Tuesday, July 28
Shadow

श्रीलंकामा नयाँ राष्ट्रपतिकाे लागि मनाेनयन दर्ता हुँदै

सचतक नेपाल,
श्रीलंका – श्रीलंकामा आज नयाँ राष्ट्रपति चयनका लागि मनोनयन दर्ता हुँदै छ। राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयनका लागि मनोनयन हुन् लागेको हो।  

आर्थिक संकटको विरोधमा प्रदर्शन उग्र बनेपछि राष्ट्रपति गोटाबाया देश छाडेर भागेका थिए। अहिले श्रीलंकामा रनिल विक्रमसिंघेले कार्यवाहक राष्ट्रपति सम्मालीरहेका छन्।  

नयाँ राष्ट्रपतिको रुपमा सबैभन्दा बढी चर्चा पनि रनिल विक्रमसिंघेको छ। राजापाक्षे परिवारसँग निकट रहेका उनलाई सत्ताधारी श्रीलंका पिपुल्स फ्रन्टको समर्थन छ।

एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *