Sunday, August 9
Shadow

मुख्य समाचार

जनकपुरमा चुरे संरक्षणकाे माग गर्दै मधेश प्रदेश सरकार बिरुद्ध प्रदर्शन

जनकपुरमा चुरे संरक्षणकाे माग गर्दै मधेश प्रदेश सरकार बिरुद्ध प्रदर्शन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,१५ श्रावन, जनकपुरधाम - चुरे संरक्षणको माग गर्दै जनकपुरधाममा मधेस प्रदेश सरकारविरुद्ध प्रदर्शन गरिएको छ ।चुरे तथा वनजंगल संरक्षण अभियानका अभियानीहरुले भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको अधिकारका निमित्त मुख्यमन्त्री कार्यालय अगाडि सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन् ।सिरहास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुटेनको जग्गा फिर्ता हुनुपर्नेलगायत विभिन्न ५ बुँदे माग राख्दै चुरे तथा वनजंगल संरक्षण अभियानका अभियन्ताहरु विगत १२ दिनदेखि जनकपुरधामको जनकचोकमा रिले अनशनमा बस्दै आएका छन् ।प्रदेश सरकारसँग भएको ७ बुँदे सम्झौता कार्यान्वयन गर्न ढिलाई गरिएको भन्दै चुरे अभियानकर्मीहरु रिले अनसनमा बसेका हुन् ।अनसनकारीका तर्फबाट राखिएको ५ बुँदे मागका सम्बन्धमा छानबिन गर्न प्रदेश सरकारले सहमति भएको मितिबाट ७ दिन भित्र प्रदेश सरकारको उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्राल...
कुर्मी सशक्तिकरण मंचको साधारण सभा सम्पन, थप केन्द्रीय कमिटी चयन

कुर्मी सशक्तिकरण मंचको साधारण सभा सम्पन, थप केन्द्रीय कमिटी चयन

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,१५ श्रावण, काठमाडौं । श्री कुर्मी सशक्तिकरण मंच केन्द्रिय कमिटिको काठमाडौंमा साधारणसभा कार्यक्रम सम्पन गरेको छ।तमू बौद्ध सेवा समिति नेपाल अनामनगरको सभाहलमा सम्मेलनबाट सर्वसम्मतिले १७ सदस्यीय केन्द्रिय कमिटी चयन गरेको छ। २०७० सालमा यस संस्थाको अधिवेशन भएको थियो त्यो पश्चात् हालसम्म हुन नसकेकोले देशमा बढ्दो राजनीतिक क्रियाकलापलाई मध्ये नजर गर्दै कुर्मी समाज धेरै पछाडि परेको हुनाले हिजो ११ बर्षपछि देशको विभिन्न स्थानबाट समुदायका व्यक्तिहरूलाई निम्त्याएर खुल्ला रूपमा संस्थाप्रति लगनशील र इच्छुक व्यक्तिलाई सर्वसहमतिबाट चयन गरिएको छ ।नवनिर्वाचित पदाधिकारीहरूमा श्री कुर्मी सशक्तिकरण मंचको केन्द्रिय अध्यक्ष अधिवक्ता अजय पटेल, वरिष्ठ उपाध्यक्ष पत्रकार बिजय वर्मा पटेल, उपाध्यक्षहरु नरेश पटेल, अरबिन्द चौधरी पटेल, श्यामसुंदर पटेल, बिजय चौधरी पटेल, रमिता कुमारी पटेल, महासचिव राजन पटे...
मंदिर जादैँ गरेको जीप दुर्घटनाग्रस्त, मृतक सङ्ख्या ३ पुग्यो

मंदिर जादैँ गरेको जीप दुर्घटनाग्रस्त, मृतक सङ्ख्या ३ पुग्यो

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल , १५ श्रावन, प्युठान । मंदिर जादैँ गरेको जीप दुर्घटना भएको घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । घटनास्थलमै एकजना र उपचारको क्रममा दुई जनाको अस्पतालमा ज्यान गएको हो । सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाबाट आफन्तजन मिलेर जीप रिजर्भ गरी १७ जना स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका थिए । स्वर्गद्वारीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको लु ३ च ३५३ नम्बरको जीप शनिबार स्वर्गद्वारी नगरपालिका–४ भ्यागुतेमा दुर्घटनामा परेको थियो। दुर्घटनामा घाइते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ का ५४ वर्षीया कान्ति कर्ण र मायादेवी गाउँपालिका वडा नम्बर ३ का ७० वर्षीय पटवारी कुहारको बुटवलस्थित एडवनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै, ३२ वर्षीया गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभय...
एसईई ग्रेडवृद्धिको परिक्षा भदौ ११ र १२ गते हुने

