Sunday, July 26
Shadow

मुख्य समाचार

खसीको मासु भनेर बाख्राको मासु बेच्ने देवान जीतपुर बाट पक्राउ

खसीको मासु भनेर बाख्राको मासु बेच्ने देवान जीतपुर बाट पक्राउ

मुख्य समाचार
बारा : खसीको मासु भन्दै उपभोक्तालाई झुक्याएर बाख्राको मासु बेच्ने एक व्यापारीलाईबारा प्रहरीले पक्राउ गरेको छ।जीतपुरसिमरा उपमहानगरपालिका -७ जेतापुर स्थित मुस्कान सप्लायार्स एण्ड फ्रेस हाउसका सञ्चालक मिश्री देवान पक्राउ परेका हुन्। उनको पसलबाट प्रहरीले करिब ४ किलो बाख्राको मासु समेत बरामद गरेको छ।     बाख्राको मासु बेचिरहेको गुनासोपछि इलाका प्रहरी कार्यालय जीतपुरको टोलीले उनको पसल अनुगमन गरेको थियो। सो क्रममा बाख्राको मासु भेटिएपछि प्रहरीले देवानलाई पक्राउ गरी आवश्यक कारबाही अगाडी बढाएको छ। पसलमा  खसीको मासुको सानो टुक्रासंगै छाला बिनाको बाख्रालाई खसीको अण्डकोष र पिसाब गर्ने लिंग जस्तो बनाई खसीको मासुसँगै बिक्री गर्नको लागि राखेको अवस्थामा मासु भेटिएको प्रहरीले जनाएको छ।...
ईलाका प्रहरी कार्यालय छतवा माथि गलत आरोप लगाइयो : स्थानीयबासी

ईलाका प्रहरी कार्यालय छतवा माथि गलत आरोप लगाइयो : स्थानीयबासी

मुख्य समाचार
बारा । ईलाका प्रहरी कार्यालय छतवालाई बदनाम गर्ने उदेश्यले छतवा प्रहरी चौकीको बारेमा गलत समचार सम्प्रेषण भइरहेको स्थानियहरुले बताएको छ । ईलाका प्रहरी कार्यालय छतवामा नभएको घटनालाई समाचारमा देखाएर प्रहरी चौकीमा कार्यरत प्रहरी र छतवा प्रहरी चौकीलाई बदनाम गर्नमा लागि परेको भेटिएको छ ।प्रहरी चौकी तस्करको कब्जामा, इन्चार्ज सई फरार भन्ने शिर्षकको समचार भ्रामक र कपोकल्पित रहेको स्थानीयबासीले बताएको छ ।     जिल्ला प्रहरी कार्यालय बाराको टोलीले धान तस्करी भईरहेको सूचना पाए पछि छतवामा तस्करी भएर नेपाल आईरहेको धान नियन्त्रणमा लिनको लागि त्यहाँ पुगेको थियो तर त्यहाँ जिल्ला बाट गएको प्रहरी माथि कुनै किसिमको आक्रमण न भएको छतवाका वडा अध्यक्ष सन्तोष पटेलले बताउनु भयो ।उहाँले भन्नु भयो जिल्ला बाट प्रहरीको टोलि आएको खबर आफुले पाए पछि आफु पनि ईलाका प्रहरी कार्यालय छतवामा पुगेको तर त्यहाँ स्...
बारा बाट १८ लाखको डिस्पोजेबल इलेक्ट्रोनिक सिगरेट बरामद

बारा बाट १८ लाखको डिस्पोजेबल इलेक्ट्रोनिक सिगरेट बरामद

मुख्य समाचार
बारा – काठमाडाैँबाट मलंगवातर्फ आउँदै गरेको बसबाट १८ लाखको डिस्पोजेबल इलेक्ट्रोनिक सिगरेट बरामद भएको छ। प्रहरीले चेकजाँचको क्रममा जि.बारा निजगढ नगरपालिका ९८ तामागढी गेटबाट उक्त परिमाणको डिस्पोजेबल इलेक्ट्रोनिक सिगरेट बरामद गरेको हो।   काठमाडाैबाट मलंगवातर्फ जाँदै गरेको प.३९०१९००६ ख १२८९ नम्बरको बसमा डिस्पोजेबल इलेक्ट्रोनिक सिगरेट १० कार्टुन बरामद गरिएको बाराका प्रहरी प्रबक्ता एवम् डिसपी दधिराम न्यौपानेले जानकारी दिए।...
आयोग नबनाएर सरकारले सुनकाण्डमा आफ्नो संलग्नता लुकाउन खोजेको ओलीको आरोप

