Monday, August 10
Shadow

मुख्य समाचार

९ जना फरार प्रतिवादी रौतहटमा पक्राउ

९ जना फरार प्रतिवादी रौतहटमा पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
रौतहट – सम्मानित अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका ९ जनालाई ईलाका प्रहरी कार्यालय राजपुरले पक्राउ गरेको छ ।
महाेत्तरीकाे इँटा भट्टामा एक जना मृत अवस्थामा फेला

महाेत्तरीकाे इँटा भट्टामा एक जना मृत अवस्थामा फेला

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
महाेत्तरी - महोत्तरीको औरहीमा एक जना पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार जिल्लाको औरही नगरपालिका ७ स्थित एमटीएल इँटा भट्टामा स्थानीय ५२ वर्षीय इन्द्रदेव झा मृत अवस्थामा भेटिएको हाे । सोमबार साँझ घरबाट निस्केका झाको शव मंगलबार बिहान ११ बजेतिर इँटा भट्टामा परालको छाप्रोभित्र फेला परेको प्रहरीले जनाएको छ । निजको हत्या गरि सो स्थानमा राखिएको आशंकामा घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महाेत्तरीले जनाएको छ ।मृतक झाको बायाँ आँखा पनि फुटेको प्रहरीले जानकारी दिएको छ ।...
भारतीय राजदूत तथा उपप्रधानमन्त्री बीच भेटवार्ता

भारतीय राजदूत तथा उपप्रधानमन्त्री बीच भेटवार्ता

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटबार्ता भएको छ । उपप्रधानमन्त्री श्रेष्ठ र राजदूत श्रीवास्तवबीच आज मन्त्रालयमा भेटवार्ता भएको हो ।भेटमा राजदूत श्रीबास्तवले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई एंव नयाँ कार्यकालको शुभकामना दिए । यस्तै, श्रीबास्तवले नेपालको विकास निर्माणका लागि अहिलेसम्म भइरहेको भारतीय सहयोग भावी दिनमा पनि कायम रहने बताए । यस्तै, विकास निर्माणका केही विषयको छलफल मन्त्रालयस्तरबाटै गर्ने लगायतका विषयमा समेत कुराकानी भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।भेटका क्रममा मन्त्री श्रेष्ठले भारतीय सहयोगमा बनिरहेका आयोजनाहरूको काम छिटो सक्नुपर्ने, विवाद देखिएका आयोजनाको विवाद समाधान गर्नुपर्नेबारे बताएका थिए । यस्तै, केही आयोजनाहरूको मुआब्जा विवाद अदालतसम्म पुगेको र त्यो विवाद नेपाली पक्षब...
सुवर्ण गाउँपालिकाको हाकिम महिनाै देखि बेपत्ता, कामकाज प्रभावित

सुवर्ण गाउँपालिकाको हाकिम महिनाै देखि बेपत्ता, कामकाज प्रभावित

ताजा-अपडेट, मुख्य समाचार
बारा - बाराको सुवर्ण गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत एक महिना देखि कार्यालयमा हाजिर नभएको कारण स्थानीय कामकाज प्रभावित बनेकाे छ । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्त मङ्सिर १६ गते देखि कार्यालयमा अनुपस्थित भएका छन् ।कार्यालयका प्रशासकीय अधिकृत नहुदा दैनिक काम कार्वाही , कर्मचारीको तलब देखि विभिन्न आर्थिक काम अवरुद्ध भएको भन्दै त्यहाँ कार्यरत कर्मचारी र जनप्रतिनिधिहरुले प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाललाई ज्ञापनपत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालयको सभाहलमा प्रमुख जिल्ला अधिकारी लाई गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादव नेतृत्व मा गएको जनप्रतिनिधि र कर्मचारीहरुको टोलिले ज्ञापन पत्र बुझाएको हो ।ज्ञापनपत्रमा ,” प्रशासकीय अधिकृत श्रीवास्तावले लिखित जानकारी नगराई मङ्सिर १५गते देखि कार्यलयमा हाजिर नरहेको र पटक पटक फोन गर्दा मोबाईल स्वीचअफ गरेको र म्यासेज ...
गाैरबाट श्राेत नखुलेको नगदसहित दुई भारतीय पक्राउ

