Sunday, August 9
Shadow

मुख्य समाचार

भक्तजन जाग्रम गरेर मनाए जनाष्टमी

भक्तजन जाग्रम गरेर मनाए जनाष्टमी

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,४ भदाै, राैतहट । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन गरिने ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत शुक्रबार रातभर जाग्राम बसेर समापन गरिएको छ।अष्टमीका दिन पूजा आराधना गरी रात्रिकालमा जाग्राम बसेपछि ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत समापन हुने विधि छ। वैदिक सनातन धर्मावलम्बीले भाद्र कृष्ण अष्टमीका दिन पूजा आराधना गरी देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरिएको थियो। देशभरका कृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बसेका हुन्।अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्प...
राैतहटमा अटाे र बसकाे ठक्कर, ३ जनाकाे ज्यान गयाे

राैतहटमा अटाे र बसकाे ठक्कर, ३ जनाकाे ज्यान गयाे

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,२ भदाै, राैतहट। आज बिहान चन्द्रपुर नगरपालिका–२ पूर्व पश्चिम राजमार्गको पूर्वी लच्का नजिकै बस र अटोरिक्सा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।बिहीबार बिहान काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो बिहान ५ बजे एक आपसमा ठक्कर खाएको प्रहरीले जनाएको छ । दुर्घटनामा अटोमा सवार ४ जना मानिसहरु घाइते भएका थिए जसमध्ये ३ जनाकाे मृत्यु अस्पतालमा लगेपछि भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।मृत्यु हुनेमा अटोमा सवार सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर हुन् । उनीहरुलाई अस्पतालमा ल्याएपछि मृत घोषणा गरिएको हो । दुर्घटनामा घाइते भएकी ढकबहादुरकी श्रीमती सबिना लुंगेली मंगरको दुवै खुट्मा चोट लागेको छ । उनको चन्द्रपुर अस्पतालमा उपचा...
दार्चुला: जीप दुर्घटनामा ५ जनाकाे मृत्यु

दार्चुला: जीप दुर्घटनामा ५ जनाकाे मृत्यु

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,१ भदाै, दार्चुला। दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै ज्यान गएको छ । जीप सडकबाट पाँच सय मिटर तल खस्दा नौ जना घाइते भएका छन् ।गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से. १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ मा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।जीपमा रहेका चार पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । गम्भीर घाइते चार जनाको उद्धार गरेर उपचारको निम्ति गोकुलेश्वर पठाइएको छ । अन्यको उद्धार भइरहेको प्रहरीले जनाएको छ ।...
सुन जस्तै देखिने धातु सहित ४‌ जना पक्राउ

सुन जस्तै देखिने धातु सहित ४‌ जना पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,१ भदाै, राैतहट । काठमाडौंकाे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट करिब ४९ ग्रामको २ थान सुनको बेरुवा औठी र १ थान आईफोन-१३ सहित मंगलबार दिउँसो ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ तुल्सीपुर उपमहानगरपलिका-१२ घर भएका २६ वर्षीय शिखर कुमार उपाध्याय, मकवानपुर हेटौंडा उपमहानगरपालिका-९ घर भएका ४६ वर्षीय बुद्धी बहादुर थिङ, रामेछाप दोरम्बा गाउँपालिका-३ घर भएका २० वर्षीय नारायण थापा मगर र रामेछाप दोरम्बा गाउँपालिका-४ घर भएका ३२ वर्षीय राज कुमार योन्जन तामाङ रहेका प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका शिखरलाई जाँच गर्ने क्रममा उक्त औंठी र मोबाइल सहित फेला पारी पक्राउ गरेको प्रहरीले उक्त औठी र मोबाइल लिन विमास्थलमा आएका अन्य तीन जना समेतलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...
रौतहटबाट माधव नेपाल चुनाव लड्ने

