Monday, July 27
Shadow

अन्तर्राष्ट्रिय

तीर्थयात्री बोकेको बस उत्तराखण्डमा दुर्घटनाग्रस्त, २६ जनाको मृत्यु

तीर्थयात्री बोकेको बस उत्तराखण्डमा दुर्घटनाग्रस्त, २६ जनाको मृत्यु

banner-news-1, अन्तर्राष्ट्रिय, ताजा-अपडेट
सच तक नेपाल डेस्क, २३ जेठ, एजेन्सी । भारतको उत्तराखण्डको उत्तरकाशीमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ । आइतबार साँझ उत्तराखण्डको उत्तरकाशीमा यूके–०४ १५४१ नम्बरको बस सडकबाट खाल्डोमा खसेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार थिए । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनामा २६ जनाको मृत्यु भएको पुष्टि गर्नुभएको छ । उहाँका अनुसार सबै यात्रु चारधाम यात्रामा जाँदै थिए । घाइतेहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनीहरुको उपचार भइरहेको छ ।...
बंगलादेशको एक डिपोमा विस्फोट, १६ जनाको मृत्यु

बंगलादेशको एक डिपोमा विस्फोट, १६ जनाको मृत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
सच तक नेपाल डेस्क, २२ जेठ, एजेन्सी । बंगलादेशको दक्षिणपूर्वी सहरमा रहेको एउटा डिपोमा विस्फोट हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । बंगलादेशको सिताकुण्ड सहरमा रहेको कन्टेनर भण्डारण डिपोमा आगलागी भएको थियो र उक्त आगो निभाउनका लागि अग्नि नियन्त्रकहरुलाई बोलाइएको थियो र त्यति नै बेला बिस्फोट भएको थियो । घाइतेको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको र ६० देखि ९० प्रतिशतसम्म जलेको बताएको छ । यद्यपी आगलागीको कारण भने खुल्न सकेको छैन । स्थानीय सञ्चारमाध्यमका अनुसार डिपोमा राखिएका केही कन्टेनरमा केमिकल मिसाएर राखिएको थियो । जसका कारण आगलागी भएको बताइएको छ । स्थानीय पत्रिका प्रोथोमालोका अनुसार विस्फोट यति शक्तिशाली थियो कि नजिकैका केही भवनका झ्यालसमेत भाँच्चिएको थियो । घटनास्थलबाट करिब चार किलोमिटर...
ब्राजिलमा वर्षा र बाढी, सय जनाको मृत्यु

ब्राजिलमा वर्षा र बाढी, सय जनाको मृत्यु

banner-news-1, अन्तर्राष्ट्रिय, ताजा-अपडेट
सच तक नेपाल डेस्क, १९ जेठ, एजेन्सी । भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर ब्राजिलमा मृत्यु हुनेको संख्या कम्तीमा सय जना पुगेको प्राप्त समाचारमा जनाइएको छ । यहाँ गत हप्तादेखि जारी रहेको भारी वर्षा र त्यसपछि आएको बाढीले यी नागरिकको ज्यान गएको हो । ब्राजिलको उत्तर क्षेत्रीय शहर रेसिफका विभिन्न नगरपालिकालाई बाढीले बढी प्रभावित पारेको छ । त्यस शहर र त्यसको वरपर परेको भारी वर्षामा परेर अधिकांशको ज्यान गएको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । बाढीमा परेर १६ जना स्थानीय नागरिक हराइरहेका उद्धारमा खटिएका अधिकारीहरुले जानकारी दिएका छन् । यहाँको अलागोस राज्यमा वर्षाले गर्दा धेरै मानिस विस्थापित हुन पुगेका छन् । उत्तरी ब्राजिलका विभिन्न १४ वटा नगरपालिकामा गरेर ती नागरिकको ज्यान गएको र कम्तीम पनि पाँच हजार जना विस्थापित हुन पुगेका छन् ।...
दुई महिनापछि खुल्यो सांघाईको लकडाउन

दुई महिनापछि खुल्यो सांघाईको लकडाउन

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
सच तक नेपाल डेस्क, १८ जेठ, रौतहट । दुई महिनाको बन्दाबन्दीपछि चीनको सहर सांघाईमा कोभिड प्रतिबन्ध हटाइएको छ । देशको आर्थिक तथा विश्वव्यापी व्यापार केन्द्र सांघाइमा आज बुधबारदेखि प्रतिबन्ध हटाइएको हो । प्रतिबन्ध हटेसँगै साढे २ करोड जनसंख्या भएको सहरका वासिन्दा स्वतन्त्र रूपमा आवतजावत गर्न पाउने भएका छन् । प्रतिबन्ध खुकुलो पारिए पनि चीनको शून्य कोभिड नीति भने कायमै छ । कोभिड संक्रमणका केस घट्दै गएपछि सरकारले प्रतिबन्ध हटाएको हो । केही साताअघि सांघाई कोभिडको मुख्य हब बनेको थियो । दैनिक संक्रमितको संख्या बढेपछि सरकारले दुई महिनाअघि लकडाउन घोषणा गरेको थियो । कोभिडका कारण केही संक्रमितको मृत्यु हुन थालेपछि कोभिड नियन्त्रणबारे चिनियाँ सरकारको पहल र त्यहाँ विकसित खोपबारे पश्न उठ्न थालेको थियो । तर, सरकारले खोप नलगाएका बृद्धबद्धाको मृत्यु भएको दाबी गरेको छ । लामो समयदेखि लागेको प्रतिबन्ध...
अमेरिका र चीनबीच विद्युतीय मुद्राको लडाइँ चर्किने सम्भावना

अमेरिका र चीनबीच विद्युतीय मुद्राको लडाइँ चर्किने सम्भावना

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
सच तक नेपाल डेस्क, १५ जेठ, एजेन्सी । अमेरिका र चीनबीच विद्युतीय मुद्राको लडाइँ चर्किने सम्भावना बढेको छ । अमेरिकाका रिपब्लिकन सांसदहरूले याप स्टोर र गूगल मार्केटमा डिजिटल युआन स्वीकार गर्न प्रतिबन्ध लगाउने एक विधेयक संसदमा पेश गरेका छन् । सांसदहरू टम कटन, मार्को रुबियो र माइक ब्राउनले यो विधेयकको प्रयोजन गरेका हुन् । यस विधेयकले चीनको टेन्सेन्ट र ज्याक माको यान्ट ग्रुपलाई सबभन्दा ठूलो असर पार्नेछ । विधेयकको मस्यौदा हेर्दा यसले टेन्सेन्टको वीच्याट मेसेजिङ याप र यान्ट ग्रुपको अलीपे पेमेन्ट सर्भिसलाई याप स्टोरबाट हटाउन खोजेको देखिन्छ । यसको प्रतिक्रियास्वरूप चीनले याप्पल कम्पनीलाई तारो बनाउनेछ । त्यसबाहेक अमेरिकाका अन्य आईटी कम्पनीहरूमाथि पनि नियन्त्रण लगाइनेछ ।...
बन्दुकधारीकाे आक्रमणले सेलायामा १० जनाकाे मृत्यु

बन्दुकधारीकाे आक्रमणले सेलायामा १० जनाकाे मृत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
सच तक नेपाल, ११ जेठ, सेलाया । बन्दुकधारीहरूले मेक्सिकोको मध्य शहर सेलायामा एउटा होटल र दुई ओटा बारमा आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ । आक्रमणमा एक आपराधिक समूह संलग्न रहेको अधिकारीहरूले बताएका छन् । आक्रमणमा दुई जना घाइते भएका छन् । गुआनाजुआटो राज्यको सेलायास्थित सुरक्षा सचिवालयका अनुसार मारिनेमा सात जना महिला छन् । आक्रमणपछि बन्दूकधारीहरुले आगो लगाइदिएका थिए । शवहरु टेबल र कुर्चीमा छरिएको अवस्थामा फेला परेका थिए । आक्रमणको उद्देश्य प्रष्ट हुन सकेको छैन । मेक्सिकोमा आपराधिक समूहले बारम्बार सर्वसाधारणलाई निशाना बनाउने गरेका छन् । लागुऔषध, तस्करीका कारण आपराधिक गतिविधि निरन्तर बढिरहेका छन् ।...
पर्सामा लाटाेकाेसेराे सहित २ भारतीय पक्राउ

पर्सामा लाटाेकाेसेराे सहित २ भारतीय पक्राउ

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ९ जेठ, विरगञ्ज । पर्सा प्रहरीको टोलीले लाटोकोसेरोसहित दुई भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार पश्चिम चम्पारण थाना बागाहा ग्राम औसानी १ का ४२ वर्षीय मृतुन्जय सिंह र भारत विहार पश्चिम चम्पारण थाना नरकटियागञ्ज ग्राम मनिहारी–३ का ३५ वर्षीय शेख अनवर रहेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिएका छन्। पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरको गोरेटो बाटो हुँदै अवैधरूपमा लाटोकोसेरो नेपालबाट भारततर्फ लाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो । लाटोकोसेरोलाई डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई वन्यजन्तु सरंक्षण ऐनसम्बन्धी कसूर मुद्दा अन्तर्गत कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।...
१२ देशमा फैलियो मन्कीपक्सको संक्रमण

