Sunday, August 9
Shadow

मुख्य समाचार

काठमाण्डौ माैलका व्यापारीलाई सास्ती, संचयकोष माैन

काठमाण्डौ माैलका व्यापारीलाई सास्ती, संचयकोष माैन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,१७ श्रावन, काठमाडौं। देशकाे राजधानीमा अवस्थित काठमाडौं माैलका व्यापारीलाई सास्ती खेप्नुपरेको एक व्यापारीले बताएकाे छ। माैलका व्यापारीसँग ७ प्रतिशत बढाएर भाडा संकलन गरेपनि केही सेवा सुविधा नदिएकाे व्यापारीहरुले गुनासो गरेका छन्। काठमाडौंकाे सुन्धाराकाे छेउमा रहेकाे माैलकाे ठेक्का जेभि सपना कन्ट्रक्सनले लिएकाे महिनाै भयाे तर सेवा सुविधा भने केही व्यवस्थित हुन सकेकाे छैन् । सपना कन्ट्रक्सनले व्यापारीहरुबाट हरेक महिना १ कराेड १७ लाख भाडा संकलन गर्दै आएकाे छ। केही दिन यता रिनाेभेसनकाे ठेक्का समेत भइसकेकाे हाे तर साे रिनाेभेसन पनि सुस्त अवस्था भइरहेकाे त्यहाँका एक व्यापारीले बताए। उक्त माैलमा पिउने पानी र शौचालयको समेत राम्राे व्यवस्था नरहेकाे भाडा तिरेर बसिरहेका व्यापारीले बताए । यस समस्याको प्रति संचयकोष समेत केही चासाे नदेखिएको एक व्यापारीले बताए। ...
राैतहटकाे प्रहरी प्रमुखमा एसपी बीरबहादुर बुढामगर

राैतहटकाे प्रहरी प्रमुखमा एसपी बीरबहादुर बुढामगर

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव, १७ श्रावन, राैतहट । राैतहटमा प्रहरी प्रमुख परिवर्तन भएका छन् । प्रहरी उपरीक्षक (एसपी) बिनाेद घिमिरेको एसएसपीमा बढुवा भएपछि उनको ठाउँमा एसपी बिरवहादुर बुढामगर आएका छन् ।नेपाल प्रहरी केन्द्रीय प्रहरी बिशेष कार्यदल काठ्माण्डौ बाट सरुवा भएका बुढामगरले साेमबार राैतहट पुगेर मंगलबार कमाण्ड सम्हालेका छन् ।बुढामगरले सबै पक्षसँगको सहकार्यमा जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध रहेको बताएका छन् । ‘राैतहटका भारतीय सिमा नाकासँग जिल्ला भएकाले जिल्लालाई हरेक हिसाबले नमूना बनाउन उत्कृष्ट काम गर्ने प्रयास मेरो रहनेछ’ प्रहरी उपरीक्षक बुढामगरले भने, ‘हामी नागरिकको प्रहरी भएकाले यहाँका प्रत्येक नागरिकमा सोही खालको भावना रहनेछ भन्नेमा विश्वस्त छौँ ।’उनले बढ्दो सवारी दुर्घटना, लागूऔषध दुर्व्यसनी, जघन्य अपराध नियन्त्रण गर्न आफ्नो पहिलो प्राथमिकता रहने बताउँदै त्यसका लागि हरेक नागरिकले प्रहरील...
नारायणी नदीमा पानीको बहाव बढ्दै, सतर्कता अपनाउन आग्रह

नारायणी नदीमा पानीको बहाव बढ्दै, सतर्कता अपनाउन आग्रह

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,१७ श्रावन, राैतहट। केही दिन यता सुरु भएको अविरल वर्षाका कारण नारायणी नदीको पानी सतर्कता तह नजिक पुगेको छ।नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र पानीको सहत बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जिल्लाका पाँचवटा स्थानीय तह नारायणी नदीबाट प्रभावित हुने जनाउँदै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरे। 'पानी निरन्तर परिरहेको छ, नारायणी नदी बढ्दो क्रममा छ,' उनले भने, 'नारायणी नदी बढेर जुनसुकै बेला पनि दुर्घटना निम्त्याउन सक्छ, त्यसैले नदी तटीय बासिन्दाले उच्च सतर्कता अपनाउनुहोला।' आइतबार रातिदेखि निरन्तररूपमा पानी परेपछि नदीमा पानीको सतह बढ्दै गएको हो। सो नदीमा अहिले बिहान पानीको सतह सात दशमलव १८ मिटर पुगेको छ। देवघाट बाढी मापन क...
धादिङ र चितवन भएर गुड्ने लामाेदुरीका सवारी सञ्चालनमा राेक