रौतहटबाट माधव नेपाल चुनाव लड्ने

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल, १ भदौ, रौतहट । आउँदो प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चुनाव लड्ने भएका छन् । लामो समय रौतहट र काठमाडौंबाट चुनाव लड्दै आएका नेपालले एउटा निर्वाचन क्षेत्रमा मात्र उम्मेदवार हुन पाउने भएपछि २०७४ मा काठमाडौं–२ रोजेका थिए । तर अहिले एमाले विभाजन गरेर एकीकृत समाजवादी बनाएका नेपालका लागि काठमाडौं–२ भन्दा रौतहट सुरक्षित मानिएको छ । नेपाल स्वयंको गृह जिल्लाबाटै चुनाव लड्ने चाहना पनि रहेको उनको निजी सचिवालयले जनाएको छ । चुनाव लड्ने तयारीका साथ नेपालले रौतहटमा आउजाउ पनि बढाएका छन् । १६ साउनमा मात्र उनले गौर सभाहल र रामजानकी मण्डप लगायतका योजनाको शिलान्यास गरेका थिए । भदौमा पनि उनी जाने तयारी छ । एकीकृत समाजवादीका रौतहट अध्यक्ष कमल राय यादवले पनि नेता नेपाल रौतहट आउने संकेत गरे । उनले भने, ‘हामीले उहाँलाई रौतहट १...
सुदूरपश्चिममा हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदै

सुदूरपश्चिममा हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदै

ताजा-अपडेट, मुख्य समाचार
किरण धामी१‌ भदाै, डोटी । आज भदौ १ गते डोटी सहित सुदूरपश्चिम भरि ओल्के सङ्क्रान्ति मनाइँदै छ । “बिसुँ खानु मरुँलो भनी, ओल्के खानु बाँचुलो भनी” भन्ने कथनका साथ मनाइने ओल्के पर्व अजा हर्षोल्लासका साथ मनाइँदै छ । आजको दिनलाई बर्खा यामको प्रकोप र महामारीबाट बचेर नयाँ जीवनको प्राप्ति भएको खुसीयालीमा ओल्के पर्व मनाइँदै आएको जनविश्वास रहेको छ ।डोटेली भाषामा ओल्के भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । आज बिहानै नुहाई धुवाई गरी विभिन्न परिकार बनाएर सागपात, फलफूल, अन्न, दूध, दही, घिउ, गुड र पकवान आदि मान्यजन र आफन्तकहाँ लगेर भेटघाट गर्न जाने चलन छ । विभिन्न मन्दिरमा नयाँ अन्नबाली ओल्केका रूपमा देवतालाई समेत चढाउने गरिन्छ ।ओल्के चाडको दिन गाउँ नजिकको डाँडामा जम्मा भएर रूख बिरुवाका हाँगा र झ्याङ काटेर एक ठाउँमा थुप्रो बनाउने गरिन्छ । यसलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भनिन्छ । यसरी बनाइएको थुप्रोलाई...
निर्माण व्यवसायी संघ राैतहटकाे अध्यक्षमा यादव निर्वाचित

निर्माण व्यवसायी संघ राैतहटकाे अध्यक्षमा यादव निर्वाचित

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,३१ श्रावन, राैतहट । निर्माण व्यवसायी संघ रौतहटको अध्यक्षमा कृष्णदेव यादव निर्वाचित भएका छन् ।राजदेवी नगरपालिकाका पूर्वमेयर तथा निर्माण व्यवसायी धिरेन्द्र सिंहलाई १२ मतले पराजित गर्दै यादव अध्यक्षमा निर्वाचित भएका हुन् ।संघको सातौ साधारण सभामा भएको निर्वाचनमा  अध्यक्षमा निर्वाचित यादवले १६० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सिंहले १४८ मत प्राप्त गरेका थिए ।यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा सर्वाधिक १८० मत प्राप्त गर्दै  उपेन्द्रकुमार यादव निर्वाचित भएका छन् । उपाध्यक्षमा उपेन्द्र यादव, महासचिवमा श्रीकान्तप्रसाद यादव, सचिवमा कल्याण कार्की, कोषाध्यक्षमा विक्रान्त विक्रम नेपाल र सहकोषाध्यक्षमा वीरेन्द्र चौधरी निर्वाचित भएका छन् ।संघको क्षेत्रीय उपाध्यक्षहरूमा क्रमश पवन किशोर साह, प्रमोद कोइरी र रामवषिष्ठ राय यादव निर्वाचित भएका छन् ।सदस्यहरुमा वीरेन्द्र प्रसाद, नितेश...
९० किलाे गाँजा सहित एम्बुलेन्स प्रहरीकाे नियन्त्रणमा

