Saturday, August 8
Shadow

मुख्य समाचार

विभिन्न घटनामा बैतडीमा दुई जनाको मृत्यु

विभिन्न घटनामा बैतडीमा दुई जनाको मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २० वैशाख, रौतहट । विभिन्न घटनामा बैतडीमा दुई जनाको मृत्यु भएको छ । एक जनाको भिरबाट लडेर मृत्यु भएको छ भने अर्को एक जना मृत फेला परेका छन् । पाटन नगरपालिका–६ खिपालीका ४१ वर्षीय भानदेव अवस्थीको भिरबाट लडेर मृत्यु भएको हो । बिहीबार साँझ खिपाली नजिकैको बान्नरो भिरबाट लडेका अवस्थीको घटनास्थलमै मृत्यु भएको पाटन नगरपालिका–६ का वडाध्यक्ष राजेन्द्रसिंह विष्टले जानकारी दिए । यस्तै सिगास–१ किनाराधुराका ५२ वर्षीय गगनसिंह धामी मृत फेला परेका छन् । धामी स्थानीय गाजरीबजार नजिकै बिहीबार मृत फेला परेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिए । घटनाबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।...
इतिहास : दरबार हत्याकाण्ड

इतिहास : दरबार हत्याकाण्ड

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, विचार
प्रेम यादव, १९ जेठ, रौतहट । आज जेठ १९ गते । यही मिति हो जसले दरबार हत्याकाण्डको सम्झना गराउँछ । यही दिन राजपरिवारका १० सदस्यको हत्या भएको थियो । त्यही भएर यस मितिलाई दरबार हत्याकाण्डको नाम दिइयो । देशको राजधानी काठमाण्डौँमा अवस्थित नारायणहिटी राजदरबार जसलाई पछि सङ्ग्रालयमा परिणत गरिएको हो केहि दश पहिला राजा बस्ने महल थियो । इतिहासकै सबैभन्दा नाटकीय र अकल्पनीय घटनाका रूपमा प्रचलित हत्याकाण्डमा सुने युवराज दीपेन्द्रले राजा बीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति, निराजन वीर विक्रम शाह, काका धीरेन्द्र शाह, काकी शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहलाई गोली हानी हत्या गरियो । गोली हानिसकेपछि युवराज दीपेन्द्रले आफैमाथि गोली प्रहार गरेको बताइयो । अर्को दिन अस्पतालमा गम्भीर घाइते रहेका भनिएका युवराज दीपेन्द्रलाई राजा घोषणा गरियो र उनका काका अधिराजकुमार ज्ञान...
मेयर बालेनलाई प्रधानमन्त्री देउवाको पूर्ण सहयोग रहने प्रतिवद्धता

मेयर बालेनलाई प्रधानमन्त्री देउवाको पूर्ण सहयोग रहने प्रतिवद्धता

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, १९ जेठ, रौतहट । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिकाको जुनसुकै समस्या समाधानका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताएको छ। काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) सँगको भेटका क्रममा प्रधानमन्त्री देउवाले महानगरको राम्रो कामका लागि आफ्नो पार्टी र सरकारको समेत पूर्ण सहयोग रहने बताएको हो। भेटमा प्रधानमन्त्रीले साहलाई कामपाको मेयर पदमा विजय भएकामा बधाई समेत दिएका थिए। नवनिर्वाचित मेयर साहले नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।...
डिजेल र पेट्रोलको पूर्वाधार कर १० रुपैयाले घट्यो

डिजेल र पेट्रोलको पूर्वाधार कर १० रुपैयाले घट्यो

अन्य, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १८ जेठ, रौतहट । सरकारले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाएको छ । सरकारले डिजेल र पेट्रोलमा लिटरमा १०/१० रुपैयाँका दरले पूर्वाधार कर घटाउने निर्णय गरेको हो । पूर्वाधार कर १०/१० रुपैयाले घटाएर उद्योग मन्त्रालयलाई मंगलबार पत्र पठाएको अर्थमन्त्रालय स्रोतले बतायो । डिजेल र पेट्रोलमा लगाइएको पूर्वाधार कर घटेसँगै मूल्य पनि समायोजना हुनेछ । तर मूल्य घटाउने वा निगमको घाटा घटाउने निर्णय उद्योग वाणिज्य मन्त्रालयले गर्ने छ ।...
१५ जना प्रहरीलाई हेभी इक्युपमेन्टसकाे ड्राईभिङ तालिम