एसईई ग्रेडवृद्धिको परिक्षा भदौ ११ र १२ गते हुने

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
सचतक नेपाल डेस्क, १५ श्रावन, रौतहट । माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षाको मिति तय गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले भदौको ११ र १२ गतेका लागि पुरक परीक्षाको मिति तय गरेको हो । बोर्डका अनुसार ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ पाँच गतेसम्म आवेदन दिनुपर्ने छ । ‘सी’ वा ‘सी’ ग्रेडभन्दा कम प्राप्त गरेका विषयमध्ये परीक्षार्थीले चाहेको दुई विषयमा पुरक परीक्षा दिन पाउनेछन्। परीक्षामा सहभागी हुने विद्यार्थीले तोकिएको ५०० राजश्व तिरी सम्बन्धित विद्यालयमा फाराम भर्न सक्नेछन् । विद्यार्थी बढीमा दुई विषयमा मात्रै पुरक परीक्षा दिन पाउने व्यवस्था छ । दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थीले पनि पुरक परीक्षा दिन पाउनेछन्। पहिलो दिन अनिवार्य अंग्रेजी र एउटा मात्रै विषयको परीक्षा दिनेहरूको परीक्षा हुनेछ । साथै, दुई विषयको परीक्षा दिनेहरूले सानो क...
आज खीर खाने दिन ( तरिका सहित )

आज खीर खाने दिन ( तरिका सहित )

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, १५ श्रावन, रौतहट । असार १५ दही चिउरा , साउन १५ खीर“ यो भनाइ नेपाली समाजमा लोकप्रिय रहेको छ । हरेक साल साउन १५ गतेका दिन खीर खाएर रमाइलो पर्वका रूपमा मनाउने गरिन्छ । आज साउन १५, घरघरमा खीर र मिष्ठान्न परिकार खाएर यो पर्व मनाइँदै छ । तीज, श्राद्ध, देवाली, व्रतबन्ध, भोजभतेर जस्ता शुभ अवसरमा विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्धक खानाको रूपमा लिइन्छ । चामल, दूध, नरिवल, छोकडा र अन्य ड्राई फ्रुट्स, चिनी हालेर खीर बनाउने चलन रहेको छ । साउन महिना वर्षातको समय भएकाले विभिन्न रोगहरूबाट छुटकारा पाउनका लागि दूधबाट बनेको पोसिलो खीर खाने गरिन्छ । खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले यो खाने प्रचलन बसेको हो । बर्खायाममा विभिन्न सङ्क्रमण रोग लाग्ने गर्दछ, सङ्क्रमणबाट बच्न खिर खाने गरेको पाइन्छ । खीरको पोषण यसमा हालिने चिजले निर्धारण गर्...
आज बिहान ६ म्याग्‍निच्यूडको भूकम्प

आज बिहान ६ म्याग्‍निच्यूडको भूकम्प

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, १५ श्रावन, रौतहट । आज बिहान खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले ६ म्याग्‍निच्यूडको भूकम्प गएको पुष्टि गरे । ‘खोटाङको मार्तिम बिर्ता ​ केन्द्रबिन्दु भएर बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्‍निच्यूडको भूकम्प मापन भएको छ’, उनले भने । भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको थियो भने काठमाडौंमा सामान्य महसुश भएको थियो । मोरङ र खोटाङमा ठूलै धक्काको महसुस गरिएपनि अहिलेसम्म क्षतिको विवरण प्राप्त नभएको प्रदेश प्रहरी कार्यालय विराटनगरका एसपी नविनराज राईले बताए । संयन्त्रमार्फत थप विवरण लिने काम भइरहेको उनले बताए ।...
सर्लाहीमा दुर्घटना हुँदा राैतहटका एक‌ युवककाे मृत्यु