आयोग नबनाएर सरकारले सुनकाण्डमा आफ्नो संलग्नता लुकाउन खोजेको ओलीको आरोप

banner-news-1, खबर बिषेश, मुख्य समाचार, राजनीति
काठमाडौँ-  एमालेका अध्यक्ष एव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुनसम्बन्धी उच्चस्तरीय छानबिन आयोग नबनाएर आफ्नो संलग्नता लुकाउने बाटो खोजेको आरोप लगाएका छन्। सुनसम्बन्धी उच्चस्तरीय छानबिन आयोग बन्न नदिएर सरकारले सय केजी सुन ६० केजीमा झारेको आरोप पनि लगाए। उनले भने- ‘आयोग बन्न नदिएको सफलता यही हो।’ ‘खोलाहरुमा सुन बगिरहेको छ भन्ने सुन्छौँ, हामी एयरपोर्टमै सुन बग्यो, सुन बाटोभरि मात्रै होइन, कुबाटोभरि पनि बगिरहेको छ। पक्राउ परेर कुनै घाटा छैन,’ उनले भने। नेपालमा ३३ क्विन्टल सुन भित्रिएको भन्दै यत्रो लगानी कसरी गर्छ भन्दै उनले आश्चर्य पनि प्रकट गरे। ‘यही खुल्छ भनेर छानबिन आयोग बनेन। अर्थतन्त्र कुबाटोतिर गयो। अर्थतन्त्रको तरलता त त्यहाँ पो रहेछ,’ उनले भने, ‘यसरी पैसा जाँदो रहेछ उता, अनि यहाँ कहाँ पैसा हुन्छ? जब प्रशासन, शासन, कर्मचारीतन्त्र चलेको छैन भने त्यहाँको खर्च कसरी चल्छ?...
निगमले पेट्रोल र डिजेलको मूल्य बढायाे

निगमले पेट्रोल र डिजेलको मूल्य बढायाे

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं— नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा १४ रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।नयाँ मूल्य मंगलबार राति १ बजेदेखि लागू हुने निगमका प्रवक्ता मनोज ठाकुरले विज्ञप्तिमार्फत जनाएका छन् । विज्ञप्ति :
४६ नवबढुवा प्रहरी नायव उपरिक्षक (डिएसपी)हरुकाे पदस्थापन (नामावली सहित)

४६ नवबढुवा प्रहरी नायव उपरिक्षक (डिएसपी)हरुकाे पदस्थापन (नामावली सहित)

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - नेपाल प्रहरीका ४६ जना नवबढुवा प्रहरी नायव उपरीक्षक(डिएसपी)हरूको पदस्थापन गरेको छ।प्रहरी महानिरीक्षक बसन्त कुँवरको निर्णयबाट प्रहरी नायव उपरीक्षकहरूको पदस्थापन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। नेपाल सरकार, गृह मन्त्रालय (सचिवस्तर) काे ज्येष्ठ २९ गतेकाे निर्णयानुसार आज पदस्थापन गरिएकाे नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ। नामावली:...
बिमानस्थलबाट बरामद १०० किलाे सुन आजदेखि पगालिने

बिमानस्थलबाट बरामद १०० किलाे सुन आजदेखि पगालिने

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार परिसरबाट गत साउन २ गते बरामद गरिएको एक सय किलो सुन आजदेखि पगालिने भएको छ ।राजस्वले बरामद गरेको सुन आजदेखि जोख्ने प्रक्रिया थाल्न लागिएको हो । टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले आजदेखि सुन पगालेर जोख्न थालिने बताएका छन् ।आचार्यका अनुसार आजदेखि सुन जोख्न थालिने छ । प्रारम्भमा आज एउटा ब्रेक शु खोलेर डेमो देखाइने छ । त्यसपछि सुन जोख्ने काम थालिने छ । त्यसअघि एउटा ब्रेक शुमा कति सुन छ भनेर डेमो देखाइने छ । त्यसपछिमात्र सुन जोख्ने काम हुनेछ ।राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकको टक्सार महाशाखामा सिलबन्दी गरेर राखिएको छ । राजस्वले बरामद गरेको ब्रेकशु सहितको सुनको तौल १५५ केजी रहेको बताउँदै आएको छ ।...
गढीमाई नगरपालिकाकाे नवाैं नगरसभा सम्पन्न

