Sunday, July 26
Shadow

अन्तर्राष्ट्रिय

डार्फर हिंसामा कम्तीमा १६८ जनाको मृत्यु

डार्फर हिंसामा कम्तीमा १६८ जनाको मृत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
सच तक नेपाल, १२ वैशाख, खार्तुम । सुडानको डार्फरमा प्रतिद्वन्द्वी समूहहरूबीचको झडपमा आइतबार कम्तिमा १६८ जनाको मृत्यु भएको एक सहायता समूहले जनाएको छ । सन् २००३ मा सुरु भएको गृहयुद्धले क्षतविक्षत भएको डार्फरमा गत वर्षको अक्टोबरदेखि विशेष गरी भूमि, पशुधन, पानी र चरनमा पहुँचको विवादका कारण द्वन्द्व बढेको छ । पछिल्लो हिंसा पश्चिमी डार्फरको क्रिंक क्षेत्रमा भएको स्वतन्त्र सहायता समूह जनरल कोर्डिनेसन फर रिफ्युजी एन्ड डिस्प्लेस्डका प्रवक्ता एडम रेगलले बताए । ‘आइतबार भएका हमलामा कम्तीमा १६८ जनाको मृत्यु भएको छ भने ९८ जना घाइते भएका छन्’, रेगालले भने । मृतकको संख्या अझै बढ्न सक्ने उनले बताए । दुई जनजातिको हत्याको बदला लिन सशस्त्र जनजातिहरूले गैर–अरब मासलित अल्पसंख्यकका गाउँहरूमा आक्रमण गर्दा हिंसा सुरु भएको सहायता समूहले बताएको छ । शुक्रबार कम्तीमा ८ जनाको मृत्यु भएको थियो । एजेन्सी...
फ्रान्सको राष्ट्रपतिमा पुनः म्याक्रोँ विजयी

फ्रान्सको राष्ट्रपतिमा पुनः म्याक्रोँ विजयी

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
सच तक नेपाल, १२ वैशाख, पेरिस । फ्रान्सको राष्ट्रपतिमा पुनः इम्यानुएल म्याक्रोँ निर्वाचित भएका छन् । मुख्य प्रतिद्वन्द्वी म्यारिन ली पेनलाई हराउँदै म्याक्रोँ पुनः निर्वाचित भएका हुन् । म्याक्रोँले अनुमान गरेभन्दा बढी मत ल्याउन सफल भएका छन् । म्याक्रोँले ५८ दशमलब ५५ प्रतिशत मत प्राप्त गरेका छन् । जबकी पेनले ४१ दशमलब ४५ प्रतिशत मत प्राप्त गरिन् । उनी अतिदक्षिणपन्थीहरूको सबैभन्दा बढी मत प्राप्त गर्न सफल भइन् । चुनावको समयमा दक्षिणपन्थी उम्मेदवार पेनले ईयूविरोधी नीति सार्वजनिक गरेकी थिइन् । म्याक्रोँको विजयको युरोपेली नेताहरूले स्वागत गरेका छन् । ‘हामीले फ्रान्स र युरोपलाई सँगसँगै अगाडि बढाउनेछौँ’, युरोपेली आयोगका अध्यक्ष युर्सुला भोन डेर लियेनले भनिन् । म्याक्रोँको विजयले युरोपेली नेताहरूलाई राहत पुगेको बताइएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री ...
नाइजेरियामा तेल प्रशोधन केन्द्रमा विस्फोट, कम्तीमा १०० जनाको मृत्यु

नाइजेरियामा तेल प्रशोधन केन्द्रमा विस्फोट, कम्तीमा १०० जनाको मृत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
सचतक नेपाल डेस्क, ११ वैशाख, नाइजेरिया । दक्षिणी नाइजेरियामा एउटा अवैध तेल प्रशोधन केन्द्रमा विस्फोटपछि दर्जनौँ मानिसको मृत्यु भएको आशंका गरिएको एक गैरसरकारी संस्थाले जनाएको छ । तेल प्रशोधन केन्द्रमा विस्फोट भएको प्रहरीले पुष्टि गरेको छ तर हताहतको विवरण भने दिइएको छैन । ‘पहिचान नखुल्ने गरी जलेका धेरै शवहरू भुइँमा छरपस्ट छन् । कोही मानिस रुखका हाँगामा झुन्डिएका देखिन्छन् । उनीहरू सुरक्षाका लागि दौडिने क्रममा विस्फोटमा परेका हुन सक्छन् ’, युवा तथा वातावरणीय एड्भोकेसी सेन्टर (वाईइएसी) का कार्यकारी निर्देशक फाइनेफेस डुम्नानेले भने । विस्फोटमा कम्तीमा एक सय जनाको मृत्यु भएको हुन सक्ने स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । अवैध प्रशोधन केन्द्रमा शुक्रबार अबेर राति सञ्चालक र उनीहरूका संरक्षकहरू व्यवसायका लागि भेला भएका ठाउँमा विस्फोट भएको प्रहरीले जनाएको छ । एजेन्सी...
अक्सिजन प्लान्ट बिस्फोट : शरिरका अंश चारै तिर छरिए..

