Saturday, August 8
Shadow

मुख्य समाचार

सवारी लाइसेन्सको वर्ग थपका लागि आवेदन खुल्ला

सवारी लाइसेन्सको वर्ग थपका लागि आवेदन खुल्ला

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ३१ जेठ, रौतहट । सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि यातायात व्यवस्था विभागले आवेदन खुलाएको छ । विभागले गएराति ९ बजेदेखि वर्ग थपको लागि समेत अनलाइन प्रणालीमार्फत आवेदन खुलाएको हो । विभागअन्तर्गत सूचना प्रविधि शाखाका इन्जनियर सन्तोष पोखरेलले एक सूचना जारी गर्दै वर्ग थप गर्न समेत अनलाईन आवेदन दिन सकिने जानकारी दिएका हुन् । यसअघि विभागले सवारी चालक अनुमति पत्रको लागि नयाँ सवारी चालक अनुमतिपत्रको लागि मात्रै अवेदन खुलाएको थियो ।      ...
असार १ देखी कार्यालयको नयाँ समयतालिका

असार १ देखी कार्यालयको नयाँ समयतालिका

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ३१ जेठ, रौतहट । भोली असार १ गते । असार १ गते देखि लागु हुने गरि सरकारले नयाँ कार्यालय समय निर्धारण गरेको छ । आइतबारको सार्वजनिक विदा खारेज भएसँगै गृह मन्त्रालयले असार १ गतेदेखि लागू हुने गरि नयाँ कार्यालय समय निर्धारण गरेको हो । जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठककले हाल परीक्षणको रुपमा लागू गरिएको हप्तामा दुई शनिबार र आईतबार सार्वजनिक विदा दिनेसम्बन्धी निर्णय २०७९ असार १ देखि लागू हुने गरी खारेज गर्ने निर्णय गरेको थियो । आइतबारको विदा खारेजीपछि गृह मन्त्रालयले नयाँ कार्यालय समय निर्धारण गरेको हो । जस अनुसार नेपाल राज्यभरका सवै सरकारी कार्यालयहरुमा आतबारदेखि बिहीबारसम्म २०७९ असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय विहान १०ः०० देखि अपरान्ह ५ः०० बजेसम्म हुने छ। यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १०ः०० बजे...
एक सय १३ वटा कछुवा सहित एक जना पक्राउ

एक सय १३ वटा कछुवा सहित एक जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ३० जेठ, पर्सा । भारतबाट अवैध रुपमा ल्याउँदै गरेको १ सय १३ वटा वन्यपशुपन्क्षी कछुवा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका-१६ ईनर्वागाउँस्थित सडकबाट वन्यपशुपन्क्षी कछुवा सहित बारा कलैया उपमहानगरपालिका–७ बस्ने ४५ वर्षीय आनन्दलाल टेमानीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ अवैध रुपमा कछुवा ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट ईनर्वागाउँबाट खटिएको प्रहरीले बीआर ०५ एएफ ०५८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार आनन्दलाललाई झोलामा लुकाइ डिक्कीभित्र ल्याउँदै गरेको उक्त कछुवा सहित फेला पारी पक्राउ गरेको नेपाल प्रहरीले जानकारी दिएको हो । आनन्दलाललाई उक्त कछुवा र मोटरसाइकल सहित आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय वीरगञ्जमा बुझाइएको प्रहरीले जनाएको छ ।...
महताबद्धारा जेलबाटै सांसद प्रत्यासी किरणलाई ज्यान मार्ने साजिस