गढीमाई नगरपालिकाकाे नवाैं नगरसभा सम्पन्न

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - गढिमाई नगरपालिकाले आफ्नो ९ औं नगरसभा सम्पन्न गरेको छ। रौतहटको गढिमाई नगरपालिकाको नवौं नगरसभा २०८० नगरपालिकाको समनपुर स्थित कार्यालयमा सुसम्पन्न भएको हो ।नगर सभामा नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै नगर प्रमुख श्यामप्रसाद यादवले नगरको समृद्ध विकासको पूर्वाधार निर्माण गर्न विशेष प्राथमिकता दिईनेछ, शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, पर्यटन पूर्वाधार, विपद व्यवस्थापन लगायतका जनजिविका संग जोडिएका सम्पूर्ण आवश्यकतालाई प्राथमिकता दिदै यश आर्थिक बर्षमा जोड दिईने बताए ।आर्थिक बर्ष २०८०/०८१ का लागि ५३ करोड १५ लाख ८४ हजार ४ सयको बजेटमा चालु तर्फ ३७ करोड ७२ लाख ४७ हजार ४ सय तथा पुुंंजिगत तर्फ १५ करोड, ४३ लाख ३७ हजारको बजेट नगरप्रमुख यादवले प्रस्तुत गर्दै घोषणा गरे ।उपनगर प्रमुख अस्मिता यादवले नवौं नगर अधिवेशनको सफलताको कामना गर्दै स्वागत गरे ।वडा नं ५ का वडाध्यक्ष राजिव रंजन यादवले न...
राज्यमन्त्री  माे.शेख अब्दुल कलामद्वारा राैतहटकाे बाढी ग्रसित क्षेत्रहरुकाे अनुगमन

राज्यमन्त्री माे.शेख अब्दुल कलामद्वारा राैतहटकाे बाढी ग्रसित क्षेत्रहरुकाे अनुगमन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
राैतहट - मधेश प्रदेशका उर्जा, सिँचाइ तथा खानेपानीका राज्य मन्त्री माे.अब्दुल कलाम आजाद राैतहटकाे गाैर पुगेका छन् । भिषण वर्षा कारण लालबकैया र बागमती नदीकाे जलसतह बढेकाे थियाे । जसकारण कतिपय ठाउँका नदीका टट्बन्धहरु काटिएका छन् । साेही कटानीबाट भएकाे क्षति तथा व्यवस्थापनकाे निरिक्षणका लागि राज्यमन्त्री आजाद राैतहटका बिभिन्न ठाँउ पुगेका हुन् । राजपुर नगरपालिका वडा नं.९ अवस्थित बैरिया घाटमा भएको लगभग ८० मिटर कटानीलाई नियन्त्रण तथा मर्मत कार्य अन्तर्गत सिँचाइ कार्यालय राैतहटबाट माननिय माे. अब्दुल कलाम अजाद र मा. शाेभा देवीकाे पहलमा बाँधलाई तत्कालै व्यवस्थापनका लागि बाेरा र जाल लगायत अन्य सरसमाग्रीहरुकाे व्यवस्था गरिएकाे छ । त्यसैगरी, यमुनामाई गाउँपालिका वडा नं ३ मलहिनियामा रहेकाे लालबकैया तटीय क्षेत्रकाे लगायत अन्य बाढी ग्रसित क्षेत्रहरुकाे पनि निरिक्षण गर्नुभएको छ। निर...
प्रहरी श्रीमती संघको ३९ औं बार्षिक उत्सवमा राैतहट प्रहरीद्वारा बृक्षारोपन कार्यक्रम

प्रहरी श्रीमती संघको ३९ औं बार्षिक उत्सवमा राैतहट प्रहरीद्वारा बृक्षारोपन कार्यक्रम

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - नेपाल प्रहरी श्रीमती संघको ३९ औं बार्षिक उत्सवमा राैतहट प्रहरीले वृक्षा राेपनका कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी उपरीक्षक बिरबहादुर बुढामगर जिल्ला प्रहरी कार्यालय राैतहटकाे नवनिर्मित भवनको परिसर भित्र बृक्षारोपन कार्यक्रम सम्पन्न भएको हाे। बिहिबार बिहान जिल्ला प्रहरी कार्यालय रौतहटको परिसर भित्र बृक्षारोपन कार्यक्रम सम्पन्न भएको हाे। प्रहरी उपरीक्षक बिरबहादुर बुढामगर, प्रहरी निरीक्षक बिन्देश्वर यादव, लेखा प्रमुख नेत्र काफ्ले लगायत अन्य प्रहरी टाेलीहरुकाे उपस्थिति रहेको थियो।...