धादिङ र चितवन भएर गुड्ने लामाेदुरीका सवारी सञ्चालनमा राेक

ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,१७ श्रावन, राैतहट । धादिङ र चितवनका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएका कारण काठमाडौंको नयाँ बसपार्क, कलंकी, गौशाला र भक्तपुरबाट देशका विभिन्न जिल्लातर्फ जाने लामो दूरीका सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको छ । अवरुद्ध सडक खुलेसँगै सवारी साधन सञ्चालनमा आउने छन् ।चितवनको नारायणगढ मुग्लिन सडकखण्डका विभिन्न ठाउँमा पहिरो खसेका कारण गएरातिदेखि आवागमन पुर्णरुपमा अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका २९ केराबारी मौरीखोला, १७ किलो र इच्छाकामना गाउँपालिकाको वडा नम्बर ६ स्थित २ र ३ नम्बर पुलको बीचमा पहिरो खसेको छ । जसका कारण गत रातदेखि नै सवारी आवागमन रोकिएको र पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रातिदेखि रोकिएका सवारी साधनको राजमार्गमा लामो लाम लागेको छ ।लमजुङको बेँसीशहर नगरपालिका १ उदिपुर र मर्स्याङ्दी गाउँपालिका ४ काभ्रेभिरमा मंगलबार बिहानै पहि...
म्याग्दी: पहिराे कारण २ जनाकाे मृत्यु, ३ अझै बेपत्ता

म्याग्दी: पहिराे कारण २ जनाकाे मृत्यु, ३ अझै बेपत्ता

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,१७ श्रावन, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिराेले घर बगाउँदा दुुई जनाको मत्यु र तीन जना बेपत्ता भएका छन् । घामबहादुर विक र गोठे विकको घर पहिराले पुरिएको हो ।घटनास्थलमा रहनुभएका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ । गोठे र उनकी श्रीमती गोरी विक पहिराेमा परेर घाइते भएका छन् । घमबहादुर, उनकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका हुन् ।स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन् । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडेको जानकारी दिए ।घटनास्थल तामिङगाउँ रुमको फेदीमा पर्छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट करिब तीन घण्टा पैदलयात्रापछि घटनास्थलमा पुग्न सकिन्छ ।...
नेकपा एसका अध्यक्ष नेपालद्वारा गाैरमा सभाहल, विवाह मण्डप लगायत अन्य परियोजनाहरुकाे शिलान्यास

नेकपा एसका अध्यक्ष नेपालद्वारा गाैरमा सभाहल, विवाह मण्डप लगायत अन्य परियोजनाहरुकाे शिलान्यास

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क,१६ श्रावन, राैतहट । राैतहटकाे सदरमुकाम गाैरमा शहरी विकास मन्त्रालयद्धारा नगरपालिकामा ४० करोड भन्दा बढि रकमबाट निर्माण हुने सभाहल, विवाह मण्डप, कालो पत्रे सडक सहितका परियोजनाहरुको एक समारोहका विच सोमवार नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले शिलान्यास गरेका छन् ।शहरी विकास मन्त्रालयद्धारा विनियोजन गरिएको बजेटबाट गौर नगरपालिका वडा नम्वर २ मा करिव २० करोडको लागतमा ३०० क्षमताको सभा हल (टाउन हल), वडा नम्वर ४ कविर चोकमा विवाह भवन, टिकुलिया र सिर्सिया निर्माण हुने कालोपत्रे सडकको पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेपाल र शहरी विकास मन्त्री मेटमणी चौधरीले आज संयुक्त रुपमा शिलान्यास गरेको हो । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै एकिकृत समाजवादी अध्यक्ष नेपालले विकासको दृष्टिकोर्णबाट धेरै पछाडी परेको रौतहट जिल्लामा विकासको सुनामी ल्याएर देशमै विकसित जिल्ला...
प्रहरी महानिरीक्षक सिंहद्वारा प्रदेश प्रहरी अस्पतालकाे समुद्घाटन