महताबद्धारा जेलबाटै सांसद प्रत्यासी किरणलाई ज्यान मार्ने साजिस

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रेम यादव, ३० जेठ, रौतहट । जेल भित्रबाट प्रत्यासी सांसद किरण साहलाई सिध्याउने साजिस भइरहेको रहस्य बाहिरिएको छ । राजपुर बमकाण्डमा घाइतेहरुलाई इट्टा भठ्ठामा जलाएको आरोपमा कारागार भित्र रहेका क्षेत्र नं.२ का पूर्व सांसद आफताब आलमका भाई महताब आलमले सांसद प्रत्यासी किरण कुमार साहलाई ज्यान मार्ने साजिस गरि रहेको तथ्य बाहिरिएको छ । रौतहट कारागार भित्रैबाट बमकाण्डका अभियुक्त मो. महताब आलमले नेकपा एमाले पार्टी नेपालका क्षेत्र नं.२ सांसद प्रत्यासी किरण कुमार साहलाई ज्यान मार्ने रहस्य छोटेलाल साह, नन्दु साह र सुरेन्द्र बैठाको मार्फतबाट बाहिरिएको हो । “आफुलाई एउटा अंजान फोन आयो । फोन केहि दिन पहिलानै कारागारबाट रिहा भएका सुरेन्द्र बैठाले गरेका थिए । बमकाण्डमा नाम मुसिएका महताब आलमले मलाई मार्ने जाल बुनि रहेको थाहा पाउँदा थप बुझ्न कारागार पुगे । प्रहरी र प्रमुख जिल्ला अधिकारीलाई यो कुरा सुना...
कारागार भित्रै कैदी माथि कुटपिट गरेको आरोप

कारागार भित्रै कैदी माथि कुटपिट गरेको आरोप

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव, ३० जेठ, रौतहट । राजपुर बमकाण्डमा घाइतेहरुलाई इट्टा भठ्ठामा जलाएको आरोपमा कारागार भित्र रहेका क्षेत्र नं.२ का पूर्व सांसद आफताब आलमका भाई महताब आलमले एक कैदिलाई कुटपिट गरेको आरोप लागेको छ । कारागार भित्र बसी आफ्ना विपक्षी क्षेत्र नं.२ का प्रत्यासी सांसद किरण कुमार साहलाई सिध्याउने रहस्य बाहिरिए पछि महताब आलमले सजाय भोगी रहेका एक कैदीलाई कुटपिट गरेका हुन् । मधेश प्रदेशको नामचिन जिल्ला रौतहट । जहाँ एकपछि अर्को घटनाहरुको उदाहरण फलामफाल छ । चाहे त्यो आन्दोलन होस् या व्यक्ति प्रतिको घटना तर घटना जुन भएपनि रौतहट चर्चामा आउन पछि परेको छैन् । मधेश आन्दोलन देखि धेरै चर्चामा आएको रौतहट जिल्ला अझै चर्चा बटुल्दै गएको छ । त्यस्तै निकै चर्चा र रौतहटको इतिहासमा लेखिने बिषय राजपुर बमकाण्ड पनि हो । २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विष्फोटमा परेका त्रिलोक प्रताप सिंह र ओशी अख्...
मेयर बालेनद्धारा सुनको धाराबाट पानी झार्ने घोषणा

मेयर बालेनद्धारा सुनको धाराबाट पानी झार्ने घोषणा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २९ जेठ, रौतहट । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सुन्धारास्थित सुनको धाराबाट पानी झार्ने घोषणा गर्नुभएको छ । शनिबार दिउँसो धराहरा क्षेत्रको अनुगमन र निरीक्षणपछि मेयर शाहले सुनको धाराबाट पानी लानका लागि आवश्यक पर्ने सबै विषयको बारेमा जानकारी लिनुभएको हो । उहाँले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरेर पानी ल्याउनका लागि पहल गर्ने बताउनुभयो । संभव भएसम्म महानगरपालिकाको बजेटभित्रै रहेर सुन्धारामा पानी ल्याउने व्यवस्था गर्न शाहले निर्देशन समेत दिनुभएको छ । केयूकेएलमा भनेको मेसिन सोधेर टुँडिखेलबाट पानी ल्याउने व्यवस्था गर्न उहाँले निर्देशन दिनुभएको हो । मेयर शाहले पानी धरहरा र सेता टावरको आ–आफ्नै महत्व भएका कारणले दुवैको महत्व भएको बताउनुभयो । शाहले टुँडिखेलबाट पानी ल्याउने कुराबारे प्रधानसेनापति प्रभुराम शर्मासँगको भेटमा पनि आफ्नो छलफल भए...
चन्द्रपुरमा व्यापक राहत वितरण सम्पन्न

