Sunday, August 9
Shadow

मुख्य समाचार

बालकाेटमा ओलीद्वारा‌ बालेनलाई तबला उपहार

बालकाेटमा ओलीद्वारा‌ बालेनलाई तबला उपहार

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल,३० असार, राैतहट । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह  (बालेन) लाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएका छन् । बुधबार साँझ बालकोट पुगेका मेयर शाहलाई पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले तबला उपहार दिएका हुन् । भेटवार्तापछि ओलीले बालेनलाई तबला उपहार दिएको एमाले नेता कर्णबहादुर थापाले बताएका छन्। ओली र बालेनबीच काठमाडौं महानगरको समग्र विकासका बारेमा छलफल भएको बताइन्छ । बालेनले यसअघि महानगरमा आफ्नो जित सुनिश्चित भएपछि ओलीलाई बालकोट नै पुगेर भेटेका थिए ।  बुधबार बिहान मात्रै एमालेबाट मेयरका प्रत्यासी केशव स्थापितलाई भेट्न बालेन उनकै निवास पुगेका थिए ।  केही दिनअघि काँग्रेसबाट मेयरमा उम्मेदवार बनेकी सिर्जना सिंहसँग पनि बालेनले भेटवार्ता गरेका थिए । बालेन सिर्जना सिंहलाई भेट्न उनको निवास चाक्सीबारी पुगेका थिए । उनले प्रधानमन्त्री शेरबहादुर देउव...
जहाजमा चुराेट तान्ने एक जना पक्राउ

जहाजमा चुराेट तान्ने एक जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल,२९ असार, धनगढी । बुधबार काठमाडौंबाट धनगढी उडेको बुद्ध एयरको जहाजमा चुरोट तान्ने एक यात्रु पक्राउ परेका छन् । उडान नं २५३ बाट अपरान्ह धनगढी उडेको जहाजको सीट नं ‘११ ए’मा बसेका एक यात्रुले शौचालय छिरेर चुरोट तानेका थिए । त्यसपछि उनलाई उडानमा खटिएका कर्मचारीले उडान अवधिभर निगरानीमा राखेका थिए । अन्दाजी २८ वर्षीय नारायण उपाध्यायलाई पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । धनगढी अवतरण भइसकेपछि उनलाई धनगढी प्रहरीको जिम्मा लगाइएको थियो ।जहाजमा सलाई, लाइटरसहितका प्रज्वलनशील वस्तु साथमा लैजान पाइँदैन । साथै चुरोट तान्न निषेध गरिएको छ । एजेन्सी।...
राजदेवीकाे प्रमुख प्रशासकीय अधिकृतकामा प्रलव कायस्थले गरे पदभार ग्रहण

राजदेवीकाे प्रमुख प्रशासकीय अधिकृतकामा प्रलव कायस्थले गरे पदभार ग्रहण

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क,२९ असार, राैतहट । राैतहटकाे राजदेवी नगरपालिकाकाेप्रमुख प्रशासकीय अधिकृतका रुपमाप्रलव कायस्थले पदभार ग्रहण गरेका छन् ।  एक सप्ताह पहिले नै पदस्थापना भएको थियाे । आजबाट उनले राजदेवी नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत पदका जिम्मेवारी लिएका छन्। उत्कृष्ट, कुशल जस्ता नामहरुले परिचित अधिकृत कायस्थकाे आगमन सँगै नगरवासी हर्षित भएका छन्। यसअघि उनी जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत थिए । त्यस्तै यसअघि राजदेवी नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत पदमा सुवाेध शाह कार्यरत थिए ।...
बक्यौता भुक्तानी नगरेपछि कर्मचारीलाई भित्रै थुनेर तालाबन्दी