९० किलाे गाँजा सहित एम्बुलेन्स प्रहरीकाे नियन्त्रणमा

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,३१ श्रावन, सिरहा – लाहान प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजा सहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ ।गोप्य सूचनाको आधारमा प्रहरीले को १ च ७५७७ नम्बरकाे एम्बुलेन्स लाई खानतलासी गर्दा प्रतिबन्धित लागू औषध ९० किलो गाजा बरामद भएको प्रहरीले जनाएको हो । प्रहरीले अहिले एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरि कार्यालय लाहानका डिएसपी कुमार मैनालीको कमाण्ड खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध गाजा बरामद गरेको हो । चालक र एम्बुलेन्स गाजा सहित ईलाका प्रहरी कार्यलय लाहान मा रखेको ईलाका प्रहरि कार्यालय लाहानका डिएसपी कुमार मैनालीले बताएका छन । पुर्व पछिम लोकमार्गमा पछिमबाट पुर्व जाँदै गरेको एम्बुलेन्सलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानको अगाडि बाट पक्राउ गरेको ईलाका प्रहरी कार्यलय लाहानका डिएसपी कुमार मैनालीले बताएका छन ।...
कुनै बेला रौतहट सदरमुकाम कटरवन

कुनै बेला रौतहट सदरमुकाम कटरवन

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
धर्मेन्द्र कुमार साह ३० श्रवान , राैतहट । राजदेवी नगरपालिका रौतहट जिल्लाको सदरमुकाम गौर संग सिमाना जोडिएको नगरपालिका हो । गौर भन्दा करिब ५ किलो मिटर पुर्व उतरमा रहेको हालको राजदेवी नगरपालिकाको साविकको कटरवन जसलाई करवाना पनि भनिन्छ,ले आफ्नै ईतिहास बोकेको छ । कुनै बेला हालको रौतहटको मुख्य प्रशासनिक केन्द्र कटरवनमा रहेको कुरा नया पुस्ताको लागि अनौठो लाग्न सक्छ तर करिब ९ दसक पुर्व रौतहटको मुख्य प्रसाशनिक केन्द्र हालको राजदेवी नगरपालिकाबाटै संचालनमा रहेको थियो । विक्रम संवत २०१८ साल पुर्व रौतहट ,बारा र पर्साको एउटै प्रशासनिक केन्द्र रहेको बखत रौतहटको प्रसाशनिक केन्द्र तत्कालिन गाउ पंचायत कटरवनबनबाट संचालन हुदै आएको थियो । त्यो बेला बारा पर्सा र रौतहटको मुख्य प्रशासनिक कार्य बिरगंज गौडाबाट संचालन गरिन्थ्यो l तत्कालिन समयमा गौडाका मुख्य कर्मचारीलाई बडाहाकिम ( बडहाकिम) भन्ने गरिन्थ्यो ...
खेतमा पानी जमेर देवाही गाेनाहीका किसानहरु पिडित

खेतमा पानी जमेर देवाही गाेनाहीका किसानहरु पिडित

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव, ३० श्रावन राैतहट । केहि दिन यता भएको अविरल वर्षा कारण देवाही गोनाही नगरपालिका स्थित करुनिया देखि गोनाही बजार सम्म जाने सडकखण्डको पश्चिमतिर खेती योग्य जमिनमा पानी जमेर किसानहरु पिडित बनेका छन् । देवाही गोनाही नगरपालिकाका नगरप्रमुख र उप नगर–प्रमुखको लापरवाही कारण खेती योग्य जमिनबाट पानी निकास हुन नसकेको र बालीनालीलाई समेत क्षति पुगेको किसानहरूले बताए । कृषि प्रधान भनिएको देशमा पनि किसानको समस्याबारे जनप्रतिनिधिहरुले पहल गर्न नसकेको किसानहरुको भनाई छ । रौतहटको देवाही गोनाही स्थित करुनिया देखि गोनाही बजार जाने सडक खण्डको विभिन्न ठाउँमा लगाइएको ह्यूम पाईप हटाइएपछि सडकको पश्चिमपट्टीका खेतमा पानी जमेर किसानहरु पिडित हुन बाध्य बनेका छन् । करुनिया देखि गोनाही बजार जाने सडकको विभिन्न ठाउँमा ह्यूम पाइप लगाइएको थियो । तर पूर्वतिर खेत भएका धनीहरुले विरोध गरेपछि उक्त ह्यूम पाईप हटाइएको ह...