Sunday, July 26
Shadow

अन्तर्राष्ट्रिय

दुर्घटनाग्रस्त विमानमा सवार १३२ जना यात्रुकाे मृत्यु भएकाे पुष्टि

दुर्घटनाग्रस्त विमानमा सवार १३२ जना यात्रुकाे मृत्यु भएकाे पुष्टि

अन्तर्राष्ट्रिय, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, नान्निङ । दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको शनिबार पुष्टि गरिएको छ । दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दिउँसो १३२ यात्रु बोकेको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएपछि उद्धारकार्य जारी रहेको छ । उद्धारकार्यमा दुई हजारभन्दा बढी मानिसलाई घटनास्थलमा पठाइएको छ । दुर्घटनास्थल पहाडी जङ्गलमा रहेको हुनाले ब्ल्याक बक्सको खोजीकार्य ड्रोन र उद्धारकर्मी दुवैमा निर्भर रहेको जनाइएको छ । कुनमिङबाट गोआन्झाउका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमान सोमबार दिउँसो २ः३८ बजे वुझाउ सहरको टेङ्क्सियान काउन्टीको मोलाङ गाउँनजिकैको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । -रासस...
युक्रेन हमला : १३६ बालबालिकाको मृत्यु

युक्रेन हमला : १३६ बालबालिकाको मृत्यु

अन्तर्राष्ट्रिय, अन्य
सच तक नेपाल डेस्क, रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १३६ बालबालिका मारिएका छन् । युक्रेनको महान्यायधिवक्ताको कार्यलयले सो जानाकारी दिएको हो । रुसले २४ फेब्रुवरीदेखि युक्रेनमाथि हमला गरिरहेको छ । रुसी हमलामा दुई सय बालबालिका घाइते भएका छन् । युद्धमा युक्रेनमा ठूलो भौतिक क्षति भएको छ । त्यस्तै, युद्धमा सयौँ मानिसहरुको मृत्यु भएको छ । राष्ट्रसंघका अनुसार युद्धका कारण २० लाखभन्दा बढी युक्रेनी शरणार्थी भएका छन् भने १ करोडले घर छाडेका छन् । युक्रेनमाथि आक्रमण गरेको रुसी सेनाले ठूूलो क्षति सामना गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । यसैबीच, रुसले पहिलो चरणको युद्ध समाप्त भएको अबको आफ्नो ध्यान पूर्वी दोनबासलाई पूर्ण स्वतन्त्रत बनाउनेतर्फ केन्द्रित हुने बताएको छ ।...
पुटिनका विशेष प्रतिनिधिले दिए राजीनामा

पुटिनका विशेष प्रतिनिधिले दिए राजीनामा

अन्तर्राष्ट्रिय, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक विशेष प्रतिनिधिले आफ्नाे पदबाट राजीनामा दिएका छन् । एक अनुभवी रुसी सुधारकको रुपमा परिचित एनातोली चुबाइसले पदबाट राजीनामा दिएका हुन् । रुसले युक्रेनमा आक्रमण गरेपछि पद त्याग्ने उनी हालसम्मकै उच्च अधिकारी हुन् । राजीनामा दिनुअघिसम्म उनले आधिकारिक रुपमा रुसी जलवायू दूतको रुपमा काम गरेका थिए । ब्लुमबर्गको एक रिपोर्ट अनुसार ६६ वर्षीय एनातोली सन् १९९० को दशकको रुसको आर्थिक सुधारकको रुपमा चिनिन्छन् । उनले पुटिन सरकारसँग निकट रहेर काम गरेका थिए र पश्चिमा देशका अधिकारीहरुसँग घनिष्ट सम्बन्ध बनाएका थिए । सन् १९९० को दशकमा रुसमा निजीकरण योजना भित्राउने व्यक्तिको रुपमा उनी चिनिन्छन् । पुटिनसँग निकट रहेकाले पनि एनातोली धेरै सरकारी कम्पनीहरुका उच्च ओहोदामा रहेर काम गरेका थिए । रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि सरकारको घरेलु आल...
इजरायल : छुरा प्रहार गरि ३ जना हत्या

