
सच तक नेपाल डेस्क,
२२ जेठ, रौतहट । रौतहट जिल्लाको मध्ये भेगमा रहेको देवाही गोनाही नगरपालिकामा एक जनाको शव फेला परेको छ ।
देवाही गोनाही नगरपालिकामा घर भएका अन्दाजी ३० वर्षीय तुफानी भन्ने मुकेश जयसवालको शव भेटिएको प्रहरीले जनाएको छ ।

आज विहान करिब ९ बजे देवाही बजारको छेउमा निज जयसवालको शव वेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी देवाही गोनाहीले जनाएको छ ।
घटनाबारे छानबिन भइरहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
