Sunday, August 9
Shadow

मुख्य समाचार

भारत‌ भ्रमणबाट स्वदेश फर्किदै प्रचण्ड

भारत‌ भ्रमणबाट स्वदेश फर्किदै प्रचण्ड

banner-news-1, अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल,१ श्रावन, राैतहट । भारत भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भाजपाका अध्यक्ष जेपी नड्डासँग र आजै प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने कार्यतालिका छ । शुक्रबार भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका प्रचण्डले शनिबार भारतीय विदेश सचिव एस जयशंकरसँग भेटवार्ता गरेका थिए । हिजो नै उनले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका थिए । ...
प्रचण्ड आज ३ दिने भारत भ्रमणमा जादै

प्रचण्ड आज ३ दिने भारत भ्रमणमा जादै

banner-news-1, अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल,३१ असार, राैतहट। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तीनदिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा उनी भारत भ्रमणमा जान लागेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ। दुई महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्राले अध्यक्ष दाहाललाई भेटी उपयुक्त समयमा भारत भ्रमणको निम्तो दिएका थिए। अध्यक्ष दाहालको भ्रमणका बारेमा बिहीबार साँझ बसेको स्थायी समिति बैठकमा छलफल भएको थियो। बैठकले अध्यक्ष दाहालको भ्रमणले नेपाल–भारतबीचको आपसी सम्बन्धलाई थप सुदृढ गर्न मद्दत मिल्ने निष्कर्ष निकालेको थियो। दाहाल आगामी साउन १ गते स्वदेश फर्कनेछन्।...
इङ्गल्याण्ड सामु भारत सय रनले पराजीत

इङ्गल्याण्ड सामु भारत सय रनले पराजीत

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,इङ्गल्याण्डले दोस्रो एक दिवसीय क्रिकेट खेलमा भारतलाई सय रनले पराजित गरेको छ । बिहीबार राति भएको खेलमा भारतले आत्मसमर्पण गरेसँगै इङ्गल्याण्डले फराकिलो अन्तरको जित निकालेको हो । यो नतिजासँगै इङ्गल्याण्डले शृंखलामा बराबरी गरेको छ । अब अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ ।२४७ रनको विजयी लक्ष्य पछ्याएको भारत ३८.५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमा समेटियो । भारतका लागि रविन्द्र जडेजा र हार्दिक पान्ड्याले समान २९ रन बनाए । भारतका अग्रपंक्तिका ब्याट्सम्यानहरुले घुँडा टेकेसँगै इङ्गल्याण्डले घरेलु लर्डस्को मैदानमा भएको खेल सहजै जितेको हो । इङ्गल्याण्डका बलर रीस टोप्लीले उत्कृष्ट बलिङ गर्दै २४ रन खर्चेर ६ विकेट लिए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्गल्याण्डले ४९ ओभरमा सबै विकेट गुमाउँदै २४६ रन बनायो । मोइन अलीले ४७ रन बनाए । डेविड विल्ली ४१ रनको योगदान गरे । भारतका युजभेन्द्र चहलल...
टिकापुरकाे घण्टाघरले समय देखाउन छाेड्याे

टिकापुरकाे घण्टाघरले समय देखाउन छाेड्याे

ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,३१ असार, कैलाली। सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइले कैलालीको टीकापुरमा घण्टाघर निर्माणका लागि रोयल प्रशंसा जेभीसँग सम्झौता गर्‍यो। घण्टाघर निर्माणका लागि एकाइले रोयल प्रशंसासँग २०७५ फागुन १९ गते सम्झौता गरेको थियो। सम्झौताअनुसार निर्माण कम्पनीले २०७७ भदौ २५ गते काम सम्पन्न गर्नुपर्ने भए पनि कोरोना संक्रमणका कारण काम लम्बियो। केही महिना अगाडिमात्रै निर्माण सम्पन्न गरी टीकापुर नगरपालिकालाई हस्तान्तरणको तयारी गरिए पनि घण्टाघरमा राखिएका चार घडीले भने समय दिन छाडेका छन्। टीकापुर नगरपालिकाका नगर उपप्रमुख खड्कबहादुर शाहले निर्माण कम्पनीले नगरपालिकालाई घण्टाघर हस्तान्तरण गर्न बाँकी रहेको बताए। घण्टाघरमा जडान गरिएका घडी विद्युतीय हुन्। सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइका इञ्जीनियर मोहन अवस्थीले घडी ठप्प रहेकोबारे पत्ता लग...
जुम्ला: घर भासिँदा एकै परिवारका ३ सदस्यकाे ज्यान गयो