इजरायल : छुरा प्रहार गरि ३ जना हत्या

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल एजेन्सी । इजरायलको दक्षिणी भागमा सपिङ सेन्टर बाहिर भएको आक्रमणमा चार जनाको मृत्यु भएको छ । आक्रमणमा अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ । तीनजनालाई बेरशेबाको बिग सपिङ सेन्टर बाहिर छुरा प्रहार गरी हत्या गरिएको थियो भने चौथोलाई आक्रमणकारीले चलाएको गाडीले किचिदिएको बताइएको छ । आक्रमणकारीलाई एक बस चालकले गोली हानेर मारेका थिए । इजरायलको आन्तरिक सुरक्षा एजेन्सीले आक्रमणकारी इजरायली अरब भएको बताइएको छ । उनलाई एक पटक इस्लामिक स्टेट (आईएस) समूहलाई समर्थन गरेको आरोपमा पक्राउ गरिएको थियो । नाम मुहम्मद गालेब अहमद अबु अल्कियान रहेको र उनी बेरशेबाबाट १२ माईल (१९ किलोमिटर) पूर्वमा हुराको बेदुइन सहरका हाई स्कूल शिक्षक रहेको उल्लेख गरिएको छ ।...
भारतमा बढ्याे पेट्राेल,डिजल र ग्याँसकाे मूल्य

भारतमा बढ्याे पेट्राेल,डिजल र ग्याँसकाे मूल्य

banner-news-1, अन्तर्राष्ट्रिय, अन्य
सचतक नेपाल, ९ चैत । भारतमा चार महिनापछि पेट्रोल, डिजल र खाना पकाउने ग्याँसको मूल्य वृद्धि भएको छ । भारतबाटै नेपालमा इन्धन आयात हुने भएकाले त्यसको असर नेपालमा पनि पर्ने अनुमान छ । भारतका पाँच राज्यमा विधानसभा निर्वाचन सकिएलगत्तै मूल्य वृद्धि गरिएपछि संसददेखि सामाजिक सन्जालसम्म सरकारको विरोध भइरहेको छ । राज्य सभा र लोकसभा सदस्यहरुले सोमबारको बैठकमा हंगामा गरेपछि बीचमै बैठक स्थगित गर्नुपरेको थियो । रुसबाट छुटमा इन्धन किनेपछि किन मूल्य बढाउनुपर्यो भन्दै सांसदहरुले सरकारलाई प्रश्न गरेका छन् । भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले त अब सन् २०२३ मा कांग्रेस सत्तामा फर्किने भविष्यवाणी नै गरेका छन् । भारत सरकारले मंगलबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा ८० पैसा प्रतिलिटरको दरले मूल्य बढाएको छ । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ५० रुपैयाँ बढाइएको छ । हरेक १५-१५ दिनमा भार...
बम विस्फोटनमा परि ३० जना घाइते

बम विस्फोटनमा परि ३० जना घाइते

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क । पाकिस्तानको एउटा मस्जिदनजिकै भएको बम विस्फोटनको घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ। सरकारी अधिकारीहरुले अरु ५६ जना घाइते भएका र ती मध्ये केहीको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् । घाइतेहरुको अवस्था हेर्दा मृतकको सङ्ख्या बढ्न सक्ने चिकित्सकहरुले अनुमान गरेका छन् । देशको उत्तर पश्चिमी क्षेत्रमा पर्ने खैबर पख्तुन्ख प्रान्तको पेशावर सहरमा शुक्रबार घटना भएको प्रहरीले जनाएको छ।विस्फोटनको सूचना पाउने बित्तिकै सुरक्षाकर्मीहरु घटनास्थलमा पुगेका थिए । प्रहरीले तत्कालै घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएको थियो । सुरक्षाकर्मी तथा उद्धारकर्ताहरुले घटनामा पिडित भएकाहरुलाई तत्कालै उद्वार गरेर स्थानीय विभिन्न अस्पताल लगेका थिए ।...
कानपुरमा गाडी दुर्घटना हुदाँ ६ जनाकाे मूत्यु