अक्सिजन प्लान्ट बिस्फोट : शरिरका अंश चारै तिर छरिए..

banner-news-1, अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, ९ वैशाख, रौतहट । बागमति प्रदेशको ललितपुरमा रहेको लगनखेल पाटन औद्योगिक क्षेत्र स्थित सागरमाथा आक्सिजन प्लान्ट भित्र विस्फोट हुदाँ दुई जनाको मृत्यु भएको छ । बिहिबार बिहान आक्सिजन प्लान्ट भित्र विस्फोट हुदाँ एक जनाको घटनास्थलमै ज्यान गएको थियो भने अर्को उपचारको क्रममा मृत्यु भएको थियो । घटनामा परेर ६ जना घाइते भएकाहरु समान्य उपचारपछि घर फर्किएका थिए । प्रहरी यो घटना बारे थप अनुसन्धानमा जुटेका छन् । समान्य दिन जस्तै.. सामान्य दिन जस्तै कामदारहरु धमाधम काम गर्दै थिए । अक्सिजन ग्याँस भर्दै जाँदा झण्डै एक दर्जन जति खाली सिलिन्डर भर्न बाँकी रहेको हुदाँ प्लान्टमा अक्कासी बिस्फोट भयो । बिस्फोटको आवाज औद्योगिक क्षेत्र भरिनै सुनियो । एकछिनमा सेना, प्रहरी र स्थानिय भेला भए । बिस्फोट लगतै सेना , प्रहरी उद्धार कार्य तिर खटिए । बिस्फोट हुदाँ भारतीय नागरिक वर्ष ४५ का बृज महत...
विश्व स्वास्थ्य संगठनका महानिर्देशक आज काठमाडौं आउँदै

विश्व स्वास्थ्य संगठनका महानिर्देशक आज काठमाडौं आउँदै

अन्तर्राष्ट्रिय, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, ८ वैशाख, राैतहट। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउँदैछन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा उनी आज दिउँसो साढे १२ बजे राजधानी काठमाडौं आउन लागेका हुन् । महानिर्देशक गेब्रेयससका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरू समेत रहने छन् । डब्ल्यूएचओको प्रतिनिधि मण्डलको सम्मानमा आजै बेलुकी स्वास्थ्य मन्त्री खतिवडाले आयोजना गरेको रात्रिभोजमा महानिर्देशक गेब्रेयसस सहभागी हुने छन् । तीनदिने भ्रमणका क्रममा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्य...
श्रीलंका : प्रहरीकाे गाेली लागेर एक जनाकाे मृत्यु

श्रीलंका : प्रहरीकाे गाेली लागेर एक जनाकाे मृत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, ७ वैशाख, राैतहट । श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । ११ जना प्रदर्शनकारी घाइते भएका छन् । यो घटनामा प्रहरीतर्फ पनि १० जना घाइते भएका छन् । घाइतेहरुलाई केगले अस्पतालमा भर्ना गरिएको छ । श्रीलंकाको रांबुक्काना भन्ने शहरमा प्रहरीले प्रदर्शनकारीलाई तितर बितर बनाउन गोली चलाएको हो। प्रहरी प्रवक्ता निहाल तल्डुवाले बीबीसीसँग भनेका छन्–१५ घण्टासम्म प्रदर्शन गरिरहेकाहरुलाई हटाउन प्रहरीलाई गोली चलाउनु परेको थियो । यो घटनापछि रांबुक्काना शहरमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ । श्रीलंकामा आर्थिक संकट उच्च भएपछि जनतामा आक्रोश छ । उनीहरुले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन् । यसैक्रममा मंगलबार पनि देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भएका छन् । मंगलबार रांबुक्काना, हिंगुराकगोडा, बड्डेगामा, डिगाना, गंपोला, रत्नापुर र तेल्देनिया ल...
युक्रेनमा ९०० सर्वसाधारणकाे शव फेला