जुम्ला: घर भासिँदा एकै परिवारका ३ सदस्यकाे ज्यान गयो

ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,३१ असार, जुम्ला। जुम्लाको हिमा गाउँपालिका–१ आचार्यलिहीमा भित्रीखोला जलविद्युत् आयोजनाको विद्युत्गृहको घर भासिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । गए राति करिब साढे २ बजे आयोजनाको विद्युत् गृहको घर भासिँदा उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भुवन भट्टका अनुसार मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा नौ वर्षीय भरत र सात वर्षीय सूर्यको मृत्यु भएको हो । विद्युत्गृहका चौकीदार गोरकबहादुर रावतका श्रीमती र दुई छोराको घटनास्थलमै मृत्यु भएको भट्टले बताउनुभयो । बड्की प्रहरी चौकीमा सुरक्षार्थ प्रहरी राति बत्ती किन गयो भनेर हेर्न जादा घर भासिएको देखेका थिए । मृत भेटिएका तीनै जना आयोजनाको विद्युतगृहभित्र सुतिरहेका थिए । प्रहरी चौकी बड्कीमा कार्यरत प्रहरी र स्थानीयवासी राति नै घटनास्थलमा पुगी उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...
पार्टी भित्र गठबन्धन गरेर अघि बढ्नु पर्याे : नेता निधि

पार्टी भित्र गठबन्धन गरेर अघि बढ्नु पर्याे : नेता निधि

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल,३०‌‌ असार,‌राैतहट‌ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीभित्र गठबन्धन गरेर अघि सर्न सुझाव दिएका छन् । बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्ताे भनेका छन्। सरकार निर्माण र सरकार सञ्चालनको लागि गठबन्धन आवश्यक रहेको भएपनि पार्टीमा पनि गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेको नेता निधीले बताए ।  आगामी प्रदेश र संघको निर्वाचनमा काँग्रेसलाई बुहमतको पार्टी बनाउनुपर्नेमा उनले जोड दिए । नेता निधीले स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि भएका नेताहरुलाई पनि पार्टी सभापतिले अबका दिनमा समेटेर जान सुझाव दिएको बताए । उनले अहिलेको अन्तर्राष्ट्रिय सम्बन्धको चर्चा भइरहेकोले राम्रो बनाएर अघि बढ्न र अर्थतन्त्रमा धेरै संकटलाई काँग्रेसले नै समाधान गरेर अघि बढ्नुपर्ने क...
विश्व बैंकद्वारा करिब १०‌ अर्बकाे सहयोग

विश्व बैंकद्वारा करिब १०‌ अर्बकाे सहयोग

अन्तर्राष्ट्रिय, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,३० असार, काठमाडौं । विश्व बैंकले खानेपानी र सरसफाइ सेवाको वितरणमा सुधार तथा एकीकृत जलस्रोत व्यवस्थापनको प्रवर्द्धनमा नेपाललाई आठ करोड अमेरिकी डलर (करीब १० अर्ब नेपाली रुपैयाँ) बराबर सहयोग गर्ने भएको छ । सोको लागि बुधवार सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भयो ।  सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी तथा विश्व बैंकका नेपाल, मल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरेका हुन् । हस्ताक्षरपछि अर्थसचिव मरासिनीले आयोजनाले अति आवश्यक खानेपानी आपूर्ति र सरसफाइ सेवा उपलब्ध गराउने र अति जोखिममा परेका समुदायलाई, पानी क्षेत्रको राम्रो समन्वय सुनिश्चितताका लागि मद्दत हुने बताए ।  खानेपानी क्षेत्र सुशासन तथा पूर्वाधार सहयोग आयोजना कर्णाली र सुदूरपश्चिम प्रदेशका रणनीतिक नगर र गाउँपालिकामा कार्यान्वयन गरिनेछ । यी दुव...
भारतबाट गहुँ र चिनीकाे निर्यात नेपालमा नराेकिने