कानपुरमा गाडी दुर्घटना हुदाँ ६ जनाकाे मूत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
सच तक नेपाल डेस्क, राैतहट । भारतको कानपुरमा तीव्र गतिको विद्युतीय गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । कानपुरको टाटा मिल चोकजिकै अनियन्त्रित विद्युतीय बसले तीन वटा कार र केही मोटरसाइकलसहित १७ वटा सवारी साधनलाई ठक्कर दिँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । दुर्घटनामा १२ जना भन्दा बढी घाइते भएका छन् । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । तीव्र गतिमा रहेको बसले आफ्नो मार्गमा आएका कार तथा मोटरसाइकल, पैदल यात्रीलाई ठक्कर दिएको हो । मानिसलाई किचेर भाग्न खोज्दा टाट मिल चोकमा विद्युतीय बस डम्परसँग ठोक्किएको हो । बसका चालक मौका पाएर फरार भएका छन् । बसको ठक्करबाट तीन वटा कार र धेरै मोटरसाइकल जलेर नष्ट भएका छन् । कानपुरमा यही जनवरीदेखि विद्युतीय गाडी सञ्चालनमा आएका हुन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।...
जापानका पूर्व प्रधानमन्त्री काइफुको निधन

जापानका पूर्व प्रधानमन्त्री काइफुको निधन

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
सचतक नेपाल डेस्क । पौष ३० । जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको यसै महिना निधन भएको जापानी सार्वजनिक प्रसारक एनएचकेले शुक्रबार जनाएको छ। उनी ९१ वर्षका थिए । खाडी युद्ध पछि, जापानी सेल्फ डिफेन्स फोर्सलाई काइफुको कार्यकालमा माइनसिफिङ अपरेसनहरू सञ्चालन गर्न खाडी क्षेत्रमा खटाइएको थियो। एजेन्सी ...
कराते प्रतियोगितामा नेपाललाई ८ स्वर्ण पदक

कराते प्रतियोगितामा नेपाललाई ८ स्वर्ण पदक

अन्तर्राष्ट्रिय, खेलकुद, मुख्य समाचार
सच तक नेपाल डेस्क । भारतको गजरातमा सम्पनन अन्तरष्ट्रिय कराते प्रतियोगितामा नेपालले ८ स्वर्ण पदक पाएका छन्। नेपालबाट प्रदेश २ प्रदेश १ र प्रदेश ३ का खेलाडीहरुले सहभागिता जनाएका थिए । दिर्ग बहादुर लामा , बब्लु राईन ,प्रीन्स साह , हासिम मन्सुरी ,अनिस मण्डल , निसान खाती ,भुबन कट्टेल , भोपाल लामिछानेले स्वर्ण पदक हात पारेका हुन । यस्तै बिकास साह ,शिभम शाक्य ,आकास मण्डल , सुमन राई ,महेश यादवले कास्य पदक हात पारेका हुन्। गुजरातको अहम्दावादमा भएको प्रतियोगितामा सुरेन्द्र श्रेष्ठको नेतृत्वमा नेपालि टोली गएका थिए।...
आगलागी भएको पानीजहाजका मालिक पक्राउ

आगलागी भएको पानीजहाजका मालिक पक्राउ

अन्तर्राष्ट्रिय
सच तक नेपाल डेस्क । बङ्गलादेश प्रहरीले सोमबार गत आगलागी भएको पानीजहाजका मालिकलाई प्रहरीले अनुसन्धानका लागि सोमबार पक्राउ गरेको छ । करिब ७०० यात्रुहरू दक्षिणी जिल्ला बार्गुना नजिकै सुतिरहेको अवस्थामा जहाजमा आगो लागेपछि कम्तीमा ३९ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए । अनुसन्धानकर्ताहरूले सुरक्षाको बेवास्ता गरेको भन्दै उक्त घटनामा जहाज व्यवस्थापन र लगानीकर्तालाई दोषी ठहर गरेपछि प्रहरीले अनुसन्धानका लागि जहाजमालिकलाई पक्राउ गरेको हो । कूल ४२० जना मानिसलाई मात्र बोक्ने क्षमताको जहाजमा भारबहन क्षमताभन्दा अत्यधिक बढी यात्रु राखिएको र तीन तले उक्त जहाजबाट सुगान्धा नदीमा हामफाल्नुपरेको डरलाग्दो कथाहरू सुनाउँदै दोषी उपर कारबाहीको माग घटनामा बाँच्न सफल यात्रुहरूले गरेका छन् । मृतकमध्ये अधिकांश जहाजभित्र जलेर र निस्सासिएर मरेका थिए भने केही भाग्न खोज्दा पानीमा डुबको उनीहरूले बता...