प्रहरी महानिरीक्षक सिंहद्वारा प्रदेश प्रहरी अस्पतालकाे समुद्घाटन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,१६ श्रावन, कैलाली - प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले धनगढी उपमहानगरपालिका-३ स्थित नेपाल प्रहरी स्कुलको हाताभित्र सदूरपश्चिम प्रदेश प्रहरी अस्पताल शाखाको सोमबार आयोजित एक कार्यक्रमबीच समुद्‍घाटन गर्नुएकाे छ । साथै सोही अवसरमा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी स्कुलको हाताभित्र वृक्षारोपण समेत गर्नुभयाे । कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले अस्पताललाई सञ्चालन गर्ने विन्दुसम्म ल्याउने कार्यमा महत्वपूर्ण योगदान दिनुहुने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दै अस्पतालले सर्वसाधारणलाई समेत स्वास्थ्य सेवा उपलब्ध गराउँदै नेपाल प्रहरीको जनमूखी कार्यलाई निरन्तरता दिएको उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक सिंहले अस्पतालले प्रदेश अन्तर्गत विभिन्न जिल्लाहरूमा प्रहरी कर्मचारीहरू स्वास्थ्य उपचारकै लागि उपत्यका नै पुग्नुपर्ने वाध्यात्मक परिस्थितीको अन्त्य गर्दै सरल, सहज र गुण...
श्रीमान–श्रीमतिको मतभेदमा परिवार नै सखाप

श्रीमान–श्रीमतिको मतभेदमा परिवार नै सखाप

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, १६ श्रावन, रौतहट । राजधानीको तारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित पदमसालमा श्रीमान–श्रीमतीको विवादले परिवार नै सखाप भएको छ । पारिवारिक विवाद र त्यसमाथि सम्पत्तिको लफडाले एकै परिवारका ४ जनाको विभत्स हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार मृतकमा श्रीमान–श्रीमती र दुई छोराछोरी रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाका अनुसार मृतकमा ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीय आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डे रहेका छन् । दिनेश र सुनिता श्रीमान श्रीमती हुन् भने आशिका र आशिक छोराछोरी हुन् । युके जाने तयारीमा रहेकी सुनिताको शरीरका ७ भन्दा स्थानमा चक्कुको प्रहार गरेको देखिएको एक प्रहरी अधिकारीले जानकारी दिए । प्रहरी अनुसन्धानबाट पहिला श्रीमती र त्यसपछि दुई छोराछोरीको हत्या गरेर दिनेशले आत्महत्या गरेको ...
मन्त्रिपरिषद्को बैठक आज बस्दै, निर्वाचनको मिति घोषणा गर्ने तयारी

मन्त्रिपरिषद्को बैठक आज बस्दै, निर्वाचनको मिति घोषणा गर्ने तयारी

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क, १६ श्रावन, रौतहट । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक सोमबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको एक मन्त्रीले जानकारी दिएका छन्। सोमबार बस्न लागेको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोक्ने सम्भावना रहेको उनले बताएका छन् । निर्वाचन आयोगले निर्वाचनका लागि मिति तोक्न ढिला भइसकेको बताउँदै आएको छ । आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ । आगामी मंसिर २ गते गर्ने आयोगले निर्वाचन मिति प्रस्ताव गरेको छ ।...
वर्षा कारण तातोपानी नाका अवरुद्ध

वर्षा कारण तातोपानी नाका अवरुद्ध

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल, १६ श्रावन, सिन्धुपालचोक । अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत भोटेकोसी गाउँपालिका–४ डाक्लाङमा आज बिहान सडक भासिएपछि यातायात अवरुद्ध भएको छ । सडक भासिएर यातायात अवरुद्ध हुँदा तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवाहक सवारी साधनको आवागमन रोकिएको छ । अहिले सडक मर्मतका लागि सडक विभागसँग समन्वयमा काम सुरु भएको छ । साना सवारी साधन निर्वाध रुपमा चलिरहेका छन् भने ठूला सवारी साधनका लागि बाटो खुलाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।...