गाैरबाट श्राेत नखुलेको नगदसहित दुई भारतीय पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - जिल्लाकाे सदरमुकाम गाैरबाट श्राेत नखुलेको नगदसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेका छन् ।स्रोत नखुलेको भारतीय रुपैयाँसहित भारतको मोतीहारी गोपालपुर बल्हाचोकका ३५ वर्षीय आजात कुमार मालाकार र सोही स्थानका २२ वर्षीय संजिव कुमार तिवारीलाई प्रहरीले गौर नगरपालिका वडा नम्बर १ बाट हिरासतमा लिएको हाे । भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एएन १५९० नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई शंकास्पद अवस्थामा रोकी चेकजाँच गर्ने क्रममा ४ लाख ४९ हजार ५ सय भारतीय रुपैयाँसहित साेमबार बिहान दुवै जनालाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।उनीहरुको साथबाट बरामद भएको भारतीय रुपैयाँको स्रोत खुलाउन नसकेको कारण नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । पक्राउ परेका उनी दुवै जनामाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।...
स्वतन्त्र सांसद किरण साह एमालेमा प्रवेश

स्वतन्त्र सांसद किरण साह एमालेमा प्रवेश

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
राैतहट । रौतहट क्षेत्र नं २ का स्वतन्त्र सङ्घीय सांसद किरण कुमार साह नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।सोमबार साँझ बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र सांसद साहलाई एमालेमा प्रवेश गरेका हुन्। पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले स्वतन्त्र सांसद किरण साहलाई खाँदा ओढाएर टीका लगाई विधिवत् रूपमा पार्टी प्रवेश गराएका थिए ।उक्त अवसरमा केपी शर्मा ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, रौतहट क्षेत्र १ का सङ्घीय सांसद प्रत्याशी अजयकुमार गुप्ता, प्रदेश सांसद प्रत्याशी राजकिशोर यादव, एमालेका स्थानीय नेता शेख फजिले हक लगायतको उपस्थिति रहेको थियो । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार किरण साहले तत्कालीन सत गठबन्धनका उम्मेदवार तथा पुर्व मन्त्री हाल नख्खु कारागारमा रहेका महमद आफताभ आलमका छोरा फोर्दोस आलमलाई झन्डै ७ हजार मतको अन्तरले पराजित गरी वि...
२२ वर्षीय युवतीलाई १९ जनाले पालैपालो बलात्कार गरे

२२ वर्षीय युवतीलाई १९ जनाले पालैपालो बलात्कार गरे

ताजा-अपडेट, मुख्य समाचार
नेपालगन्ज - नेपालगञ्जमा जो कोहीका आँशु बग्ने अत्यन्तै क्रुर अपराध भएको छ । नेपालगञ्जको जानकी गाउँपालिका वडा नं. ३ मा बस्ने पुष्पा मगर (नाम परिवर्तन) लाई १९ जनाको समूहले अपहरण गरेर पालैपालो बला’त्कार गरेको घटना बाहिर आएको छ ।पुष्पा र उनका श्रीमानको सामान्य झगडा पश्चात सो घटना हुन पुगेको हो । जब श्रीमानले खाना बनाउन लगाएको तर पुष्पाले खाना नबनाएर आमासँग फोनमा बोल्दा सिम भाँचेर फ्यालिदिए पश्चात सामान्य झगडा भएको थियो ।त्यसपछि रुकुम माइत जान्छु भनेर हिडिकी पुष्पालाईबिच बाटोमा १९ जनाको समूहले अपहरण गरेर अडर झाडिमा लगेर करणी गरेका थिए । पुष्पाको मुख थुनेर, हात खुट्टा समाएर अडर झाडिमा लामो समयसम्म लगातार पालै पाले बलात्कार गरिएको पीडितले बताएकी छिन् ।मादक पदार्थ सेवन गरेका ती १९ जनाको समूहले सामूहिक करणीको समय पुष्पालाई याताना दिने, पिटने जस्ता अनैतिक कामहरु पनि गरेका थिए । भर्खर विवाह गरेको ११ म...
हातहतियारसहित एक भारतीय युवा पक्राउ

