरोमा एउटा कार र मोटरसाइकल खसेका थिए । निरन्तर परेको वर्षाका कारण आज बिहान भासिएको सडकबाट कार र मोटरसाइकल खसेको हो । मोटरसाइकल खसे पनि मोटरसाइकल चालक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । कार भने नदीमा पुगेको छ । “कार पहिराले पुरिएको छ, माथिबाट हेर्दा अलि अलि मात्रै देखिएको छ”, उनले भने, “कारमा कति मान्छे थिए भन्ने खुलेको छैन ।” उद्धार टोली घटनास्थलमा पुग्ने क्रममा रहेको खड्काले बताए । घटनास्थलमा नेपाली सेनाको टोली जाँदैछ । फेला परेको शव कारमा सवार यात्रुको हो या होइन भन्ने खुल्न सकेको छैन । रातोपाटी...
कमिसनको खेलमा गौर र प्रादेशिक अस्पताल अव्यवस्थित

कमिसनको खेलमा गौर र प्रादेशिक अस्पताल अव्यवस्थित

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल संवाददाता, २६ जेठ, रौतहट । मधेश प्रदेश सरकारको लापरवाही कारण गौर अस्पताल अव्यवस्थित बन्दै गएको छ । गौर अस्पताल लगायतका विभिन्न सरोकार राख्ने प्रायः सेवाको अवस्था त्यति राम्रो नरहेका स्थानियहरुको भनाई छ । विभिन्न वलिदानी पश्चात देशमा संघीय लोकतान्त्रिक गणतन्त्र को स्थापना भयता पनि स्थानीयले सोको अनूभूति अझै पाउन सकेको छैन । मानव जिवनमा शिक्षा र स्वास्थ्य सबै भन्दा प्राथमिकताको बिषय हो । हरेक प्रदेशका सबै जिल्लामा एउटा प्रादेशिक अस्पतालको स्थापना रहेको छ । सोही अन्तर्गत प्रादेशिक अस्पताल लाई पूर्णता दिने जिम्मेवारी पनि सम्बन्धित प्रदेश सरकारको रहेको छ । जून मधेश प्रदेश सरकारले विगत एक वर्षदेखि आफ्नो भुमिका निर्वाह गर्न सकेको छैन । प्रदेश सरकार अन्तर्गत समाजिक विकास मन्त्रालय को जिम्मामा रहेको प्रादेशिक अस्पताल गौरमा अहीले जम्मा १०३ जना कर्मचारी हरूको जम्बो टोली छन् । ती म...
मेलम्चीमा बाढीले अस्थायी पुलमा क्षति, सडक आवागमन बन्द

मेलम्चीमा बाढीले अस्थायी पुलमा क्षति, सडक आवागमन बन्द

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २६ जेठ, सिन्धुपाल्चोक । अविरल वर्षापछि आएको बाढीले मेलम्ची नदीमा बनाइएका अस्थायी संरचनामा क्षति पुर्‍याएको छ। गएरातिको वर्षाले मेलम्ची नगरपालिका–११ स्थित ह्युम पाइप जडित फट्के पुलमा क्षति पुर्‍याएको हो । पुलमा क्षति पुगेसँगै सडक बन्द भएको छ ।अहिले मेलम्ची नगरप्रमुख आइतमान तामाङ, वडा न ११ का अध्यक्ष चन्द्र बहादुर तामाङ लगायतले क्षतिग्रस्त ह्युमपाइपको अनुगमन गरेपछि मर्मत थालिएको छ । मेलम्ची नगरपालिका वडा नं ७ र ११ जोड्ने अस्थायी फट्के पुल (ह्युमपाइप कल्भर्ट)मा क्षति पुगेसँगै यातायात सेवा अवरुद्ध भएको हो । मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङका अनुसार क्षति पुगेका ह्युमपाइप मर्मत गरेर १ हप्ता चलाइने छ । मेलम्ची इन्द्रावती जोड्ने पुलमा भने क्षति नपुगेको तामाङले बताए । सो पुल पनि केही दिन राखिने प्रमुख तामाङले जानकारी दिए । साभार : नेपाल प्रेस...
करिब ४ करोड रकम सहित ४ चिनियाँ र एक नेपाली पक्राउ

करिब ४ करोड रकम सहित ४ चिनियाँ र एक नेपाली पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २५ जेठ, रौतहट । स्रोत नखुलेको करिब पौने चार करोडभन्दा धेरै नगदसहित पाँचजना पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका २ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७२० रूपैयाँ सहित नुवाकोट बिदुर नगरपालिका ८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र चारजना चिनियाँ नागरिकसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबि ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डक्कीमा प्लाष्टिकको बोरामा लुकाएर ल्याएको उक्त नगद फेला पारी चालक गुरुङ लगायत चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
नेपाल प्रहरीका दुई एआइजीको सरूवा, पाँचको पदस्थापन

नेपाल प्रहरीका दुई एआइजीको सरूवा, पाँचको पदस्थापन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २५ जेठ, रौतहट । नेपाल प्रहरीका हालै प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका पाँच जनाको पदस्थापन भएको छ। त्यस्तै दुई जना एआइजीको सरूवा समेत भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेसँगै प्रहरी प्रधान कार्यालयले पदस्थापन तथा सरूवा गरेको हो। मानवस्रोत विकास विभाग नक्सालमा रहेका विश्वराज पोखरेलको प्रदेश समन्वय विभागमा सरूवा भएको छ। रविन्द्रबहादुर धानुकको प्रशासन विभागबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरूवा भएको हो। रानीपोखरीमा रहेका उत्तमराज सुवेदीको केन्द्री अनुसन्धान ब्युरो महाराजगन्जमा पदस्थापन भएको छ। १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अरूणकुमार बिसीको प्रशासन विभाग नक्साल, गण्डकी प्रदेश प्रहरी कार्यालयका दिवेश लोहनीको अपराध अनुसन्धान विभाग नक्...
अवैध सुन सहित ७ जना प्रहरीको नियन्त्रणमा