बक्यौता भुक्तानी नगरेपछि कर्मचारीलाई भित्रै थुनेर तालाबन्दी

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क२९ असार, जनकपुरधाम । बक्यौता भुक्तानी नपाएपछिउपभोक्ता समितिका पदाधिकारीहरुले पूर्वाधार विकास कार्यालय जनकपुरधाममा तालाबन्दी गरेका छन । चालु आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न भइसकेका योजनाहरुको बक्यौता भुक्तानीकाे माँग गर्दै आक्रोशित उपभोक्ता समितिका पदाधिकारीहरुले बुधवार कार्यालय तालाबन्दी गरी आन्दोलनमा उत्रेका छन । आन्दोलनको पहिलो चरणमा कर्मचारीहरुलाई भित्रै थुनेर पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरेका हुन । भुक्तानी नपाएपछि समितिका पदाधिकारीहरु आक्रोशित भएका हुन् । "हामीहरुले कार्य सम्पन्न गरेर असार २३ गते अगावै सम्पन्न योजनाहरुको फाइल कार्यालयमा जम्मा गरिसकेका थियौ । तर कार्यालयका इन्जिनियर र लेखापालले सर्भर डाउन रहेको कारण देखाउँदै चेक बनाएनन् । "उपभोक्ता समिति मध्येका आशुतोष झाले भने । हामीहरू २५ गते राति १२ बजेसम्म कार्यालयमै बसेका थियौं, तर केन्द्रबाट नै स...
मधेश प्रदेश प्रहरीद्वारा आ.व ०७८/७९ मा ४० कराेड भन्दा बढीकाे अवैध सामाग्री नियन्त्रणमा

मधेश प्रदेश प्रहरीद्वारा आ.व ०७८/७९ मा ४० कराेड भन्दा बढीकाे अवैध सामाग्री नियन्त्रणमा

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल ,२९ असार‌, जनकपुरधाम। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले यस आर्थिक वर्ष ०७८/०७९ काे श्रावन देखि ज्येष्ठ सम्ममा ४० कराेड भन्दा बढीकाे सामाग्री नियन्त्रणमा लिएकाे छ। प्रदेश प्रहरीले कार्यालयबाट खटिएका विभिन्न टाेलीले उक्त अवधि सम्म ४० कराेड १४ लाख २६ हजार ८६७ रकम बराबरका सामाग्री बरामद गरेकाे हाे । प्रहरीले ती अवैध छलीमा संलग्न १९५ जनालाई समेत पक्राउ‌ गरेकाे  प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तुल बहादुर कार्कीले जनाएका छन्। प्रहरीले लत्ताकपडा, फेन्सी तथा अन्य समाग्री‌‌ गरीअन्दाजी‌‌ मुल्य १७ कराेड ५३ लाख २४ हजार ५५२ बराबरका सामाग्री नियन्त्रणमा लिएका छन् भने सवारी साधन र पार्टपुर्जा अन्दाजी मूल्य १५ कराेड ९९ लाख ३२ हजार ३४० बराबरका सामाग्री नियन्त्रणमा लिइएको हाे । त्यस्तै १०९ ग्राम ७९४ मिलि ग्राम सुन ( अन्दाजी मूल्य ९ लाख ८१ हजार १४ ) प्रहरीले बरामद गरेका हुन् भने...
ऋण तिर्ने विषयमा विवाद,  एकको मृत्यु र एक जना घाइते

ऋण तिर्ने विषयमा विवाद,  एकको मृत्यु र एक जना घाइते

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क,२९ असार, राैतहट । घर परिवारभित्र लघुवित्तको ऋण कसले कसरी तिर्ने भन्ने विषयमा विवाद हुँदा रुपन्देहीमा एक जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । गैडहवा गाउँपालिका–१ पश्चिम बगिया बस्ने ३० वर्षीय महेश भरको मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते भएका भरको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी नवरतन पौडेलले बताए । उनको टाउकोमा ढुंगाले लागेको ठूलो चोट छ । उनकी पत्नी गीता भर घाइते छन् । प्रहरीका अनुसार भर परिवारले २ वर्षअघि सूर्यपुरामा रहेको एक लघुवित्तबाट २० हजार रुपैयाँ ऋण लिएको थियो । उक्त ऋणको साँवाब्याज गरी १ लाख रुपैयाँ पुगेको भन्दै रकम बुझाउन ताकेता गर्न कर्मचारी दिउँसो भर परिवारको घरमा गएका थिए । साँझ घरपरिवार जम्मा भएपछि रकम बुझाउनेबारे छलफल भएको थियो । मृतक भरले उक्त रकम आफ्...
ज्याेतिषकाे सल्लाहमा निर्वाचनकाे मिति तय

