Sunday, August 9
Shadow

मुख्य समाचार

रौतहटमा ट्राकटर पल्टिँदा एक जनाकाे मृत्यु

रौतहटमा ट्राकटर पल्टिँदा एक जनाकाे मृत्यु

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,२५ असार, राैतहट । आज बिहान राैतहटमा ट्राकटर दुर्घटना हुदाँ घटनास्थलमै एक जनाको मृत्यु भएकाे छ । रौतहटको कटहरिया नगरपालिका वार्ड नं.४ मा रहेको हर्शाहा देखि कटहरिया लाल बकैया पुल जोड्ने तटबन्ध (छर्की) बाटो जाँदै ट्राकटर पल्टिएको हाे । तटबन्ध बाटो जादै गरेको ना ०४ त ४१४२ नम्बरको ट्राकटर पल्टिँदा सवारी चालककाे घटना स्थलमै मृत्यु  भएको छ । मृत्युु भएकाे चालक गरुडा नगरपालिका-६ पोथियाही निवासी रहम तुलाकाे २५ वर्षीय छाेरा शैफुला मिया रहेकाे ईलाका प्रहरी कार्यालयकाले सचतक नेपाललाई जानकारी दिए ।...
साेल्टीमाेडमा माेटरसाईकल दुर्घटना हुदाँ १ जनाकाे मृत्यु

साेल्टीमाेडमा माेटरसाईकल दुर्घटना हुदाँ १ जनाकाे मृत्यु

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,२५ असार, राैतहट । काठमाण्डौमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । काठमाण्डौ महानगरपालिका वडानम्बर–१२ को सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा चालक मकवानपुरका बुद्ध गोलेको ज्यान गएको हो । दुर्घटनामा घाइते भएका २७ वर्षका गोलेको उपचारका क्रममा वीर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । प्रदेश नम्बर ३-०२-००७ प ९१९४ नम्बरको मोटरसाइकल गएराति दुर्घटना भएको थियो । ...
नाबालिक अपहरण गर्ने एक जना पक्राउ

नाबालिक अपहरण गर्ने एक जना पक्राउ

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,२५ असार, राैतहट । एक नावालिकलाई अपहरण गरी २० लाख मांग गर्ने एक अपहरणकारीलाई रौतहट प्रहरीले पक्राउ गरेकाे छ । विहीवार सांझ खेल्दै गरेको अवस्थामा छोरी बेपता भएको र पिडितको आफन्तलाई फोन गरी तेरो छोरीलाई हामीहरुले अपहरण गरी बन्धक बनाई राखेका छौं, छोरी वचाउनु छ भने रु,२०,००,०००/- ( बिस लाख) रकम राजपुर न.पा. को  ईद्रिश गेटमा लिएर आउनु, सो रकम नल्याएमा र घटना बारे प्रहरी अथवा अन्य कसैलाई भनेमा अपहरित वच्चाको ज्यान मारी फालि दिने धम्की आएको पिडित परिवारले जनाएका थिए । घटना बारे सूचना प्राप्त पश्चात तत्कालै जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी टोली इद्रिश गेटमा पुगी वरपर तथा बहुअर्वा मदर्सा अगाडी सम्म खोज तलास गर्दा पिडित नवालिका राजपुर नगरपालिका वडा नं. १ बहुअर्वा मदर्सा अगाडी सडक छेउमा रहेको गुम्ती पसल नजिक वाँसले बनाएको खाटमा सुताई राखेको भेटीएको र सोही स्थानमा पिडितलाई ब...
पुर्व वार्ड अध्यक्षकाे घरमै भेटियाे चाेरीकाे सर-समान

पुर्व वार्ड अध्यक्षकाे घरमै भेटियाे चाेरीकाे सर-समान

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,२४ असार, राैतहट । राैतहटकाे देवाही गाेनाही वडा नं .७ बाट चाेरी भएको कम्प्युटरहरु पुरानाे वार्ड कार्यालयमा फेला परेकाे छ । बिहिवार राति देवाही गाेनाही नगरपालिका -७ प्रेमपुर बिद्यालयबाट २८ वटा कम्प्युटर लगायत अन्य उपकरणहरु चाेरी भएको थियाे । बिहानै विद्यालयमा चाेरी भएको आशंका पछि स्थानिय भेला भए । बिपदकाे समयमा हालका वडा अध्यक्ष उपेन्द्र राय यादवले तुरुन्तै प्रशासनलाई खबर गरे । साथै उच्चस्तरीय छानबिन गर्न समेत प्रहरीलाई जाेड दिए । प्रहरीले छानबिनकाे क्रममा १४ वटा  माेनीटर १ थान १ थान सानाे पंखा पूर्व वडा अध्यक्ष जगरनाथ राय यादवकाे जग्गा भएकाे घरकाे बेरीमा बरामद भएकाे ईलाका प्रहरी कार्यालय देवाही गाेनाहीकाे प्रहरी निरिश्क गाेबिन्द शाहले सचतक नेपाललाईले जानकारी दिए । याे घटनाबारे प्रहरीले थप अनुसन्धान गरि रहेकाे प्रहरीले बताए ।...
आजदेखि सरकारी खाताबाट भुक्तानी नहुने

