Monday, July 27
Shadow

अन्तर्राष्ट्रिय

श्रीलंकामा बुद्ध जयन्ती

श्रीलंकामा बुद्ध जयन्ती

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
सच तक नेपाल डेस्क, ५ जेठ, श्रीलंका । २५६६ औं बुद्ध जयन्तीको अवसरमा नेपालस्थित श्रीलंकाको दुतावासमा बुद्ध जयन्ती मनाइएको छ । अखिल नेपाल भिक्षु महासंघको उपस्थितिमा दुतावासले बुद्ध जयन्ती मनाएको हो । भिक्षुहरुले बुद्ध बन्दना गरेर पञ्चशिल प्रार्थनासमेत गर्नु भएको थियो । सिंहल र नेपाली भाषामा भिक्षुहरुले धम्म देशना गर्नु भएको थियो । सो अवसरमा नेपालका लागि श्रीलंकाका राजदुत हिमाली अरुणातिलकाले बुद्ध धर्म नेपाल र श्रीलंकाबीचको मित्रताको आधार स्तम्भ भएको बताउनु भयो । उहाँले यही प्राचिन बुद्ध धर्म मार्फत मित्रताको सम्बन्धलाई अझ प्रगाढ बनाउनु पर्नेमा जोड दिनु भयो । बौद्ध राष्ट्र श्रीलंकाले प्रत्यक वर्ष बुद्ध जयन्ती नेपालमा मनाएता पनि कोरोनाका कारण विगत दुई वर्षमा बुद्ध जयन्ती स्थगित भएको थियो ।...
किसान पुनः आन्दोलित, चंडीगढ़–मोहाली सीमा क्षेत्रमा धर्ना जारी

किसान पुनः आन्दोलित, चंडीगढ़–मोहाली सीमा क्षेत्रमा धर्ना जारी

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
एजेन्सी । केहि दिन यता सामान्य रहेका किसान पुन आन्दोलित भएका छन् । गहूँमा बोनस दिनुपर्नेलगायत विभिन्न माग राख्दै भारतमा फेरि किसान आन्दोलन शुरु भएको छ । भारतको पंजाब राज्यका किसानहरु फेरि आन्दोलित बनेका हुन् । पञ्जाब राज्यमा अहिले आम आदमी पार्टीको सरकार छ । राज्य सरकारलाई दबाव दिने उदेश्यले राजधानी चंडीगढ़तर्फ जाँदै गरेका आन्दोलनमा सहभागी किसानहरुलाई राजधानी प्रवेशमा रोक लगाइएको छ । अहिले उनीहरुले चंडीगढ़–मोहाली सीमा क्षेत्रमा धर्ना जारी राखेका छन् । किसान आन्दोलनका नेताहरुले सरकारले आफूहरुको माग सुनुवाइ नगरे प्रदर्शनलाई थप सशक्त बनाउने र राजधानी चंडीगढ़ प्रवेश गरेरै छोड्ने चेतावनी दिएका छन् । किसानहरुको प्रदर्शनलाई मध्यनजर राखी अहिले चंडीगढ़–मोहाली सीमा क्षेत्रमा ठूलो संख्यामा प्रहरी बल परिचालन गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । किसान र पञ्जावका मुख्यमन्त्री भगवन्त मानबीच...
भारतीय प्रधानमन्त्री मोदी आज नेपाल आउँदै

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल आउँदै

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
 सच तक नेपाल डेस्क, २ जेठ, रौतहट । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी भ्रमणमा आउँदै छन् । भारतीय सरकार प्रमुखको हैसियतमा उनी पाचौँपटक नेपाल आउन लागेका हुन् । यसपालि भने उनको भ्रमण जम्मा ६ घण्टाको हुनेछ । भगवान् गौतम बुद्धको जन्मयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आज लुम्बिनीमा हुने विशेष समारोहमा सहभागी हुन मोदी नेपाल आउन लागेका हुन् । उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त समारोहका लागि निमन्त्रणा गरेका थिए । परराष्ट्र मन्त्रालयका अनुसार आज बिहान करिब ११ बजेतिर भारतीय वायु सेनाको विशेष हेलिकप्टरमार्फत मोदी लुम्बिनीमा अवतरण गर्नेछन् । त्यसपछि सीधै मायादेवीको मन्दिर दर्शनमा जाने कार्यक्रम रहेको छ । कार्यतालिका अनुसार मायादेवी मन्दिरमा प्रधानमन्त्री देउवा र मोदीले संयुक्त प्रार्थना गर्नेछन् । साथै लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्या...
न्यूयोर्कको गोलीकाण्डमा १० जनाको मृत्यु, एक युवक पक्राउ

न्यूयोर्कको गोलीकाण्डमा १० जनाको मृत्यु, एक युवक पक्राउ

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
सच तक नेपाल न्यूज डेस्क, एजेन्सी । न्युयोर्कमा भएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ । बफेलो सहरमा भएको सो गोलीकाण्डपछि एक १८ वर्षीय युवकलाई पक्राउ गरिएको छ । प्रहरीले उनको नाम भने खुलाएको छैन । गोली हान्नुअघि शंकास्पद व्यक्ति एउटा व्यस्त सुपरमार्केटमा शनिबार दिउसो प्रवेश गरेका थिए । एफबीआईले सो गोलीबारीलाई ‘हिंस्रक अतिवाद’ भनेको छ । पछिल्लो गोलीकाण्डलाई जातीय उत्प्रेरित घृणा अपराधको रूपमा अनुसन्धान भइरहेको छ । ‘हामी यो घटनालाई घृणित अपराध र जातीय उत्प्रेरित हिंसात्मक अतिवादको मुद्दाको रूपमा अनुसन्धान गर्दैछौँ’, एफबीआईको बफेलो कार्यालयका एजेन्ट स्टीफन बेलोन्जियाले भने । सहरमा अश्वेतहरूको बाहुल्यता रहेको क्षेत्रमा पुग्न ती शंकास्पदले घन्टौँसम्म सवारी चलाएको हुन सक्ने प्राप्त विवरणहरूमा जनाइएको छ । १३ जनामा गोली प्रहार गरिएको थियो र उनीहरूमध्ये अधिकांश अश्वेत रहेको बफेलो प्रहरी ...
दक्षिण कोरियाको राष्ट्रपतिले लिए सपथ

दक्षिण कोरियाको राष्ट्रपतिले लिए सपथ

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
सच तक नेपाल, दक्षिण कोरिया । दक्षिण कोरियाको राष्ट्रपतिको सपथ युन सुक योलले लिएका छन् । राजधानी सीउलको नेसनल एसेम्बलीमा आयोजित एउटा विशाल समारोहमा योलले दक्षिण कोरियाको नयाँ राष्ट्रपतिको रूपमा सपथ लिएका हुन् । आणविक हतियार सम्पन्न उत्तर कोरियासँग तनाव बढिरहेका बेला योलले सपथ लिएका हुन् । ‘म जनतासामु गम्भीरताका साथ सपथ लिन्छु कि म राष्ट्रपतिको कर्तव्यहरू इमानदारीका साथ पूरा गर्नेछु’, सपथमा उनले भने । छिमेकी प्योङयाङसँग कडाइ गर्ने उनले प्रतिबद्धता जनाएका छन् । एजेन्सी...
यसरी हेर्नुहाेस् अमेरिकी डिभीकाे नतिजा

यसरी हेर्नुहाेस् अमेरिकी डिभीकाे नतिजा

banner-news-1, अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
सच तक नेपाल, २५ वैशाख, राैतहट । अमेरिकी डिभीको नतिजा शनिबार राति सार्वजनिक भएको छ । सन् २०२३ का लागि गत अक्टोबरमा आवेदन दिएकाहरुको नतिजा सार्वजनिक गरिएको हो । www. dvprogram.state.gov मा गएर आफ्नो कन्फरमेसन नम्बर, लास्ट नेम, जन्म मिति राखेर नतिजा हेर्न सकिने ब्यवस्था रहेको छ । कन्फरमेसन नम्बर बिर्सिएको भए फर्गेट कन्फरमेसन नम्बर मार्फत मागेको विवरण भरेर नम्बर लिन सकिने अमेरिकी दूतावासले जनाएको छ । साथै दूतावासले अमेरिकी सरकारका कुनै पनि निकाय वा दूतावासले कसैलाई पनि डीभी परेको भनी इमेल नगर्ने भएकाले त्यस्ता भ्रमबाट बच्न पनि आग्रह गरेको छ । यो नतिजामा डीभी परेकाहरुलाई सन् २०२३ सेप्टेम्बर ३० भित्र अमेरिकी भिसा जारी भईसक्नु पर्ने छ ।...
पुनः श्रीलंकामा आपतकालको घोषणा