हातहतियारसहित एक भारतीय युवा पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
बारा । प्रहरीले हतियारसहित एक जना भारतीय युवालाई पक्राउ गरेकाे छ ।भारतको बिहार पूर्वी चम्पारण मोतिहारी जिल्लाको मोतिहारी नगरपालिका-१६ का ४० वर्षीय चन्दन कुमारलाई जिल्लाको सीमावर्ती नाका गुलरियाबाट सशस्त्र प्रहरीले पेस्तोल र त्यसमा लाग्ने गोलीसहित उनलाई आइतबार साँझ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेको निजका साथबाट एक थान पेस्तोल, म्याग्जिन र ७ राउन्ड गोली सशस्त्र प्रहरीले बरामद गरेको छ ।प्रहरीका अनुसार दाहिने कम्मरमा होस्टाइल भित्र मोडल नं २०२२ आर एफ आई लेखिएको ३ राउण्ड गोली लोड भएको पेस्तोल तथा आफ्नो, पत्नीको र दाइको भारतीय आधार कार्ड र ११ हजार २ सय ७० भारतीय रूपैयाँ लगाएत एउटा मोबाइल समेत उनको साथबाट सशस्त्र प्रहरीले बरामद गरेको छ ।पक्राउ परेका कुमारलाई ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा राखी यसबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।...
भारतबाट इन्धनको मूल्य बढेर आए पनि नेपालमा यथावत् रहने

भारतबाट इन्धनको मूल्य बढेर आए पनि नेपालमा यथावत् रहने

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार हिजो आईओसीले मट्टितेलबाहेकका इन्धनको नयाँ मूल्य पठाएको हो ।पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७५ पैसा, डिजलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्यासमा प्रति सिलिन्डर ७८ रुपैयाँ २२ पैसाले मूल्य बढेर आएको निगमले जनाएको छ । भारतबाट मूल्य बढेर आए पनि नेपालमा भने यथावत् नै रहने निगमले जनाएको छ ।स्वचालित मूल्य प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य थपघटको अवस्था हेरेर इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ । अहिले मट्टितेलबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भए पनि नेपालमा भने नबढाइएको निगमले जनाएको छ । अहिले पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७८ तथा डिजल र मट्टिते...
मधेश प्रदेशमा प्रदेशसभाकाे पहिलो अधिवेशन आज

मधेश प्रदेशमा प्रदेशसभाकाे पहिलो अधिवेशन आज

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
जनकपुर - मधेस प्रदेशसभाको पहिलो अधिवेशन आज सुरु हुँदैछ । नवनिर्वाचित प्रदेशसभाको पहिलो अधिवेशन आज दिउँसो १ बजेबाट सुरु हुन लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेको अध्यक्षतामा सुरु हुन लागेको अधिवेशनको पहिलो बैठकको सम्भावित कार्यसूचीमा चार वटा विषय रहेका प्रदेशसभा सचिव रञ्जितकुमार यादवले जानकारी दिए । बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ । त्यस्तै प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ अनुमोदन गरियोस् भन्ने प्रस्ताव पेश गर्नुका साथै नियमावलीको नियम ११ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयन हुने सचिव यादवले बताए । बैठकमा अधिवेशन प्रारम्भ भएको अवसरमा प्रदेशसभामा रहेका दलका प्रतिनिधिले वक्तव्य दिने र नियमावलीको नियम ७ बमोजिम सभामुखको निर्वाचनको मिति तोक्नेसम्बन्धी प्रस्त...