ज्याेतिषकाे सल्लाहमा निर्वाचनकाे मिति तय

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क,२९ असार, राैतहट । सरकारले आगामी ४ मंसिरमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचन आयोगलाई तयारी गर्न निर्देशन दिएको छ । प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषको सल्लाहअनुसार ४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्नेगरी तयारी गर्न अनौपचारिक सन्देश पठाएका हुन् । साउन पहिलो साता निर्वाचन मिति तोक्ने तयारी सरकारको छ । ‘४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्नेगरी प्रधानमन्त्रीले तयारी गर्न निर्वाचन आयोगलाई निर्देशन गरिसक्नु भएको छ, ज्योतिषलाई हेराएरै मिति तय गरिएको हो,’ बालुवाटार स्रोतले  भन्यो । यसअघि, गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन मितिसमेत ज्योतिषकै रायमा तय भएको बताइन्छ । आयोगले भने गत २२ असारमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन देशभर ‘एकै दिन एकै चरण’मा गर्नेगरी सरकारसमक्ष आगाम...
एसका विद्यार्थीले सुरु गरे त्रिविमा अनसन

एसका विद्यार्थीले सुरु गरे त्रिविमा अनसन

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
सचतक नेपाल न्यूज डेस्क,२८ असार, राैतहट । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली सहित केही विद्यार्थी नेताहरु आमरण अनसनमा उत्रिएका छन्।  त्रिभुवन विश्वविद्यालयमा भएको विकृति, विसंगती र शैक्षिक अपराधीकरण विरुद्ध अनसन थालिएको अध्यक्ष पराजुलीले बताएका छन्।  विभिन्न १३ बुँदे माग गर्दै अनेरास्ववियूले अनसन थालेको हो। १३ बुँदे मागसहित त्रिविका उपकुलपतिलाई ज्ञापन पत्र समेत बुझाइएको छ। एमफिल र पीएचडीलाई नियमित बनाउनपर्ने, रोकिएको स्ववियु निर्वाचन नियमित हुनपर्ने, सबै तहको पाठ्यक्रम समयानुसार परिमार्जन हुनपर्ने, परीक्षा सकिएको बढीमा ३ महिनामा नतिजा प्रकाशन गर्नपर्ने लगायतका विभिन्न मागहरु अनेरास्ववियूले उठाएको छ।...
केन्द्रीय प्रहरी प्रवक्तामा टेक प्रसाद राई नियुक्त

केन्द्रीय प्रहरी प्रवक्तामा टेक प्रसाद राई नियुक्त

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव,२५ असार, राैतहट । नेपाल प्रहरीकाे केन्द्रीय प्रवक्तामा प्रहरी नायव महानिरिक्षक टेक प्रसाद राई नियुक्त भएका छन् । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उनलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको थियोे । यसअघि प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी विष्णुकुमार केसीले सम्हाल्दै आएका थिए। दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरूमा बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, अशोक सिंह, दिपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी, टेक बहादुर तामाङ, उमेश राज जोशी, भिम प्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा रहनुभएको थियोे । समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी नायव महानिरीक्षक राईलाई बधाई दिँदै भविष्यमा ...
३२ जना एसपी एसएसपीमा बढुवाकाे लागि सिफारिस

३२ जना एसपी एसएसपीमा बढुवाकाे लागि सिफारिस

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,२५ असार, राैतहट । नेपाल प्रहरीका ३२ एसपीकाे एसएसपी पदमा बढुवाकाे सिफारिस भएकाे छ । बढुवा समितिको शनिबार बसेको बैठकले एसएसपी बढुवा सिफारिस गरेको हो । एसपीबाट एसएसपी बढुवा सिफारिस हुनेहरुमा गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, दानबहादुर कार्की, डा. मनोजकुमार केसी, राजन अधिकारी, जीवनकुमार श्रेष्ठ(क) बढुवा भएका छन् । त्यसैगरी, एसपीहरु हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर विक, ओमबहादुर राना, इश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल, गोबिन्द थपलिया, माधवप्रसाद श्रेष्ठ, डिल्लीराज बिष्ट, मनोजकुमार यादव, रेवती ढकाल, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, दिलीपसिंह देउवा, विनोद घिमिरे, किसनसिंह थापा, सुदर्शनप्रसाद कोइराला, दीपककुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्रबहादुुर गुरुङ, संजीव शर्मा दास, लोकेन्द्र श्रेष्ठ र शारदाप्रसाद चौधरी...