पुनः श्रीलंकामा आपतकालको घोषणा

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
सच तक नेपाल, कोलम्बो । श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले पुनः आपतकाल घोषणा गरेका छन् । सरकारविरोधी प्रदर्शनहरु चर्किरहेका बेला राजापाक्षेले पुनः आपतकाल घोषणा गरेका हुन् । सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानुनको आह्वान गरेको पनि उनका प्रवक्ताले बताए । देशको आर्थिक आर्थिक संकटलाई लिएर शुक्रबार विभिन्न ट्रेड युनियनहरूले राष्ट्रपतिको राजीनामा माग गर्दै देशव्यापी हड्ताल गरेका थिए । श्रीलंकाको संसदमा तोडफोड गर्न खोजेका विद्यार्थीमाथि प्रहरीले फेरि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । लामो लोडसेडिङ, खाद्यान्न, इन्धन र औषधिको तीब्र अभावले २ करोड २० लाख जनसंख्या भएको श्रीलंकामा व्यापक पीडा निम्त्याएको छ । सन् १९४८ मा स्वतन्त्रपछि श्रीलंका अहिलेसम्मकै खराब आर्थिक संकटबाट गुज्रिरहेको छ ।...
भारतीय नेता राहुल गान्धी काठमाडौंमा

भारतीय नेता राहुल गान्धी काठमाडौंमा

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २० वैशाख, रौतहट । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी काठमाडौं भ्रमण गरेका छन् । गान्धी सोमबार अपराह्न ५ बजे आसपास त्रिभुवन विमानस्थलमा उत्रेका थिए । गान्धी नागपोखरीस्थित होटल मेरियटमा बसेका छन् । उनी पारिवारिक भ्रमणका क्रममा नेपाल आएको जनाइएको छ । गान्धी बिहीबार एक विवाहमा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ । गान्धीले नेपालमा रहँदा पर्यटकीय स्थलको भ्रमण गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ ।...
श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षे पदमुक्त

श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षे पदमुक्त

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
सचतक नेपाल, १७ वैशाख, श्रीलंका । श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षे पदमुक्त भएका छन । श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षेले आफ्ना दाजु महिन्दा राजपाक्षेलाई प्रधानमन्त्रीबाट हटाउन सहमत भएका हुन् । खराब आर्थिक संकटको कारण उत्पन्न राजनीतिक गतिरोध अन्त्य गर्न आफ्ना दाजुलाई प्रधानमन्त्री पदबाट हटाई अन्तरिम सरकार गठन गर्न राष्ट्रपति राजपाक्षे सहमत भएकाे सांसद मैथ्रीपाला सिरिसेनाले बताएका छन । पूर्वराष्ट्रपति सिरिसेनाले संसदमा रहेका सबै दललाई समेटेर नयाँ प्रधानमन्त्रीको नाम र मन्त्रिपरिषद् गठन गर्न राष्ट्रिय परिषद नियुक्त गर्न राष्ट्रपति सहमत भएको जानकारी दिएका छन । सर्वदलीय सरकार गठनको विषयमा छलफल गर्न आह्वान गरेकाे बैठकमा असन्तुष्ट पक्षले प्रधानमन्त्रीको उपस्थितिमा सहभागी हुन अस्वीकार समेत गरेका थिए । यसअघि, प्रधानमन्त्री बाहेक सबै मन्त्रीले राजीनामा दिएका थिए भने राष्ट्रपत...
फ्रान्सेली राष्ट्रपति म्याक्रोँलाई गोलभेडा प्रहार

फ्रान्सेली राष्ट्रपति म्याक्रोँलाई गोलभेडा प्रहार

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
पेरिस, १५ वैशाख । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँमाथि गोलभेडा प्रहार भएको छ । आइतबार पुनः निर्वाचित भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका म्याक्रोँमाथि गोलभेडा प्रहार भएको हो । राष्ट्रपति चुनावमा आफ्नो विजयपछि म्याक्रोँले फ्रान्सेली जनतालाई अभिवादन गरिरहेका बेला एउटा भीडबाट कसैले उनलाई गोलभेडा प्रहार गरेको थियो । तर, राष्ट्रपतिलाई गोलभेडाले लागेन । म्याँक्रोलाई प्रहार गरेको गोलभेडा उनलाई नलागी उनका सुरक्षाकर्मीलाई लागेको थियो । गोलेभडाले लागेपछि ती सुरक्षाकर्मीले ‘प्रोजेक्टाइल’ भनेर चिच्याएका थिए । तत्काल सुरक्षा अधिकारीहरूले म्याक्रोँलाई चारै दिशाबाट घेरेका थिए । उनीहरूमध्ये एक जनाले एउटा विशेष झन्डा खोलेर म्याक्रोँलाई ढाकेका थिए । एजेन्सी...