१५ जना प्रहरीलाई हेभी इक्युपमेन्टसकाे ड्राईभिङ तालिम

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १८ जेठ, राैतहट । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा हेभी इक्युपमेन्टस ड्राइभिङ चौथो समूहको तालिम सुरु भएको छ । सोही महाशाखाका प्रहरी उपरीक्षक ई. दिनेश केसीले सोमबार आयोजित कार्यक्रममा उक्त तालिम उद्‌घाटन गरे । कार्यक्रममा प्रहरी निरीक्षक ई. अन्जनराज खरेलले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्य अवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार ७ जना, प्रहरी सहायक हवल्दार २ जना र प्रहरी जवान ४ जना गरी जम्मा १५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिए । हेभी इक्युपमेन्ट चलाउन, सामान्य मर्मत संभार गर्न, हेभी इक्युपमेन्ट चलाउँदा ध्यान दिनुपर्ने कुराहरुको बारेमा ज्ञान हासिल गर्ने लगायत सोसँग सम्बन्धित समस्याहरुलाई सरल एवं सहज रुपमा स...
अब व्यक्तिलाई सवल बनाउन पत्रकारिता : अध्यक्ष पोख्रेल

अब व्यक्तिलाई सवल बनाउन पत्रकारिता : अध्यक्ष पोख्रेल

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
१८ जेठ, राैतहट ।  नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले हरेक व्यक्तिलाई सवल बनाउने पत्रकारिता अबको आबश्यकता भएको बताएका छन् । अप्टिमिस्ट इन्टरनेशनल नेपाल नामक संस्थाले आयोजना गरेको कन्स्ट्रक्टिभ जर्नलिज्म विषयक अन्तरक्रियामा बोल्दै पोख्रेलले सवल र शसक्त नागरिक निर्माण तर्फ मिडियाले काम गर्नेवेला आएको उनको भनाई छ । ‘अब प्रबिधिको व्यापकता भैसकेको छ, इन्टरनेटमाथी नागरिकको पहुँच स्थापित भैसकेको अबस्थामा आवाजहिनको आवाज दिनका लागि मात्र मिडियाको आबश्यकता नपर्न सक्छ’, पोख्रेलले भने–‘त्यसैले संबिधानमा व्यवस्था भएको मौलिक हकको उपयोग गर्दै नागरिकहरु शसक्त भएका छन् कि छैनन् भन्ने कुराको अनुगमन र खबरदारी गर्ने दिशामा पत्रकारिता जानुपर्दछ ।’ प्रबिधिको विकाससंगै अब पत्रकारिताको काम ‘आवाजहिनको आवाज’ भन्ने भाष्यमा मात्र सिमित हुन नहुने उनको भनाई थियो । ‘सवल र शसक्त नागरिक निर्माणका लागि मिडिय...
सर्लाहिमा बिधुत अनियमित हुँदा सर्वसाधारणलाई सास्ती

सर्लाहिमा बिधुत अनियमित हुँदा सर्वसाधारणलाई सास्ती

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
सचतक नेपाल डेक्स ज्येष्ठ १८, सर्लाहीमा छिन- छिनमा बति आउने जाने समस्यामा वृद्धि भएको छ । बिना जानकारी अनियमित रुपमा बिधुट कटौती र झ्याप्प झ्याप्प बति आउने जाने समस्याका कारण सर्लाहीका बासिन्दाहरु गुणासो ब्यक्त गरेका छ्न। साँझ र बिहानपख तालिका बिना लोडसेडिङ हुँदा घरेलु उपभोक्ता बढी समस्यामा परिरहेका छन् भने दिनभर मिनेट मिनेटमा झ्याप्प झ्याप्प गैरहने भएकोले विजुलीवाट चल्ने सामानहरु बिग्रन थालेका छन् । विजुली छिन छिनमै आउने जाने प्रकृया निरन्तर भैरहँदा घरायसी प्रयोजनका समानहरु जस्तै; पंखा , फ्रीज, टिवि, राईस कुकर लगायतका समानहरुमा समस्या हुन पुगेको स्थानीहरुको गुणासो रहेको छ। यता इलेक्ट्रोनिस ब्यवसायीहरु भने विजुली समस्याको कारण काम गर्न नपाएर मर्कामा परेका छन् ।...
राष्ट्रपति भण्डारी सुर्खेत भ्रमणमा

