Sunday, August 9
Shadow

मुख्य समाचार

प्रहरीको गाडी दुर्घटनाग्रस्त, दुई डीएसपीसहित पाँच घाइते

प्रहरीको गाडी दुर्घटनाग्रस्त, दुई डीएसपीसहित पाँच घाइते

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, २८ श्रावन, रौतहट । नेपाल प्रहरीको गाडी रुकुम(पूर्व) मा पल्टिँदा दुई प्रहरी नायव उपरीक्षकसहित पाँचजना घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक रविन्द्र श्रेष्ठसहित अन्य सुरक्षाकर्मी रहेका छन् । सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरा जाने क्रममा प्रहरीको गाडी पुथा उत्तरगङ्गा गाउँपालिका–११ तल्लो सेरामा दुर्घटनामा परेको हो । गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं–५ का नं वडाध्यक्ष टिकासाई घर्तीले जानकारी दिए । घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइएको छ । सदरमुकामबाट प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिए ।...
त्रिशूली नदीमा एउटा ट्रक खस्यो

त्रिशूली नदीमा एउटा ट्रक खस्यो

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,२८ श्रावन, राैतहट । मुग्लिन नजिकै त्रिशूली नदीमा एउटा ट्रक खसेको छ ।इच्छाकामना गाउँपालिका वडा नम्वर ५ स्थित नाग्दी खोलामा ९ बजेतिर इँटा बोकेको ट्रक त्रिशूली नदीमा खसेको हो ।ट्रकको केही भागमात्रै देखिएको छ । त्यसमा कति जना सवार थिए र उनीहरूको अवस्था के छ भन्ने स्पष्ट भएको छैन ।प्रहरी टोलीले उद्धारको प्रयास गरिरहेको छ ।...
२१ वर्षीय श्रद्धाले गरिन् आत्महत्या

२१ वर्षीय श्रद्धाले गरिन् आत्महत्या

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,२५ श्रावन, इटहरी । इटहरीकी २१ वर्षीया श्रद्धा घिमिरेले आत्महत्या गरेकी छिन् । इटहरी सुष्मा कलेजमा कक्षा १२ मा अध्ययन गर्दै आएकी उनले कोठामा सलको पासो लगाएर आत्महत्या गरेकी इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काले बताएका छन् । उनी इटहरी दिदी भिनाजुकोमा बस्ने गरेकी थिइन् । आफन्तका अनुसार सोमबार साँझ ५ बजेतिर कोठा खोल्ना नखोलिएपछि ढोका फोरेर हेर्दा सलको पासो लगाएको अवस्थामा भेटिएकी थिइन् । मृतकको पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।...
पर्सामा १४३ किलाे गाँजा बरामद

पर्सामा १४३ किलाे गाँजा बरामद

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,२५ श्रावन, पर्सा । सशस्त्र प्रहरीले पर्सामा १४३ किलो गाँजा बरामद गरेको छ । वीरगन्ज महानगरपालिका ड्राइपोर्ट परवानीपुर सडकखण्डबाट सो गाँजा बरामद गरिएको हो ।रोकिराखेको भारतीय नम्बरप्लेटको मालवाहक ट्रकबाट सो गाँजा बरामद गरिएको सशस्त्रले जनाएको छ ।ट्रक र गाँजा नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।...
मुद्रा कराेबारकाे आराेपमा अमितलाई  जिल्ला अदालतबाट थुनामा राख्न आदेश

मुद्रा कराेबारकाे आराेपमा अमितलाई जिल्ला अदालतबाट थुनामा राख्न आदेश

banner-news-1, अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
२४ श्रावन, काठमाण्डाै - राष्ट्र बैंकको अनुमति बिना विदेशी मुद्राको कारोबार गरेको आरोप लागेका अमित श्रेष्ठलाई अदालतले थुनामा राख्न आदेश गरेको छ । मंगलबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायण सुवेदीले उनलाई थुनामा राख्न आदेश गरेका हुन् । नुवाकोट घर भएका श्रेष्ठलाई प्रहरीले क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा असार २९ मा पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध अवैध डलर कारोबार गरेको पुष्टि भएको भन्दै ४८ करोड ४ लाख ७२ हजार बिगो मागदाबी लिएर मुद्दा दायर गरेको थियो ।मोबाइल र ल्यापटपको फरेन्सिक जाँच रिपोर्ट अनुसार उनले राष्ट्र बैंकको अनुमति बिना विदेशी मुद्राको कारोबार गरेको देखिएको छ । उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ । साभार ‌: राताेपाटी...
सुचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही

सुचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,२४ श्रावन, राैतहट । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ। आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को दफा ३२ बमोजिम सूचना नदिने, आंशिक सूचना दिने तथा सूचनाको हकको कार्यान्वयन नगर्ने कार्यालय प्रमुखलाई कारबाही गरेको हो। विसं २०६५ सालमा स्थापना भएको आयोगले हालसम्म ३३ कार्यालय प्रमुखमाथि कारबाही गरिसकेको सूचना आयुक्त रत्नप्रसाद मैनालीले बताए। सूचना नदिएर कारबाहीमा पर्नेमा सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयका विभिन्न विभागमा कार्यरत कार्यालय प्रमुख छन्। हालसम्म सूचना नदिने तथा आंशिक सूचना दिने त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक सात, त्रिवि शिक्षा सेवा आयोगका अध्यक्ष चार, त्रिविका शिक्षाध्यक्ष एक, स्थानीय तहका कार्यालय प्रमुख चार, स्कुल तथा क्याम्पसका प्रमुख छ तथा अन्य ११ जना गरी जम्मा ३३ कार्यालय प्रमुखलाई आयोगले कारबाही गरिएको हो। सूचना...
मंसिर ४ काे निर्वाचनका लागि दल दर्ता शुरु

मंसिर ४ काे निर्वाचनका लागि दल दर्ता शुरु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क,२२ श्रावन, राैतहट । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आजदेखि दल दर्ता सुरुआत गर्ने भएको छ । आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिन आयोगमा यही साउन १९ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई साउन २२ देखि ३१ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सूचित गरेको हो ।निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, आयोगमा दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मितिलगायत विवरण खुलाउनुपर्ने छ ।यसैगरी दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति, राजनीतिक दलको सङ्गठनात्मक स्वरुप केन्द्रीयस्तर र प्रदेशस्तरको छ÷छैन, त्यसको जानकारी खुलाउनुपर्ने आयोगले जनाएको ...
कैलाली: डुबेर एक बालककाे ज्यान गयो

कैलाली: डुबेर एक बालककाे ज्यान गयो

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,२१ श्रावन, कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ मा आज एक बालकको पानीमा डुबेर ज्यान गएको छ। पानीमा डुबेर ज्यान जानेमा टीकापुर नगरपालिका–१ एकतानगर शिविरका लालसिँह परियारका छोरा वर्ष १२ का दिनेश परियार रहेकाे इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।उनी साथीहरुसँग स्थानीय जमरा कुलोमा नुहाउने क्रममा दिउँसो १२ बजे डुबेर बेपत्ता भएका थिए। उनलाई प्रहरी र स्थानीयले करिब १ घण्टापछि पानीमा डुबेको अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी हेमबहादुर शाहीले जानकारी दिए।पानीमा डुबेको अवस्थामा फेला परेका परियारलाई उपचारका लागि टीकापुर अस्पताल पुर्‍याइएको थियो। उनलाई टीकापुर अस्पतालका चिकित्सकले मृत घोषित गरेको डिएसपी शाहीले बताए।...
४३ जना डिएसपीकाे काज सरुवा (सुचीसहित)

४३ जना डिएसपीकाे काज सरुवा (सुचीसहित)

ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,२१ श्रावन, राैतहट । प्रहरी प्रधान कार्यालयले ४३ जना डीएसपीको सरुवा गरेको छ । उनीहरूलाई काज सरुवा गरिएको कार्यालयले जनाएको छ ।प्रहरी वृत्त बानेश्वरमा निशान्त श्रीवास्तव, दरबारमार्गमा कोपिला चुडाल, बालाजुमा रबिन विष्ट, जगातीमा राजकुमार श्रेष्ठ, गौशालामा सञ्जीवबाबु खड्का सरुवा भएका छन् ।...
शनिबार बिहान नुवाकोट केन्द्रबिन्दु भएर भूकम्प

शनिबार बिहान नुवाकोट केन्द्रबिन्दु भएर भूकम्प

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,२१ श्रावन, काठमाडौँ। काठमाडौँमा शनिबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नुवाकोटको बेलकोटगढी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ५.३ म्युग्निच्युड रहेको थियो ।गत साउन १५ गते पनि खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको थियो । पछिल्लो समय पराकम्पभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो ।...