अवैध सुन सहित ७ जना प्रहरीको नियन्त्रणमा

banner-news-1, अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २४ जेठ, रौतहट । अवैध रूपमा सुन लिएर आएको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सात जनालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुँवरले जानकारी दिए। शनिबार दिउँसो दुबईबाट काठमाडौं आएको नेपाल वायु सेवा निगमको जहाजमा केही व्यक्तिहरूले भन्सार छलेर सुन ल्याउँदैछन् भन्ने सूचना प्रहरीले पाएको थियो। सूचनाको आधारमा प्रहरीले कार्यालयबाट विशेष अनुसन्धानको टोली खटिएको थियो। त्यसक्रममा प्रहरीले सुरूमा दुई जनामाथि निगरानी राखेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको गेटबाहिर गुल्मी घर भई रूपन्देहीको सैनामैना-१ बस्ने ४२ वर्षीय सुरेशबहादुर शाही र कपिलवस्तु बस्ने २९ वर्षीय सन्दीप चन्द ठकुरीमाथि निगरानी राखेको थियो। उनीहरूमाथि शंका लागेर चेक गर्दा उनीहरूले लगाएको क...
हरेक नेपालीको टाउकोमा ६३ हजार ३१० ऋणभार

हरेक नेपालीको टाउकोमा ६३ हजार ३१० ऋणभार

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २३ जेठ, रौतहट । तपाईको टाउकोमा ऋणको भार कति छ ? उत्तर पनि तपाईसँगै छ। व्यक्तिगत कारोबारका लागि लिइएको ऋणको हिसाब व्यक्तिगतरुपमा नै हुन्छ । त्यसको जिम्मेवार पनि तपाई नै हो। तर, देशले लिएको ऋण तपाई हामी सबैको गन्तीमा हिसाब गर्दा के कति पुग्यो होला रु आम मानिसको चासो स्वभाविकरुपमा रहन सक्छ नै । सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार हरेक नेपालीको टाउकामा ६३ हजार ३१० बराबरको ऋणको भार परेको छ। अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १४ गते प्रतिनिधिसभामा पेश गरेको आर्थिक सर्वेक्षणअनुसार नेपालको कूल सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड बराबर पुगेको छ। यो नेपाली जनताले तिर्नुपर्ने ऋण भने होइन। तर, सरकारले तिर्ने ऋण भने अवश्य नै हो। आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार गत फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड पुगेको हो। कूल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणक...
भुटान विरुद्ध पहिलो फिल्डिङ गर्दै नेपाल

भुटान विरुद्ध पहिलो फिल्डिङ गर्दै नेपाल

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २३ जेठ, रौतहट । नेपाली यु–१९ महिला क्रिकेटले आईसीसी यु–१९ महिला ट्वान्टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा आज भुटानविरुद्ध पहिलो फिल्डिङ गर्ने भएको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा भुटानकी कप्तान गवाङ चोडेनले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेकी थिइन् । त्यसपछि नेपालले फिल्डिङ गर्ने भएको हो । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेको थियो । तर, दोस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई)सँग १० रनले पराजित भएको थियो । उक्त खेलमा नेपाल ८ रनमा अलआउट भएको थियो । ९ रनकाले लक्ष्य यूएईले सात बलमा विना विकेट क्षति पूरा गरेको थियो । यस हारसँगै विश्वकपमा छनोट हुने नेपालको सम्भावना कमजोर बनेको छ । एसियाली छनोटबाट शीर्ष एक टोलीले दक्षिण अफ्रिकामा हुने विश्कपमा स्थान बनाउनेछ । नेपाली टोलीः कृतिका मरासिनी (कप्तान), किरन कुँवर, सानु राजबंशी...
अझै टुंगो लागेन एसका नयाँ मन्त्रीको सपथ

अझै टुंगो लागेन एसका नयाँ मन्त्रीको सपथ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २३ जेठ, रौतहट । नेकपा (एकीकृत समाजवादी) ले सिफारिस गरेका नयाँ मन्त्रीहरूको सपथ सोमबार हुने/नहुने टुंगो भइसकेको छैन। आइतबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीको नाम बुझाएको बताइए पनि बालुवाटार स्रोतले नयाँ मन्त्रीको नाम प्राप्त भइनसकेको बताएको छ। ‘माधव नेपालले मौखिक रूपमा प्रधानमन्त्रीलाई पार्टीका मन्त्री फेर्न लागेको जानकारी दिनुभएको थियो तर लिखित रूपमा अहिलेसम्म जानकारी आएको छैन,’ बालुवाटार स्रोतले भन्यो। पार्टीको औपचारिक पत्र आएपछि प्रधानमन्त्री देउवाले नयाँ मन्त्री नियुक्तिको सिफारिस राष्ट्रपतिलाई गर्नेछन्। राष्ट्रपतिले मन्त्री नियुक्त गरेपछि सपथ समारोह आयोजना हुन्छ। राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले सोमबार बिहान साढे १० बजेसम्म प्रधानमन्त्रीका तर्फबाट कुनै सिफारिस नआएको बता...