राष्ट्रपति भण्डारी सुर्खेत भ्रमणमा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
१७ जेठ, कर्णाली । राष्ट्रपति विद्यादेवी भण्डारी अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेत आइपुगेकी छन् । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल बडीमालिका जाने कार्यक्रमानुसार उनी आज सुर्खेत आको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले राष्ट्रपति भण्डारी आज दिउँसो १ः४५ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत आइपुगेको जानकारी दिए । उनी नेपाली सेनाको सुर्खेतस्थित पश्चिम कमान्ड हेडक्वार्टर निमारेमा बास बस्ने र बुधबार बिहान बाजुरातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले आज अपराह्न सुर्खेतको पर्यटकीयस्थल काँक्रेविहार अवलोकन गर्नेछिन् । रासस...
अब मौसम सफा नभएसम्म उडानको अनुमति नदिइने

अब मौसम सफा नभएसम्म उडानको अनुमति नदिइने

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १७ जेठ, रौतहट । नेपाल नागरिक उड्यन प्राधिकरणले प्रस्थान गर्ने र गन्तव्यमा पुग्ने ‘इनरुट’को मौसम सफा भएमात्रै विमानलाई उडान अनुमति दिने भएको छ । आइतबार तारा एयरको विमान दुर्घटनामा परी २२ जनाको मृत्यु भएपछि प्राधिकरणले जहाज उडानको अनुमतिमा कडाइ गरेको हो । तारा एयरको बिमान दुर्घटनाको कारण प्रतिकूल मौसम रहेको हुनसक्ने प्राधिकरणको प्रारम्भिक अनुमान छ । नेपाल नागरिक उड्यन प्राधिकरणको प्रवक्तासमेत रहेका निमित्त उपमहानिर्देशक देव चन्द्रलाल कर्णले अब प्रस्थान गर्ने र गन्तव्य विमानस्थलका साथै उक्त रुटमा पर्ने स्थानको पनि मौसम सफा भएमा मात्रै उडान अनुमति दिने निर्णय गरिएको जानकारी दिए । “पहिले उडान गर्ने विमानस्थल र गन्तव्य विमानस्थको मौसम हेरेर उडान अनुमति दिइँदै आएको थियो । अब प्रस्थान र गन्तव्य विमानस्थलको मात्रै मौसम सफा भएर हुँदैन । गन्तव्यको ‘इनरुट’मा गपर्ने स्थानको...
चालक अनुमतिपत्र अनलाइनबाट तर पैसा बुझाउन कार्यालयमै

चालक अनुमतिपत्र अनलाइनबाट तर पैसा बुझाउन कार्यालयमै

ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
सच तक नेपाल डेस्क, १७ जेठ, रौतहट । सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन दिँदा त्यस वापतको रकम भुक्तानी गर्नका लागि भने कार्यालयसम्मै पुग्नुपर्ने बाध्यता देखिएको छ । अनलाइन भुक्तानी सुविधा नहुँदा सेवाग्राहीले यस्तो झन्झट ब्यहोर्नु परेको हो । सोमबारदेखि खुलेको सवारी चालक अनुमति पत्रका लागि अनलाइन आवेदन दिँदा भुक्तानी भौचर डाउनलोड गरी कार्यालयमै गएर शुल्क बुझाउनु पर्ने बताइएको छ । विभागले एक सूचना जारी गर्दै अनलाइन आवेदनको लागि अनलाइन भुक्तानी प्रणाली विकास गरिएको भए पनि तत्कालका लागि प्राविधिक तयारी नसकिएकाले अनलाइन भुक्तानी सफल नहुने बताएको छ । “गभर्मेन्ट पे मार्फत अनलाइन भुक्तानी गर्दा विभागको ईडीएल प्रणालीमा तथ्याङ्क पठाउन प्राविधिक तयारी भइरहेको छ र यस किसिमको प्रणालीबाट अनलाइन भुक्तानी गर्ने व्यवस्थाका लागि महालेखा नियन्त्रक कार्यालयसँग समन्वय गरी कार्यन्वयनको प्रकृयामा अगाडि बढे...