भारतबाट गहुँ र चिनीकाे निर्यात नेपालमा नराेकिने

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,३० असार, राैतहट । गहुँ, चिनीलगायत वस्तुको निर्यातमा प्रतिबन्ध लगाएको भारतले त्यसबाट नेपाल प्रभावित नहुने प्रस्ट पारेको छ । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भारत सरकारले गहुँ र चिनी निर्यातमा लगाएको प्रतिबन्ध नेपालको हकमा लागू नहुने बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधवार आयोजना गरेको स्वागत कार्यक्रममा श्रीवास्तवले निर्यात प्रतिबन्धका विषयमा स्पष्ट पारेका हुन् । भारतले गत जेठमा गहुँ र चिनी निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । भारत सरकार आफ्नोसँगै नेपालको पनि आर्थिक विकास हुनुुपर्छ भन्ने पक्षमा रहेको भन्दै उनले थपे, ‘नेपालको प्रगतिको हरेक प्रयासमा सहयोग गर्न भारत सदैव तयार छ र दुवैै देश ज्वाइन्ट भेन्चर जसरी नै काम गर्न चाहन्छौं ।’ सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले निर्यात प्रतिबन्धले नेपालका उद्योगहरू समस्यामा पर्ने बताए । उनले नेपालमा...
दुर्गा भगवतीकाे बागमती नदीमा २ जना बालक डुबेकाे आशंका

दुर्गा भगवतीकाे बागमती नदीमा २ जना बालक डुबेकाे आशंका

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सन्दिप मिश्रा ,३० असार, राैतहट । राैतहट दुर्गा भगवती गाउँपालिका‌ स्थित बागमती नदीमा २ जना बालक डुबेकाे आशंका छ । आज बिहान पाैडी खेल्न गएका ६ जना मध्ये ४ जना नदीबाट बाहिर आइसकेका थिए‌। र आफुहरु मध्ये दुई जना बाहिर नआएपछि स्थानियलाई खबर गरेका थिए । खबर गर्नासाथ स्थानीय प्रहरी देखी सशस्त्र प्रहरी समेत खारेज तलाशमा जुटेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले सचतक नेपाललाई जानकारी दिए । वर्ष १५‌ का हर्ष कुमार झा र वर्ष १३ का आदित्य दास नदीबाट बाहिर नआएकाे र प्रहरी हालसम्म खाेजी गरिरहेकाे उनले बताए । ती दुई बालककाे शरीर अझै फेला परेकाे छैन् । फेला नपरेकाे कारण बालक डुबेकाे नै हाे कि‌ हाेइन भन्ने स्पष्ट हुन सकेकाे छैन । त्यहाँका स्थानीय लगायत प्रशासन समेत खाेज तलाशमा छन् । प्रहरी यस घटनाबारे अनुसन्धान गर्न समेत जुटेका छन् ।...
नाबालकलाई प्रयोग गरी चाेरी गर्ने गिराेह पक्राउ

नाबालकलाई प्रयोग गरी चाेरी गर्ने गिराेह पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल,३० असार, रूपन्देही - नाबालकलाई प्रयोग गरी सुनका सिक्री चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा नाबालक सहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा नाबालकको प्रयोग गरी चोरी गराउने पर्सा पटेर्वा सुगौली घर भई हाल रुपन्देही कञ्चन गाउँपालिका-४ हर्नाचौर बस्ने ३६ वर्षीय विजय राय नट तथा चोरी गर्ने सोही ठाउँ बस्ने ११ वर्षीय र १२ वर्षीय नाबालक रहेका छन् ।  रुपन्देही कञ्चन गाउँपालिका-४ बनकसियास्थित आईतबारे हाटबजारमा टमाटर किन्ने क्रममा सोही ठाउँ बस्ने ७० वर्षीया महिलाले घाँटीमा लगाएको ३ तोला ४० लाल बराबरको सुनको सिक्री २ जना नाबालकहरुले आइतबार दिउँसो चोरी गरी भागेको घटनाको अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले ती नाबालकलाई कञ्चन गाउँपालिका-४ बनकसिया डिहोमा लुकि छिपी हिँडिरहेको ‍अवस्थामा चोरी भएको सुनको सिक्री सहित फेला पारी...