१२ देशमा फैलियो मन्कीपक्सको संक्रमण

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ८ जेठ, रौतहट । कम्तिमा १२ देशमा मंकीपक्सका ८० भन्दा बढी केसहरू पुष्टि भएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कुनै पनि देशको नाम नलिइकन थप ५० संदिग्ध केसहरू अनुसन्धान भइरहेको जनाएको छ । अझै बढी केसहरु बढ्ने चेतावनी पनि डब्लूएचओले जनाएको छ । अमेरिका, क्यानडा र अस्ट्रेलियाबाहेक ९ ओटा युरोपेली देशहरुमा संक्रमण पुष्टि भइसकेको छ । मध्य तथा पश्चिम अफ्रिकाका दुर्गम क्षेत्रमा मंकीपक्स बढी मात्रामा देखिन थालेको छ । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार यो एक दुर्लभ भाइरल संक्रमण हो, जसको सामान्यतया हल्का असर हुन्छ र अधिकांश संक्रमित केही हप्तामा निको हुन्छन् । भाइरस मानिसमा सजिलै नसर्ने र जोखिम निकै कम रहेको बताइएको छ । मंकीपक्सको लागि कुनै विशेष खोप छैन । तर, बिफरको खोपले ८० प्रतिशत सुरक्षा प्रदान गर्दछ, किनकी दुई भाइरसहरू निकै समान छन् । हालसम्म युरोपका सा...
जर्मन कपको उपाधि लाइपजिगलाई

जर्मन कपको उपाधि लाइपजिगलाई

अन्तर्राष्ट्रिय, अन्य, खेलकुद, ताजा-अपडेट
सच तक नेपाल डेस्क, ८ जेठ, रौतहट । नौ खेलाडीमा सीमित लाइपजिगले शनिबार राति फ्रेइबर्गलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै जर्मन कपको उपाधि जितेको छ । लाइपजिगको क्लब इतिहासमा जितेको यो पहिलो उपाधि हो । निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । म्याक्सिमिलियन इगेस्टिनले १९औँ मिनेटमा गरेको गोलबाट फ्रेइबर्गले अग्रता लिएको थियो । ५७औँ मिनेटमा मार्सेल हाल्सटेनबर्गले रातो कार्डको सामना गरेपछि लाइपजिग १० खेलाडीमा सीमित बनेको थियो । तर, त्यसको फाइदा फ्रेइबर्गले लिन सकेन । ७६औँ मिनेटमा क्रिस्टोफर एनकुकुले बराबरी गोल फर्काए । निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा सकिएपछि ३० मिनेट समय थप गरिएको थियो । थप समयमा पनि गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय लिइएको हो । थप समय सकिन दुई मिनेट बाँकी हुँदा केभिन काम्पलले दोस्रो पहेँलो कार्डको सामना गरेपछि लाइप...
साउदी पुगेका युवक एक महिना पछि भेटिए

साउदी पुगेका युवक एक महिना पछि भेटिए

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ६ जेठ, राैतहट । रोजगारीका लागि साउदी अरब पुगेर बेपत्ता भएका नेपाली युवा भेटिएका छन् । रियादस्थित नेपाली दूतावासको सेल्टरबाटै सम्पर्कविहीन भएका सन्तोष शाह कानुको खोजी गरी नेपाल पठाइएको छ । दूतावासका अनुसार एक महिनाअघि दूतावासको अस्थायी सेल्टरबाट बाहिर निस्किई बेपत्ता भएका उनलाई भेटेपछि नेपाल एयरलाइन्सको उडानमार्फत नेपाल पठाइएको हो। उनलाई प्रवेश नाम गरेका एक नेपालीले नै फेला पारी दूतावासमा सम्पर्क गरेका थिए । तत्काल उद्धार गरेर नजिकैको मेडिकल सेन्टरमा स्वास्थ्य जाँच तथा उपचार गरी दूतावासका श्रम काउन्सेलर जीवन राईको साथमा स्वदेश फर्काईएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेपछि उनलाई आफन्तको जिम्मा लगाइएको दूतावासले जनाएको छ । डिप्रेसनको सिकार भएको र बोल्न नसक्ने अवस्थामा रहेका उनी गत १९ अप्रिलको राति सेल्टरमा रहेका अन्य नेपाली दाजुभाइहरू सुतेको मौका पार...