आजदेखि सरकारी खाताबाट भुक्तानी नहुने

banner-news-1, अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,२४ असार, रौतहट । आजदेखि सरकारी खाताबाट भुक्तानी रोकिने भएको छ।  महालेखा नियन्त्रक कार्यालयले सूचना जारी गर्दै आर्थिक वर्ष सकिनु सात दिन अघिदेखि भुक्तानी नहुने जनाएको हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ मा नियमावलीको नियम ३० को उपनियम १ र २ मा संघीय सरकारी खर्चबारे उल्लेख गरिएको छ।यस्तै उपनियम ७ र ८ मा स्थानीय तह र प्रदेश सरकारको भुक्तानीबारेमा उल्लेख गरिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। जसअनुसार प्रदेश र स्थानीय सरकारको खाताबाट पनि शुक्रबारदेखि भुक्तानी बन्द हुनेछ।  यस्तै उपनियम ७ र ८ मा स्थानीय तह र प्रदेश सरकारको भुक्तानीबारेमा उल्लेख गरिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। जसअनुसार प्रदेश र स्थानीय सरकारको खाताबाट पनि शुक्रबारदेखि भुक्तानी बन्द हुनेछ।  हरेक आर्थिक वर्ष अन्त्यतिर सरकारी खर्च बढाउने र बढी भुक्तानी गर्ने प्रवृत...
सशस्त्र प्रहरी र नेपाली प्रहरीबीच झडप

सशस्त्र प्रहरी र नेपाली प्रहरीबीच झडप

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,२३ असार, झापा । झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच झडप भएको छ। झापाको मेचीनगर नगरपालिका स्थित काँकडभित्तामा नाकामा बुधबार राति दुई सुरक्षा निकायबीच झडप भएको हो। नेपाल प्रहरीले सुपारी पठाउन खोज्दा सशस्त्रले रोकेपछि झडप भएको हो। नेपाल प्रहरीले तस्करसँगको मिलेमतोमा सुपारी पठाउन खोज्दा सशस्त्रले रोकेको र त्यसक्रममा नेपाल प्रहरीले सशस्त्रमाथि हातपात गरेको बताइएको छ।...
नदीमा डुबेर १४ बर्षिय बालककाे मृत्यु

नदीमा डुबेर १४ बर्षिय बालककाे मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,२२ असार ,बेलाैरी । दाेदा नदीमा डुबेर कञ्चनपुरकाे बेलाैरीमा १४ बर्षिय बालककाे मृत्यु भएकाे छ । बेलाैरी नगरपालिका ५ बन्तरिया निवासी शुनिल कुमार चाैधरीकाे १४ बर्षिय छाेरा निरज चाैधरीकाे बुधवार स्थानिय दाेदा नदीमा डुबेर मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । साथीहरु सँग खेल्ने क्रममा चिप्लिएर नदीमा खसेकाे मृतकका आफन्तहरुकाे भनाइ रहेकाे छ । मृतक बालककाे शब पाेष्ट मार्टमका लागि श्रीपुर स्वास्थ्य चाैकी बेलाैरीमा राखिएकाे ईलाका प्रहरी कार्यालय बेलाैरीका बरिष्ठ नायब निरिक्षक रमेश बुढाथाेकीले जानकारी दिए ।...
ऊर्जामन्त्री भुसालसँग भारतीय राजदूतको भेटवार्ता

ऊर्जामन्त्री भुसालसँग भारतीय राजदूतको भेटवार्ता

banner-news-1, अन्तर्राष्ट्रिय, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,२२ असार रौतहट । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच नेपाल र भारतबीचको आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको ऊर्जामन्त्रीको सचिवालयले जानकारी दिएको छ । सो अवसरमा ऊर्जामन्त्री भुसालले नेपाल–भारतको सम्बन्ध मित्रता, समानता, सहयोग र पारस्परिक सम्मानका साथ अगाडि बढेको स्मरण गर्दै आगामी दिनमा दुई देशको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेकी छन् । उनले पछिल्लो समय नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण सहकार्य भएको उल्लेख गर्दै अगामी दिनमा अझ विस्तार हुने आशा गरिन् । मन्त्री भुसालले भनिन्, “नेपाल–भारतबीच हाल हुँदै आएको ऊर्जा व्यापार सकारात्मक छ । हामीसँग भएको स्वच्छ ऊर्जा भारतलाई आवश्यक रहेको छ । त्यसैले आगामी दिनमा दीर्घका...
९० किलो गाँजासहित दुई भारतीय पक्राउ

९० किलो गाँजासहित दुई भारतीय पक्राउ

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २२ असार, रौतहट । ९० किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। मधेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले ९० किलो गाँजासहित दुई भारतीयलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा एक भारतीय नम्बर प्लेटको कारसहित भारत युपी कमलसागर गोपालपुर निस्फीका ३० वर्षीय रविकान्त भारती र भारत बिहार बेतिया पश्चिम चम्पारण डाकघर तेलुवाका २८ वर्षीय सुनिल भारतीय छन्। उनीहरुले युपी ७० बिके ९९५५ नम्बरको भारतीय कारमा उक्त गाँजा लोड गरेर भारततर्फ लैजान लागेकाका बेला वीरगञ्जको बगहीबाट पक्राउ गरिएको हो।...
टेक प्रसाद राई लगायत १७ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

टेक प्रसाद राई लगायत १७ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, २० असार, रौतहट । नेपाल सरकार (मन्त्रीस्तर)को २०७९ असार १७ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति हुनुभएका टेक प्रसाद राई लगायत १७ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरूमा बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, अशोक सिंह, दिपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी, टेक बहादुर तामाङ, उमेश राज जोशी, भिम प्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा रहनुभएको छ । समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति...