Sunday, August 9
Shadow

मुख्य समाचार

एसईईकाे नतिजा प्रकाशित

एसईईकाे नतिजा प्रकाशित

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
सचतक नेपाल डेस्क,११ श्रावन, राैतहट । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ।परीक्षा नियन्त्रक अर्जुन रायमाझीले आज एसईईको नतिजा प्रकाशित गरिएको सेतोपाटीलाई बताए।कक्षा १० मा रहेका पाँच लाख १४ हजार विद्यार्थीमध्ये यसवर्ष चार लाख ९५ हजार सात सय ५१ जनाले एसईई परीक्षा दिएका थिए। गत वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा भएको थियो।एसईईमा २२ हजार छ सय ४० जना परीक्षार्थी परीक्षामा अनुपस्थित भएका छन्। ४.५७ प्रतिशत परीक्षामा अनुपस्थित रहेको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताए।०.१ देखि १.२ जिपिएसम्म ल्याउने विद्यार्थी संख्या तीन हजार दुई सय ८० छ। यो ०.६६ प्रतिशत हो।यस्तै ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थी संख्या ९ हजार छ सय ३३ छ। १.९४ प्रतिशतले उच्च अंक ल्याएका छन्।‘पहिलेभन्दा नतिजा फरक छैन, ...
जनकपुरकाे चुराेट कारखाना पुन: सञ्चालन हुने

जनकपुरकाे चुराेट कारखाना पुन: सञ्चालन हुने

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,११ श्रावन, जनकपुरधाम– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गरिने बताएका छन् ।जनकपुर चुरोट कारखाना निरीक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री बडुले देशमा रहेका रुग्ण उद्योग जनकपुर चुरोट कारखाना, हेटौँडा कपडा उद्योग के कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा आवश्यक अनुगमनपछि निर्णय गर्ने जानकारी दिए ।मन्त्री बडुले देशको व्यापार घाटा कम गर्न निजी क्षेत्रको सहयोगमा आयात प्रतिस्थापन गरी उत्पादन वृद्धि गर्नाका साथै रोजगारी सिर्जना गर्ने बताए । मन्त्री बडुले निजी क्षेत्रका उद्योग पूर्ण क्षमतामा सञ्चालनका लागि उद्यमीहरूलाई के कस्तो सुविधा उपलब्ध गराउनुपर्छ भन्ने विषयमा पनि आवश्यक छलफल गरी अघि बढ्ने बताए । उद्योग मन्त्री बडुले देश आयातमा बढी निर्भर रहेको समयमा बन्द तथा जीर्ण अवस्थामा रहेको कलकारखानालाई पुनःसञ्चालनमा ल्याउने तयारी स्व...
राैतहट प्रहरीद्वारा २ जना बालबालिका उद्दार

राैतहट प्रहरीद्वारा २ जना बालबालिका उद्दार

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच‌तक‌ नेपाल डेस्क,१० श्रावन, राैतहट । आज राैतहट प्रहरीले अत्याधिक जोखिममा रहेकी २ जना वालवालिका उद्दार गरी जिम्मा लगाएका छन् । जिल्ला रौतहट गौर नगरपालिका वडा नं.५ स्थित नेपाल भारत मैत्री अनाथ आश्रमबाट अत्याधिक जोखिममा रहेकी वालवालिकाहरुलाई बिभिन्न निकाएकाे सहयाेगमा उद्दार गरिएकाे जिल्ला प्रहरी‌ कार्यालय राैतहटका प्रहरी‌ नायव उपरिक्षक सुनिल मल्लले जानकारी दिएका छन्। जिल्ला प्रशासन कार्यालय, गौर नगरपालिका कार्यालय, राष्ट्रिय वालअधिकार परिषद, वालवालिका खोजतलास प्रदेश समन्वय केन्द्र, सि.जप., वाल हेल्प लाईन १०९८ कलैया बारा, सम्बन्धित वडा अध्यक्ष र यस जिल्ला प्रहरी कार्यालय, रौतहट, गौर लगायत अन्य जनप्रतिनिधिहरुकाे सहयाेगमा उक्त बालबालिका उद्दार गरिएको उनले बताए । अन्दाजी वर्ष १३ की मनिषा कुमारी र अन्दाजी ७ वर्षकी खुसी कुमारीलाई उद्दार गरी अस्थायी संरक्षण केन्द्रमा सुरक्षित साथ राख्नको ...
देवताल गापाका अध्यक्षद्वारा प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र

देवताल गापाका अध्यक्षद्वारा प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
उपेन्द्र पासवान १० श्रावण, बारा । बाराको देवताल गाउँ पालिका मा आज करार को कर्मचारीहरुलाइ २४घण्टा भित्र साबिक बमोजिम खटाउन र म्याद नवीकरण गर्न को लागि वाडा न १ देखि वाडा न ७ सम्म का वाडा अध्यक्षहरु ले प्रमुख प्रशासकिय अधिकित वकिल पाल लाई ज्ञापनपत्र बुझाएको छ।देवताल गाउँ पालिका को स्थानीय तह सदस्य निर्वाचन २०७९तथा कार्यपालिका सदस्य निर्वाचन प्रक्रिया समेत समपन भइ कार्यपालिका ले पुर्नता पाई सकेको सर्वबितिदय छ। तसर्थ स्थानीय सरकार सन्चालन ऎन २०७४तथा नेपाल को सबिधान २०७२ को धारा(२१८) ले गरेको कार्यपालिका संचालन सबन्धी सबैधानिक तथा कानुनी ब्यवस्था बिपरित गइ प्रमुख प्रशाकिय अधिकित ले काम गरि रहेको र कुनै वाडा अध्यक्ष हरु को अधिकारिक निर्णय बिना एकलौटी मनोमानी गरेको हुना ले ज्ञापनपत्र बुझाएको हो । वाडा अध्यक्ष हरु ले छ्व वाटा माग राखी ज्ञापनपत्र बुझाएको हो।१.तीन दिन भित्र कार्यपालिका बैठक ब...
मन्दिर परिसर भित्रै व्यापार, व्यवस्थापन र स्थानीय सरकार माैन किन ?

मन्दिर परिसर भित्रै व्यापार, व्यवस्थापन र स्थानीय सरकार माैन किन ?

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल संवाददाता,९ श्रावन, जनकपुरधाम । स्थानीयको भावना अनुसार जनकपुरधाम उपमहानगर पालिकाले जानकी मन्दिर छेउ छाउ सड़क पेटी खाली गराई उक्त खुदरा व्यापारीलाई जानकी मंदिर परिषर मैं व्यवस्थित गरेको छ । मंदिर परिषरमा दर्जनों खुदरा पसलहरु संचालन हुँदा मन्दिर दर्शन गर्न आउ जाउ गर्नहरुलाई निक्कै समश्या हुने गरेको छ । परिषर नै कब्जा गरेर पसल संचालन भएपछि जानकीमन्दिर परिषर सर्वत्र फोहर भएको छ । सड़क पेटी खाली हुनु राम्रो भएपनि मंदिर परिसर नै कब्जा गरेर पसल संचालन गर्नु मूर्खता कार्य भएको स्थानीयको आक्रोश छ । मंदिर परिषरमा व्यापार संचालन भएपछि  स्थानीय प्रशाशन , मंदिर व्यवस्थापन र स्थानीय सरकार सबैमाथि गंभीर प्रश्न उठेको छ । आज (सोमवार ) देखी मंदिरमा बजार संचालन गरेको वापत २०० देखी ३०० सम्म रूपैया उठाउँदै छ । उक्त रकम मंदिर संचालकले स्थानीय ठीकेदार मार्फत उठाउँदै छ ।...
प्रचण्ड र उपाध्यक्ष श्रेष्ठ आज‌ सर्लाही जाँदै

प्रचण्ड र उपाध्यक्ष श्रेष्ठ आज‌ सर्लाही जाँदै

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल,७ श्रावन, सर्लाही। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सर्लाही जाँदै छन् ।आज शनिबार सर्लाहीमा हुने पार्टी प्रवेश कार्यक्रमका लागि र कार्यकर्ता भेलालाई सम्बोधन गर्न शीर्ष नेतृत्व नै सर्लाही जान लागेको हो ।दिउँसो बागमती नगरपालिका– ८ सोल्टीबजारमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा कांग्रेसका क्षेत्रीय सभापतिसहितका कार्यकर्ताहरु माओवादीमा प्रवेश गर्ने जनाइएको छ । कांग्रेसका क्षेत्रीय सभापति जबाहर कुशवाहा तथा एमालेका बागमती नगर कमिटी सचिव हरिभक्त खड्का र अन्य हजारभन्दा बढी नेता–कार्यकर्ता माओवादीमा भित्रिन लागेको बताइएको छ । उनीहरुलाई प्रचण्ड र श्रेष्ठले पार्टी प्रवेश गराउनेछन् ।आगामी संसदीय निर्वाचनलाई लक्ष्ति गरी माओवादीले पार्टी प्रवेश कार्यक्रमहरु गरिरहेको बताइन्छ । बागमती, हरिवन र बरहथवा नगरपा...
पहिराे कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

पहिराे कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,७ श्रावन, चितवन । पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका-५ खहरेखोलामा आज बिहान ८ः१० बजेको समयमा माथिबाट पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको हो ।अहिले पहिरो पञ्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिएका छन् । बर्षायाम शुरु भएसँगै नारायणगढ-मुग्लिन सडक पटक-पटक अवरुद्ध हुँदै आएको छ । पहिरो नियन्त्रणका काम भए पनि यस राजमार्गको यात्रा कष्टपूर्ण नै रहँदै आएको छ ।...
सर्लाहीमा गाडीएकाे अवस्थामा एक महिलाको शव फेला

सर्लाहीमा गाडीएकाे अवस्थामा एक महिलाको शव फेला

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,७ श्रावन, सर्लाही। सर्लाहीको पर्सा गाउँपालिका–१ शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि शव फेला परेको छ । शीतलपुर निवासी बालदत्त भन्ने रमजेशकुमार रायले आफ्नै २० वर्षीय श्रीमती निशा यादवको हत्या गरी धान खेतमा गाडेको अवस्थमा शव फेला परेको हो । महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा माइती र ससुराली पक्षले दिएपछि खोजीमा जुटेको प्रहरीले ४८ दिनपछि धान खेतमा शव गाडिएको अवस्थामा फेला पारेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । हत्यामा संलग्न मृतक निशा यादवका श्रीमान् रमजेशकुमार राय, ससुरा रामप्रताप राय र देवर राजु यादवलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए । निशाका घरका सदस्यहरूमाथि प्रहरीको शङ्का लागेपछि प्रविधियुक्त विश्लेषण गर्ने क्रममा हत्यामा संलग्नहरूको पहिचान हुन सकेको ज...
प्रदेश सभाकाे अवराेध हटाउनबारे बैठक बस्दै

प्रदेश सभाकाे अवराेध हटाउनबारे बैठक बस्दै

ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,४ श्रावन, कर्णाली । कर्णाली प्रदेश सभाको अवरोध हटाउनेबारेमा छलफल गर्न आज सर्वदलीय बैठक बस्ने भएको छ ।नेकपा माओवादी केन्द्रका सांसदले मंगलबार संसद् बैठक बहिष्कार गरेपछि सभामुख राजबहादुर शाहीले दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।सत्ता साझेदार दलले नै संसद् बहिस्कार गरे पछि समाधानका लागि सर्वदलीय बैठक बोलाइएको उनले बताएका छन् ।माओवादीका सांसदहरूले भने मुख्यमन्त्री जीवनबहादुर शाही आफूहरुले उठाएको विषयमा गम्भीर नभएको बताइरहेका छन् ।...
मंदिरकाे मुर्तिबाट सुनचाँदी चाेरी गर्ने ३ जना पक्राउ

मंदिरकाे मुर्तिबाट सुनचाँदी चाेरी गर्ने ३ जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,३ श्रावन, काठ्माडौं । नक्साल नागपोखरीस्थित सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीको गहना चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गौरीघाट बस्ने सिन्धुपाल्चोक चौतारा घर भएका १८ वर्षीया किशोरी, सर्लाही लालबन्दी नगरपालिका-१६ घर भएका २० वर्षीय सिद्दार्थ बुढाथोकी र काठमाडौं खरिबोट बस्ने गुल्मी मुर्साकोट नगरपालिका-२ घर भएका २५ वर्षीय विष्णु पछाई रहेका छन् । असार २३ गते राति काठमाडौं महानगरपालिका-१ नक्साल नागपोखरीस्थित सन्तोषी माताको मन्दिरको ताल्चा फोडी करिब १२ लाख बराबरको सुन तथा चाँदीका गहना चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न रही फरार रहेका उनीहरूलाई चोरी भएका विभिन्न सुन तथा चाँदीका गहना सहित पक्राउ गरेको हो । उनीहरूबाट सुनको तिल...