चन्द्रपुरमा व्यापक राहत वितरण सम्पन्न

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव, २८ जेठ, रौतहट । आज रौतहटको चन्द्रपुरमा व्यापक राहत वितरण कार्यक्रम विधिगतरुपले सम्पन्न भएको छ ।टेवा नेपालको आर्थिक सहयोगमा चन्द्रपुर नगरपालिका वडा ४ मा खाधान्न समाग्री वितरण भएको छ । आजको राहत वितरण कार्यक्रम महिला सुरक्षा दवाव समुहले आयोजना गरेका थिए । कोभिड–१९ को सन्दर्भमा सामुदायिक जालो र नारीवादी आन्दोलनको सृदृढीकरण अन्र्तगत व्यापक राहत वितरण गरिएको हो । टेवा को आर्थिक सहयोग र महिला सुरक्षा दवाव समूह चन्द्रपुर ४ रौतहटको संयोजकत्वमा चन्द्रपुर नगरपालिकाको विभिन्न वडाहरुका दलित, अपाङ्ग, गरिब, जनजाति, एकल महिला, गर्भवती, हिंसा पीडित, दिर्घरोगी गरी जम्मा २३ जनालाई खाधान्न, भाडाँकुडी, मोबाइल सेट, ग्याँस चुल्ला, बीउविजनहरु वितरण गरिएको हो । “दलित, अपाङ्ग, गरिब, जनजाति, एकल महिला, गर्भवती, हिंसा पीडित, दिर्घरोगीले व्योह्र्नु पर्ने समस्यहरुलाई पूर्ण गरेर टेवा नेपाल र ...
मधेश सहित ४ वटा प्रदेशमा मनसुन

मधेश सहित ४ वटा प्रदेशमा मनसुन

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २८ जेठ, रौतहट । यस वर्षको मनसुन प्रणाली चार प्रदेशमा प्रवेश गरेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा मनसुन प्रणाली प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका बाँकी भू–भागमा केही दिनपछि मनसुन प्रणाली प्रवेश हुने विभागले जनाएको छ । यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडिनै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको थियो । देशको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुन्छ । जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि भनिन्छ । आज दिउँसो प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ । प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि ...
पुनः हलियो काठमाण्डौं उपत्यका, आज बिहानै भूकम्प

पुनः हलियो काठमाण्डौं उपत्यका, आज बिहानै भूकम्प

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २८ जेठ, रौतहट । काठमाडौं उपत्यकामा आज बिहान २ः३७ बजे भूकम्पको धक्का महशुस गरिको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। केन्द्रले ४‍‍. ७ म्याग्निच्युडको भूकम्प गएको जनाकारी दिएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा महशुस गरिको बताइएको छ।...
करिब ५ किलो गाँजा सहित एक जना पक्राउ

करिब ५ किलो गाँजा सहित एक जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २७ जेठ, मकवानपुर । अवैध लागुऔषध गाँजा सहित प्रहरीले एक १८ वर्षीय युवा पक्राउ परेको छ । मनहरी गाउँपालिका-७ स्थित सडकबाट ४ किलो ६ सय ग्राम अवैध लागूऔषध गाँजा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो । प्रहरीले हेटौंडा उपमहानगरपालिका-१९ बस्ने १८ वर्षीय किशोरलाई बिहीबार बिहान पक्राउ गरेको छ । चितवनबाट वीरगंजतर्फ जाँदै गरेको ना.५ ख ६५७० नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...