युक्रेनमा ९०० सर्वसाधारणकाे शव फेला

अन्तर्राष्ट्रिय, अन्य, ताजा-अपडेट
सचतक नेपाल, ३ वैशाख, किभ। युक्रेनको राजधानी सहर किभ वरपर ९०० सर्वसाधारणको शव फेला परेका छन् । रुसी सेना किभबाट फर्किएको एक सातापछि किभ क्षेत्रका प्रहरी प्रमुखले सो संख्यामा सर्वसाधारणको शव फेला परेको दाबी गरेका हुन् । युक्रेनी पक्षको भनाईको स्वतन्त्र पुस्टि हुन भने बाँकी छ । रुसले आफ्नो आक्रमण पूर्वीयुक्रेनमा केन्द्रित गरेको बताउँदै आएको छ । पूर्वीयुक्रेनमा हमला तीब्र पारेसँगै लुहान्स्क र दोनेत्स्क खाली गर्न सरकारले सर्वसाधारणलाई अनुरोध गरेको छ । २४ फेब्रुवरीमा रुसले युक्रेनमा हमला गरेपछि लाखौँ सर्वसाधारण देश छोडेर विभिन्न मुलुकमा शरण लिएका छन् ।...
बैरगनियामा विद्यान परिषद निर्वाचन, पैदल यात्रुलाई मात्र प्रवेश

बैरगनियामा विद्यान परिषद निर्वाचन, पैदल यात्रुलाई मात्र प्रवेश

banner-news-1, अन्तर्राष्ट्रिय, अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
बैरगनिया संवाददाता, २१ चैत, राैतहट । आज नेपालकाे मित्र देश भारतकाे बैरगनीयामा विद्यान परिषद सदस्यकाे निर्वाचन हुदैँछ । जसकारण नेपालबाट मात्र पैदल यात्रु बाहेक अन्य सवारी माथी राेक लगाइएकाे हाे । आज हुने विद्यान परिषद सदस्यकाे निर्वाचन भारतीय समय अनुसार बिहान ८ बजे देखि शुरु भएकाे हाे । मतदाता पत्र लिएर मतदान कार्यालयमा मतदाताहरु पुगेका हुन् भारतीय क्षेत्र बैरगनिया सहित अन्य ब्लकहरुमा बिधान परिषदको ले बैरगनिया - गौर को मुख्य सिमाना नाका बन्द भएको छ। वार्ड सदस्य, पंचायत समिति सदस्य, मुखिया र जिल्ला परिषद सदस्यहरुले मतदान गर्ने छन् । मतदान केंद्रमा सबै तयारी सम्पन्न भएकाे सच तक नेपालका बैरगनिया संवाददाताले जनाएकाे छ ।...
श्रीलंकामा संकटकालकाे घाेषणा

श्रीलंकामा संकटकालकाे घाेषणा

अन्तर्राष्ट्रिय, अन्य, ताजा-अपडेट
सच तक नेपाल, कोलम्बो । श्रीलंका सरकारले आज (शनिबार) देखि लागु हुनेगरी देशव्यापी संकटकालको घोषणा गरेको छ । खाद्यान्नलगायत हरेक चीजको महँगी बढ्नुका साथै विभिन्न अत्यावश्यक सामानको अभाव भएपछि संकटकालको घोषणा गरिएको हो । श्रीलंकामा राष्ट्रपति विरुद्धको प्रदर्शन उग्र बन्दै गएको छ । आर्थिक संकट, खाद्यान्न अभाव, महंगी र लोडसेडिङको विरोधमा आन्दोलन चर्किएपछि सरकार संकटकाल घोषणा गर्न बाध्य भएको हो । प्रदर्शनकारीले राष्ट्रपति गोटबाया राजपाक्षेको निवास बाहिर कफ्र्यु तोडेर प्रदर्शन गरेका छन् । राजधानी कोलम्बोमा प्रहरीको उपस्थिति बढाइएको छ । स्थिति थप गम्भीर हुन सक्ने भन्दै राष्ट्रपति राजपाक्षेले संकटकाल घोषणा गरेका सञ्चारमाध्यमहरूले जनाएका छन् । अहिले यस देशमा अभाव र मूल्य बृद्धिले सर्वसाधारणको दैनिकीमा धेरै नै असर परेको छ । यहाँ इन्धन र विजुलीसमेतको अभाव भएको छ । श्रीलंकामा हरेक चीजको मू...
चीनबाट नेपाललाई ११ अर्ब ४० कराेड भन्दा बढी अनुदान

चीनबाट नेपाललाई ११ अर्ब ४० कराेड भन्दा बढी अनुदान

अन्तर्राष्ट्रिय, अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, राैतहट । चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत नेपाल सरकारलाई ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ। उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ। उक्त रकम सन् २०२० का लागि प्रदान गरिएको हो। यसैबीच नेपालको भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीले आफ्ना राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला घोषणा भएको विकास सहायता रकम पनि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। शनिबार राजधानीमा सम्पन्न नेपाल–चीन परराष्ट्र मन्त्रीस्तरीय वार्तामा उनले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्। साथै उनले रसुवागढी–तातोपानी सीमानाका वस्तु तथा सेवाको दुईतर्फी आवागमन पूर्णरूपमा सञ्चालन गर्न सहमति जनाएका छन्। वार्ताका क्रममा दुवै देशका परराष्ट्र मन्त्रीले सम्वद्ध निकायलाई सीमानाका शीघ्र सञ्चा...