सर्लाहीमा दुर्घटना हुँदा राैतहटका एक‌ युवककाे मृत्यु

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सन्दिप मिश्र,१४ श्रावन, सर्लाही । सर्लाहीको बरहथवामा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक रौतहटको ईशनाथ नगरपालिका–५, लक्ष्मीनियाँ टोल बस्ने २६ वर्षीय मुकेश साहको मृत्यु भएको हो । शुक्रबार बिहान दक्षिणतर्फबाट आउँदै गरेको इन्द्र बाँनिया कन्ष्ट्रक्सनको बागमती प्रदेश ०३–००१ क ०१९६ नम्वरको टिपरले विपरीत दिशाबाट गइरहेको ना २१ प ७४०१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक साहको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चलाकलाई कारबाही गर्नुपर्ने माग गर्दै स्थानीयले आन्दोलन गरेका छन। बिहान ८ः४५ बजेतिर भएको सो दुर्घटनाका मृतक साह बरहथवा ७ मा रहेको जय शक्तिमान पाउरोटी उद्योगमा काम गर्थे । दुर्घटनामा संलग्न टिपर र त्यसका चालक मकवानपुरको भिमफेदी गाउँपालिका–६, सिमलटार बस्ने २७ वर्षीय राजु लामालाई बरहथवा प्रहरीले नियन्त्रणमा लिएको छ ।...
केटीकाे आइडी बनाई मान्छे फसाउने २ जना पक्राउ

केटीकाे आइडी बनाई मान्छे फसाउने २ जना पक्राउ

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,१३ श्रावन, राैतहट। हनि ट्रयापिङमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले बिहिबार पक्राउ‌ गरेकाे छ । पक्राउ पर्नेहरुमा भक्तपुर बालकोट बस्ने सोलुखुम्बु नेचासल्यान गाउँपालिका-३ बतासे घर भएका २४ वर्षीय शेखर बास्तोला र  २० वर्षीया रोजिना राउत रहेका छन् । काठमाडौं उपत्यकास्थित विभिन्न स्थानहरुमा अपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध तवरले सामाजिक संजाल फेसबुक मार्फत महिला परिचालन गरेर फोनको आदानप्रदान गरी सम्पर्क समन्वय गराई झुट्टा मुद्दा लगाई फसाई दिने भन्दै पीडितलाई दबाब मुलक ढंगले डर धम्की तथा त्राश देखाई मोल मोलाई गरेर ब्ल्याकमेल गरी रकम असुल गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । सामाजिक संजालको माध्यमबाट केटीको प्रयोग गरी पुरुष ब्यक्तिहरुसंग कु...
२ लाख लुट्ने २ जना प्रहरी नियन्त्रणमा

२ लाख लुट्ने २ जना प्रहरी नियन्त्रणमा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,१२ श्रावन,जनकपुर — जनकपुरबाट २ लाख रुपैयाँ लुटेर फरार भएका लुटेरालाई प्रहरीले पक्राउ गरेको छ ।विदेशबाट श्रीमान्‌ले पठाएको पैसा बैंकबाट निकालेर घर फर्किने क्रममा महिलाबाट लुटिएको पैसासहित २ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक वसन्त रजौरेले बताए ।मोटरसाइकल र लुटपाटमा संलग्न लक्ष्मिनिया -७ का २० वर्षीया जितेन्द्रप्रसाद साह र २१ वर्षीय दिपेन्द्र मण्डललाई नियन्त्रणमा लिएको हो ।सबैला-४ पटेर्वाका देवशरण यादवले साउदी अरबबाट पठाएको दुई लाख रुपैयाँ जनकपुरधाम-१ स्थित एभरेस्ट बैंकबाट लिएर साउन ८ गते घर फर्किंदै गरेकी २८ वर्षीया शर्मिला देवीको हातबाट लुट्नेलाई पक्राउ गरिएको उनले जानकारी दिए । लुटिएको पैसासमेत बरामद भएको प्रहरीले जनाएको छ।...
एसईईकाे नतिजा प्रकाशित

एसईईकाे नतिजा प्रकाशित

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
सचतक नेपाल डेस्क,११ श्रावन, राैतहट । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ।परीक्षा नियन्त्रक अर्जुन रायमाझीले आज एसईईको नतिजा प्रकाशित गरिएको सेतोपाटीलाई बताए।कक्षा १० मा रहेका पाँच लाख १४ हजार विद्यार्थीमध्ये यसवर्ष चार लाख ९५ हजार सात सय ५१ जनाले एसईई परीक्षा दिएका थिए। गत वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा भएको थियो।एसईईमा २२ हजार छ सय ४० जना परीक्षार्थी परीक्षामा अनुपस्थित भएका छन्। ४.५७ प्रतिशत परीक्षामा अनुपस्थित रहेको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताए।०.१ देखि १.२ जिपिएसम्म ल्याउने विद्यार्थी संख्या तीन हजार दुई सय ८० छ। यो ०.६६ प्रतिशत हो।यस्तै ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थी संख्या ९ हजार छ सय ३३ छ। १.९४ प्रतिशतले उच्च अंक ल्याएका छन्।‘पहिलेभन्दा नतिजा फरक छैन, ...